२०८३ भाद्र ६
२०८३ भाद्र ६

आरके श्रीवास्तव,रौतहट,साउन ०६ गते ।
रौतहट । नेपाली किसानले उत्पादन गरेको ब्रोइलर कुखुरा विक्री हुन सकेको छैन् । रौतहटको सिमानाका बाट भारतीय कुखुराको तस्करी हुँदा यहाँ उत्पादन गरिएको कुखुरा बिक्री हुन नपाएको किसानहरुले गुणासो गरेका छन् । भारतीय कुखुराको तस्करी बढ्दा नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् ।
जिल्लाको फतुवा बिजयपुर २ शितलपुरका कुखुरा उत्पादक किसान अनिरुद्ध यादव भन्छन् नेपालमा भारतीय कुखुरा खुलेआम रूपमा प्रवेश पाउँदा मैले उत्पादन गरेको करिब ८ सय कुखुरा फार्ममै यस्तै बसिरहेको छ । बिक्री हुन सकेको छैन् । दैनिक लाखौं मूल्य बराबरको दाना खुवाउनु परेको छ । सम्बन्धित निकायको यस तर्फ ध्यान छैन् ।
भारतबाट नेपाल भित्र्याउन रोक लगाईए पनि सीमा क्षेत्रमा कुखुराको अवैध कारोबारमा वृद्धि भएको छ । नेपाल भन्दा भारती बजारमा कुखुरा सस्ता पर्छ । त्यहाँको कुखुरा नेपाली बजार अहिले छ्यापछ्याप्ती पाईरहेको छ । जसकारण नेपाली किसानले उत्पादन गरेको कुखुरा बिक्री हुन सकेको छैन् ।

सीमानाकामा प्रहरी तैनाथ छ । तैपनी कुखुरा तस्करी भइरहको छ । यस प्रति किसानहरुले गुणासो गरेका छन् । यस विषयमा कुखुरा व्यवसायी संघ रौतहटका अध्यक्ष हरिशंकर साह भन्छन् हामी पटक पटक जिल्लाको सुरक्षा निकायको प्रमुखहरु लाइ ध्यानाकर्षण गराउँदा कुनै सुनुवाइ हुन सकेको छैन् । भातीय कुखुराको तस्करी कम हुनु भन्दा दैनिक रुपमा बढिरहेको छ ।

 

आरके श्रीवास्तव,रौतहट,साउन ०६ गते ।
प्रभु साहको आम जनता पार्टी सँग मेरो कुनै सम्बन्ध नरहेको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताउनु भएको छ । आज उनले आफनो निजी निवामा पत्रकारहरु सँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।
आफू गत स्थानिय तहको निर्वाचनमा नेकपा एमाले पार्टी बाट नगर प्रमुखमा निर्वाचित भएको र नेकपा एमाले पार्टीमै रहेको स्पष्टोक्क्ती दिनु भएको छ । आफू एमाले पार्टीको कार्यबर्ता हुँ । अन्य कुनै पार्टी सँग मेरो कुनै सम्बन्ध छैन् । एमालेमै रहेर काम गर्नेमा प्रतिबद्ध छु । पत्रकारले मेयर साह सँग तपाइ आजपा तिर लाग्नु भएको हो भनि हल्ला छ नि ! भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।
आजपा तिर आफू लागेको भनि गरिएको प्रचार भ्रामक र तथ्यहीन रहेको रहेको बताउनु भयो । राजनितीक माहौल बिगार्ने उदेश्यले यस्तो गलत प्रचार गरिएको प्रष्ट पारे । बदनाम गर्ने बदनियपूर्ण तरिका हल्ला फैलाएको हो । त्यस्तो हल्लाको पछाडी नलाग्न आग्रह गर्नु भयो । आफू अन्य पार्टीमा गएको भनि गरिएको प्रचारमा कुनै सच्चाइ नरहेको बताउनु भयो ।
आजपाका केही कार्यकर्ताहरुले नै यस्तो प्रोपगण्डा रचेको आरोप लगाएका छन् । कसैको नाम उचित नरहेको बताए । पछिल्लो समय पार्टी प्रशिक्षण कार्यक्रम,प्रदेश कमिटी बैठक,जिल्ला कमिटी बैठक लगायतको पार्टीको कार्यक्रममा लगनशिल र सक्रिय रहेको बताए ।
बिगतमा केही गतल प्रवृतिका व्यक्तीहरुको कारण नगरपालिका केही लथालिंग अस्तव्यस्त अवस्थामा भएपनि अहिले आएर सुधार भएको जानकारी गराए । यसमा सबै दलको सहयोग छ । नगरसभाको बन्दसत्र सम्पन्न गरिसकेका छौ । नगरपालिकाको विकास निर्माणको काम अब द्रुत गतिमा अगाडी बढनेमा विश्वास व्यक्त गर्नु भयो ।

