२०८३ असार २९
२०८३ असार २९

बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते माघ ।
रौतहटको धरहरी घटनाका दोषीलाई जिल्ला अदालत रौतहटले सफाइ दिएपछि पीडित परिवार न्यायका लागि उच्च अदालत जनकपुरका अस्थाई इजलाश विरगंज पुगेका छन ।
अदालतले दोषीहरुलाई निर्दोष सावित गर्दै सफाइ दिएपनि जिल्ला अदालत गौरको उक्त फैसला प्रति चित नबुझेको भन्दै पीडित परिवार न्यायका लागि उच्च अदालत जनकपुरका अस्थाई इजलाश विरगंजमा रिट गरेका छन् ।
२०७७ सालमा देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीमा दुई पक्षबीच झगडा भई कुटाकुट भएको थियो ।
सो झगडामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, धरहरीका वडा अध्यक्ष विरबहादुर साह लगाएतका व्यक्तिले धारिलो हतियार प्रहार गर्दा स्थानीय लखिन्द्र यादव र लालबाबु यादव गम्भीर घाइते भएका थिए भने अरु केहि व्यक्तिहरु सामान्य घाइते भएका थिए ।
ज्यान मार्ने उद्देश्यले मेयर साह, वडा अध्यक्ष विरबहादुर साह सहितका व्यक्तिले लखिन्द्र र लालबाबु यादवमाथी संघातिक हमला गरेको लखिन्द्र यादवका दाई सिकिन्दर राय यादव बताउँछन ।
संघातिक हमला गरी गम्भीर घाइते बनाउने उनिहरुमाथी कार्यवाही गर्न लखिन्द्रको दाई सिकिन्दर राय यादवले हुलाक मार्फत ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालत गौरमा दिएका थिए ।
पीडित सिकिन्दर राय यादवले घटनामा संलग्न मेयर प्रेमलाल साह, वडा अध्यक्ष विरबहादुर साह सहित १३ जनामाथी जिल्ला अदालत रौतहटमा ज्यान मार्ने उद्योग मुद्दा दिएका थिए ।
अदालतमा उनिहरुमाथी मुद्दा दर्ता भएपछि पीडित सिकिन्दरले अब दोषीहरुलाई अदालतले कार्यवाही गर्छन र आफुहरुलाई न्याय दिलाउँछ भनी आश गरेर बसेका थिए । तर अदालतले दोषीहरुलाई निर्दोष सावित गर्दै सफाई दिएपछि सिकिन्दर निकै चिन्तामा परेका थिए ।
राजनीतिक पहुच, शक्ति, पावर र पैसाको बलमा दोषीहरुलाई अदालतले निर्दोष सावित गरी सफाइ दिएको भन्दै पीडित सिकिन्दर राय यादवले भाईको न्यायका लागि उच्च अदालत विरगंजमा रिट दिए ।
अदालतले दोषीलाई कार्यवाही गर्नुको सटा सफाई दिएर उन्मुक्ति दिएको भनी सिकिन्दर राय यादवले अदालतको उक्त फैसलाप्रति चरम असन्तुष्टि जनाउँदै न्यायका लागि आजभन्दा डेर वर्षअघि उनीहरुमाथी उच्च अदालत विरगंजमा रिट दिएका थिए ।
बिहीवार पत्रकारहरुसंग कुरा गर्दै सिकिन्दरले उच्च अदालत विरगंजले अब पीडितलाई न्याय दिने भन्ने कुरामा आफु पूर्ण रुपमा विश्वस्त रहेको बताएका छन् ।
घटनामा संलग्न दोषी देवाहीका मेयर प्रेमलाल साह, वडा अध्यक्ष विरबहादुर साह सहित सबैजनालाई कडा भन्दा कडा कार्यवाही गर्नुपर्ने आफनो माग रहेको उनले बताए ।

उच्च अदालत विरगंजले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइ कार्यवाही गर्ने र पीडितलाई न्याय दिलाउने भन्ने कुरामा आफु पूर्ण आशावादी रहेको उनले बताए ।

