राैतहट, १४ गते असार ।
मुस्लिम धर्मावलम्बीले आज राैतहट सहित देशैभर बकर इद पर्व मनाउँदै छन् । बकर इद मुस्लिम समुदायको महान् पर्व हो । बकर इदमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मदरसा, इदगाह, मस्जिदमा गएर सामूहिक नमाज पढि रहेका छन् ।

नमाज पढि सके पछि एक आपसमा शुभकामना साटफेर गर्ने गर्छन । बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा हुन लागेको हो ।

आरके श्रीवास्तव,रौतहट,१४ गते असार
रौतहटको एक घरपरिवारका सबै सदस्य च्याउ खेती गरिरहेको पाइएको छ । जिल्लाको कटहरिया नगरपालिकाका एक किसान जसको पुरै परिवारका सदस्य च्याउ खेतीमा संलग्न छन् । सो नगरपालिकाको वडा नम्बर ४ बलिरामपुरका किसान सुदिन मियाँको परिवारको दिनचर्या नै फेरिएको छ ।

घरायसी काम बाट फुर्सद निस्किएपछि उनको परिवार च्याउ खेती भएको स्थान तर्फ लागछन् । बिगत आठ वर्ष देखि च्याउ खेतीलाई निरन्तरता दिदै आएका मियाँ अहिले आफ्नै कटहरिया च्याउ उधोग दर्ता गराएर व्यवसाय गरिरहेका छन् । जिल्लाको चर्चित बजार कटहरियामा च्याउ खेती गरेर राम्रै आम्दानी गरिरहेको बताउँछन् । उनले मासिक ५० हजार देखि १ लाख कामाउँछन् ।

च्याउ खेती गरि राम्रो आयआर्जन गरेर उनी अहिलेका युवापुस्ताहरूको लागि उदाहरणीय बनेका छन् । हेर्दा मियाँ उमेरले पाका देखिन्छन् । बि.स.२०७२ साल देखि उनी यो खेती सुरु गरेका थिए । सुरुआतमा उनले ५० हजार लगानी गरेर च्याउ उत्पादन गर्न थाले ।

रेडक्रस सोसाइटिले आयोजना गरेको च्याउ खेती तालिमबाट प्रभावित बनेर उनी यस तर्फ लागेको सुनाए । तालिम पछि च्याउ खेती गर्ने रहर जाग्यो र उनी अहिले ४ कठ्ठा क्षेत्रफलमा च्याउ खेती गरिरहेका छन् । उनले उत्पादन गर्ने च्याउ भनेको कन्ने च्याउ हो । उनले दुइ वटा घर निर्माण गरेर च्याउ खेती गरिरहेका छन् । अहिले उनी घर परिवारको खर्चको व्यवस्था गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

च्याउ बिक्रीका लागि व्यवस्थित बजार नहुँदा समस्या हुने गरेको बताउँछन् । मियाँले च्याउ खेती गरेको ८ वर्षभयो । च्याउ खेती अझै फस्टयाउने उनकोे योजना रहेको उनले जानकारी गराए । मियाँले घरपरिवारको अलावा अन्य ५ जनालाई च्याउ उत्पादन भएको बेला रोजगारी समेत दिने गरेका छन् ।

‘च्याउखेतीबाट खर्च कटाएर मासिक ५० हजार देखि १ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने, ‘अहिले प्रतिकिलो २ सयका दरले च्याउ बिक्री हुने गरेको छ ।’ आफ्नै लगानीमा च्याउ खेती अहिले देशमा तिन तहको सरकार छ । सबभन्दा नजिकको सरकार स्थानिय सरकार हो ।

तर मियाँ लाई कसैले पनि सहयोग नगरेपछि उनलै आफ्नै लगानीमा च्याउखेती गरेका हुन् । आर्थिक मन्दीको असर उनलाइ पनि परेको छ । बैंक बाट ऋण लिएर व्यवसाय फस्टयाएका उनलाइ बैंकले ब्याजदर बढाउँदा समस्या परेको छ । किस्ता बुझाउन समस्या परि रहेको दुःखेसो गरे ।

