२०८३ भाद्र १३
२०८३ भाद्र १३

आरके श्रीवास्तव,रौतहट,१७ गते माघ २०८१ ।
भाडाको कोठामा सञ्चालन हुँदै आएको फतुवा बिजयपुर वडा नम्बर ११ को आफनै भवन बनिरहेको छ । आफनै प्रशासनिक भवन नहुँदा भाडामा वस्दै आएका सो वडाले चालुु आर्थिक वर्ष भित्रमा नै आफनै प्रशासनिक भवन पाउने भएको छ ।
बजार समितिको भवनको माथि पहिल्लो तल्ला वडा कार्यालयको लागि बनिरहेको छ । बजार व्यवस्थापन समितिको सहमतीमा नै वडा कार्यालयको भवन निर्माण हुन लागेको हो ।


सो वडाका वडा अध्यक्ष ज्ञानेन्द्र चौधरीले जनसरोकारका काम हुने प्रशासनिक भवन सुविधायुक्त बनिरहेको बताएका छन् । उनले भने–अब छिटै नै निर्माण कार्य सम्पन्न गरि सोही ठाँउबाट जनताका कामलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने बताए ।


यसमा सवै राजनितीक दल,नागरिक समाज, बुद्धिजिवीको सहयोग रहेको प्रष्ट पारेका छन् । वडा अध्यक्ष चौधरीका अनुसार वडा स्तरीय योजना बाट १४ लाखको लागतमा सो वडा कार्यालयको भवन बनिरहेको जानकारी गराएका हुन् । यस अघि आर्थिक वर्ष २०८०।८१ मा १० लाखको लागतमा छत ढलानको काम भएको थियो । अहिले पर्खाल,पलास्टर,वायरिङ्ग लगायतका कामहरु भइरहेको बताएका हुन् ।
फतुवा बिजयपुर नगरपालिकाको अधिकांश वडाहरु भाडाको कोठामा सञ्चालन भइरहेको अवस्थामा यो वडाले अब आफनै भवन पाउने भएको छ । त्यस नगरपालिकामा वडा नम्बर १,३,६ र १० नम्बरको वडा कार्यालय भाडामा सञ्चालनमा छ । स्थानिय सरकार आएको ७ वर्ष वित्न लाग्दा पनि भाडामा सञ्चालनमा रहेको वडा कार्यालयहरु बनाउन तर्फ कार्यावाहक नगर प्रमुख अम्बेया खातुनले कुनै चासो नै लिएका छैन्न् ।

चन्दन यादव, रौतहट, १७ गते माघ २०८१ ।

रौतहटमा १८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । २०८१ माघ १५ गते मंगरवारका दिन उनीहरुलाई जिल्ला अदालतले कैद तथा जरिवाना सजाय तोकिएको थिए । सजाए पाएपछि उनीहरु फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास गरी उक्त फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाईएको प्रहरीले बताएको हो ।

फरार रहेको प्रतिवादीहरु गरीश महरा चमार अपराध किर्ते जालसाजी तथा जरिवाना रु. १ सय रेहको हो । त्यस्तै शेख जाकीर अपराध शिर्षक लुटपिट गाली बेईज्जती रहेको प्रहरीले बताएको हो । त्यस्तै जरिवाना रु.७३ रहेको प्रहरीले जानकारी गराएको छ ।

यसैगरी सगीरा खातुनले पनि लुटपिट गाली बेईज्जती गरेको हो । यसको जरिवाना रु.६ रहेको हो । अर्को अपराधी जितन राय यादव अपराध गाली बेईज्जती र जरिवाना रु.१२ रहेको प्रहरीले जनाएका हो । अर्का अपराधीहरु रहेको छन् उमापती देवी र रूदल सहनी यि दुबै जनाको अपराध शिर्षक कुटपिट रहेको हो र जरिवाना शुल्क रु.१ रहेको प्रहरीले विज्ञप्ती मार्फत जनाएको हो ।

अर्का पाँच जना अपराधीले जालसाजी अपराध गरेका छन् र उनीहरुको नाम कोशिला देवी कल्वार जरिवाना रु.१, संतोष कुमार जरिवाना रु.१, आशा देवी जरिवाना रु.६, रामसिहासन जरिवाना रु.१० साह र साहेबलाल साह रहेका छन् । उसको जरिवाना शुल्क रु. १० रहेको प्रहरीले जनाएको हो ।
त्यस्तै गंगाजली देवी रहेकी छिन अपराध किर्ते रहेको हो तथा जरिवाना रु. पचाँस रहेको छ । त्यसैगरी ललिता देवी दास अपराध कुटपिट लुटपिट र जरिवाना रु.५० रहेको हो । प्रभा देवी गाली अपराध बेईज्जती तथा जरिवाना रु.२ सय पचाँस रहेको प्रहरीले बताएका हुन् ।