आरके श्रीवास्तव,रौतहट,साउन ०६ गते
रौतहट । देवाहीगोनाही नगरपालिकामा कृषकहरूलाई अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारीको साना व्यवसायीक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत कृषक समूह मार्फत कृषकहरूलाई सामाग्री वितरण गरिएकोे हो ।
सो नगरपालिकाको वडा नम्बर ७ उचिडिह टोलमा कृषकहरूलाई सामाग्री वितरण गरिएको हो । देवाहीगोनाही नगरपालिका प्रेमपुर गोनाहीको सहयोग र श्री रामसखी कृषक समूह देवाहीगोनाही नगरपालिका वडा नम्बर ७ को आयोजनामा सामाग्री वितरण कार्यक्रम राखिएको थियो ।

कृषकहरुलाइ सहयोग पुर्याउने उद्देश्यले मोटर,स्प्रे टंकी र जाइम वितरण गरिएको हो । नगर प्रमुख प्रेमलाल साह र उपप्रमुख परनिया देवी पटेलले एक कार्यक्रमका बिच ती सामाग्रीहरु वितरण गर्नु भएको हो । ७५ प्रतिशत अनुदानमा मोटर,५० प्रतिशत अनुदानमा स्प्रे टंकी र ८० प्रतिशत अनुदानमा जाइम वितरण गरिएको संस्थापक अध्यक्ष रुपेश पटेलले जानकारी दिनु भयो । पटेलले दिएको जानकारी अनुसार मोटर ५० थान, स्प्रे टंकी १०० थान र जाइम ५ कविन्टल वितरण गरिएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारीको साना व्यवसायीक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत १२ लाख बजेटबाट उक्त कृषिसामाग्री नगरपालिकाले श्री रामसखी कृषक समूह मार्फत वितरण गरेको अध्यक्ष रामएकवाल प्रसाद सिंहले बताए ।
सो अवसरमा नि.प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र कुशवाहा,वडा नम्बर ४ का वडा अध्यक्ष संजय प्रसाद पटेल ,वडा नम्बर ७ का वडा अध्यक्ष उपेन्द्र यादव,वडा नम्बर ८ का वडा अध्यक्ष विजय पटेल,वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु दास,समाजसेवी भरत पटेल सहित स्थनिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

सागर ठाकुर,मौलापुर,साउन ०५ गते ।
मौलापुरको पथरामा विवादित रहेकोे सडक विस्तार भएको छ । आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष एवम रौतहट क्षेत्र नम्बर ३ का निर्वाचित संघिय सांसद समेत रहेका प्रभु साह आफ्नो गृह नगरपालिका अन्तर्गत पर्ने मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराम बौधा सडक विस्तार गराएका हुन् ।


आम जनसमुदायको सहभागितामा दुवै पक्षलाई समझदारी गराई शान्तिपूर्ण तरिकाबाट सडक कार्यको काम भईरहेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताए । केही वर्ष देखि त्यो सडक सिमांकनको विवादले रोकिएको थिए तर त्यो विवाद सांसद साहको पहल कदमीमा सम्पन्न भएको नगर प्रमुख रिना कुमारी साहले बताएकी हुन् ।

त्यो सडक विस्तार कार्यले त्यहाँको आम जनता हर्षित भएका छन् । विवादित संरचना भत्काई सडक विस्तारको काम भएको नगर प्रमुख साहले बताए । नगर प्रमुख साह संगै उप प्रमुख नागेन्द्र यादवको उपस्थित समेत रहेको थियो ।

 

आरके श्रीवास्तव,रौतहट,साउन ०५ गते ।
रौतहटको राजपुर नगरपालिकाको एउटा वडामा एउटै छत मुनि दुइ वटा सेवा प्रवाह हुने भएको छ । जनताको प्रत्येक कामको सेवा प्रवाह एउटै छत मुनिबाट प्रदान हुने भएको छ । सो नगरपालिकाका नगर प्रमुख डा.मो.राजीक आलमले आज नव निर्मित भवनको समुद्धघाटन गर्नु भएको हो