स्थानिय सरकारले आफूलाइ सहयोग गर्छ भन्ने अपेक्षा छ ।
कटहरिया नगरपालिकाको यस अघिका नगर प्रमुख सियाराम कुश्वाहाले च्याउ खेतीका लागी आफूलाई दुई लाख रुपैयाँ सहयोग गरेको किसान मियाले बताउनु भयो ।
साथै प्रदेश सरकारबाट ५० प्रतिशत अनुदान फ्रि पाएको उनले बताए । यसका अलावा काही कतैबाट सहयोग नपाएको उनको भनाई छ ।
च्याउको बिउ पनि गर्छन् उत्पादन
बिउ उत्पादन पनि आफैंले सुरू उनी बताउँछन् । च्याउको बिउ उत्पादन गर्ने मेसिन नै खरिद गरेर बिउ उत्पादन गर्ने गरेका छन् । तर जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले आफूले उत्पादन गरेको बिउको प्रोत्सान नगरिदिँदा समस्या हुने गरेको गुणासो गरे । मिहिनेत गर्न सके च्याउ खेती बाट राम्रै आम्दानी गर्ने सकिने उनको ठम्याइ छ ।

मियाँ भन्छन् विदेश जाने पैसा यही लगानी गरी व्यवसाय सुरु गर्ने हो भने घर परिवार सँग बसेर राम्रै आम्दानी गर्न सकिन्छ ।
के भन्छन् सम्बन्धित निकाय?
चयाउ खेती प्रवद्र्धनका लागि स्थानिय सरकारले कस्ता कार्यक्रम ल्याएको छ । यस बारे कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल सँग सोध्दा च्याउ खेतीकै लागि भनेर कुनै ठोस् कार्यक्रम नभएपनि कृषि विधुतीकरणको लागि बजेट छुट्टयाएको जानकारी गराए ।

कृषि मिटर भन्ने नगरभरी फ्रि गरिएको उनको भनाइ छ ।
च्याउ खरिद गरिरहेका कटहरिया ८ का उपभोक्ता शिवनाथ यादव भन्छन् पहाड तिर पाइने च्याउ हाम्रै क्षेत्रमा उत्पादन भइ खरिद गर्न पाएपछि खुशि छौ । त्यस्तै कटहरिया वडा नम्बर १ का उपभोक्ता योगेन्द्र कुशवाहाका अनुसार कटहरियामा नै उत्पादन हुन थालेपछि हामी बिहान बिहानै ताजा च्याउ खरिद गरी खान पाएका छौं ।

यो सबै हाम्रो लागि खुशिको खबर नै छ ।
यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश सरकारका सचिव डा.नम्रता सिंह सँग प्रदेश सरकारले च्याउ प्रवद्र्धनका लागि कस्ता खालका कार्यक्रम ल्याएको छ भनि सोध्दा प्रदेश सरकारले प्रत्येक जिल्ला स्थित रहेको कृषि ज्ञान केन्द्र मार्फत नार्क बाट उपलब्ध गराएको च्याउको बिउँ ७५ प्रतिशत अनुदानमा बिउँ वितरण गरेको जानकारी गराउनु भयो । साथै उनले प्रदेश सरकारले बाली संरक्षण प्रयोगशाला मार्फत बिउँ उत्पादन गराउने लक्षय छ ।

जुन यसपाली देखि हुन सकेन् अर्को आ.व. देखि उत्पादन गरिने छ । त्यस्तै आगामी वर्ष देखि च्याउ उत्पादन र प्रवद्र्धन कार्यक्रम चलाउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी गराइन् ।
कृषि ज्ञान केन्द्र गौरका प्रमुख हरिशंकर साह सँग सोध्दा रौतहटमा ५ देखि ६ मेट्रिक टन च्याउको माग रहेको जानकारी गराउनु भयो ।

जसमा ८ मेट्रिक टन सम्म उत्पादन भइरहेको उनको भनाइ छ । माग भन्दा आपूर्ती नै बढी रहेको वहाँ भन्नु हुन्छ । यहाँको च्याउ सर्लाही लगायत अन्य ठाउँमा जाने गरेको उनी बताउँछन् । यहाँको किसानले नै च्याउको बिउँ उत्पादन गर्ने गरेकोले अन्य ठाउँ बाट ल्याइदैन् ।





