काठमाडौं, ५ साउन ।
संसदीय कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ ।
शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।
टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रहेकाले म्याद थप गर्न उपसमितिले आग्रह गरेको थियो । सोहीअनुसार समितिले शुक्रबार १५ दिन उपसमितिको म्याद थप गरेको हो ।
गत ५ जेठमा टिआरसी विधेयकमा दफावार छलफल गरि प्रतिवेदन बुझाउने गरी २१ दिनको समय दिएर ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
तर, प्रतिवेदन तयार गर्न समय नपुगेको भन्दै उपसमितिले म्याद थपका लागि आग्रह गरेको थियो । सोहीअनुसार शुक्रबार बसेको समिति बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी उपसमितिका १५ दिन म्याद थपेको हो ।
काठमाडौं, ५ साउन ।
क्यानडामा उच्च शिक्षा अध्ययनका लागि जाने तयारीमा रहेका र भिसा आइसकेका विद्यार्थीहरुको आत्मविश्वास बढाउने र थप जानकारी दिने उद्देश्यले गोरेटो कन्सल्टेन्सीले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा भिसा लागिसकेका तीन सयभन्दा बढी विद्यार्थी र उनीहरुका अविभावकहरुलाई सुसूचित गराउने, क्यानडा जानुअघि के कस्ता सामाग्रीहरुको आवश्यकता पर्छ, भिसा आएको कति समयमा टिकट लिने, सपिङ कसरी गर्ने भन्ने लगायतका विषयमा जानकारी दिइएको थियो ।
सो अवसरमा सिनियर काउन्सलर तथा गोरेटोका सिईओसमेत रहेका धिरज कँडेलले क्यानडा जानुपूर्व अपनाउनुपर्ने सावधानी, क्यानडा पुगिसकेपछि काम खोज्ने तरिकालगायतका विषयमा जानकारी दिएका थिए । सिईओ कँडेलले भिसाा आइसकेपछि भ्याक्सिन लगाउनुपर्ने, टिकट कसरी लिने र राहदानीको ख्याल कसरी राख्ने, जानुपूर्व भ्यालिड मेडिकल रिपोर्ट बनाउने, कलर एनओसी, क्यानेडियन डलर कति साट्ने, अन्य सामाग्रीहरु के के लैजाने, भन्ने लगायतका विषयमा जानकारी दिएका थिए ।
सो अवसरमा अर्का सिनियर काउन्सलर तथा एसओपी समीक्षकसमेत रहेका शतिस भट्टले विदेशमा विद्यार्थीहरु फ्रस्टेशनमा जाने सम्भावना बढी हुने भएकाले त्यसबाट कसरी बच्ने भन्ने विषयमा सावधानी अपनाउने तरिका, कसरी व्यस्त बन्ने र परिवारसँग नियमित सम्पर्कमा कसरी आउने र मनोरोग लगायतका समस्याबाट बच्चे उपायका बारेमा जानकारी दिएका थिए ।
त्यस्तै सो अवसरमा गोरेटोका सञ्चालक मध्येका एक राम खड्काले विदेश जाँदा ट्रान्जिटमा आउने समस्या र अपनाउन पर्ने उपायहरुका बारेमा जानकारी दिएका थिए । उनले ट्रान्जिटमा आत्मविश्वास बढाउनुपर्ने, सोधिएका प्रश्नको उत्तर नडराई दिनुपर्ने बताए ।
कार्यक्रममा गोरेटोका सिनियर काउन्सलर प्रकाश रेग्मीले आफ्नो लामो समयको डेनमार्क बसाईको अनुभव सुनाउँदै विदेशमा सबै कुराहरु आफ्नोवसमा नहुने हुँदा परिस्थितिअनुसार चल्नुपर्ने भएका कारण कुनै मोडमा पनि आत्तिन नहुने र आफू जति खुल्न सक्यो त्यति नै सिक्ने र कमाउने अवसरहरु आउने कुरामा जोड दिए । उनले क्यानडामा काम खोज्ने टिप्सहरु, आत्मविश्वास बढाउने तरिका, नयाँ समाज र परिस्थितिमा घुलमिल हुने तथा सामना गर्ने तरिकाहरुको विषयमा पनि जानकारी दिए ।

काठमाडौ, ५ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा तथा युरोपियन युरो एकको खरिददर १४६ रूपैयाँ ६८ पैसा र बिक्री दर १४७ रूपैयाँ ३० पैसा कायम भएको छ ।
हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसामा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा रहेको थियो । जसअनुसार डलरको खरिद दर ० रूपैयाँ १८ पैसा र बिक्री दरमा १८ पैसाले डलरको भाउ घटेको छ ।
उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८९ ४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।८७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७ पैसा र बिक्रीदर १०० रुपैयाँ १५ पैसा रहेको छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसामा कारोबार हुदाँ दक्षिण कोरीया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ३५ पैसामा कारोबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४८९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५ रुपैयाँ , मलेसियन रिंगिट एकको खरिद दर २८।८१ रुपैयाँ तथा बिक्री दर २८।९४ रुपैयाँ कायम भएको छ । साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६।८३ पैसा विक्रीदर ४२८।७९ पैसा रहेको छ ।