यसैगरी अर्को अपाधी महेन्द्र राय यादव रहेको छ, यसले कुटपिट जस्ता अपराध गरेका हुन् । उहाको जरिवाना शुल्क रु. १ सय २५ रहेको छ । अर्काे र अन्तिम अपराधीहरु गेनालाल साह, सियाराम साह जग्गा र रामनाथ साह छन् । उनीहरुले जग्गा खिचोला जस्तो अपराध गरेका छन् । उनीहरुको जरिवाना शुल्क रु. ५ सय रहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जनाएका हुन् ।

आरके श्रीवास्तव,रौतहट,१६ गते माघ ।
रौतहटको फतुुवा विजयपुर नगरपालिकामा मिसन ८४ सफल पार्न जनता समाजवादी पार्टीले धमाधम संगठन निर्माणको काम गरिहेको छ । जनता समाजवादीको पार्टीको गढ मानिएको फतुवा विजयपुर वडा नम्बर ११ मा आज वडा स्तरीय बैठकमा सहभागी जसपाका नेताहरुले आगामी चुनावको तयारी स्वरुप अहिले देखिनै कसरत थालेको बताएका हुन् ।


जनता सँग जनता समाजवादी पार्टी,नेपाल अधारभूत संगठन निर्माण अभियान अन्र्तगत मंगलवार वडा नम्बर ५ सोनालाल कुशवाहाको अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन गरिएको थियो भने बुधवार वडा नम्बर ११ मा सिताराम चौधरीको अध्यक्षतामा २५ सदसीय वडा कमिटि गठन गरिएको छ ।


नगर कमिटि अध्यक्ष जयमंगल यादवको अध्यक्षतामा भएको बैठकबाट गठित कमिटिको उपाध्यक्षमा पूर्ण बहादुर खापाङ्गी,महिला उपाध्यक्षमा रविना मगर लुुङ्गेली,कोषाध्यक्षमा नविन अधिकारी,सचिवमा पाडव किरिङ,सह सचिवमा तेजनारायण चौधरी,उपेन्द्र पटेल रहेका छन् ।


त्यस्तै सदस्यहरुमा हेमनारायण चौधरी,सन्तलाल चौधरी लगायतका व्यक्तीहरु रहेको जसपा मधेश प्रदेश कमिटि सदस्य विजय चौधरीले जानकारी गराएका हुन् । संगठन निर्माणको काम अन्य वडामा पनि लगातार गर्ने उनले बताएका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य विन्देश्वर यादवले यहाँको स्थानिय सरकारको अनुुभूती जनताले गर्न नसकेको बताए । भागबण्डा गर्नमा नै व्यस्त रहेका जनप्रतिनिधीहरुले कुनै काम गर्न नसकेको अरोप लगाएका छन् । त्यसैले आगामी मिसन ८४ मा जसपा बाहेक अन्य कुनै विकलप नरहेको उनको दाबी थियो ।
त्यस्तै अर्का वक्ता प्रदेश कमिटि सदस्य विजय चौधरीले मिसन ८४ मा जसपालाइ फतुवा विजयपुरमा मजबुुत बनाउनु पर्नेमा जोड दिएका थिए । जबसम्म परिवर्तन हुँदैन तबसम्म विकास हुन सक्दैन् । त्यसैले जसपालाइ हरेक टोल टोलमा बलियो बनाउनुु पर्ने अहिलेको आवश्यकता रहेको बताए ।
जसपा बाट दुुइचोटी निर्वाचित सो वडाका वडा अध्यक्ष ज्ञानेन्द्र चौधरी अगामी चुनावमा पनि जसपाले दोहोर्याउनेमा आफू आशावादी रहेको बताएका हुन् । यस्तै जसपाका जिल्ला उपाध्यक्ष अमृतलाल चौधरीले मिसन ८४ मा जसरी भएपनि जसपालाइ मेयर,उपमेयर सहित वडाहरुमा जिताउने हाम्रो अभियान रहेको प्रष्ट पारेका थिए ।
संगठन निर्माण कार्याक्रममा जसपाका केन्द्रिय सदस्य रामअश्रे चौधरी,प्रदेश कमिटि सदस्य पुनित राम लगायतका नेताहरुले पनि कार्यक्रमका वक्ताको भूमिका निर्वाह गरेका थिए । सो अवसरमा जसपाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,१५ गते माघ २०८१ ।