उच्च अदालत विरगंजले गर्ने निर्णय अर्थात फैसलाको पखाईमा आफुहरु रहेको उनले सुनाए ।

१० लाख रुपैयाँ लिएर ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिन मेयर प्रेमलाल साहले आफुसंग प्रस्ताव गरेको पीडित सिकिनदर राय यादवले खुलासा गरेका छन्।

सुरुमै मेयर प्रेमलाल साहले मुद्दा मिलापत्र गर्न आफूलाई दश लाख रुपैयाँ प्रस्ताव गरेको तर उनको उक्त प्रस्ताव आफूले अस्वीकार गरेको समेत उनले बताए।

आफूले भाइको न्याय मागेको रिसिइबी साधन विपक्षीले केही महिना अघि आफूलाई लागू औषध मुद्दामा फसाएको सिकिनदर राय यादवको आरोप छ।

भाइको न्यायको लागि अदालतमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको रिसिबी साधन आफ्नो कोठामा लागू औषध गाँजा राखेर उनीहरूले आफूलाई लागू औषध मुद्दामा फसाउन खोजेको उनले बताए।

लागू औषध मुद्दामा पक्राउ परेको केहीदिन मै सिकिन्दर राय यादव धरौटी रकम बुझाएर थुनामुक्त भएका थिए।
यता देवाहीगाेनाहीका मेयर प्रेमलाल साह सँग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेको छैन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम ट्रेड युनियन फेडरेशनले श्रमिकका हकअधिकार सहित बिभिन्न माग गर्दै श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सिंहदरबारमा आज फेडरेशनका पदाधिकारीहरु पुगेर श्रममन्त्री भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । श्रमिकको हकअधिकारका लागि संघर्ष गरिरहेको फेडरेशनले बिभिन्न कार्यक्रम सहित संघर्षका कार्यक्रम जारी राखेको छ ।

फेडरेशनले श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने, घरेलु श्रमिकको लागि ऐन निर्माण गर्नुपर्ने, नेपाली उधोगमा बिदेशी कामदारको अन्त्य र नेपाली श्रमिकले काम पाउने ब्यवस्था गर्नुपर्ने, बिदेशमा कामका लागि जाने श्रमिकलाई ट्रेड युनियन अधिकार र समाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, पिस रेट ठेक्का तथा अनौपचारिक क्षेत्रमा सामजिक सुक्षा ऐन कार्यनयन गर्नुपर्ने लगायतका माग श्रम मन्त्रीसंग गरेको छ ।

‘माननीय मन्त्री ज्यु श्रमिकहरुको अवस्था दैनिय छ । बिध्यमानमा रहेको तलब भत्ता बाट दैनिक जीवन निर्वाहा गर्न संभब छैन् । श्रम ऐन नियम कार्यान्वयन हुन सकेको छैन् । घरेलु श्रमिकको अवस्था झन नाजुक छ । बैदेशिक रोजगारमा जाने श्रमिकको ट्रेड युनियन अधिकार नहुँदा नर्किय जीवन बिताउन बाध्य छ । सिमित मात्रमा संचालनमा रहेको उधोगहरुमा समेत बिदेशीले काम पाउने नेपालीले नपाउने अवस्था छ,’ श्रममन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

फेडरेशनका इन्चार्ज धनकुमारी मगर, अध्यक्ष शिव थापा, सचिवालय सदस्य प्रेम थापा, लक्ष्मी राई, विमल गौली, प्रमोद शर्मा लगायतका नेताहरु ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेका थिए ।

यसैगरी आजपाले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा शनिबार अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब भृकुटीमण्डमा आजपाले अर्थ बिज्ञसहितको सहभागितामा ‘कर आतंक कहिलेसम्म ?’ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गर्दै छ ।