राजपुर नगरपालिका वडा नम्बर ६ को जनताहरुको सहुलियत तरिकाले सिफारिस देखि स्वास्थ्यको सम्पुर्ण कामकाज एउटै छतमुनीबाट सेवा प्रवाह हुने उदेश्यले उक्त भवन निर्माण गरि आज देखि सञ्चालानमा ल्याएका हुन् ।
नव निर्मित भवनमा ६ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकी समेत सञ्चालन हुने कुरा नगर प्रमुख डा.मो.आलाम, नगर उपप्रमुख जमिला असगरी र प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरको भनाइ रहेको छ । सो भवन वडा स्तरीय योजना बाट आ.व.२०७९।८० मा निर्माण पश्चात शुक्रवार उद्धघाटन गरिएको हो ।

 

पवन घिमिरे,चन्द्रपुर साउन ०५ गते ।
रौतहट स्थित चन्द्रपुर नगरपालिका ८ मेनुका सिमसार प्राथमिक बिद्यालयमा शुक्रवार बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ । उक्त बिधालयमा अध्ययन गर्ने ८० जना बिधार्थीहरुलाई सोही बिद्यालयकी प्रधानाध्यापक गोमा तिमल्सिनाले निजि खर्चमा करिब बिस हजार बराबरको बिद्यालय पोशाक बितरण गर्नु भएको हो ।
पहिलो त्रैमासिक परिक्षा सकिएर बिद्यालय बिदा भइ भदौ बाट मात्र कक्षा संचालन हुने समयलाई ध्यानमा राखी बिद्यालय सुचारु हुँदा सबै बिद्यार्थी स्कुलको पोशाकमा आउन भन्ने उदेश्यका साथ आफुले बिद्यार्थीलाई पोशाक बितर्ण गरेको प्रधानाध्यापक तिमल्सिनाले जानकारी दिनुभयो ।
बिद्यार्थीलाई पोशाक वितरण बारे आफ्नो धारणा राख्नु हुँदै बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष बिद्या सापकोटाल यस्ता कार्य बाट बिद्यार्थी , अभिभावकको मनोबल उच्च हुने हुँदा उनीहरुमा थप प्रोत्साहन मिल्ने भन्दै प्रधानाध्यापक गोमा तिमल्सिनालाइ धन्यवाद समेत दिनुभइ आफुले पनि यस कार्यमा समन्वय गरेको उल्लेख गर्नुभयो ।
पोशाक लिनका लागि मेनुका सिमसार बिद्यालय पुगेका बिधार्थीका अभिभावकले समेत खुसी ब्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा बिद्यालय जग्गादाता वसन्त सापकोटा सहित शिक्षक , बिधार्थी , अभिभावक गरि सयौंको उपस्थित रहेको शिक्षक शेख जैहर अलिले जानकारी दिनुभयो ।

 

रौतहट,साउन ५ गते
सरकारले आलु र प्याजमा लगाईएको कर हटाउनु पर्ने आम जनता पार्टीका अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले बताएका छन् । गृह जिल्ला रौतहटको बौद्धीमाई नगरपालिका–८ मा आयोजित आईटी आर्मीको दोस्रो बार्षिक उत्सवको अवसरमा नव निर्मित भवनको समुदघाटन तथा वृक्षारोपन कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले देशमा आम जनता लचार र ठुल्ला दलका नेताहरु शासक भएको आरोप लगाउनु भयो ।
जनताहरुले ठुलो आशा र भरोसा गरि देशमा ल्याएको लोकतन्त्र दलतन्त्रमा परिणत भएको बताउँदै आजपाको उदय भएको बताए । सांसद साहले अहिलेको अवस्थामा दल शासक र जनता शासित भएको र भुठि भरी मान्छेले देशमा राजगरिरहेको बताउनु भयो ।
देशमा अहिले पहुच र संख्याको अधारमा केन्द्रमा भागवण्डा भईरहेको भन्दै त्यस्ता भागवण्डाको राजनीतिक अन्तय गर्नुको बिक्लप नरहेको बताउनु भयो । जयराम दासको अध्यक्षतामा भएको कार्यक्रममा आम जनता पार्टीका रौतहट ईन्चार्ज त्रिभुवन साह,केन्द्रीय सदस्य श्री भगवान पटेल,दलित मोर्चाका केन्द्रीय अध्यक्ष चन्देश्वर साह,गौर हत्याकाण्डका पिडित संघर्ष समितिका संयोजक रुपसागर देवी दुवै वडाका अध्यक्ष र स्थानीयहरुको रोहवरमा कार्यक्रम सहभागीता रहेको थियोे ।