राैतहट । राैतहटकाे मध्य भाग गरूडामा चलिरहेको प्रथम गरूडा व्यापार महाेत्सव २०८१ बन्द भएको छ । गरूडा नगर उधाेग वाणिज्य संघका अध्यक्ष सतिश साहकाे कमीकमजोरीले गर्दा महाेत्सव बन्द हुन पुगेको हाे । दर्शकले नरूचाएकाे,व्यापारीहरूले स्टल नराखेको र माैसमले नसाथ दिएको कारण महाेत्सव बन्द गर्नु परेकाे अध्यक्ष साहले बताएका छन् ।

समृद्ध उधाेगकाे लागि,आर्थिक समृद्धि भन्ने नाराका साथ सुरू भएको महाेत्सवमा प्रवेश शुल्क राखेपछि दर्शकहरूले ताेडफाेड समेत गरेकाे घटना घटेकाे थियो । आगामी माघ २३ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सवमा बिचैमा राेक्नु परेको हाे ।

व्यापारीहरू बिच कुरा मिलाउन नसक्दा पनि महाेत्सव बन्द हुन पुगेको कतिपय व्यापारीहरूकाे भनाइ छ । निकै तामझामकाे साथ सुरु भएको महाेत्सव बिचैमा बन्द हुन पुग्दा व्यापारीहरू भएका निराश छन् । वर्तमान अध्यक्ष साहकाे कार्यकालकाे ऐतिहासिक कार्य भनिएपनि अन्ततोगत्वा फलप हुन पुगेकाे छ ।

बिना तयारीकाे महाेत्सव आयाेजन गर्न नहुने जानकारहरूकाे भनाइ छ । फितलो व्यवस्थापनका कारण महाेत्सव बिचैमा राेक्नु परेको हाे ।

आरके श्रीवास्तव,राैतहट,१५ गते माघ २०८१ । 

राैतहट । राैतहटकाे गरूडा नगरपालिकाका चिसो प्रभावितहरूले स्थानीय सरकारबाट कुनै राहत नपाएको गुनासो गरेका छन् ।

चिसाेका कारण गरूडा नगरपालिका वडा नम्बर ४ दलित टाेलका मानिसहरूले आफूहरूलाई नगरप्रमुख कन्थमनी जयसवालले कम्बल र सिरक वितरणमा काखापाखा गरेकाे आराेप लगाएका छन् ।

गरूडा नगरपालिकाले ठूलाे संख्यामा कम्बल र सिरक वितरण गरेकाे दाबी गरिरहेकाे बेला गरूडा गाउँकाे दलित टाेलका मानिसहरू भने कम्बल र सिरक पाउन बाट बञ्चित भएकाे बताएका छन् । आफनाे नगरपालिकाका कुनै पनि नागरिकले चिसोका कारण दुःख नपाउन भन्ने अभिप्रायले कम्बल र सिरक वितरण अभियान चलाएको नगरप्रमुख जयसवालले बताएका थिए ।

तर सिंगै दलित टाेलका मानिसहरू राहत बाट बञ्चित भइरहँदा मेयर जयसवाललाई भने कुनै प्रवाह छैन् ।  गरूडा नगरपालिका वडा नम्बर ४ कि नैन देवी रामले भनिन्-हामीलाई नगरपालिकाबाट आउने सुविधाहरू बाट सधैं बञ्चित गरिन्छ । आफनाे आसेपासेहरूलाई कम्बल र सिरक वितरण गर्ने गरेको उनी गुणासाे गर्छिन् । हुनेखानेहरूलाई मात्र मेयर जयसवालले यसअघि पनि दाउरा उपलब्ध गराएकाे र दलित बस्तीलाई नजर अन्दाज गरेकाे आराेप लगाएकी हुन् ।

दलित तथा विपन्न परिवारकाे नामले सस्तो लाेकप्रियता कमाउँदै, बाँडिरहेकाे राहत स्वरूप कम्बल,सिरक तथा दाउरा वितरण कार्यमा दलित तथा विपन्नलाई नै बाईपास गरि बाँडेको तथा प्रचारप्रसार समेत गराएकाे गरूडा नम्बर ४ कि एक अर्की दलित महिला सुगान्धी देवी रामले बताएकी हुन् ।