काठमाडौं, २४ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले न्यायालयको सुधारको लागि आवाज उठाउनु कसरी अदालतको अवहेलना हुन्छ भन्दै प्रश्न तेर्साएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले आफू कानूनमन्त्री भैसकेको र न्याय परिषदमा बसेर काम गरिसकेको व्यक्ति भएकोले अदालतको अवहेलनाबारे राम्रोसँग जानकार रहेको बताए ।

उनले भने,‘अदालत सक्षम हुनुपर्छ । न्याय निश्पक्ष हुनुपर्छ । न्यायालयमा सुधार हुनुपर्छ भन्नु गलत हो ? म सरकारलाई सोधन चाहन्छु–न्यायलयबाट विकृति र विसंगति हटाउनुपर्छ भन्नु अपराध हो ? म माननीय कानूनमन्त्रीलाई सोध्न चाहन्छु–न्यायाधीशको नियुक्ती, बढुवा र सरुवामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ भन्नु अपराध हो ? दलीय प्रभावमा न्यायालय राख्नुहुँदैन भन्नु अपराध हो ? यदि होईन भने ममाथि अदालतको अवहेलना मुद्दा दर्ता कसरी भयो ? म सरकारको जवाफ चाहन्छु । दुनियाँले हेरेको छ–न्यायाधीहरुले नियुक्ती लिएकै दिन दलको कार्यालय पुगेको हामीले बिर्सिएका छैनौं । नेताहरुको कोठा कोठामा पुगेर सरुवा, बढुवा र उन्नती खोज्ने दृश्यहरुपनि हामीले देखेकै छौं । यो कुरा उठाउनु अपराध हो ? यसलाई सुधार गर्नुपर्छ र रोक्नुपर्छ भन्ने अपराध हो ?’

रौतहटको जिल्ला अदालतमा धर्ना र विरोध चलिरहेको प्रसंग उठाउँदै साहले किन रौतहटको अदालतप्रति जनआक्रोश बढेको र नियमित धर्ना भैरहेको छ भनेर प्रश्न गरे । उनले भने,‘रौतहट जिल्ला अदालतमा प्रत्येक महिना तमाशा हुन्छ । देशमा अरु जिल्लामा अदालतप्रति जनताको सम्मान हुन्छ । जनताले अदालतप्रति आदरको भावनाले हेर्छन । तर, रौतहटमा अदालतकोविरुद्ध धर्ना जारी छ । यो तमाशा गर्ने गराउनेहरु अदालतको सम्मान गरिरहेका छन् कि अपमान गरिरहेका छन् भन्ने प्रश्न गर्न चाहन्छु । रौतहट हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको र गौरवपूण इतिहास बोकेको जिल्ला हो, तर आज बदनाम भैरहेको छ । यसलाई रोक्नुपर्छ भन्नु अपराध हो ? यो विषयमा प्रधानन्यायधीशलाई ध्यानाकार्षण गराउनु गल्ती हो ? होईन भने कसरी अवहेलना भयो ? न्यायालय विकृतिले भरिएको छ । यसलाई सुधार गर्नुपर्छ भन्नु कसरी अपराध हुन्छ ? प्रभु साह कानूनमन्त्री भएर न्यायपरिषदको सदस्य भएर काम गरेको व्यक्ति हो । मलाई अदालतको अवहेलनाबारे राम्रोसँग थाहा छ ।’ साहले आफूले सुरुदेखि नै अदालतको सुधारको लागि आवाज उठाएको भन्दै संविधानसभामा खेलेको भूमिकाको पनि स्मरण गर्न सुझाए ।

आरके श्रीवास्तव,रौतहट,२४ गते माघ २०८१ । 

राैतहटकाे कटहरिया नगरपालिकामा एचपिभी खाेप अभियान सुरु भएको छ । याे अभियानकाे पहिलोदिन लक्ष्यित समूहका ४ सय ६० जना किशाेरीहरूलाई एचपिभी खाेप लगाइएको स्वास्थ्य संयाेजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् ।

