आरके श्रीवास्तव,गरूडा,२७ गते चैत ।
गरिबलाई राेजगारी दिने नाउँमा राैतहटकाे कटहरिया नगरपालिकाले दाेहाेराे राेल खेलीरहेकाे पाइएको छ । बेरोजगारहरूकाे नामावली संलग्नकाे नाउँमा विवाद उत्पन्न गराईदिएकाे छ ।
प्रधानमन्त्री स्वराेजगार कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षका लागि नगरपालिका बाट लाभग्राही छनाैटका लागि नगरपालिका बाट पनि फारम वितरण गरेको छ ।
भने वडाबाट पनि फारम भरेर नगरपालिकामा पठाउन भनिएको छ । कटहरिया नगरपालिका वडा नम्बर २ मा २० जना छनाैट गरि पठाउनका लागि त्यति संख्यामा मात्रै निवेदन उपलब्ध गराईकाे छ । यता राेजगार शाखाले पनि एजेन्ट लगाई सर्वसाधारण गरिबहरूलाई निवेदन फारम वितरण गर्न लगाएकाे पाइएकाे छ ।
वडा कार्यालयले लाभग्राही छनाैट गर्न याे महिना सम्म निवेदनकाे अन्तिम म्याद दिएकाे छ । वडामा फारम नभरी सिधै फारम लिएर वडामा पुगेपछि केही दिन देखि त्यहाँ तनाव उत्पन्न भएको छ । यसै विषयलाई लिएर उनीहरू वडा कार्यालयमा तालाबन्दी गर्ने मुडमा थिए ।
कटहरिया २ का वडा अध्यक्ष हरिन्द्र साह कलवार भन्छन् -नगरपालिकाले दाेहाेराे निति अपनाए हामीलाई तनाव थपि दिएकाे छ । वडा बाट बकाइदा सूचना भएको छ । त्यही अनुरूप हामीले फाईलहरू जम्मा गरिरहेका छाैं ।
यस्तै तरिकाले काेविडकाे पिडतकाे लागि २०७८ सालमा आएकाे रकममा दाेहाेराे निति अपनाउँदा हालसम्म साे रकम वितरण हुन पाएकाे छैन् ।

यता कटहरिया नगरपालिकाकाे राेजगार शाखा प्रमुख रामविनय साह साेनी सँग बुझ्दा अहिले हामीले बेरोजगारहरूकाे नामावली संकलन गर्दैछाैं । वडामा पनि फारम दिएका छाैं । यदि व्यक्तिले पनि त्याे फारम मागयाे भने हामी उपलब्ध गराउँछाैं । अहिले संकलन भएको फारम कार्यपालिका बाेर्डमा पेशभई मात्र नामावली छनाैट हुने बताएका छन् ।
आरके श्रीवास्तव,गरूडा,२७ गते चैत ।
राैतहट प्रिमियर लिग (आरपिएल) मा आज भएकाे पहिलाे खेलमा गुजरा राइडर्स टिमले विजयी हासिल गरेकाे छ । राजदेवी सुपर किंग्स विरूद्व उसले आफनाे पहिलो खेलमै जित हात पारेकाे छ ।

टस जितेर पहिला बैटिंग गरेकाे गुजरा राइडर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियोे । १ सय ५५ रनकाे विजयी लक्ष्य पाएकाे राजदेवी सुपर किंगसले निर्धारण २० ओभरमा सम्पूर्ण विकेट गुमाइ मात्र १ सय ६ रन बनाउन सकेको थियो ।
अन्ततः गुजरा राइडर्स ४८ रनले विजयी भएको छ । खेलमा सर्वाधिक ७० रन बनाउने गाैरव खड्का लाई प्लेयर अफ द मैच घाेषणा गरिएको थियो । गुजरा राइर्डसले आफनाे अर्काे खेल भाेली गाैर वारिर्यस सँग खेल्नेछ ।

त्यस्तै आजै भएको अर्काे खेलमा गाैर वारियर्सले कटहरिया बाेल्टस विरूद्व जित निकालेकाे छ । जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स सहभागी छन् ।

