२०८३ भाद्र ११
२०८३ भाद्र ११

काठमाडौं, ५ जेठ । पुष्पकमल दाहाल प्रचण्ड सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ ।

 

 

बिहिवार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथी तीन दिनसम्म छलफल गर्ने निर्णय भईसकेको छ । जसअनुसार जेठ ७ गते देखी सरकारका नीति तथा कार्यक्रम माथी छलफल सुरु हुनेछ ।

 

राष्ट्रियसभा बैठकमा तीन दिन अर्थात जेठ ७–९ गतेसम्म छलफल गरे पछि प्रधानमन्त्री दाहालसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने पनि निर्णय कार्य ब्यवस्था समितिले गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार  दुर्गा उपाध्यायले जानकारी दिए ।

 

काठमाडौ, ५ जेष्ठ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

आज डलरको खरिद दर १३१ रूपैयाँ ८७ पैसा र बिक्री दर १३२ रूपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७९ पैसा र बिक्री दर १६४ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३२ पैसा छ।

 

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २० पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

काठमाडौं, ५ बैशाख ।

अन्तत: लिभरपुलका चार खेलाडीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पक्का जस्तै भएको छ ।

 

सो क्लबका फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले सिजन समाप्त भएपछि लिभरपुलले छाडने निश्चितत भएकाके छ ।
लिभरपुल छाडन लागेका  चारै खेलाडीको सम्झौता यसै सिजनको अन्त्यमा सकिदैछ । सो सम्झौता सकिए सँगै उनीहरुले क्लब छाडन लागेका हुन् ।

 

लिभरपुलले बिगतमा अर्थात २०१९ मा च्याम्पियन्स लिग र २०१९/२० को सिजन प्रिमियर लिगको उपाधि जितमा यीनीहरुको महत्वपुर्ण भुमिका रहेको लिभरपुल ब्यवस्थापनले स्मरण गरेको छ । जसकाकारण पनि लिभरपुलले शनिबार घरेलु मैदानमा हुने एस्टन भिल्ला विरुद्धको खेलमा चार खेलाडीलाई विशेष सम्मानसहित अनौपचारिक रुपमा बिदाई सन्देश दिनका लागि कार्यक्रमको आयोजनासमेत गरेको छ ।

सो सम्मान कार्यक्रम पछि यस सिजन लिभरपुलले घरेलु मैदानमा खेल्ने अन्तिम खेसमेत हुनेछ ।

 

मिलनर र फिर्मिनो सँगै अर्थात २०१५ मा लिभरपुलमा आबद्ध भएका थिए । सो अघि म्यानचेष्टर सिटीमा रहेका ३७ वर्षीय मिलनरले भने प्रिमियर लिगमा ६ सय १७ खेल खेलेको रेकर्ड रहेको छ  । उनी लिभरपुलवाट सर्वाधिक खेल खेल्ने सूचीको तेस्रो स्थानमा रहेका छन

 

यसैगरी, २ सय ५४ खेल खेलेर बिदा हुन लागेका फिर्मिनोले भने लिभरपुलका लागि ८० गोल गरेका छन् । ३१ वर्षीय फिर्मिनोसँगै मोहमद सलाहा र साडियो मानेको लिभरपुलमा खुबै जमेका खेलाडीको रुपमा स्मरण गरिन्छ ।

 

केइटाले लिभरपुलका लागि सबैभन्दा कम अर्थात जम्मा १ सय १९ खेल खेल्दै ११ गोल मात्रै गरेका छन् भने चेम्बर लेनले १ सय ४६ खेलवाट लिभरपुलका लागि १८ गोल मात्र गरेका छन् ।

 

काठमाडौं, ५ जेठ ।

के मोटोपनले कपाल झर्छ ? अवश्य नै । अधिक तौलले शरीरलाई कपाल झर्ने लगायत धेरै तरिकाको जोखिममा राख्न सक्छ ।

 

हो, कपाल झर्नुको कारण तनाव, प्रदूषण वा अस्वास्थ्यकर खानपान मात्र होइन, बढ्दो तौलले पनि कपाल झर्ने गर्छ । मोटोपना र कपाल झर्ने बिचको सम्बन्ध के हो त ? यो बारेमा पनि जानौं र कपाल झर्नबाट बच्ने केही टिप्सका बारेमा पनि बुझौं ।

 

अधिक तौल र मोटोपनको स्वास्थ्य प्रभावहरु:

 

स्वास्थ्य विज्ञहरू भन्छन् कि अधिक तौल भएका महिलाहरू विशेष गरी कपाल झर्ने र कपाल झर्ने जस्ता कपाल सम्बन्धी समस्याहरूबाट ग्रस्त हुन्छन्।

 

फ्याटी फूड अर्थात बोसोयुक्त खानाका कारण कपालको फोलिकल्स कमजोर हुन्छन्। सामान्य भन्दा बढी बोसो भएको आहार लिनुको कारण, कपालको फोलिकल स्टेम सेलहरूले नयाँ कपालहरू बढ्न र तिनीहरूलाई बढ्ने प्रक्रियालाई रोक्छ। यसले  कपालको स्वभाविक बृद्धीलाई मात्रै रोक्दैन, यसले कपालका सौन्दयमा पनि कुरुपता देखाउन सक्छ ।

