काठमाडौं, १४ जेठ ।
सरकारले रेशमलाल चौधरीको बाँकी सजाँय मिनाहा गर्दै आममाफी दिने भएको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले पुर्व सांसद चौधरीको बाँकी सजायँ मिनाहा गरेर जेलमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
‘रेशमलाल चौधरी, जो अहिले कारागारमा हुनुहुन्छ, जसको अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था छ, राष्ट्रपति कार्यालयले सोधेका केही बिषयहरु सम्वोधन गरेर राष्ट्रपति कार्यालयमा बाकी सजायँ मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन् ।
उनका अनुसार आजको मन्त्रीपरिषद बैठकले यसरी सिफारिस गर्दा सरकारले कुनै कानुनी उलङघन गरिएको छैन ।
‘हामीले बिभिन्न कानुन ब्यावसायसँग गरेको सल्लाह अनुसार कानुनत: ठिक छ भन्ने कुरा छ, अहिले हामीले यो निर्णय कानुन भन्दा बाहिर गएर गरेका छैनौं’ उनले भनिन ।
विशाल बस्नेत,महोत्तरी, १४ जेठ ।
बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन । तर ‘राल्फा’ आन्दोलनको चर्चा हिजोआज पनि भइरहन्छ । २०२१ सालमा सरकारका विरुद्ध सुरु भएको राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो ।
काठमाडौंमा जन्मिए पनि यो आन्दोलन गाउँगाउँसम्म पुग्यो । पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची–महाकालीसम्म पुगेका थिए । यस्तै साहित्यिक आन्दोलनको सुरुवात हुने भएको छ, महोत्तरीमा पनि ।
भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमलाइ थप सशक्त बनाउन र खबरदारी गर्न प्रगतिशील लेखक संघ महोत्तरीले गणतन्त्र दिवसको अवसर पारेर यसकाे औपचारिक सुरुवात गर्ने भएको छ । `लेखक तथा साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाको माध्यमबाट आन्दोलन गर्ने तयारी गरेका हौँ, ´ प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले भने।
यसअघि पनि बिद्रोही चेतका कविताका माध्यमबाट जिल्लाका साहित्यकारहरुले आफ्ना रचनाहरु प्रकाशन गर्दै आएका छन । सामाजिक मुद्दाका विषयहरूलाई समेत रचनाका माध्यमबाट प्रष्फुटित गर्दै आएका महोत्तरीका साहित्यकारहरु भ्रष्टाचारको विरुद्ध पहिलोपटक संगठित हुन लागेका हुन् ।
मोफसलबाट सुरु गरिएको यो साहित्यिक आन्दोलन सम्भवत: देश कै पहिलो आदोलन हुन सक्ने प्रगतिशील लेखक संघको दाबी छ । तत्कालीन समयमा रायन र रमेशले रेडियो नेपालबाट पारिश्रमिक नपाएको विषयमा पारिजातले नेतृत्व गरेको राल्फा आन्दोलनको जतिकै भ्रष्टाचार विरुद्धको आन्दोलन सशक्त बन्नुपर्ने अध्यक्ष नारायण घिमिरेले बताए ।