आरके श्रीवास्तव,गरूडा,२७ गते चैत ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्षमा दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिले मनाेनयनकाे अन्तिम नामावली सार्वजनिक गरेसँगै नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ ।
वर्तमान जिल्ला अध्यक्ष श्याम विहारी यादव र बाैधीमाई नगरपालिकाका पूर्व नगरप्रमुख राजीव रंजन यादव बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
यस अघि देखिनै गरूडा नगरपालिकाका मेयर प्रत्यासी अनिल कुमार यादवले पनि जिल्ला अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गर्नु भएको थियो । अन्ततोगत्वा उनी उम्मेदवारी दिनबाट पछि हटे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।
दुवै जना उम्मेदवार राजनीतिमा ठूलो पकड़ बनाएका नेता भएको कारण दुवैजना बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यस्तै दुईजना जिल्ला उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा चार जनाको उम्मेदवारी परेको छ ।
अमरूल हक, अमृतलाल चौधरी, राम ईश्वर यादव र पारस भण्डारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। सचिव पदका लागि शम्भु प्रसाद यादव र जयराम महतोले उम्मेदवारी दिएका छन्। दुईजना सह सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ। उपेन्द्र राय, दीपेन्द्र पटेल र मोहमद प्रवेज आलमले सह सचिवमा उम्मेदवारी दिएका छन्।
त्यस्तै कोषाध्यक्ष पदका लागि ब्रिज मोहन साह र सुरेन्द्र बैठाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै खुल्ला र समावेशी गरी सदस्य पदका लागि कुल ४२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। भोलि बिहान ८ बजेदेखि मतदान हुने बताइएको छ।
आरके श्रीवास्तव,राैतहट,२६ गते चैत ।
नेपाली काँग्रेस पार्टीमा आफनाे भविष्य नदेखेपछि पार्टी परित्याग गर्नुपरेकाे यूवा नेता राजाबाबु साहले बताएका छन् । कटहरियामा पत्रकारहरू सँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।
बिद्यार्थी कालदेखि नेपाली काँग्रेस पार्टीमा आबद्ध भई काम गर्दै आएका उनी नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ३ का महाअधिवेशन प्रतिनिधि समेत हुन् । साहले नेपाली काँग्रेस पार्टी परित्याग गरेकाे छु । राजीनामा दिनुको अलावा कुनै विकल्प नरहेको बताए ।
मलाई राजिनामा गराउन बाध्य पार्ने अरू काेही हाेइन् । मेरै क्षेत्रका सांसद हुन् । उनले पत्रकारलाई भने मेराे क्षेत्रका सांसदलाई साेधिदिनुस् कि मेराे लागि पार्टीमा ठाउँ कहाँ छ ? पार्टीमा राजाबाबुकाे राजनीतिक भविष्य कहाँ छ ?
उनले भने- म बिगत २३ वर्षदेखि नेपाली काँग्रेसमा आबद्ध भई काम गर्दै आएको छु । पार्टीकाे हरेक कालखण्डमा याेगदान पुर्याउँदै आए । तर कुनै कदर भएन । अन्ततोगत्वा पार्टी बाट राजिनामा गर्ने निष्कर्षमा पुगे ।
२०८४ मा हुने आगामी स्थानीय तहकाे चुनावमा आफनाे लागि कुनै ठाउँ नदिएपछि बाध्य भएर पार्टी छाेडनु परेको गुणासाे गरे । नेविसंघमा चुनाव जितेर आए । राष्ट्रिय युवा परिषदकाे पनि अध्यक्ष पनि आफनै क्षमताले लिएर आएर । तर यस क्षेत्रका नेताले कहिले चाहेन कि म अगाडि बढ्न सकु भनेर ।
पार्टी छाेडेपनि राजनीति भने छाेडेकाे छैन् । मिसन २०८४ कै तयारीमै लागनेछु । अहिले कुनै पार्टी निश्चय गरेको छु । आउने दिनमा यसबारे विचार गराैला । आफनाे क्षेत्रकाे जनताले भ्रष्टाचारी बाट कसरी मुक्ति पाउँछन् भन्ने उदेश्य राखि अबकाे राजनीति यात्रा अगाडि बढाउने बताएका छन् ।
राकेश यादव, गौर ,चैत्र २६
राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र टेकु काठमाडौँको आयोजना र गौर नगरपालिका कार्यालयको सहयोगमा प्रति जैविक औषधि प्रतिरोध सम्बन्धि पैरबी तथा संचार कार्यक्रम मंगलवार गौरमा सम्पन्न भएको छ।
ब्याक्टेरिया, भाइरस, परजिबी र फंग्स बिरुद्ध प्रयोग हुने प्रति जैविक औषधि बढी तथा कम मात्रामा प्रयोग गर्दा हुने असरको नियन्त्रण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो।
स्वास्थ्यकर्मी, भेटेनरी, कृषि, सहकारी संग सम्बन्ध रहेका व्यक्तिहरुको सहभागिता रहेको सो कार्यक्रममा जन स्वास्थ्य अधिकृत अनुप तिवारीले प्रति जैविक औषधिको कम तथा बढी मात्रामा प्रयोग गर्दा मानवीय जीवनमा पर्ने सक्ने असर तथा हुन सकिने जोखिमको बारेमा जानकारी गराएका थिए।