संयाेजक यादवकाे अनुसार भसेढवा स्वास्थ्य चाैकीमा १ सय ३२,हथियाही स्वास्थ्य चाैकीमा ७७,बिर्ति प्रष्टाेका स्वास्थ्य चाैकीमा ३,आधारभूत स्वास्थ्य केन्द्र टाेलापुरमा २८,प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा ७७,आधारभूत स्वास्थ्य केन्द्र फतेपुरमा ३८ जना किशोरीलाई खाेप दिइएको छ ।

त्यस्तै स्वास्थ्य चाैकी बगहीमा ५७ जना,आधारभूत स्वास्थ्य केन्द्र पिप्रा पाेखरियामा ७ र स्वास्थ्य चाैकी डुमरियामा ४१ गरी  कटहरिया नगरपालिका भरि कुल ४ सय ६० जना किशोरीलाई एचपिभी खाेप लगाइएको उनले जनाएका छन् ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गतेदेखि  कटहरिया नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन भईरहेकाे छ । कटहरिया नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ४ सय १३  किशोरीलाई एचपिभी खाेप दिँदैछ । एचपिभी खाेप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ ।

आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ । 

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आजदेखि एचपिभी खाेप अभियान सञ्चालन भएको स्वास्थ्य संयाेजक रमेश प्रसाद यादवले जानकारी गराएका हुन् । फतुवा बिजयपुर नगरपालिकामा पनि एचपिभि खोप अभियान सुरू भएको छ ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गते अर्थात् आजदेखि फतुवा बिजयपुर नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन भईरहेकाे छ ।

मावि बिजयपुरमा एचपिभी खाेप अभियानकाे उदघाटनसत्र कार्यक्रम राखिएको थियो । उदघाटन सत्र कार्यक्रममा बाेल्दै फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव उर्फ पप्पुले एचपिभी खाेप सबै किशोरीलाई अनिवार्य लगाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयकाे याे अभियानकाे सराहना गर्दै उनले पाठेघरकाे मुखकाे क्यान्सरबाट बच्न याे खाेप अनिवार्य रूपमा लगाउन सबै आ-आफनाे तर्फ बाट प्रचारप्रसार गरि खाेप लगाउन उत्साहित गर्नुपर्नेमा जाेड दिए ।

फतुवा बिजयपुर नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ३ सय ८०  किशोरीलाई एचपिभी खाेप दिँदैछ ।

आरके श्रीवास्तव,राैतहट,२४ गते माघ २०८१ ।

छाेराकाे उत्कृष्ट कार्यबाट आमाबुबा समुदाय द्वारा सम्मानित भएका छन् । राैतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ स्थित रहेको श्री आधारभूत बिद्यालयका प्रधानाध्यापक बिजय कुमार कुशवाहाकाे आमाबुबालाई सरस्वती पुजाकाे दिन आयाेजित एक कार्यक्रमका बिच समुदायले नै सम्मान गरेको छ ।

प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेकाे करिब दुई वर्ष भित्रै २५ जना बिद्यार्थी बाट बढार २ सय जना पुर्याएकाे र भाैतीक अवस्थामा पनि उल्लेखनीय सुधार गरेकाे भन्दै अभिभावक उनीप्रति हाैसिएका हुन् ।

साथै बिद्यालयमा सुन्दर सरस्वती माताकाे मन्दिर स्थापना गराई बिद्यालयलाई पालिकामै शुन्दर र उत्कृष्ट आधारभूत बिद्यालय बनाउन सफल भएकाेले सम्पूर्ण अभिभावक,समाजसेवी,शिक्षाप्रेमी जनप्रतिनिधिहरूले प्रधानाध्यापक कुशवाहाकाे कार्यबाट खुशी र संतुष्ट भई उनकाे  बुवा चन्द्रदेव कुशवाहा र आमा अन्हिया देवी कुशवाहालाई दाेसल्ला र खादा सहित फूलमाला लगाएर उच्च सम्मान गरेका हुन् ।