काठमाडौं, ५ साउन । आज काठमाडौंमा राप्रपा नेपालले बिरोध प्रदर्शन गर्ने भएको छ ।
संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन ।
भद्रकालिमा भेला भई न्युरोड, असन हुदैँ रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।

भ्रष्टचार बिरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, बिदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो ।
इन्दीप कोइराला
बारा, ४ साउन । नेपाली कांग्रेस बाराले जिल्ला कार्यसमितिका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ । सवारी दुर्घटनाको विषयमा छलफल गर्न पुगेका यादव प्रहरी कार्यालयभित्रै कुटिएपछि आन्दोलित बनेको कांग्रेसले कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न माग गरेको हो ।
कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारीले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापन बुझाउदै प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कांग्रेसको आन्दोलनमा एकिकृत समाजवादीले समेत साथ दिएको छ ।
प्रहरीले कांग्रेस सचिव यादवमाथी कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथी समेत दुर्व्यवहार भएको भन्दै एकीकृत समाजवादीले कांग्रेसको मागमा समर्थन जनाएको हो । कांग्रेस र एकीकृत समाजवादीले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहले कांग्रेस सचिव यादवमाथी कुटपिट गरी प्रहरी कार्यालयमै थुनामा राखेर मानसिक यातना दिएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमार्फत कुटपिट घटनामा संलग्न प्रहरी अधिकारीलाई कारवाही नभए संयुक्तरुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । प्रजिअ सापकोटालाई कांग्रेस जिल्ला उपसभापति मनोट भट्ट, जिल्ला सचिव राजेश रौनियार, जिल्ला सहसचिव प्रमोद यादव, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, जिल्ला सचिव बिक्रम ठाकुरलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।
कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथी कुटपिट भएको यादवले बताएका छन् ।
कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ । उनको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । पछील्लो पटक बारा प्रहरीको कारण बिभिन्न स्थानीय तह र जनप्रतिनिधिबीच विवाद तथा प्रहरीको दमन बड्दै गएको छ । बारा प्रहरी कार्यालयका प्रमुख होबेन्द्र बोगटीको कार्यसम्पादनमा समेत प्रश्न जिल्लामा उठ्दै गएको हो ।
काठमाडौं, ४ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिरुद्द उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन् ।
उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदबार भएका कुश्वाहा अनुशाषनकाे कारबाहीमा परेका हुन । उनी बारा–२ मा जनमतवाट उम्मेदवार थिए ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशाषन बिभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार कुश्वाहालाई पार्टी बिरोधी गतिबिधि तथा नेतृत्वको बिरोधमा बिभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ बर्षका लागि निलम्बनमा राखिएको छ।
इन्दीप कोइराला
बारा, ४ साउन । आर्थिक अभावमा ४१ वर्षीया समृता थापा मगरको उपचारमा समस्या भएको छ । रामेछाप जिल्ला घरभई ललितपुरको लुभुमा डेरा गरी बस्ने थापाको दुबै मिर्गौलाले काम गर्न छाडेको तीन महिना भयो । उनको वीर अस्पतालको सघन कक्षा उपचार भइरहेको छ । नियमित डायलासिस भइरहेको छ । डायलासिससँगै स्वास्थ्य अवस्थामा सुधार आएको आफन्तले बताएका छन् । चिकित्सकहरुले उनलाई बचाउन र नयाँ जीवन दिन सकिने बताएका छन् ।