बिरामीलाइ तथा कृषिमा प्रयोग गरिने औषधि जन्य पदार्थको बारेमा सहभागीहरुलाई जानकारी गराउदै चिकित्सकको सल्लाह अनुसार एन्टी बायोटिकस औषधिको सेवन गर्नु पर्ने सुझाव समेत दिएका छन्। मानवको शरीरमा हुने परिजीवि, भाइरस संग प्रतिकार गर्ने प्रतिरोधाक क्षमता बढाउनको लागि प्रति जैविक औषधि प्रयोग गरिने भएकोले यस सम्बन्धमा सेवा लिन आउने सेवा ग्राहीलाइ उचित सुझाब दिनु पर्ने आवश्यक रहेको बताए।
खानु पर्ने भन्दा बढी अबधि औषधि सेवन गर्नु, खानु पर्ने भन्दा कम औषधि सेवन, तौल अनुसार कम मात्रामा औषधि सेवन, म्याद गुज्रेका औषधि सेवन प्रति जैविक औषधि प्रतिरोधका कारणहरू रहेकोले आवश्यक्त अनुसार खानु पर्ने समय अबधि सम्म औषधि सेवन गरे शरीरलाइ फाइदा जनक हुने उहाको भनाइ रहेको छ।
बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहाडीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा यस्तो कार्य नियन्त्रण गर्नको लागि जनचेतना मुलक संदेश प्रबाह गर्नु पर्ने, बिरामीलाइ औषधि के कति मात्रामा सेवन गर्दा फाइदा जनक हुने नहुने बारे जानकारी सल्लाह दिनु पर्ने जरुरी रहेको धारणा सहभागीहरुले राखेका गौर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिनबन्धु यादवले जानकारी दिएका छन
राकेश यादव,गाैर,२६ चैत ।
गाैर । रौतहट जिल्लामा पहिलो पटक प्रहरीले ठुलो मात्रामा हथियार सहित लागु औषध गाजाको साथै एक जना कारोवारीलाइ पक्राउ गरेका छन्।
छिमेकी जिल्लामा पटक पटक ठुलो मात्रामा लागु औषध गाजा पक्राउ परे पनि रौतहटमा यो पहिलो पटक पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले मंगलवार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरी चैत्र राती करिब १ बजेर ४५ मिनेटको समयमा जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर १ स्थित रहेको झुलुङ्गे पुल नजिक बाट १ क्विन्टल ९ किलो ११ पोका लागु औषध गाजा र हथियार सहित पक्राउ परेका व्यक्तिलाइ सार्बजनिक गरेका हुन।
बिशेष सुचनाको आधारमा गएको प्रहरीको बिशेष टोलीले नेपाल बाट भारत तर्फ लगिदै गरेको अवस्थामा उक्त परिणामको लागु औषध गाजा सहित स्थानीय गौर नगरपालिका वडा नम्बर ४ निवासी २१ वर्षीय सावन गिरिलाइ पक्राउ गरिएको जानकारी दिएका छन्।
रौतहटको नाकाबाट लागु औषध गाजाको ठुलो तस्करी हुने गरेको पहिलाको सुचनाको आधारमा प्रहरीको बिशेष टोली परिचालन गरिएको कारण ठुलो सफलता मिलेको प्रहरी उपरिक्षक घिमिरेले बताए।
केरावारीको बाटो प्रयोग गरी २/३ जना व्यक्तिले टाउकोमा पोको लिएर जादै गर्दा प्रहरीको गस्ती टोलीलाइ देखे पछि कारोवारीहरू भाग्ने क्रममा गिरि पक्राउ परेको छ। गिरिले लगाएको हाफ प्यान्टको बाया तर्फको खल्तीमा राखेको ८ एम एम के एफ लेखिएको ३ राउण्ड गोली र दाहिने तर्फ राखेको एक थान मोबाइल तथा एक थान गोली लोड गरिएको कटुवा पेस्तौल भुइँमा फेला परेको हो।
लोड गरिएको गोली प्रहरीको टोली माथि प्रहार गर्न खोज्दा मिस भएको देखिएको प्रहरी उपरिक्षक घिमिरेको दावी रहेको छ। १ वर्षको अवधिमा घिमिरेले पहिलो पटक यति मात्रामा लागु औषध गाजा समात्न सफल भएका हुन। छिमेकी जिल्ला सर्लाही, बारा र पर्सा बाट ठुलो मात्रामा गाजा पक्राउ परिरहेको बेला रौतहटमा पनि समात्नु पर्ने सोच बनाएर लागेको कारण १ क्विन्टल ९ किलो लागु औषध गाजा पक्राउ गर्न सफल भएको उहाको भनाइ रहेको छ। पक्राउ परेका गिरिलाइ लागु औषध ओसार पोसार मुद्दामा सम्बन्धित निकायबाट अनुमति लिई थप अनुसन्धानको कार्य अगाडी बढाईएको र फरार भएका संलग्न व्यक्तिको खोज तलाश जारी रहेको प्रहरी उपरिक्षक घिमिरेले जानकारी गराएका छन्।
आरके श्रीवास्तव,गरुडा,२६ गते चैत ।
रौतहट । संघिय लोकतान्त्रिक गणतन्त्र बाहेक कुनै पनि तन्त्र मधेशीको हक हितमा नरहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । जिल्लाको मध्य भाग गरुडामा आयोजित जसपा नेपाल रौतहटको जिल्ला अधिवेशनको उदघाटन सत्रलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संघियताको कारण नै मधेशीलाइ आफनो राज्य मधेश प्रदेश स्थापना भएको बताए । यो सबै मधेश आन्दोलनकै बदौलत हो । संघिय गणतन्त्र समाप्त पार्ने षडयन्त्र हुँदैछ यो षडयन्त्र हामी सफल हुन् दिदैनौं ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले ३५ वर्षमा पनि कांग्रेस–कम्युनिष्टले देश बनाउन नसक्नु र देश गरिवीको दलदलमा फस्नु ठुलो चिन्ताको विषय भएको बताए छन् ।