अत्यधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प रहेको छ । दैनिक ज्याला, मजदूरी गर्नेहरू मारमा परेका छन् । मधेशको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । साे टाेलमा चिसोबाट गरिब विपन्नहरूलाई धेरै समस्या भएको छ । दलित टाेलका स्थानीय बासिन्दाले आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । यस विषयमा मेयर जयसवालकाे नम्बरमा फाेन गर्दा सम्पर्क हुनसकेको छैन् ।

 

आरके श्रीवास्तव,राैतहट,१५ गते माघ २०८१ । 

राैतहटकाे गरूडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवालले वैदेशिक रोजगार बोर्डबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरेका छन् । साउदी अरबमा मृत्यु भएका गरुडा नगरपालिका वडा नम्बर  ६ निवासी स्वर्गीय मिस्टर लेहेरिको परिवारलाई चेक हस्तान्तरण गरिएकाे हाे ।

उनकाे गत पुस २२ मा असामाजिक निधन भएको थियोे ।

मंगलबार स्वर्गीय लेहेरिको श्रीमती हिरजा खातुनलाई वैदेशिक रोजगार बोर्डबाट प्राप्त रु १० लाख सहयोग रकम बराबरको चेक हस्तान्तरण गरिएकाे हाे ।

श्रम स्वीकृतिको म्याद सकेर एक वर्ष भित्र मृत्यु भएमा क्षतिपूर्ति रकम पाइने प्रावधान अनुसार यो प्रक्रिया पूरा भएको हो । तर, बीमाको म्याद सकेको हुँदा थप रु १४ लाख पाउन नसकिने भएकोले,वैदेशिक रोजगारीमा जाने सबैलाई श्रम स्वीकृति लिएर जान र समयमै म्याद नवीकरण गर्न आग्रह गरिएकाे छ ।

साथै नगरपालिकाको तर्फबाट मृतक परिवारलाई आवश्यक सहयोग समेत गर्ने प्रतिबद्धता नगरप्रमुख जयसवालले व्यक्त गर्नु भएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१४ गते माघ २०८१ । 

प्रेस चाैतारी राैतहटकाे अधिवेशन बारे छलफल गरिएको छ । सदरमुकाम गाैरमा बसेकाे बैठकमा यसबारे छलफल गरिएको छ । बैठकमा आठाै जिल्ला अधिवेशन माघ २३ गते गर्ने जनाइएको छ ।

साेमबार राैतहटकाे गाैर स्थित प्रेस चाैतारीकाे कार्यालयमा बसेकाे बैठकले अगामी माघ २३ गते चन्द्रपुरमा आठाै अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको सचिव मुकेश कुमार साहले बताएका हुन् ।

बैठकमा सदस्यता नविकरण र नयाँ सदस्यता लिनकाे लागि माघ १९ गतेभित्र सदस्यता शुल्क तथा आवेदन  दिनु पर्ने  जनाइएकाे छ । साे अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी गर्ने निर्णय समेत गरिएको  सचिव साहकाे भनाइ छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१४ गते माघ २०८१ । 

राैतहटकाे दक्षिणी भेग ईशनाथ नगरपालिकामा बिद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ईशनाथ नगरपालिका वडा नम्बर ६ जोकहा टाेलमा रहेको मोतीगन्ज प्राथमिक बिद्यालयमा आज नगर प्रमुख कौशल्या देवी सिन्हा द्वारा चार कोठे भवन बिद्यालय भवनको शिलान्यास गरिएको छ ।

शिलान्यास पछि आयाेजित कार्यक्रममा बाेल्दै मेयर नगर सिन्हाले विद्यालयमा पठन पाठन व्यवस्थीत गराउने उद्देश्यले भवन निर्माण कार्य सुरु गरिएको छ । भवनको अभाव झेलिरहेको आफ्नो नगरका  विद्यालयहरुको अब छिट्टै कायापलट हुने बताएका छिन् ।

 शिक्षा क्षेत्रमा पालिकाले महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउँदै उनले शिक्षामा नगरपालिकाले कुनै कमी नराख्ने बताएकी हुन् ।

 

त्यस्तै विद्यालय भवन निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन,नगरवासी,नगरपालिका लगायत सबै पक्षले निर्माण कार्यबारे चासो लिनु पर्ने प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोरले बताउनु भयो ।

सो शिलान्यासमा उप प्रमुख मो.परवेज आलम, वडावासी समाजसेवी बुद्धिजीवीहरुकाे उपस्थिती रहेको थियोे ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।