 

के त्यहाँ मोटोपना र कपाल झर्ने  धेरै चिल्लोपना खाँदा स्टेम सेलहरू निमार्णमा कमी आउन सुरु गर्दछ । स्टेम कोशिकाहरु  कमजोर हुनु भनेको चाँडै नै बुढ्यौली देखिनु पनि होृ । जो मोटो छन् उनीहरुको कपालको फोलिकल स्टेम सेल चाँडै कमजोर हुन पुग्दछ र कपाललाई पुनर्जन्म हुनबाट रोक्दछ अर्थात् मोटोपनले नयाँ कपाल बढ्नबाट रोक्छ र कपाल बाक्लो हुन दिदैन । र, कपाल बढने प्रक्रियामा अवरोध ल्याउन सुरु गर्छ ।

 

कपाल झर्ने रोक्न के गर्ने:

 

कपाल झर्ने रोक्नको लागि पौष्टिक खाना र शारीरिक फिटनेसको साथसाथै तौल नियन्त्रण गर्नु धेरै महत्त्वपूर्ण छ। तपाइँ नियमित व्यायाम, हप्तामा एक पटक तेल मालिस, भिटामिन ई युक्त पूरक र स्वस्थ आहारमार्फत कपाल झर्न रोक्न सक्नुहुन्छ।

 

काठमाडौं, ५ बैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन ।

 

स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत: राष्ट्रपति पौडलले आज आफै प्रस्तुत गर्ने भएका हुन ।

 

‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश नगर्ने भन्ने बाहिर कुरहरु आएका थिए तर राष्ट्रपतिले आफै प्रस्तुत गर्ने निधो भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने । उनका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न कुनै समस्या रहेको छैन ।

 

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हाे ।

 

प्रधानमन्त्री प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भए पछि यसअघि नै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि यसअघि नै अनुरोध गरिसकेका छन ।

 

भ्रष्टचारीलाई कारबाही गर्ने प्रमुख अजेन्डासमावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

राष्ट्रपतिले स्वास्थ्यका कारण असम्भव भएमा प्रधानमन्त्री दाहालले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यसअघि चर्चा भएको थियो । तर, राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने टुंगो भएको हो । राष्ट्रपतिमा निर्वाचित भए पछि पहिलो पटक पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन ।

 

पौडेलले २०८० साल जेठ ५ गते शुक्रबार १६:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने स‌सद सचिवालयले जनाएकाे छ ।

 

राैतहट,जेष्ठ ०४ गते राैतहट ।

जिल्लामा खाेज र खाेप कार्यक्रमले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै कार्यक्रम चलिरहेको हाे । नेपाल सरकारकाे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम संचालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ ।

स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक सञ्चालन भई रहेका छन । सो खोप केन्द्रमा वेलैमा खोप नलिई छुटेका वालवालिकाका लागि खाेज र खाेप दिन कार्यक्रम संचालनमा रहेका छन ।

खाेप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहका वालवालिकाहरुलाई खोप दिदैछ । वालवालिकाहरुले पाउनु पर्ने सबै खोप केन्द्र मार्फत दिई रहेको जिल्ला स्वास्थ्य कार्यालय राैतहटका प्रमुख सुरेश प्रसाद यादवले वताए ।

जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो कार्यक्रम भएको हाे । पुर्ण खाेप सुनिश्चितता बाैधीमाई ,देवाही गोनाही ,पराेहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गाैर नगरपालिका रहेका छन ।

खाेज र खाेप अभियानमा जिल्लाका सबै वालवालिका खाेप पाएको देखाई सकेपछि मात्र राैतहट पुर्ण खाेप घोषणा हुने प्रमुख यादवले बताए । जन्म देखि १५ महिना भित्र सेडुल अनुसारकाे खाेप लिनु पर्ने हुन्छ । जिल्लाको आठ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखाेप दिगाेपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ। खाेज र खाेप अभियानले अषाढ सम्म राैतहटलाई खाेप सुनिश्चितताको लेवलमा पुर्याउ छन ।

बच्चालाई स्वस्थ्य रहने पुर्ण अधिकार हाे । बच्चा जन्मने वितिकै विसिजि दिनु पर्ने हुन्छ । ६ हप्तामा राेटा , पाेलियाे,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप १० हप्तामा राेटा, पाेलियाे, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नु पर्दछ ।

वालवालिकालाई १४ हप्तामा पाेलियाे एफ आई पिभि, डिपिटी, हेपबि ,हिबखोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा- रुवेला,१२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा- रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन ।

२०३४ सालमा विफर उन्मुलन भएपछि रुपन्देही ,सिन्धुपाल्चोक र धनुषा जिल्लावाट खाेप कार्यक्रम शुरु भएको थियो । हाल ७७ वटै जिल्लामा १३ राेग विरुद्व १३ खाेप चलि रहेका छन । स्वास्थ्यकर्मी र भ्याक्सीन कमि छैन ।