अहिलेको वर्तमान सरकार रहेसम्म देशको कहिल्यै विकास हुन नसक्ने उनको दाबी गरेका छन् । कांग्रेस–कम्युनिष्टले देश बनाउनुको सटा लुटधन्दामा लागेको कारण देशमा विकास हुन नसकेको उनले टिप्पणी समेत गरेका छन् । देशको विकास गर्न कांग्रेस–कम्युनिष्टले पूर्ण रुपमा असफल भइसकेको भन्दै उनले अब देशमा जनता समाजवादी पार्टी नेपालले मात्र विकास गर्न सक्ने दावी गरे ।

कांग्रेस, एमाले र माओवादीले देशबाट गरिवी र बेरोजगारी कहिल्यै अन्त्य गर्न नसक्ने भएको हुँदा आउँदो २०८४ मा हुने निर्वाचनमा जसपा नेपाललाई अत्याधिक बहुमत दिएर जिताउन उनले सबैलाई आग्रह गरे ।
सरकारको नेतृत्व गरिरहेका नेकपा एमाले र कांग्रेसले जनताको असन्तुष्टि सम्बोधन गर्न नसक्दा कांग्रेस–कम्युनिष्टबाट आजित भएर जनताहरु अहिले राजावादीको आन्दोलनमा सरिक हुन थालेको समेत उनले बताए । कांग्रेस–कम्युनिष्टकै कारण देशमा अहिले राजावादीहरु सल्बलाउन थालेको बताउँदै उनले यसको समपूर्ण जिम्मा उनिहरुले नै लिनुपर्ने जिकिरि गरे ।
आफुहरुले विगतका दिनमा गरेको मधेश जनविद्रोहको बलमा आएको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई समाप्त पार्ने सडयन्त्र भइरहेको बताउँदै उनले हजारौ मधेशी सपुतको सहादतको बलमा स्थापित संघीयतालाई कसैले समाप्त गर्ने कोसिस गरे आफै समाप्त हुने चेतावनी दिए ।
जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा अधिवेशनको उदघाटन सत्र सम्पन्न भइसकेको छ भने आज रातीदेखी बन्दसत्र सुरु हुनेछ ।
भोलीसम्म चल्ने अधिवेशनले जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्रमा सुरुमा जिल्ला अध्यक्ष सहित अन्य पदाधिकारी चयन सर्वसम्मतिले गर्ने प्रयास गरिनेछ । तर सर्वसम्मतिले नभएर निर्वाचन प्रक्रियाद्धारा पदाधिकारी चयन गरिने जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,गरुडा,२६ गते चैत ।
रौतहट । रौतहट प्रिमियर लिग आजदेखी सुरु भएको छ । राष्ट्रिय क्रिकेटर अनिल साह सहित दर्जनौं राष्ट्रिय खेलाडी सम्मिलित आरपिएलको पहिलो संस्करणको भव्य उदघाटन गरिएको छ । जिल्ला सदरमुकाम गौर स्थित रहेको राइस मिलको फिल्डमा उदघाटन सत्रको कार्यक्रम आयोजन गरिएको थियो ।