प्रधानाध्यापक कुशवाहाकाे उदाहरणीय कार्यबाट प्रभावित भई पालिका भरिकै शिक्षक,कर्मचारी,जनप्रतिनिधि, शिक्षाप्रेमी,समाजसेवी लगायत सम्बन्धित सम्पूर्ण समुदाय खुशी भएको साे बिद्यालयका बिद्यालय व्यवस्थापन समिति  अध्यक्ष सिताराम चाैधरीकाे भनाइ छ ।

प्रधानाध्यापक कुशवाहाकाे आमाबुबाले सम्मान ग्रहण गरेपछि  कुशवाहा अत्यन्त भावुक भएका थिए । भावुक भएर कुशवाहाले संक्षिप्त मन्तव्य राख्दै भने – विद्यालयलाई अझ बढी प्रगतिकाे बाटाेमा लैजाने प्रतिबद्धता जाहेर गरेका थिए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२३ गते माघ २०८१

राैतहट । रौतहटको मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न माग गरिएको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले पतरौ पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग गरेकी छन् ।

मधानी महायज्ञको बारेमा जानकारी गराउँनका लागि आज मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । पतौरा स्थित महादेव मन्दिर एवं महायज्ञ सरकारले वेवास्ता गरेको गुनासो समेत उनले गरिन् ।

‘पतौरा स्थित पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग हाम्रो जोडदार माग गर्दछौं । यो धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारले ध्यान देओस,’ मेयर साहले भनिन्, ‘यो पुरातात्विक मन्दिरको उत्खननको केन्द्र सरकारले गरिरहेको छ तर उसको काम ठिक छैन् । कहिले खन्ने कहिले छोड्ने काम गरेर बर्बाद गर्दैछ । सही तरिकाले काम गर्न हामी सरकारसंग आग्रह समेत गर्न चाहन्छौं ।’

मधानी महायज्ञ प्राचिन यज्ञ भएको बताउदै उनले यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको बताईन् । आउँदो फागुन ११ गतेदेखी सुरु हुन लागेको मधानी महायज्ञ पाँच दिनसम्म चल्ने छ ।

मेयर साहका अनुसार ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

‘यो मन्दिर नेपाल सरकारको १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेस भईसकेको छ । हजारौं बर्ष पुरानो प्राचिन ईतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता छ । यहाँ गरिने भगवान शिवको पुजा अनुष्ठान पनि विश्वकै एक पृथक एवं मौलिक शैलिको रहेको छ,’ मेयर साहले भनिन्, ‘यस धर्तिमा लोक एवं मौलिक शैलिमा गरिने भगवान शिव पार्वतिको वैवाहिक उत्सवको रुपमा मनाइने धार्मिक अनुष्ठान मधानी हो । जसलाई यस धर्ति र क्षेत्रको विशेष अनुपम शिव अनुष्ठानको रुपमा लिईन्छ ।’

मधानी महायज्ञ आम जनता पार्टी (आजपा)का अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । यस अघि महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देखी लिएर पशुपतिनाथका मुल भट्ट पुजारीद्धारा बिधिपुर्वक पुजा आराधना भएको थियो । प्रत्येक बर्ष बिभिन्न बिशिष्ट व्यक्तित्वको सहभागिता हुदै आएको छ ।

यस बर्षको मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरुको समेत सहभागिता हुदैछ । हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैगरी महायज्ञमा मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार), मोनालिसा सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरु सहभागिता हुदैछ ।

मधानी महायज्ञको तयारीका लागि बिभिन्न समितिहरु गठन गरी तिब्रगतिमा काम भईरहेको छ ।

आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ । 

राैतहटकाे कटहरिया नगरपालिकामा आजदेखि सञ्चालन हुने एचपिभी खाेप अभियानकाे सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य संयाेजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् । कटहरिया नगरपालिकामा पनि एचपिभि खोप अभियान आजदेखि सुरू हुँदैछ । जसकाे लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य संयाेजक यादवले जानकारी गराउनु भएको हाे ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गते अर्थात् आजदेखि कटहरिया नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन हुन गईरहेकाे छ ।

