काठमाडौ, २२ भदौ ।
मीड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागेको हो ।
सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।
यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।
यस आइपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज ११ गतेसम्म खुला रहनेछ ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।
यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्लामा ९।५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित विद्यतु उत्पादन गर्दै आएको जानकारी गराएको छ ।
आयोजनाको कुल अनुमानित २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ । यसको प्रतिमेगावाट लागत २१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
काठमाडौ, २२ भदौ ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।
आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौ, २२ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ४०, भारतीय ठूलो गोलभेडा ४०, भारतीय गोलभेडा सानो ३५, टनेल गोलभेडा सानो ३८, लोकल गोलभेडा सानो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ८० रुपैयाँ तथा आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ४०, घिरौला ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली २५०, कागती १८० रुपैयाँ तथा भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो ९०,अदुवा प्रतिकेजी १५० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १४०,अनार ३००, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, हरियो खुर्सानी अकबरे १५०, रहु माछा ३५०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, परवर ६०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २५०, रुख कटहर ९०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा १५०,फूजी स्याउ ३२०, अम्बा १००,मौसम १५०, जुनार ३२०,अमला १२०,तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०,कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौ, २२ भदौ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसामा काराेबार हुनेछ ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८५ रुपैयाँ २ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा खरिदबिक्री गरिने छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा काराेबार गर्न अनुमति पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसामा खरिदबिक्री हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री हुनेछ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.६६ पैसा र विक्रीदर ४३२.६ पैसामा काराेबार हुने जनाइएकाे छ ।
्र
काठमाडौ, २२ भदौ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसामा काराेबार हुनेछ ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८५ रुपैयाँ २ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा खरिदबिक्री गरिने छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा काराेबार गर्न अनुमति पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसामा खरिदबिक्री हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री हुनेछ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.६६ पैसा र विक्रीदर ४३२.६ पैसामा काराेबार हुने जनाइएकाे छ ।
्र
काठमाडौ, २१ भदौ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६०.७२ विन्दुमा रहेको छ ।
६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको २०१ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौ, २१ भदौ ।
ज्योति क्यापिटलको साधारण सभा आज (भदौ २१ गते) बस्दैछ । सभामा ज्योतिले १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा क्यापिटलको केन्द्रीय कार्यालयको ठेगना परिवर्तन गर्ने प्रस्ताव पनि छ ।
यस्तै, आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
काठमाडौ, २१ भदौ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्ष (२०७/७९) को वार्षिक साधारण सभा भदौ ३१ गते बोलाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.६५ अनुपात (६५प्रतिशत ) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
हकप्रद निष्कासनपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा लिसारा बेंक्वेट हल, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज हुने भएकाले भदौ १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । हाल जोशीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा प्रस्तावित ६५ प्रतिशत हकप्रद सेयर जारी भएमा चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ ।
काठमाडौ, २१ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, भारतीय गोलभेडा सानो ४५, टनेल गोलभेडा सानो ४३, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ३०, घिरौला ३५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर ११०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ४०, न्यूरो ९०, रातो बन्दा २००, लोकल काक्रो ९०, अदुवा प्रतिकेजी १४० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३००, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ तथा रहु माछा ३५०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १४०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २७०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो ३००, रुख कटहर ९०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ११०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौ, २१ भदौ ।
हाथवे इन्भेष्टमेन्ट नेपालको आज बिहीबार भदौ २१ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो।
कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।
यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।