२०८३ बैशाख १८
२०८३ बैशाख १८

काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यसअनुसार अब पेट्रोलको पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रोमा १५८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले आज (बुधबार) रातिबाट लागू हुने गरी पेट्रोल २, डिजेल तथा मट्टितेल १ र आन्तरिक हवाइ इन्धन ४ रुपैयाँ प्रतिलिटर घटाएको हो । त्यस्तै अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने इन्धन २९ डलर प्रतिकिलोलिटर घटाएको निगमले विज्ञप्तीमार्फत जनाएको छ ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५८, डिजेल तथा मट्टितेल १ सय ४५ र आन्तरिक हवाइ इन्धन १ सय २१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धन ९ सय ५२ डलर प्रतिकिलोलिटर पुगेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ । सभार कयानाडा नेेपाल

आरके श्रीवास्तव,राैतहट,१८ गते वैशाख ।  

सरकारले ल्याउन लागेकाे एमआरपी कानुन सम्बन्धि  लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वर्तमान सरकारले ल्याउन लागेको वस्तुमा लेवल राख्ने सम्बन्धी कानुन प्रति हाम्रो ध्यानार्कषण भएको केन्द्रीय अध्यक्ष रामहरि तिवारीले एक प्रेस विज्ञप्ति जारी गरि बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ । यस अन्तर्गतको अध्य्यन गर्दा समग्रमा साना गरिब ब्यापारीलाई तर्साउने ब्यापारबाट बन्चित गराउने, कर आतंक फैलाऊने, अनावश्यक चेक जाँचको नाउँमा परेशान गर्ने, व्यापारीको हित विपरित भएको हाम्रो  स्पष्ट धारणा छ ।

साथै छलफलका बिषयहरु एम. आर.पी. कुन आधारमा तोक्ने, सरकारी निकायबाट कुनै पनि माप दण्ड वा कमिटि गठन हुनु पर्ने ,इम्पोर्ट गर्दा औषधी सरह एम. आर. पी. को ४०% वा सो सरह हुनु पर्ने प्रबन्ध हटाउनु पर्ने रहेको छ ।

त्यस्तै एम. आर. पी. खुद्रा व्यापारीले राख्न नमिल्ने, राख्ने भनेको उत्पादन कम्पनीले हो, त्यसैले लैब केमिकल वा रिपैकिङ गरेमा धेरै बाधा व्यवधान भएको हुनाले वृहत धलफल गर्नुपर्ने,एउटै कंपनीको १ भन्दा बढी आयातकर्ता भएकोले लेवलमा एकरुपता बारे समस्या समाधान गराउनु पर्ने,खुद्रा ब्यापारीहरुको अहिलेसम्म भन्डारण भएको समानहरुको सरकारी निकायबाट आई पर्ने परेशानीको गारेन्टी समाधान गर्नुपर्ने उल्लेख रहेको छ ।

अध्यक्ष तिवारीले जारी गरेको विज्ञप्तिमा यस्तो आर्थिक मन्दीको अवस्थामा लोकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले कानुनलाई यथा स्थितिमा समर्थन गर्न नसकिने बारम्बार व्यापारीलाई बृहत छलफल नगरीकन मुठ्ठीभर मान्छेको भरमा दुःख दिने नियत मात्र हेरीरहेको ठहर गरेको छ ।

 

त्यसैले सरकारले ल्याउन लागेको कानुन प्रति यथा स्थितिमा समर्थन गर्न नसकिने निर्णय लिएको तिवारीले जानकारी गराएका हुन् ।

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ। जसअनुसार पेट्राेल पहिलाे वर्गमा १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। नेपाल लाइभ

बज्जिकाञ्चल संवाददाता, रौतहट ३० गते चैत । चन्द्रपुर 

रौतहट सदरमुकाम गौरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्माणाधीन भवनको काम प्रभावित बनेको छ । गौर बाढी प्रभावित क्षेत्र भएका कारण आंशिक रूपमा ‘डिजाइन’ परिवर्तन भई काम हुँदा अन्तिम चरणमा आएर निर्माण कार्य नै प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ ।

भवन निर्माण कम्पनी सिनर्जी राजदेवी भक्त जेभीका अरबिन्द जयसवालले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सम्पन्न गर्न नसकिएको बताउनुभयो । नयाँ डिजाइन पनि स्वीकृत भएको छैन । डिजाइन स्वीकृत नहुँदा भेरिएसन पनि नभएको, जयसवालले भन्नुभयो, “डिजाइन स्वीकृत तथा भेरिएसनका लागि पटक पटक ताकिता गर्दा पनि हुन सकेको छैन ।”

कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका कोष नियन्त्रक देवीप्रसाद गौतमका अनुसार कार्यालयले आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा संशोधन गरेर काम गराएको देखियो, महालेखा नियन्त्रक कार्यालयले परिवर्तित डिजाइन स्वीकृत गरी भेरिएसन नगरिदिँदा निर्माण कम्पनीले पाउनुपर्ने करिब ५० लाख रुपियाँ भुक्तानी रोकिएको छ । भुक्तानी रोकिएका कारण सम्पन्न गर्नुपर्ने काम निर्माण कम्पनीले गर्न मानेका छैनन् ।”

सकेसम्म भेरिएसन गर्नु नपर्ने गरी काम गरेको राम्रो भए पनि स्थानीय आवश्यकता अनुसार डिजाइन आंशिक रूपमा परिवर्तन गरेर काम गरिसकेकाले कानुनको परिधिभित्र रही यसलाई टुङ्गो लगाउनुपर्ने सघन सहरी तथा भवन निर्माण आयोजना पर्साका कार्यालय प्रमुख सञ्जीव साहले बताउनुभयो । भेरिएसन स्वीकृत गर्न बारम्बारको ताकितापछि महालेखा नियन्त्रक कार्यालयले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई कामको गुणस्तर जाँचलगायतको कुराका लागि राय माग गरेपछि क्याम्पसका डाक्टर प्रदीपकुमार श्रेष्ठले प्रतिवेदन दिए पनि परिवर्तित डिजाइन तथा भेरिएसन स्वीकृत गर्न कोही तयार भएको देखिएन ।

महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजालका अनुसार डिजाइन परिवर्तन अगाडि स्वीकृत गराउन कोलेनिका रौतहटपछि परेकाले यस्तो समस्या आएको बताउनुभयो । स्वीकृत डिजाइनमा पाँचदेखि १५ प्रतिशतसम्म परिवर्तन देखिए महालेखा नियन्त्रक कार्यालयले डिजाइन तथा भेरिएसन स्वीकृत गर्ने कानुनी व्यवस्था छ । त्यही व्यवस्थाका कारण एक वर्षदेखि फाइल अड्किएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।

पाँच करोड ९९ लाख रुपियाँको लागत अनुमानको टेन्डरमा तीन करोड ६३ लाख २४ हजार ८७२ रुपियाँमा ठेक्का सकार गरेको सिनर्जी राजदेवीभक्त जेभीले करिब ९० प्रतिशत कार्य सम्पन्न गरेको छ । भेरिएसन स्वीकृत नभएकै कारण ठेकेदारले १० प्रतिशत काम अड्काएको छ ।

निर्माण कम्पनीका जयसवालका अनुसार भवन फिनिसिङ, बत्ती, पानीको काम मात्र बाँकी रहेकाले भेरिएसन स्वीकृत भएको दुई महिनाभित्र काम सम्पन्न हुने बताउनुभयो । महालेखा नियन्त्रक डाक्टर गणेशप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीको म्याद तीन चोटि थप भइसकेको तथा आगामी वर्षमा यो भवन निर्माणका लागि बजेटसमेत नछुट्याइएकाले कानुनी प्रव्रिmया पूरा गरेर यसै आर्थिक वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

सभार
गोरखापत्र

बज्जिकाञ्चल संवाददाता, वालिङ चैत ३० गते । 

स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै वडा नं.१ का वडाअध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उहाँको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिलाउत्पादनमा जोडिन जरुरी रहेको वडा अध्यक्ष गुरुङले बताउनु भयो ।

बाख्राको नस्ल सुधार गरि आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उहाँको भनाई छ ।

डाक्टर बस्यालले बाख्रा पालका क्रममा आई पर्ने समस्या र यसको सही निराकरणका बारेमा कृषकलाई जानकारी समेत गराउनु भयो ।
कार्यक्रम अन्तरगत साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका २१ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । समूहका अधिकांस सदस्यहरु दलित महिला रहेका छन् । उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाले जनाएको छ ।

कार्यक्रमका कार्यपालिका सदस्य सीता बिक, वडा सदस्यहरु शोभाकान्त काफ्ले,सम्भव अर्याल,खिना काफ्ले समूह की अध्यक्ष सुधा बिक लगायतले बाख्रा पालन र वडा कार्यालयले गरिरहेको क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।

वालिङ नगरपालिकाको वडा नं.१ देखि ७ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
तस्बिर ः बीउपाठी तथा बोका वितरण गरिँदै ।