कटहरियामा आज दिउँसो एचपिभी खाेप अभियानकाे उदघाटनसत्र पनि राखिएको संयाेजक यादवले बताएका छन् । स्वास्थ्य संयाेजक यादवका अनुसार कटहरिया नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ४ सय १३  किशोरीलाई एचपिभी खाेप दिँदैछ । यसबाट काेही पनि बञ्चित हुन नहुने यादवकाे भनाइ छ ।

लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने भएकोले सम्पूर्ण कटहरिया नगरवासी लाई खाेप बाट बञ्चित हुन नदिन सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले बेलैमा सचेत हुनुपर्ने उनकाे आग्रह छ ।

आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ । 

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा एचपिभि खोप अभियान आजदेखि सुरू हुँदैछ । जसकाे लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य संयाेजक रमेश प्रसाद यादवले जानकारी गराउनु भएको हाे ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

बसन्त पञ्चमी सरस्वती पुजाकाे कारण एक दिन ढिलाे माघ २३ गते अर्थात् आजदेखि फतुवा बिजयपुर सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन हुन गईरहेकाे छ ।

फतुवा बिजयपुरमा आज दिउँसो एचपिभी खाेप अभियानकाे उदघाटनसत्र पनि राखिएको संयाेजक यादवले बताएका छन् । स्वास्थ्य संयाेजक यादवका अनुसार फतुवा बिजयपुर नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ३ सय ८०  किशोरीलाई एचपिभी खाेप दिँदैछ । यसबाट काेही पनि बञ्चित हुन नहुने यादवकाे भनाइ छ ।

लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने भएकोले सम्पूर्ण फतुवा बिजयपुर नगरवासी लाई खाेप बाट बञ्चित हुन नदिन सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले बेलैमा सचेत हुनुपर्ने उनकाे जाेड छ ।

आरके श्रीवास्तव,राैतहट,२२ गते माघ । 

राैतहटकाे वृन्दावन नगरपालिकाकाे ७ मा रहेको श्री रूपा नेपाली पाल माध्यमिक बिद्यालयमा सरस्वती मन्दिर निर्माणका लागि नगर प्रमुख बिनाेद प्रसाद कुर्मी र वडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहरले संयुक्तरूपमा प्रतिबद्धता जनाएका छन् ।

साेमबार वसन्त पञ्चमी(सरस्वती पुजा)काे अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै वहाँहरू आ-आफ्नो प्रतिबद्धता जाहेर गरेका हुन् । नगर प्रमुख कुर्मीले बिद्यालयमा अधुरो रहेको भवन प्लास्टर,रंगरोगन,झ्यालढाेका निर्माणका लागि नगरबाट रू २५ लाख तथा सरस्वती मन्दिर निर्माणका लागि रू ५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको प्रधानाध्यापक धर्मेन्द्र कुमार सिंहले जानकारी गराउनु भएको हाे ।

उक्त कार्यक्रममा बाेल्दै मेयर कुर्मीले शिक्षककाे लगन,मिहिनेत,प्रयत्नले बिद्यालयकाे प्रगति प्रति खुशी व्यक्त गर्दै शिक्षक कर्मचारी वृत्तिकालागि रू ५१ हजार पुरस्कार प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयाे ।

साथै कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहरले सरस्वती मन्दिर निर्माणका लागि वडाबाट रू १ लाख ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

साेही क्रममा मेयर कुर्मीले संघिय सरकारबाट नगरपालिका मार्फत प्राप्त अनुदानबाट बिद्यालयमा निर्मित विज्ञान प्रयाेगशालाकाे उदघाटन,बालबालिकाकाे अक्षरारम्भ,नव निर्मित शिक्षक कर्मचारीकाे कक्ष र प्रधानाध्यापककाे कक्षकाे अवलाेकन गर्नु ।

उक्त कार्यक्रम सम्पन्न गर्न बिद्यालयकाे निमन्त्रणा स्विकार गरि आईदिनु हुने सम्पूर्ण प्रति प्रधानाध्यापक सिंहले जानकारी गराएका हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।