काठमाडौ, २१ भदौ ।
नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ५३ पैसा र बिक्री दर १४३ रूपैयाँ १७ पैसामा खरिदबिक्री गरिनेछ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३३ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८५ रुपैयाँ २५ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसा कायम भएकाे छ।
त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा कायम रहेकाे जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.२ पैसा विक्रीदर ४३२.१५ पैसामा खरिदबिक्री हुनेछ ।
काठमाडौ, २० भदौ ।
नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छावपावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौ, २० भदौ ।
सनराइज क्यापिटलको साधारण सभा असोज १० गते हुने भएको छ । सभामा सनराइजले ३०प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
काठमाडौ, २० भदौ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप ११ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । नेप्सेले मंगलबार कारोबार सदस्यतासँगै ब्रोकर नम्बर पनि दिएको छ । सदस्यता पाएका ११ वटै ब्रोकर कम्पनीहरु सीमित कार्य गर्ने कम्पनीहरु हुन् ।
यससँगै, नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ । यसअघि, असार २१ गते ७ वटा, साउन १२ गते ७ वटा र साउन १९ गते ३ वटा नयाँ ब्रोकरहरुले नेप्सेबाट सदस्यता पाएका थिए ।
काठमाडौ, २० भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा प्रतिकेजी मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ९०, काउली स्थानिय ९०, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ५०, घिरौला ४० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ । दुइ साता अघि टमाटर १८० रूपैयाँमा खरिदबिक्री भइरहेकाे थियाे ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती २००, भिण्डी ४०, न्यूरो ९०, रातो बन्दा २०० ,लोकल काक्रो १००, अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८०, नासपाती ७०, आभोकाडो २५०, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ तथा रहु माछा ३१५, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २८०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २२०, रुख कटहर ८०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ११०, तोफु ११०, पिंडालू ६०, तामा ९०,चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याँउ १८०, तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
दिल्ली, २० भदौ ।
भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् ।

दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले भने, ‘नेपाल आकर्षक लगानी गन्तव्यको रुपमा रहेको छ। भारतीय लगानीकर्ताहरुका लागि न भाषाको समस्या छ, न यातायात खर्च नै बढी छ। नेपालको मौसम राम्रो छ र नेपाल सरकारले थुप्रै कर छुट पनि दिएको छ। नेपालमा अंग्रेजी बोल्न सक्ने दक्ष, युवा जनशक्तिको संख्या बढ्दै गएको छ र औसत पारिश्रमिक पनि कम छ।’
उनले नेपाल सरकारले विदेशी लगानीकर्ताहरुलाई विभिन्न कर छुट दिनुका साथै श्रम कानूनमा सुधार गरेको, ‘ड्राइ पोर्ट’ को निर्माण भै रहेको र १६ ओटा नयाँ विशेष आर्थिक क्षेत्र निर्माण गर्न लागेको जानकारी दिए। उनले नेपालसंग सीमा जोडिएका भारतीय राज्यहरुमा ५० करोड मानिसहरु बसोबास गर्ने र भारत तथा नेपालबीच दोहोरो कर छुट सम्बन्धी सन्धि भएकाले पनि भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्यको रुपमा रहेको बताए।