हनुमत यादव,गाैर,२९ गते चैत । 

गाैर ।  मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. रौतहट शाखा कार्यालय माधवनारायण द्वारा आयोजित वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम शुक्रबार जिल्लाको सदरमुकाम गौर स्थित रहेको साईमन होटेलको सभा हलमा सम्पन्न भएको छ । त्यस अवसरमा माधवनरायण नगरपालिका वडा नं १ का वडा अध्यक्ष राज कुमार यादवले लघुवित्त संस्थाहरूले आर्थिक उन्नयनमा खेलेको भूमिका प्रसंसनिय रहेको उल्लेख गरे ।

 

यादवले दिदीबहिनीहरूको आर्थिक सशक्तीकरण र उद्यमशीलतामा लघुवित्तको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । संस्थाका मधेस प्रदेश प्रमुख रामप्रसाद कुशवाहाले समाजमा लघुवित्तलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा विभिन्न समस्या उत्पन्न भइरहेको जनाए । उनले कर्जा लिँदा संस्थाको नीति, नियम र सेवा प्रणाली बुझेरमात्र कारोबार गर्नुपर्ने बताए । पछिल्लो समय वित्तीय साक्षरता कार्यक्रमले सदस्यहरू जागरुक बन्दै गएको समेत उनले बताए ।

 

आफ्ना ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा प्रदान गर्ने उदेश्यले सञ्चालित उक्त कार्यक्रममा संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख सिताराम महतोले वित्तीय शिक्षा र साक्षरता सम्बन्धी अभिमुखीकरण प्रस्तुति प्रस्तुत गरे ।

उक्त कार्यक्रममा शाखा कार्यालय माधवनरायण अन्तर्गत सञ्चालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ४ जना केन्द्र प्रमुख तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गर्नेमध्ये मेरो सरुअठा महालक्ष्मी महिला केन्द्र(प्रथम) – ३०००/- , मेरो सीतारा महिला केन्द्री(दोस्रो) – २०००/-, मेरो माँ जगदम्बा महिला केन्द्र (तेस्रो) – १०००/-,मेरो बसतपुर महिला केन्द्र (चैथो) – ५००/- नगद सहित वर्षका ४ उत्कृष्ट व्यावसायिक ग्राहकलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

१०० औ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नम्बर ४२ का केन्द्र प्रमुख लिलामबर प्रसाद सिंह गनगाइले गरेका थिए । साथै कार्यक्रम सञ्चालन तथा सहजीकरण शाखा प्रबन्धक गनगाईले गरेका थिए ।

मुन्ना मिश्रा,२१ गते चैत । 

बर्दिया । महिला लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा काभ्रेको आयोजनामा शाखा कार्यालय बाँसगढी बर्दिया मा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।

साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी कर्जा र बचत सम्बन्धि व्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा ७७ जना केन्द्र प्रमुख,उपप्रमुख लाई वित्तिय साक्षरता तालिम दिएको थियो । सो कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता,उत्कृष्ट केन्द्र प्रमुख,उपप्रमुख, उत्कृष्ट केन्द्रहरु लगायत ७ विधामा सहभागीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको उदघाटन गर्दै संस्थाका लुम्बिनी प्रदेश प्रमुख तिलक दत्त पन्तले समग्र महिला लघुवित्तको हालको अवस्था बारे जानकारी र संस्थाले महिलालाई स्वरोजगार, उद्यमशिलतामा आत्मनिर्भर बन्न सहयोग पुर्याएको र वित्तीय संस्थाबाट कर्जा प्रयोग गर्दा हुने फाइदाबारे भिडियो सामाग्री देखाउदै प्रष्ट पार्नुभएको थियो ।

साथै सुपरिवेक्षण तथा निरीक्षण कार्यालय नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंहले कर्जाको सदुपयोग कसरी गर्ने ,सफल ब्यबसायी कसरी बन्ने ,र बचत गर्दा हुने फाईदा र धेरै संस्थाबाट कर्जा कारोबार गर्दा ग्राहक सदस्यलाई पर्ने नकारात्मक असर बारेमा समेत सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

 

