२०८३ श्रावण ३
२०८३ श्रावण ३

 

काठमाडौ, १९ भदौ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसा रहेको छ।

 

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.८१ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६० पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा, यता बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ८८ पैसा र बिक्री दर १६७ रूपैयाँ ७३ पैसा रहेको छ।

 

दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर  १० रूपैयाँ ७ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५१ रुपैयाँ रहेको छ ।

यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२८.४ पैसा  विक्रीदर ४३०.३४ पैसा रहेको छ ।

 

 

 आरके श्रीवास्तव,रौतहट,भदौं १८ गते ।

गरुडा नगर उधोग वाणिज्य संघको आज चुनाव सम्पन्न भएको छ । आज बिहान ८ बजेदेखि निर्वाचन भई बेलुका ४ बजे सम्पन्न भएको निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालले जानकारी गराउनु भयो । साेमबार भएको चुनावमा शान्तिपूर्ण रूपमा चुनाव भएकाे उनले जानकारी गराएका हुन् ।

अध्यक्ष पदका उमेदवार संतोष कुमार चौधरीको प्यानल बाट सदस्य पदका लागि रामबाबु साह,गजेन्द्र महतो कोईरी,उपेन्द्र कुमार चौधरी, बिनोध कुमार जयसवाल,चुनचुन प्रसाद यादव,रामबचन प्रसाद जयसवाल, रोहित कुमार जयसवाल,रुपेश कुमार जयसवाल, शिवजी प्रसाद चौधरी, रामबाबु प्रसाद रौनियार,महाशक्ति साह निराला,हरिकिशोर प्रसाद साह,शिवम् कुमार सोनी प्रतिस्पर्धामा छन् ।

अर्का अध्यक्ष पदका उम्मेदवार सतिश साहको प्यानल बाट सदस्य पदका उमेदवार सुशिल कुमार साह, अनिल कुमार पंडित, रमेश रौनियार,दिनेश रौनियार,रामईशवर साह,बिनोद दास,सुशिला देवी जयसवाल,मनोज साह गुप्ता,अजय साह सोनार,हेमलाल साह सोनार,छठु प्रसाद साह,दिपेन्द्र यादव ,रामअधार साह कानु रहेका छन् । संघको अध्यक्ष पदमा दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कसले बाजी मार्ने हो,त्यो अनुमान लगाउन सजिलो छैन् ।

गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी आज अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन भएको हो । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् । संघको कुल ९ सय ५२ जना मतदाता रहेकाेमा ८ सय ४४ जना मतदातादे मतदान गरेका छन् । चुनाव सके लगत्तै आजै बेलुका ८ देखि मतगणना गरिने संयाेजक जैसवालले जानकारी गराएका हुन् ।

आज भएको मतदानमा ८८.६५ प्रतिशत मत खसेको उनले बताए । उनका अनुसार पहिलो चरणमा सदस्यहरूकाे मतगणना गरिने छ । जसमा दुवै अध्यक्ष पदका उम्मेदवारका २/२ जना प्रतिनिधिहरू मतगणना स्थलमा बस्ने जनाए ।

 

काठमाडौ, १८ भदौ ।

नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा यो दिन सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आइबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय ६५ रुपैयाँ पर्नेछ ।

 

काठमाडौ, १८ भदौ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यसआधारमा सूचक १९६०.७८ विन्दुमा रहेको छ । ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

९ कम्पनीको ३४० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ९ पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ बढ्दा ३ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, १८ भदौ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९:३० बजे आईपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको आईपीओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका  लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।  योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

यस कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट साथै,  भगवती हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

 

 

काठमाडौ, १८ भदौ ।

नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार (भदौ १९ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

 

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असोज ६  गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८० मंसिर १९ गते परिपक्व हुनेछ ।

 

साथै, १८२ दिनको लागि ७ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन २२  गते परिपक्व हुनेछ । एक वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ भदौ १८ गते परिपक्व हुनेछ ।

 

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

 

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

 

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

 

काठमाडौ, १८ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ६०, भारतीय ठूलो गोलभेडा ७०,टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ५०,घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १३०, मूला सेतो ९०,मूला रातो ९०,भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,टाटे सिमी ८०,तितो करेला ९०,ब्रोकाउली २८०, कागती १५० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १४०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४५०,किवी ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०,मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २८०,भारतीय प्याज सुकेको ७३,लसुन हरियो २५०, रुख कटहर ८०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ९०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला ११०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ६०,कन्य च्याउ १५०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

 

काठमाडौ, १८ भदौ ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको आज सोमबार भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ ।

 

यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । असोज ७ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

 

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन्। यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ ।

 

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

 

अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो । लगानीकर्ताले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।

 

काठमाडौ, १८ भदौ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५९ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा, यता यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ ।

दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर  १० रूपैयाँ ६ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिद दर ३५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ रहेको छ ।

यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२८.३९ पैसा  विक्रीदर ४३०.३३ पैसा रहेको छ ।

 

 

काठमाडौ, १७ भदौ । 

सेयर बजार आइतबार  ३०.५६ अंकले घटेर १९६०.०३ अंकमा अडिएको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

लामो समयदेखि १९९० विन्दुभन्दा तल झर्न नसकेको नेप्से सूचक आइतबार उक्त विन्दुको सपोर्टलाई पनि छाडेर थप तल आएको हो । बजार यसअघि साइडवेजमा थियो ।

 

धेरै दिनसम्म नेप्से १९९० विन्दुकै आसपासमा घुमिरह्यो । तर, दिनहुँको प्रयासपछि पनि माथि जान नसकेपछि अन्ततः आइतबार सूचकले १९९० को सपोर्टलाई पनि छाडेको हो ।

 

पछिल्ला दिनहरुमा लगातारजसो सूचक तल झरिरहेको छ भने कारोबार रकम पनि सुस्त बनेको छ । बैंकहरुले सेयर कर्जा दिन थाले पनि त्यसको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।

 

यस दिन २७६ कम्पनीको ४० लाख ५३ हजार कित्ता सेयर कारोबार भएको छ । ३ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्याेरेन्स र सिटी होटेल परेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।