समाजमा विद्रोही चेतका कविताका माध्यमबाट भ्रष्टाचारविरुद्ध चलाइने कलम साहित्यकारहरुको लागि आफैँमा चुनौती भए पनि सबैले त्यसकाे जिम्मेवारीबोध गर्नुपर्ने महोत्तरीका साहित्यकारहरुको बुझाइ छ ।
गणतन्त्र दिवसको दिन बर्दिबासस्थित एक होटलमा हुने आयोजित कार्यक्रममा साहित्यकारहरुले आफ्ना विद्रोही भावहरु व्यक्त गरेर भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनको सुरु गर्नेछन ।
मुम्बई, १४ जेठ ।
हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु पनि अब सावधान हुन थालेका छन् । कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन् ।
अभिनेता आमिर खानजस्ता कलाकार अभिनयबाट केही समयका लागि ब्रेक लिइसकेका छन् । अब यो लाइनमा रणवीर कपुर पनि आएका छन् ।
यहीकारण रणवीरले लामो समयदेखि योजनामा रहेको दिग्गज गायक तथा अभिनेता किशोर कुमारको बायोपिकबाट हात झिक्ने संकेत दिइसकेका छन् । यो फिल्ममा अब रणवीरको स्थानमा अर्का अभिनतो रणवीर सिंह जोडिने सम्भावना देखिएको छ ।
निर्देशक अनुराग बसु लामा समयदेखि रणवीरसँग मिलेर किशोर कुमारको बायोपिक बनाउने तयारीमा थिए । तर रणवीरका लागि नयाँ अभिप्रायले निर्देशक बसुलाई समस्यामा परेको छ ।
केही समयअघि रणवीरले ११ वर्षदेखि आफूले किशोर कुमारको बायोपिकमाथि विचार गरिरहेको खुलाएका थिए । उनले निर्देशकले स्क्रिप्ट लेखिरहेको र आफ्ना लागि अर्को बायोपिकमा अभिनय गर्न पाउनु खुशीको कुरा भएको बताएका थिए ।
रणवीरले फिल्म ‘एनिमल’ पछि कुनै पनि फिल्ममा सम्झौता गरेका छन् । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’ पछि रणवीर अभिनयबाट ब्रेक लिन चाहन्छन् ।
नयाँदिल्ली, १४ जेठ ।
भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन् ।
नयाँ संसद भवनको उदघाटन राष्ट्रपतिले गर्नु पर्ने बिपक्षीको आग्रहलाई अस्विकार गर्दै प्रधानमन्त्री मोदीले आइतबार बिहान उदघाटन गरेका हुन । तर, मोदीको बिपक्षीको आग्रह अस्विकार गरेकोमा प्रतिपक्ष दलले सरकारको आलोचना गरिरहेका छन् ।
प्रतिपक्ष दलहरुले हिन्दुत्व विचारधारा वीडी सावरकरको जन्मजयन्तीको अवसरमा संसद भवन उदघाटन गर्ने निर्णयको पनि निन्दा गर्दै आएका छन् । तर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बिपक्षीको बहिष्कारलाई भने ‘लोकतन्त्रको अनादर’ भनेको छ ।
नयाँ संसद भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्वाकांक्षी परियोजनाको एक हिस्सा हो।
नयाँ भवनको उद्घाटन गर्दै मोदीले भारतको स्वतन्त्रताको ७५ वर्ष पछि सो संघर्षमा ज्यान गुमाएका प्रति श्रद्धांजलि ब्यक्त गरेका छन् भने ७५ रुपैयाँको नयाँ सिक्का पनि अनावरण गरेका छन् । नयाँ चार तले भवन अनुमानित ९.७ बिलियन रुपैयाँमा निमार्ण भएको हो ।