एडब्लुएसको दक्षिण एसिया प्रशिक्षण तथा प्रमाणीकरण विभागका प्रमुख अमीत मेहताले सूचना प्रविधिमा दक्ष जनशक्तिले देशको अर्थतन्त्रमा महत्व पूर्ण योगदान दिने विभिन्न अध्ययनहरुले देखाएको बताए। उनले राम्रो डिजिटल सीप भएका व्यक्तिहरुले अन्य व्यक्तिको तुलनामा ६५ प्रतिशतसम्म बढी आम्दानी गरिरहेको पनि जानकारी दिए। एडब्लुएस दक्षिण एसियासंगै आबद्ध लोकेश मेहराले सरकारले आफ्ना प्राथमिकताहरु निर्धारण गरेपछि तिनलाई प्राप्त गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नु पर्ने बताए। ‘अब तपाईंहरुले डिजिटल सेवा विस्तारतर्फ ध्यान दिनु पर्छ,’ उनले भने।
बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख प्रविधि अधिकृत अन्जनी फुयालले डिजिटल क्षेत्रमा नेपालले ठूलो फड्को मारेको र नेपालको सूचना प्रविधि क्षेत्र सफलताको कथा भएको बताए। ‘नेपालका विश्वविद्यालयहरुले क्लाउडमा आधारित नवीनतम पाठ्यक्रमहरु पढाइ रहेका छन् र विश्वस्तरका नेपाली स्नातकहरु उत्पादन गरिरहेका छन्। नेपालगंज र पोखरामा बसेर नेपाली युवाहरुले विश्वका ठूला कम्पनीहरुमा काम गरिरहेका छन्। सुन्दर प्रकृति तथा पहाडहरुका बीच काम गर्न भारतीय तथा संसारभरिका ‘डिजिटल नोम्याडहरुका लागि नेपाल एक सुन्दर गन्तव्य बन्दै गएको छ,’ उनले भने।
अमेजन वेब सर्भिसेजका भारतस्थित एक अधिकारी विक्रान्त सत्संगीले नेपाललाई डिजिटल एक्सिलरेशन परियाजनालाई छिटै अगाडी बढाउन सुझाव दिए। उनले नेपालमा उत्पादन भैरहेका आइटी स्नातकहरुलाई देशमै रोके राख्न सरकार, उद्यमीहरु र विश्वविद्यालयहरुले मिलेर काम गर्नु पर्ने बताए।
समझदारीपत्रमा हस्ताक्षर
उक्त समारोहमा दिल्लीस्थित इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमन, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान तथा काठमाडौंस्थित जेनेस एकेडेमीबीच आपसी सहकार्य, अनुसन्धान तथा शिक्षक, विद्यार्थीहरुको आदानप्रदान सम्बन्धी सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो।
हस्ताक्षर समारोह पछि बोल्दै इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमनकी उपकूलपति डा अमिता देवले आफ्नो विश्वविद्यालयमा ५,००० छात्राहरुले अध्ययन गरिरहेको र आफ्नो विश्वविद्यालयका स्नातकहरुले राम्रो आम्दानी गर्नुका साथै आआफ्नो क्षेत्रमा नेतृत्व गरिरहेको बताइन्। ‘मुलुकका सीमाहरू भनेका भावनात्मक कुराहरु मात्र हुन्। यस्ता साझेदारीहरुद्वारा हामीले अनुसन्धान, इन्टर्नशिप तथा दोहोरो डिग्री जस्ता कार्यक्रम अगाडी बढाउने छौं,’ उनले भनिन्।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक प्राध्यापक डा बसन्त जोशीले प्राविधिक शिक्षाको क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य गर्न पाउँदा अनुसन्धान तथा पठनपाठनको क्षेत्रमा ठूलो सहयोग पुग्ने बताए। आफ्नो धन्यवाद मन्तव्यमा दिल्लीस्थित नेपाली दूतावासकी मिनिस्टर काउन्सिलर श्रीमती निता पोख्रेल अर्यालले भारतीय प्रविधि उद्यमी तथा व्यवसायीहरुलाई नेपालमा व्यवसाय विस्तार गर्न आग्रह गरिन्।
उक्त कार्यक्रम जेनेस सलुशन तथा नास आइटीको सहयोगमा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको थियो।

काठमाडौ, २० भदौ ।