कार्यक्रमको संचालन प्रेम भण्डारीले गर्नुभएको थियो । उक्त कार्यक्रमको सभापति केन्द्र नम्बर १० कि गीता उपाध्याय रहनुभएको थियो, भने सो कार्यक्रमको मुल्यांकनकर्ता केन्द्र नम्बर १०४ कि हेमा थापा रहनु भएको थियो ।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय बाँसगढीबाट प्रहरी सहायक निरीक्षक माधव प्रसाद खतिवडा, यस संस्थाका लुम्बिनी प्रदेश प्रमुख तिलक दत्त पन्त, सुनिका कार्यालय नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंह, शाखा कार्यालय नेपालगन्जका प्रमुख सगुने बुढा, शाखा कार्यालय गुलरियाका प्रमुख आयुष न्यौपाने, शाखा कार्यालय बाँसगढीका कर्मचारी ओम प्रकाश यादव अहिर, प्रेम भण्डारी,निशा चौधरी र अन्जना चौधरी को उपस्थिति रहेको र उक्त कार्यक्रममा १० जना लाइ प्रमाण पत्र तथा ८ जना लाइ मायाको चिनो प्रदान गिरएको शाखा कार्यालय बाँसगढीका प्रमुख लोकेन्द्र बहादुर बुढा ले जानकारि दिनुभयो।

चन्दन यादव, रौतहट २१ गते चैत ।

रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु प्रहरीले बरामद गरेको हो । २०८१ चैत १९ गते करीब ७ बजेको समयमा कार्यालय तथा मातहत समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ४ बसपार्क स्थितमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको गरेको अवस्थामा बरामद भएको प्रहरीले जनाए ।

अन्दाजी मुल्य रु. ९९ हजार ९ सय ६० ०रुपैया बराबरको बिभिन्न किसिमको किराना सर सामानहरु फेला परेको प्रहरीले जानकारी गराएका हुन् । उक्त सर सामानहरु अन्दाजी मूल्य रु. ७ लाख रुपैया बरावरको प्र २ ०३ ००१ ज १३१ नम्बरको पिकअप गाडी १ थानगरि जम्मा अन्दाजी मुल्य रु.७ लाख ९९ हजार ९ सय ६० रुपैया बराबरको रहेको प्रहरीले जनाएका हुन् ।

बिभिन्न किराना सर सामानहरु, पिकअप गाडी १ थान र चालक जिल्ला रौतहट कटहरीया नगरपालिका वडा नंम्बर ५ मा बस्ने अन्दाजी २२ वर्षको निरज कुमार साह समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायवउपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन् ।

मुन्ना मिश्रा,१९ गते चैत । 

बर्दिया । महिला लघुवित्त वित्तिय संस्था लिमिटेड राजापुर शाखामा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुमा यही चैत्र १८ गते देखि दुधराँस शाखाबाट शूरु भएको सो कार्यक्रम आज दोस्रो दिन राजापुर र श्रीगाउँमा सम्पन्न भएको छ । उक्त कार्यक्रम निरन्तर रुपमा संचालन भइरहेको सुनिका नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंह ले जानकारी दिनुभयो ।

राजापुरको कार्यक्रममा ३९ केन्द्रका केन्द्र प्रमुख,उपप्रमुख लाई वित्तिय साक्षरता तालिम दिएको थियो । साथै सुनिका नेपालगन्ज प्रमुख अम्मर बहादुर सिंहले समग्र महिला लघुवित्तको हालको अवस्था बारे जानकारी गराउँदै कर्जाको सदुपयोग कसरी गर्ने ,सफल ब्यबसायी कसरी बन्ने तथा धेरै संस्था बाट कर्जा कारोबार गर्दा ग्राहक लाई पर्ने नकारात्मक असर बारे प्रशिक्षण दिनुका साथै बचत गर्दा हुने फाईदाका बारेमा समेत सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

सो कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता,उत्कृष्ट केन्द्र प्रमुख,उपप्रमुख, उत्कृष्ट केन्द्रहरु लगायत ६ विधामा सहभागीलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

आज राजापुरमा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको उदघाटन गर्दै ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक नवीन थापा मगर ले यो संस्थाले महिलालाई स्वरोजगार उद्यमशिलतामा आत्मनिर्भर बन्न सहयोग पुर्याएको र वित्तीय संस्थाबाट कर्जा प्रयोग गर्दा हुने फाइदाबारे बताउनु भएको थियो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत सुनिका कार्यालय नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंह, शाखा कार्यालय गुलरियाका प्रमुख आयुष न्यौपाने, शाखा कार्यालय राजापुरका प्रमुख बिष्णु प्रसाद चौधरी, कर्मचारी ईन्द्र प्रकाश चौधरी र रामी चौधरी को उपस्थिति रहेको थियो ।

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। उक्त मूल्य मंगलबारदेखि लागू हुनेछ ।

 

निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर मूल्य ४५ पैसा बढेर आएको थियो। डिजेल तथा मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो।

 

सोहीअनुसार पेट्रोलको मूल्यमा घटबढ नभए पनि डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ। अब काठमाडौँमा डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । सभार सरल पत्रिका

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।