लोक सभा कक्षलाई भारतको राष्ट्रिय चरा मयूरको जस्तै डिजाइन गरिएको छभने तल्लो सदन अर्थात राज्यसभा कक्षलाई भारतको राष्ट्रिय फूल कमलसँग मिल्दोजुल्दो बनाउन डिजाइन गरिएको छ ।

गत बुधबार प्रमुख प्रतिपक्षी कांग्रेस सहित १९ दलले उद्घाटन समारोह बहिष्कार गर्ने सामुहिक निर्णयको घोषणा गरेका थिए । उनीहरुले नयाँ संसद भवन राष्ट्रपतिवाट उदघाटन गराउनु पर्ने माग राखेका थिए । तर, बिपक्षीको माग सम्बोधन नगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद भवनको उदघाटन गरेका हुन ।
काठमाडौ, १४ जेष्ठ ।
नेपाल रिपब्लिक मिडियाले आज आइतबार जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । नेपाल रिपब्लिक मिडियाले वैशाख ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।
यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा जेठ १४ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन् ।
यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आइपीओ जारी गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
योमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ ।
पेरिस, १४ बैशाख ।
यस वर्षको ‘कान्स फिल्म फेस्टिभल’मा हत्या रहस्यले भरिएको फ्रान्सेली फिल्म ‘एनाटोमी अफ ए फल’का लागि निर्देशक जस्टिन ट्राइटले प्रतिष्ठित ‘पाल्मे डीओर’ अवार्ड जितेकी छन् ।
यो फिल्मले पतिको हत्याको आरोप लागेको एक लेखकको कथालाइ देखाएको छ । यो अवार्ड जित्ने जस्टिन तेस्रो महिला निर्देशक हुन् ।
अवार्ड लिँदै जस्टिनले पेन्सनको विरोध प्रदर्शनमा फ्रान्सेली सरकारले दिएको प्रतिक्रिया प्रति आलोचना गरेकी थिइन् । ‘यी विरोध प्रदर्शहरुलाई स्तब्ध पार्ने गरी दमन गरिएको थियो’, हलिउड स्टार जेन फोन्डाबाट अवार्ड प्राप्त गरेपछि जस्टिनले भनिन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पेन्सन प्रणालीमा सुधार गर्ने भन्दै सेवा निवृत्तको उमेर ६२ बाट ६४ पुरयाएपछि फ्रान्समा विरोध भइरहेको छ ।
फेस्टिभलको दोस्रो ठूलो पुरस्कार ‘द ग्राण्ड प्रिक्स’ ब्रिटिस निर्देशक जोनाथन ग्लेजरले ‘द जोन अफ इन्ट्रेस्ट’का लागि जिते । यो फिल्म दिवंगत मार्टिन अमिसको उपन्यास ‘द जोन अफ इन्ट्रेस्ट’मा आधारित छ ।
फेस्टिभलमा जापानी अभिनेता कोजी याकुसोले फिल्म ‘विम वेन्डर्स परफेक्ट डेज’का लागि ‘उत्कृष्ट अभिनेता’को अवार्ड जिते । फिल्ममा कोजीले टोकियोमा शौचालय सफा गर्ने मध्यम उमेरका युवाको भूमिका निभाएका छन् । त्यस्तै टर्कीकी मर्भ डिजडरले ‘एबाउट ड्राइ ग्रासेस’का लागि ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पोल्टामा पारिन् । भियतनामी–फ्रान्सेली निर्देशक ट्रान एन्ह हुङ ‘पोट–अउ–फिउ’का लागि ‘उत्कृष्ट निर्देशक’को हकदार बने । यो फिल्मले १९ औं शताब्दीमा फ्रान्सेली महलमा भएको जुलाइटी बिनोचे र बिनोट मागिमेलको प्रेमकथालाई देखाएको छ ।
काठमाडौ, १४ जेठ
न्युज कारखाना
सनराइज बैंकले असार ३ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि सभा डाकेको हो । साधारण सभा आम्रपालि ब्याङ्केट बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनका लागि मूल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । जेठ २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।
यस्तै, अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ ।
काठमाडौं, १४ जेठ
रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन् ।
दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा शनिबार बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको मोटरसाइकल स्टार्ट गरेर घुमाउने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेको जनाइएको छ ।
भक्तपुर, १४ जेठ ।
भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन् ।
साे प्रतियोगितामा सुदीप तामाङ दोश्रो र बद्रीलाल नेपाली तेश्रो हुन सफल भए भने शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगितामा चौथौ सुरोज महर्जन, पाँंचौ शुशिल चौधरी, छैटौं क्षितिज भण्डारी, सातौ सुरवीर लामा, आठौ नवीन तण्डुकार, नवौं सुसोन दाहाल र दसौं राजेश कक्षपति हुन सफल भए ।
विजयी खेलाडीहरुलाई शनिबार एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । उनीहरुलाई बागमति प्रदेशका साँंसद सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा पहिलो हुने नगद रु २५ हजार, दोश्रो हुने १५ हजार र तेश्रो हुने १० हजार नगद पुरस्कारबाट पुरस्कृत भए । चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंचपाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको रहेको थियो ।

आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुका अनुसार प्रतियोगितामा कुल एक सय ४० जनाले सहभागिता जनाएका थिए, जसमध्ये ६ जना महिला थिए । प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका सहभागी भएको जनाइएकाे छ । साे प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको थियाे ।

टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा साे प्रतियोगिता गरिएको हो । ग्वाछाको झण्डै ४५ दिन अघि अल्पआयुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदरपत्र वितरण गरिएको थियो ।

काठमाडौं, १४ जेठ ।
तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइएको छ ।
आइतबार बसेको बोर्डको बैठकले ६७९ मेगावाटको तमोररबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रियाअघि बढाइएको हो । प्रक्रिया स्वरुप सम्झौता र कार्ययोजनाअनुसार काम अघि नबढेको भन्दै स्पष्टीकरण सोध्ने बोर्डले गररेको हो ।
नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) सँग मिलेर आयोजना बनाउने सम्झौता पावर चाइनाले गरेको थियो । एचआईडीसीएलको पत्रअनुसार बोर्डले पावर चाइनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एचआईडीसीएले २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्न्तरता नदिन बोर्डलाई पत्र लेखेको थियो ।