२०८३ भाद्र ६
२०८३ भाद्र ६

 

बारा, १० साउन ।

आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका-६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माईती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

अर्घाखाँची, १० साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद भुसालले निर्वाचन खर्चको विवरण निर्धारित मितिमै बुझाएको बताएका छन्।

आयोगले खर्च विवरण नबुझाउनेको सूचीमा आफ्नो नाम सार्वजनिक गरेलगत्तै नेता भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । गत निर्वाचनकाे खर्च विवरण अर्घाखाँची जिल्लामा सबैभन्दा पहिला आफूले बुझाएकाे भुसालले दावी गरे । “अझ खर्च विवरण फेसबुकमार्फत् सार्वजनिक गर्ने त म अर्घाखाँचीकाे एकमात्र उम्मेद्वार हुँ,” भुसालले भने ।

न्युज कारखानासँग कुरा गर्दै भुसालले अर्घाखाँची जिल्लामा मतगणाना सकिएकै दिन खर्च विवरण बुझाउनुका साथै फेसबुकबाट सार्वजनिकसमेत गरेकाे बताए ।

“अर्घाखाँचीमा मंसिर ८ गते मतगणना सकियाे, साेही दिन नै मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर निर्वाचन कार्यालयका कर्मचारीहरुलाई खर्च विवरण बुझाएकाे हुँ । भुसालले भने, “ साेही दिन नै सामाजिक संजाल मार्फत समेत खर्च विवरण सार्वजनिक समेत गरेकाे थिएँ । ”

खर्च विवरण फेसबुकबाट सार्वजनिक गरे लगत्तै नेता भुसालकाे फेसवुक एकाउन्ट ह्याक भएकाे थियाे । “८ गते फेसवुकबाटै खर्च विवरण समेत सार्वजनिक गरेकाे थिएँ ।” भुसालले भने “खर्च विवरण सार्वजनिक गरेकै दिन मेराे फेसबुक ह्याक भएकाे थियाे ।”

गत निर्वाचनमा भुसाल अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। अर्घाखाँचीबाट एमाले नेता टाेपबहादुर रायमाझी निर्वाचित हुँदा भुसालले ३ हजार २ सय मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले निर्धारित मितिमा खर्च विवरण सार्वजनिक नगरेको भन्दै बहालावाला तीन मन्त्री सहित प्रतिनिधि सभातर्फ एक हजार ३७ जना र प्रदेश सभातर्फ एक हजार ३९८ जना उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

 

काठमाडौ, १० साउन ।

नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ।

अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

चितवन, १० साउन ।

चितवनकाे भरतपुर महानगरपालिका २९ चौध किलो पुलमा बुधबार बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन् ।

बसमा सवार २९ जनासहित ट्रक चालक पनि घाइते भएको चितवन प्रहरीले जनाएको छ । १८ जना घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा र १२ जनाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये बस चालक दाङको घोराही १० का २६ वर्षीय सुनिल पाण्डे र बसमा सवार ३५ वर्षीय पुरुषको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको रा १ ख २२ ३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आपसमा ठाेकिएकाे हाे ।

 

काठमाडौ, १० साउन । 

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ४५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। सूर्योदय वोमी लघुवित्तका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि ललितपुरको महालक्ष्मी– ४स्थित संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

काठमाडौं, १० साउन ।

सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ ।

यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले  जानकारी दिए । पदाधिकारी बैठकमा भएका छलफलका विषयमा बुधबार अपरान्ह फेरि शीर्षनेताहरुको बैठक फेरि छलफल गर्ने उनले बताए  ।

काठमाडौ, १० साउन । 

प्रि-ओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ । यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ । ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

१७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० पटक कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ३ वटाको घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

काठमाडौ, १० साउन ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि निष्काशनमा ल्याएको लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ।  सो फण्डको इकाईका लागि अब साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। सो फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ।

न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

काठमाडौं, १० साउन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।

काठमाडौ, १० साउन । 

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरु आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस इन्स्याेरेन्सले असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको छ । यसले फेस भ्यालूमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आइपीओ बिक्रीमा ल्याएको हो । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्याेरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।