काठमाडौं, १४ असार ।
लुम्बिनीमा दुई मन्त्रालयको नाम परिबर्तन गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम परिवर्तन गरी नयाँ नाम कायम गरेको हो ।
बुधवार बसेको मन्त्रीपरिषदको बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय तथा आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर संघीय सरकारको झल्को दिने गरी नाम परिवर्तन गरिएको हो ।
जसअनुसार आन्तरिक मामिलालाई गृह मन्त्रालय तथा आर्थिक मामिलालाई अर्थ मन्त्रालय बनाईएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।
काठमाडौं, १४ असार ।
इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा हुन लागेको हो ।

‘नेपाल राजपत्रमा मिति २०७९ चैत २ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
बकर इद मुस्लिम समुदायको महान् पर्व हो । बकर इदमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मदरसा, इदगाह, मस्जिदमा गएर सामूहिक नमाज पढने गर्दछन् । नमाज पढि सके पछि एक आपसमा शुभकामना साटफेर गर्ने गर्छन ।
बिराटनगर, १४ असार ।
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने लागेका हुन । बैठक अपरान्ह १ बजे बोलाईएको छ ।
सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथी विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज बिश्वासको मत लिन लागेका हुन । एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाईसकेका छन । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।
जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहनेछ । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले जनाउँदै आएका छन् ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।
काठमाडाैं, १४ असार ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
मुम्बई, १३ असार ।
रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ लाई लिएर देशभर विवाद चर्किएको छ ।
प्रभास, कृति सेननको फिल्म रिलिज भएको १२ दिन बितिसक्दा पनि जनताको मनमा रहेको आक्रोश शान्त हुने नाम लिइरहेको छैन । ओम राउत निर्देशित यो मेगा बजेट फिल्म विवादमा फसेको बेला ‘रामायण’का फ्यानहरुका लागि एउटा खुसीको खबर आएको छ ।
सन् १९८० को दशकको चर्चित टिभी सिरियल ‘रामायण’ फेरि टेलिकास्ट हुने भएको छ । रामानन्द सागरले बनाएको यो सिरियल कहिले, कहाँ र कुन समयमा प्रशारण हुने हो ? यो जानकारी राखौं ।
अरुण गोभिल, दीपिका चिखलियाजस्ता स्टार कलाकारलाई लिएर बनेको यो पौराणिक सिरियल ओम राउतले घोषणा गरेको दिनदेखि नै ‘आदिपुरुष’सँग तुलना भइरहेको थियो । लकडाउनमा पुनः रामकथाबारे जनतालाई सचेत गराए पछि रामानन्द सागरद्वारा रचना गरिएको ‘रामायण’ फेरि एकपटक टिभीमा फर्किएको छ ।
वास्तवमा च्यानल शेमारू टिभीले सुपरहिट शो रामायणको प्रोमो इन्स्टाग्राममा सेयर गर्दै लेखेको छ, ‘हामी तपाईंहरू सबै प्रिय दर्शकहरूका लागि विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण ल्याइरहेका छौं, ३ जुलाई बाट रामायण साँझ ७ः ३० बजे मात्र हेर्नुहोस्। आफ्नो मनपर्ने च्यानल शेमारु टिभीमा।
यो पौराणिक सिरियल शेमारु टिभी च्यानलमा जुलाई ३ गतेवाट साँझ ७ः३० बजे प्रशारण हुनेछ । रामानन्द सागर निर्देशित रामायण १९८० को दशकमा लोकप्रिय सिरियल थियो। सिरिजमा रामको भूमिकामा अरुण गोभिल, सीताको भूमिकामा दीपिका चिखलिया र लक्ष्मणको भूमिकामा सुनिल लाहिरीले अभिनय गरेका छन् । यसमा स्वर्गीय दारा सिंहले हनुमानको भूमिका निभाएका थिए भने अरविन्द त्रिवेदीले रावणको भूमिका निर्वाह गरेका थिए।
यो सिरयल सुरुमा २५ जनवरी १९८७ देखी ३१ जुलाई १९८८ सम्म प्रसारित भएको थियो र दर्शकहरूको ठूलो माया प्राप्त भयो।
रौतहट, १३ असार ।
रौतहटको गरुडा नगरपालिकामा तीन दिन देखीको धर्ना जारी छ ।
बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरी लगायतले कार्यालयमा ताला लगाएर तीन दिन देखी धर्नामा बसेका हुन ।
नगरपालिकाको कार्यालय, गरुडाामा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित छवटा वडाका अध्यक्ष तथा ३१ जना सदस्यले मुल ढोकामा ताला लगाएर धर्नामा बसेका हुन । उपप्रमुख चौधरी नै धर्नामा बसे पछि नगरपालिकवाट हुने काम कारबाही प्रभावित भएको छ ।
गत आइतबार नगरपालिकाको नवौं नगरसभाका लागि ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिएको र यसरी तयार पारिएको बजेट बिभेदकारी र एकलौटी रुपमा ल्याएको भन्दै उपप्रमुख चौधरीलगायतका वडा अध्यक्षहरु मुख्य गेटमा धर्ना बसेका हुन । जसका कारण नगरपालिकाको बजेट बजेट प्रस्तुत हुन सकेको छैन ।
