२०८३ श्रावण ३
२०८३ श्रावण ३

 

काठमाडौ, १९ भदौ ।

सेयर बजारले मंगलबार पनि लगानीकर्तालाई उत्साहित बनाउन सकेन । मंगलबार नेप्से सूचक ६.४५ विन्दुले घटेर १९६१.३७ अंकमा अडिएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा लाग्दा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार निकै सुस्त बनिरहेको छ । नेप्से सूचकका साथमा दैनिक कारोबार रकम पनि न्यून छ । खरिदकर्ता आकर्षित हुन नसक्दा कारोबार रकम निकै सुस्त भएको हो । लाभांशको सिजनमा बजार गतिहीन हुँदा लगानीकर्तमा थप अन्योलता उत्पन्न भएको छ ।

यस दिन २७७ कम्पनीको २४ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा हिमालयन एभरेष्ट इन्स्योरेन्स ७ करोड ५८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साल्ट ट्रेडिङ र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

 

काठमाडौ, १९ भदौ ।

आज (मङ्गलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको हो ।

सोमबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मङ्गलबार घटेर १ लाख १२ हजार ७ सय रुपैयाँमा झरेको छ भने सोमबार १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ घटेर १ लाख १२ हजार १ सय ५० रुपैयाँमा झरेको छ ।

यता, चाँदीको भाउ समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । सोमबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ४५ रुपैयाँ पर्नेछ ।

 

काठमाडौ, १९ भदौ ।

प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६६.८० विन्दुमा रहेको छ ।

१ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ५७५ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ बढ्दा ११ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, १९ भदौ ।

अपी पावर कम्पनीको ४०% हकप्रद सेयरमा आवेदन दिने आज मंगलबार (भदौ १९ गते) अन्तिम दिन हो । मंगलबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । कम्पनीले साउन ३१ गतेदेखि १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

यद्यपि, सोमबार साँझ ५ः०७ बजेसम्ममा भने १ करोड १ लाख ९५ हजार ४७२ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा, कम्पनीको अझै ६३ लाख ३७ हजार ६६५ कित्ता सेयर बिक्री हुन बाँकी देखिन्छ । अन्तिम दिनसम्म उक्त सेयर बिक्री नभएमा बाँकी सेयर लिलामीमा आउनेछ ।

यस हकप्रद सेयरका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरेको हो । तसर्थ, असार २१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । अपिको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

 

काठमाडौ, १९ भदौ ।

कुमारी बैंकको ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (भदौ १९ गते) अन्तिम दिन हो

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

 

काठमाडौ, १९ भदौ ।

मीड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागेको हो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीहरुलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो । यस आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज ११ गतेसम्म खुला रहनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित विद्यतु उत्पादन गर्दै आएको जानकारी गराएको छ । आयोजनाको कुल अनुमानित २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

 

काठमाडौ, १९ भदौ ।

भिजन लुम्बिनी उर्जा कम्पनीले आज (भदौ १९ गते) देखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।

 

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो। यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयरमा स्थानीयले आवेदन दिन सक्नेछन्।

 

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नम्बर १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो।

 

यता, कम्पनीको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

 

यसमा स्थानीय  समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९  हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन्।

 

यस कम्पनीको आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपी, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन्।

 

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ।

 

स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे  गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे  गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन्।

 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

 

काठमाडौ, १९ भदौ ।

भिजन लुम्बिनी उर्जा कम्पनीले आज (भदौ १९ गते) देखि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो।

 

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो। यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयरमा स्थानीयले आवेदन दिन सक्नेछन्।

 

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नम्बर १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो।

 

यता, कम्पनीको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

 

यसमा स्थानीय  समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९  हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन्।

 

यस कम्पनीको आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपी, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन्।

 

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ।

 

स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे  गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे  गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन्।

 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

 

काठमाडौ, १९ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ९०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ५०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती २०० रुपैयाँ, भिण्डी ४०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ, लोकल काक्रो १००, अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २८०,भारतीय प्याज सुकेको ७२, लसुन हरियो २२०, रुख कटहर ८०, छ्यापी सुकेको २००, भेडे खु्र्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ११०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ।

 

काठमाडौ, १९ भदौ ।

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने मंगलबार (भदौ १९ गते) अन्तिम दिन हो । सिटिजनले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर जारी भएको छ ।

यसमा सोमबार नै मागभन्दा बढी आवेदन परेका कारण मंगलबार बिक्री बन्द हुन लागेको हो । सीडीएसका अनुसार सोमबार साँझ सम्ममा ११ लाख ७७ हजार ४८ जना सर्वसाधारण आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.३८ गुणा बढी आवेदन हो । कुल ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँ बराबरको आवेदन परेको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।