 

बज्जिकाञ्चल,रौतहट,साउन ०५ गते
नेपाली सेना विरदल गण रौतहटले द्वारा वृक्षारोपण गरेको छ । पर्यावरण लाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ जिल्ला सदरमुकाम गौर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन् ।

सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिन्छ भनेका हुन् ।


विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र रौतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको रोपण गरिएको हो ।

वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको सौन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए ।
सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीको सहभागीता रहेको थियो ।

 

आरके श्रीवास्तव,रौतहट,साउन ०५ गते ।
रौतहट । रौतहटको सिमानाका बाट भारती कुखुराको तस्करी भईरहेको पाईएको छ । भारती कुखुराको तस्करी बढ्दा नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् ।

भारतबाट नेपाल भित्र्याउन रोक लगाईए पनि सीमा क्षेत्रमा कुखुराको अवैध कारोबारमा वृद्धि भएको छ । नेपाल भन्दा भारती बजारमा कुखुरा सस्ता पर्छ । त्यहाँको कुखुरा नेपाली बजार अहिले छ्यापछ्याप्ती पाईरहेको छ । जसकारण नेपाली किसानले उत्पादन गरेको कुखुरा बिक्री हुन सकेको छैन् ।

जिल्लाको दक्षिणी भेग बौधीमाई,राजपुर लगायतका सिमानाकामा प्रहरीको निगरानी कम हुँदा भारतीय कुखुराको तस्करी बढेको छ । भारतीय कुखुराहरू अवैध रुपमा नेपाली बजार सम्म पुग्दा नेपाली कुखुराको मासु बिक्रीमा कमी भएको छ भने भारती कुखुराको मासु बिक्री वितरणमा वृद्धि भएको छ ।

जिल्लाको फतुवा बिजयपुर २ शितलपुर एक कुखुरा उत्पादक किसान भन्छन् नेपालमा भारतीय कुखुरा खुलेआम रूपमा प्रवेश पाउँदा मैले उत्पादन गरेको करिब ८ सय कुखुरा फार्ममै यस्तै बसिरहेको छ । बिक्री हुन सकेको छैन् । दैनिक लाखौं मूल्य बराबरको दाना खुवाउनु परेको छ ।
सीमानकामा प्रहरी तैनाथ छ । तैपनी कुखुरा तस्करी भइरहको छ । यस प्रति किसानहरुले गुणासो गरेका छन् । यस विषयमा कुखुरा व्यवसायी संघ रौतहटका अध्यक्ष हरिशंकर साह भन्छन् हामी पटक पटक जिल्लाको सुरक्षा निकायको प्रमुखहरु सँग भारतीय कुखुरा प्रवेशमा रोक लगाउन आग्रह गरे पनि कुनै सुनवाइ हुन नसकेको गुणासो गरे । यती आग्रह गर्दा पनि कुखुरा तस्करी रुकन सकेको छैन् । जिल्लाको बंकुल देखि बेलविछवा सम्म खुलेआम रुपमा भारतीय कुखुराको तस्करी हुने गरेको साहको दाबी छ ।

 

काठमाडौं, ५ साउन ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेकाा छन् ।  काठमाडौंकाे काठमाडौं महानगरपालिका-१४ कलंकी सुनारगाउँ नजिक सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका-७ घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

कञ्चनपुरकाे पुनर्वास नगरपालिका-५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-११ बेला बस्ने ३३ वर्षीय मान बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतको खजुरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

रूपन्देही, मायादेवी गाउँपालिका-२ कचकचाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-१ बस्ने २४ वर्षीय राज कुमार दुसाध, ३० वर्षीय जगदिस कुर्मी, २७ वर्षीय राज कुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.२१ प ४७८९, लु.२४प २१२ र लु.२३ प ५८७० नम्बरका ३ मोटरसाइकल समेत बरामद गरेको छ ।

 

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१४ गंगा बस्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५  ग्रामसहित सोही ठाउँ बस्ने भारत देवरिया पिपराथाना घर भएका ७० वर्षीय सुरेश कोईरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रही कार्यालय सिमरीबाट खटिएको प्रहरीले उनी बस्ने घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।