खोप लिई सकेपछि वालवालिकामा हुने समान्य अषर खोपाएको ठाउमा दुख्ने ,ज्वराे आउने हुन्छ । त्यसका कारण ड्रप आउट हुने मुख्य समस्याको रुपमा रहेको प्रमुख यादवले वताए।

 

राैतहट,जेष्ठ ०४ गते राैतहट ।

डोम समुदाय बिकाश केन्द्र (DCDC) रौतहटले डोम जातिका वालवालिकालाई विधालय भर्ना गराउन शुरु गरेका छन । आआफ्ना वालवालिकालाई शिक्षाका लागि विधालय पठाउन लागेका हुन । मधेसमा अन्य जात जातिकाे तुलनामा डाेम निकै पछाडी रहेका छन ।

आर्थिक समाजिक राजनैतिक रुपमा पछाडी रहे पनि मानविय आधारभुत कुराको रुपमा रहेको शिक्षा स्वास्थ्य र सरसफाइमा पनि निकै पछाडी रहेको डोम समुदाय विकास समितिका अध्यक्ष विजय मलि डाेमले वताए ।

आफनो जातिय समुदायको न्युनतम आधारभुत आवश्यकता पूरा गराउन आगाडी बढेको छु यसमा सबैको सहयोगको अपेक्षा गरेकाे अध्यक्ष डाेमले बताए ।

परोहा नगरपालिका अन्तर्गत बसन्तपटीका डोम बस्तिमा शिक्षा सरसफाइ तथा आय आर्जन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्नुको साथै कक्षा (१-५) सम्म अध्यनरत 7 जना डोम बालबालिकाहरुलाइ प्रोत्साहित गरि र बिधालय बाहिर बाल बालिकाहरुलाइ बिधालय भर्ना गर्नुको लागि केही शैक्षिक सामग्रीहरु बितरन गरेकाे वताए ।

डोम समुदाय लाई सहयोग गर्नुको लागि स्थानिय सरकार, प्रदेश सरकार, केन्द्र सरकार तथा समाजसेबी र कर्मचारीहरुलाई समेत उनले अनुरोध गरेका छन।

 

आरके श्रीवास्तव,गरुडा,जेठ ०४ गते रौतहट ।

जिल्लाको मध्य भाग गरुडा नगरपालिका–६ मा सडक ढलान तथा नाला निर्माण हुने भएको छ । जसको लागि अनुगमन तथा योजनाको संचालन समिति गठन गरिएको छ । आज सो वडाको अमरपट्टीमा टोलमा वडा अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठक बाट शहरी विकास मन्त्रालय बाट ठेक्का भइ आएको २० करोडको बजेट बाट सडक ढलान तथा नाला निर्माण गर्न सर्वसहमती बाट निर्णय गरिएको छ ।

अमरपट्टीमा शिवपूजन राय यादवको घरदेखि मन्दिर सम्म र मन्दिर देखि गौर हाइवे सम्म सडक र नाला निर्माणको लागि १८ फिट बाटो खाली गराइ सडक ढलान र नाला निर्माण कार्य हुने नगर प्रमुख कन्थमनी जयसवालले बताए ।

वर्षाका कारण सो वडाको धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो हुने गरेको थियो ।

त्यसकै मध्य नजर गरी सडक ढलान र नाला निर्माण काम सुरु हुने भएपछि अमरपट्टीका स्थानीयवासी खुसी भएका छन् ।

गरुडा नगरपालिकामा विकास निर्माणका कार्य गति लिएको छ । नगर प्रमुख (मेयर) जयसवालले सबै पक्षलाई समेटेर नगरमा विकास निर्माणका कामलाई निकै जोरसोरले अगाडि बढाइ रहेका छन् ।

वर्षौदेखी पक्की सडक नहुँदा खासगरी वर्षाको समयमा हिलोको कारण स्थानीयहरुलाई आवतजावत गर्न निकै कठिनाई हुँदै आएकोले आफुले स्थानीहरुको आवतजावतमा कुनै समस्या नहोस भन्ने उद्देश्यका साथ सडक ढलान कार्यलाई तिव्र गतिमा अगाडि बढाएको उनले बताए ।

सो अवसरमा इन्जिरनियर मणिष कुमार सिंह,समाजसेवी दुर्गा राय यादव,गिरधारी राय यादव,सिकिन्द्र राय यादव सहित स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

काठमाडौं, ५ बैशाख ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहेको छ।

 

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडौं, ४ जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ११०, लोकल सिमी ७०, भटमास कोसा १००, तिते करेला ४०,लौका ४०,परवल ९०, पाकेको फर्सी ४०,  घिरौंला ५०, भिण्डी ६०, स्कूस ४०, कन्ये च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २८०, बन्दा कुरीलो ३००, ब्रोकाउली ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

 

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो प्याज ८०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।