सेयर बजार आज बुधबार बन्द हुने भएको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् । आज भदौ २० गते श्रीकृष्ण जन्माष्टमी परेकाले सरकारले सार्वजनिक बिदा दिइएको छ । सोही कारण आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द गरिएका हुन् ।
अब सेयर बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक ६.४५ अंकले घटेर १९ सय ६१.३७ बिन्दुमा बन्द भएको थियो । जसमा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
काठमाडौ, २० भदौ ।
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकन डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा तथा विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गर्दा युराेपियन युरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रीदर १४२ रुपैयाँ ९८ पैसामा काराेबार गर्न सकिने जनाएकाे छ ।
अष्ट्रेलियन डलर ८४ रुपैयाँ ३८ पैसामा खरिदबिक्री गरिदाँ क्यनेडियन डलर ९७ रुपैयाँ ०९ पैसा र बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसामा काराेबार हुनेछ ।
साथै, अरबियन मुलुकहरु मध्ये कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ३६ पैसा, युएई दिराम ३६ रुपैयाँ ०९ पैसा, कुवेती दिनार ४२९ रुपैयाँ ७१ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ६६ पैसा कायम भएकाे छ भने कोरियन वन १०० को ९ रुपैयाँ ९३ पैसामा र जापानी येन १० को ९ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ ।
दिल्ली, १९ भदौ ।
भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् ।

दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले भने, ‘नेपाल आकर्षक लगानी गन्तव्यको रुपमा रहेको छ। भारतीय लगानीकर्ताहरुका लागि न भाषाको समस्या छ, न यातायात खर्च नै बढी छ। नेपालको मौसम राम्रो छ र नेपाल सरकारले थुप्रै कर छुट पनि दिएको छ। नेपालमा अंग्रेजी बोल्न सक्ने दक्ष, युवा जनशक्तिको संख्या बढ्दै गएको छ र औसत पारिश्रमिक पनि कम छ।’
उनले नेपाल सरकारले विदेशी लगानीकर्ताहरुलाई विभिन्न कर छुट दिनुका साथै श्रम कानूनमा सुधार गरेको, ‘ड्राइ पोर्ट’ को निर्माण भै रहेको र १६ ओटा नयाँ विशेष आर्थिक क्षेत्र निर्माण गर्न लागेको जानकारी दिए। उनले नेपालसंग सीमा जोडिएका भारतीय राज्यहरुमा ५० करोड मानिसहरु बसोबास गर्ने र भारत तथा नेपालबीच दोहोरो कर छुट सम्बन्धी सन्धि भएकाले पनि भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्यको रुपमा रहेको बताए।
एडब्लुएसको दक्षिण एसिया प्रशिक्षण तथा प्रमाणीकरण विभागका प्रमुख अमीत मेहताले सूचना प्रविधिमा दक्ष जनशक्तिले देशको अर्थतन्त्रमा महत्व पूर्ण योगदान दिने विभिन्न अध्ययनहरुले देखाएको बताए। उनले राम्रो डिजिटल सीप भएका व्यक्तिहरुले अन्य व्यक्तिको तुलनामा ६५ प्रतिशतसम्म बढी आम्दानी गरिरहेको पनि जानकारी दिए। एडब्लुएस दक्षिण एसियासंगै आबद्ध लोकेश मेहराले सरकारले आफ्ना प्राथमिकताहरु निर्धारण गरेपछि तिनलाई प्राप्त गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नु पर्ने बताए। ‘अब तपाईंहरुले डिजिटल सेवा विस्तारतर्फ ध्यान दिनु पर्छ,’ उनले भने।
बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख प्रविधि अधिकृत अन्जनी फुयालले डिजिटल क्षेत्रमा नेपालले ठूलो फड्को मारेको र नेपालको सूचना प्रविधि क्षेत्र सफलताको कथा भएको बताए। ‘नेपालका विश्वविद्यालयहरुले क्लाउडमा आधारित नवीनतम पाठ्यक्रमहरु पढाइ रहेका छन् र विश्वस्तरका नेपाली स्नातकहरु उत्पादन गरिरहेका छन्। नेपालगंज र पोखरामा बसेर नेपाली युवाहरुले विश्वका ठूला कम्पनीहरुमा काम गरिरहेका छन्। सुन्दर प्रकृति तथा पहाडहरुका बीच काम गर्न भारतीय तथा संसारभरिका ‘डिजिटल नोम्याडहरुका लागि नेपाल एक सुन्दर गन्तव्य बन्दै गएको छ,’ उनले भने।
अमेजन वेब सर्भिसेजका भारतस्थित एक अधिकारी विक्रान्त सत्संगीले नेपाललाई डिजिटल एक्सिलरेशन परियाजनालाई छिटै अगाडी बढाउन सुझाव दिए। उनले नेपालमा उत्पादन भैरहेका आइटी स्नातकहरुलाई देशमै रोके राख्न सरकार, उद्यमीहरु र विश्वविद्यालयहरुले मिलेर काम गर्नु पर्ने बताए।
समझदारीपत्रमा हस्ताक्षर
उक्त समारोहमा दिल्लीस्थित इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमन, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान तथा काठमाडौंस्थित जेनेस एकेडेमीबीच आपसी सहकार्य, अनुसन्धान तथा शिक्षक, विद्यार्थीहरुको आदानप्रदान सम्बन्धी सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो।
हस्ताक्षर समारोह पछि बोल्दै इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमनकी उपकूलपति डा अमिता देवले आफ्नो विश्वविद्यालयमा ५,००० छात्राहरुले अध्ययन गरिरहेको र आफ्नो विश्वविद्यालयका स्नातकहरुले राम्रो आम्दानी गर्नुका साथै आआफ्नो क्षेत्रमा नेतृत्व गरिरहेको बताइन्। ‘मुलुकका सीमाहरू भनेका भावनात्मक कुराहरु मात्र हुन्। यस्ता साझेदारीहरुद्वारा हामीले अनुसन्धान, इन्टर्नशिप तथा दोहोरो डिग्री जस्ता कार्यक्रम अगाडी बढाउने छौं,’ उनले भनिन्।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक प्राध्यापक डा बसन्त जोशीले प्राविधिक शिक्षाको क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य गर्न पाउँदा अनुसन्धान तथा पठनपाठनको क्षेत्रमा ठूलो सहयोग पुग्ने बताए। आफ्नो धन्यवाद मन्तव्यमा दिल्लीस्थित नेपाली दूतावासकी मिनिस्टर काउन्सिलर श्रीमती निता पोख्रेल अर्यालले भारतीय प्रविधि उद्यमी तथा व्यवसायीहरुलाई नेपालमा व्यवसाय विस्तार गर्न आग्रह गरिन्।
उक्त कार्यक्रम जेनेस सलुशन तथा नास आइटीको सहयोगमा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको थियो।
काठमाडौं, १९ भदौ ।
नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले सीमित कार्य गर्ने धितोपत्र दलालको रूपमा थप ११ कम्पनीलाई लाइसेन्स दिएको छ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीका अनुसार थप ११ कम्पनीले धितोपत्र दलालको लाइसेन्स पाएका हुन्।
लाइसेन्स पाउने नयाँ ब्रोकर कम्पनीहरुमा गरिमा सेक्युरिटिज लिमीटेड(ब्रोकर नम्बर ७८), पाही इन्भेष्टमेन्ट प्रालि(ब्रोकर नम्बर ७९), इन्दिरा सेक्युरिटिज प्रालि(ब्रोकर नम्बर ८), श्री आकाशभैरव सेक्युरिटिज लिमीटेड(ब्रोकर नम्बर ८१), श्री एनएमबी सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८२), श्री सानिमा सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८३), श्री मिल्की वे सेयर ब्रोकर कम्पनी लिमीटेड(ब्रोकर नम्बर ८४), श्री क्यापिटल हब प्रालि(ब्रोकर नम्बर ८५), श्री स्टकस्कार्टस सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८६), श्री एसपीएसए सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८७) र श्री ब्लु चिप सेक्युरिटिज लि.(ब्रोकर नम्बर ८८) रहेका छन्।