मुम्बई, १० जेठ ।
साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन् ।
अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन् । फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन् ।
रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए । फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन् । फिल्ममा रणवीरको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।
फिल्मका निर्देशक सुकुमारले फिल्मा ठूला ठूला कलाकारको केमियो हुने बताएका छन् । उनले फिल्मको तेस्रो सिक्वेल बनाउने पनि सोच बनाइरहेको खुलाएका छन् ।
दाङ, ११ जेठ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ ।
बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन् ।
सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।
सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।
दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ ।
दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।
मुकेशकुमार यादव,सिरहा, ११ जेठ ।
भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर ‘भोजको उजुरी हाल्ने यही मान्छे हो’ भन्दै दलितमाथि कुटपिट गरेका छन् ।

अध्यक्ष उग्रनारायण यादवको कार्यकर्ताले छलफलमा बोलाएर भोजको विषयमा मुद्दा हाल्ने यही हो भन्दै सिरहाको भगवानपुर गाउँपालिका १ का विणुदेव पासवानमाथि कुटपिट भएको हो ।
गाउँमा बनाएको मन्दिरको भुक्ता
नीको विषयमा छलफल गर्ने बाहनामा बोलाएर पासवानलाई नेकपा एमालेका गाउँ कमिटीका पदाधिकारी सूर्यनारायणप्रसाद यादव, नन्दी यादव, घुरण यादव, देवन यादव, जीवछ यादवसहितले पासमानलाई सामूहिक रुपमा घेराबन्दीमा पारी कुटपिट गरेका छन् ।
गाउँमा बनेको मन्दिरको भुक्तानीको विषयमा छलफल गर्नुछ, हामी दुई÷तीनजना बसेर छलफल गरौं भन्दै जीवछ साफीमार्फत योजनाबद्ध तरिकाले बोलाउन लगाएर आफूमाथि सार्वजनिक स्थलमा गाली गलौज र कुटपिट गरेको पासवानले बताए ।

‘मलाई जीवछ साफीमार्फत योजनाबद्ध तरिकाले भगवानपुर १ मुख्य चोकको प्राथमिक स्वास्थ्य केन्द्रमा बोलाएर अनावश्यक रुपले निहुँ खोज्दै गालीगलौज गर्दै यही हो भोजको विषयमा मुद्दा हाल्ने ? यलाई बाधेर थुन भन्दै कुटपीट गरे,’ पासवानले भने, ‘पहिला दुई÷तीन जना बसेर छलफल गरौं भने पनि पछि उनीहरु सबै एक्कासि जम्मा भएर ममाथि साङ्घातिक आक्रमण गरे ।’
पसवानको अध्यक्षतामा रहेको उपभोक्ता समितिले गत आर्थिक वर्षमा गाउँकै मन्दिर निर्माण गरेको थियो । चुनाव नजिकिएकाले त्यसबेला भुक्तानी हुन नसकेका उनले गाउँ पालिकाबाट अझै भुक्तानी नपाएको बताए । त्यसको विषयमा छलफलमा बोलाएकाले आफू गएको पासवानले बताए ।
भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवकी आमाको गत २२ फागुनमा भएको शुद्धि भोजमा जातीय आधारमा दलित, मुस्लिम र गैरदलित समुदायलाई छुट्टाछुट्टै ठाउँमा ब्यानर, प्लेकार्ड नै राखेर जातीय विभेद हुनेगरी भोज खुवाएको भन्दै पासवानसहितका दलित अगुवाहरुले गत ५ चैतमा दिएको उजुरी १४ गते जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता भएको थियो ।
उजुरी हाल्ने क्रममा पनि गाउँपालिका अध्यक्ष यादव पक्षबाट पीडितहरुलाई धम्की दिएका थिए । त्यही मुद्दाको साक्षी बयानको लागि जिल्ला प्रहरी कार्यालय जानलाई ठिक परेका बेला नियोजित ढंगले बोलाएर आफूमाथि आक्रमण भएको पासवानको भनाइ छ ।
सोही मुद्दा दर्ता गराएको भन्दै पासवानमाथि अध्यक्ष यादवका निकट व्यक्तिहरुले पासवानलाई कुटपिट गरेका हुन् । कुटपिटबाट उनको अनुहारसहित शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । चोटका कारण उनको ढाडमा समस्या भएको प्रादेशिक अस्पताल लहानले जनाएको छ।
बिहीबार बिहान छलफलमा बसेका बेला विवाद भएको भन्ने जानकारी पाएपछि प्रहरीको टोली पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र राज पाण्डेले जनाएको छ । उनले भने, ‘बिहानी छलफलको क्रममा विवाद भएको भन्ने जानकारी पाएपछि प्रहरी टोलीपुग्दा साम्य भइसकेको थियो। त्यसपछि हामीले विशेष जानकारी लिएनौं ।’
काठमाडाैं, ११ जेठ ।
नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ। बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएकाे थियाे । बिहीबार तेजाबी सुन प्रतिताेला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौ, ११ जेठ ।
एसियन हाइड्रोपावरले ३२ जेठमा वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभामा हाल कायम रहेको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्ने एजेन्डा रहेको छ । यस्तै, कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि संस्थाले १९ जेठमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, १९ जेठसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
मुम्बई, ११ जेठ ।
बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१ र्औ जन्मदिन मनाउदैछन् । करणको निर्देशकीय कमव्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ पनि रिलिजका लागि तयार छ ।
धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौं सुपरहिट फिल्म दिएका छन् । करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन् । तर गम्भीर विषयका फिल्ममा भने उनलाई रुची छैन ।
‘मलाई संगीत मनपर्छ । मलाई गीत र नृत्य, ग्ल्यामर मनपर्छ । यिनीहरुका लागि म माफी माग्दिनँ । मलाई मानिसहरुले तपाईं वास्तविक मुद्धामा फिल्म कहिले बनाउनुहुन्छ भनेर सोध्छन् ? त्यसका लागि मैले माइ नेम इज खान बनाएँ । मलाई सबै कुरा गर्न मजा लाग्छ । तर मेरा लागि फिल्म पलायनवाद हो र म चाहन्छु कि मेरो फिल्म हेर्न आउँदा दर्शकहरु प्रेममा रमाउँदै संसार घुमुन्’, उनले भनेका छन् ।
करणले चमक र ग्ल्यामर नभएको फिल्म आफूले कहिल्यै नबनाउने बताएका छन् । ‘म गम्भीर हुन चाहन्नँ । म मजेदार र शानदार फिल्म बनाउन चाहन्छु’, उनी भन्छन् । रणवीर सिंह र आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ २८ जुलाईमा रिलिज हुँदैछ ।
काठमाडौं, ११ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
जसअनुसार च्यासल मैदानमा मनाङ मस्र्याङदी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं, ११ जेठ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौ, ११ जेष्ठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिददर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिददर १४१ रूपैयाँ ८८ पैसा र बिक्री दर १४२ रूपैयाँ ५३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रूपैयाँ ३१ पैसा र बिक्री दर १६४ रूपैयाँ ०५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
बुटवल, ११ जेठ । लुम्बिनीको प्रदेश सभा बैठक भोली देखी बस्दैछ ।
प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३ः०० बजेका लागि बैठक आब्हान गरेका हुन ।
प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।