आर्थिक अवस्था न्यून रहेको थापा परिवारको आम्दानीको श्रोत भनेको डाइभरी हो । निजी फर्म तथा ब्यक्तिहरुको ट्याक्सी चलाउँदै आएका पीडित समृताका पति शेरबहादुर थापाले समृताको उपचारमा आर्थिक समस्या भइरहेको बताएका हुन् । समृताको उपचारमा हालसम्म १२ लाख रुपैयाँ खर्च भइसकेको छ । चिकित्सकले अझ ६ लाख रुपैयाँ लाग्ने बताएका छन् ।
‘ट्याक्सी चलाएर कमाएको पैसा र ऋणधन गरेर हालसम्मको उपचार गरें । थप उपचार गर्ने पैसा हामीसँग छैन । बालक २ छोराहरुको शिक्षादीक्षा पालणपोषण गर्नुपर्ने बाध्यता पनि छ । श्रीमतीको उपचारका लागि अस्पताल धाउनु पर्दा ट्याक्सी चलाउन पाएको छैन । हामी पीडामा छौं,’ समृताका पति शेरबहादुरले गुनासो गरे ।
तीन महिना पहिला जिउ सुन्निने, पेट दुख्ने, वाकवाकी लग्ने जस्ता समस्या लिएर काठमाडाैँस्थित निदान अस्पताल पुग्दा दुबै किड्नी खराब भएको थाहा भएको हो । श्रीमतीलाई श्रीमानकाे मिर्गाैला दिनेगरी हाल प्रक्रियाअगाडि बढि रहेको भएपनि चिकित्सकले भने बमोजिमको पैसा ब्यवस्थापन गर्न समस्या भइरहेको पीडितका भाई बारा जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वा निवासी भिमबहादुर दर्लामीले बताए ।
‘दिदीको उपचारमा मनकारीहरुको आर्थिक सहयोगको अपेक्षा गरेका छौं । सानो सहयोगले एउटी नारीले नयाँ जीवन पाउने छिन्,’ उनले भने, ‘त्यसका लागि दिदी समृता थापा मगरको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खाता नं.००७०७०१०१४१५५० मा रकम सहयोग गरिदिन आग्रह गर्छु ।’
काठमाडौं, ४ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन्। कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो।
जारी सचिवालय बैठकमा आगामी निर्वाचन एक्लै लड्नुपर्ने धारणा सदस्यहरूले राखेको थिए।
शुक्रबारदेखि सुरू भएको बैठक एक सातापछि भोलि सकिने कार्यसूची छ।
काठमाडौं, ५ साउन । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ ।
गत मंगलबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ । जसअनुसार आजको बैठक विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्दै आएको छ । हिजोको बैठकमा ३५ जना केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले क्रमशः धारणा राख्ने छन् ।
हिजोको बैठकमा केन्द्रीय सदस्यहरुसुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाहले आ आफनो धारणा राखिसकेका छन ।
साथै, हिजो बैठकमा डा चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के।सी।, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखेको जनाईएको छ ।
इन्दीप कोइराला
बारा, ५ साउन । नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला विहिबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् ।
कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेसका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रीत रहन निर्देशन दिएका छन् । मधेसको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भएपनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताएका छन् ।
‘संख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठुलो पार्टी हो तर यतिले पुग्दैन,’ ज्ञवालीले भने, ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’
मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिएका छन् । ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताएका छन् ।

भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुदै बागमतीमा ल्याएर मधेसमा सिंचाइसुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्वतहले गम्भिरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाई थियो ।
कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटव्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेस प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।