नगरप्रमुख कन्थमणि जैसवालले असन्तुष्ट जनप्रतिनिधिहरुसित सम्वाद गरिरहेको र चाँडै बिबाद समाधान हुने बताएका छन् ।
काठमाडौं, १३ असार ।
मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।
पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमिताको खबर सार्बजनिक भईरहेको बेला महानगरले सो सुचना जारी गरेको हो । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिईएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्:
बित्तिय जोखिमबाट बचौँ, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔँ
सहकारी संस्था र संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई अनुरोध
बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन् । तरलताको अभाव सृजना भएको सर्वविदितै छ । महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।
यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौं ।।
सहकारी संस्थाहरुमा अनुरोध :
— तोकिएको समयमा सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवार बारे जानकारी गराउनुहोला । विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउनुहोला ।
— तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला ।
— वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला।
— परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्नुहोला ।
— शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला ।
— सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरुलाई मात्र जिम्मेवारी दिनुहोला ।
— कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला ।
— कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्नुहोला ।
— ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला ।
— जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला । जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला ।
— राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरुबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला।
— आफ्ना शेयर सदस्य र बचतकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला ।
सदस्य/बचतकर्ताहरुलाई अनुरोध
सहकारी संस्थाहरु बैंक होईनन् । यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन् । सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक छ ।
— सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला । संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला ।
— नियमित साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउनुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला ।
— बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला ।
— सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला ।
– कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नुहोला ।
— सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला ।
— आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला ।
— ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला
बासिंंगटन डिसी, १३ असाार ।
अमेरिकीले युक्रेनलाई थप सहयता दिने घोषणा गरेको छ ।
अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप ५० करोड अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको हो ।
सुरक्षा प्याकेजमा युक्रेनको रुससँग चलिरहेको द्वन्द्वमा युक्रेनको काउन्टर अफेन्सिभ अपरेसनलाई समर्थन गर्न र हवाई प्रतिरक्षा बलियो बनाउन महत्वपूर्ण क्षमताहरू समावेश छन्।
‘अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप सुरक्षा सहायताको घोषणा गरेको छ,’ अमेरिकी रक्षा मन्त्रालयले मंगलबार एक आधिकारिक विज्ञप्तिमा भन्यो।
राष्ट्रपति जो बाइडेनले राष्ट्रपति जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेको एक दिनपछि अमेरिकाले युक्रेनलाई ५० करोड डलर सुरक्षा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।
संयुक्त राज्य अमेरिकाले युक्रेनको तत्काल युद्धकालीन आवश्यकताहरू र दीर्घकालीन सुरक्षा सहायता आवश्यकताहरू पूरा गर्न जारी राख्नेछ, विज्ञप्तिमा भनिएको छ।
सुरक्षा समर्थन प्याकेजमा प्याट्रियट एयर डिफेन्स सिस्टम, स्टिङ्गर एन्टि एयरक्राफ्ट सिस्टम, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमको लागि अतिरिक्त गोला बारूद, उच्च गतिको एन्टी माइन क्लियरिङ उपकरणहरू समावेश छन्।