रौतहट क्रिकेट संघका उपाध्यक्ष मनोज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह रहनु भएको थियो ।

रौतहट क्रिकेट संघको आयोजनामा सुरु भएको सो लिगमा गौर नगरपालिका,जनकपुर बोल्टस,मधेस प्रोभिन्स क्रिकेट टिम र वल्र्ड लिंक सहयोग रहेको छ । जसमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स सहभागी छन् ।

उदघाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी मेयर साहले यस्ता लिगले नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुने बताए । त्यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले खेलको माध्यमबाट यूवाहरुलाइ स्वस्थ,अनुशासित बनाउने तथा अनुशासित जिवनशैली बाट राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिने यो जमर्को रौतहट क्रिकेट संघले जुन गरेको छ । एकदमै सराहनीय छ । यो प्रतियोगिता सफलहोस् भनि शुभकमना व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरले पछिल्लो समय क्रिकेट खेलप्रती क्रेज बढदै गएको छ । यस्ता प्रतियोगितामा खेलाडीलाइ खरिद गर्ने भएकोले मनोरंजनका साथसाथै पेशाको रुपमा पनि अंगाल्न सक्ने हौसला प्रदान गरेको बताएका छन् । यो लिगले एउटा छुट्टै पहिचन बनाउन सफलहोस् भनि शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।

मंगलावार भएको उदघाटन खेलमा तराई टाईगर गरुडा विजयी भएको छ । टस जितेर गौर वारियर्सले पहिला बैटिङ्ग गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरमा गौर वारिर्यसले १ सय ३९ रन बनाएको थियो । १ सय ४० रनको टारगेट पाएको तराइ टाइगर गरुडाले ५ विकेटले जित निकाल्न सफल भएको थियो ।
खेलमा मैन अफ द मैच तराइ टाइगरका तिर्थराज लाइ घोषणा गरिएको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२६ गते चैत ।
राैतहट । प्रभु साह नेतृत्वकाे आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
समाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै वरिष्ठ उपाध्यक्ष साहले आजको मितिको देखि आम जनता पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका हुन् । पार्टीको स्थापना कालदेखि नै पार्टीमा सक्रियताका साथ लागेका आजपाका वरिष्ठ उपाध्यक्ष साह आज पार्टीबाट अलग भएको घोषणाबाट आजपमा हलचल मचेकाे छ ।
सामाजिक संजालमा अहिले उनकै चर्चा देखिएको छ ।
आजपाको तेश्रो जनआन्दोलनको सुरुआतको भोली पल्टै वरिष्ठ उपाध्यक्षको पार्टी परित्याग गरिनु अर्थपूर्ण रहेको बुझिएको छ ।
पार्टीको केन्द्रीय वरिष्ठ उपाध्यक्षले नै पार्टीबाट राजीनामा दिदाँ अब आजपाको भविष्य के होला भनी अड्कलबाजी चल्न थालेको छ । पार्टीका अध्यक्ष प्रभु साह संग लामो समय देखि नेता साह सहयात्रा गर्दै आएका थिए तर आज एकाएक नेता साहले प्रभु साह संगको लामो सहयात्रा चुडिएका छन् ।
आजपाको लागि नेता साहले महत्वपूर्ण योगदान दिएका थिए । आजपाबाट एक वर्ष अघि केन्द्रिय नेता एवं पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले पनि राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए । कतै उपेन्द्र साह पनि एमालेमा जाने त होइन भन्ने आंकलन गर्न थालिएको छ।
आरके श्रीवास्तव,राैतहट,२६ गते चैत ।
राैतहट । आज जनता समाजवादी पार्टी नेपाल राैतहटकाे जिल्ला अधिवेशन हुँदैछ । यसकाे लागि सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । आज चैत २६ र भाेली २७ गते जिल्लाकाे मध्य भाग गरूडा जिल्ला अधिवेशन हुन लागेकाे हाे ।
जसपा नेपाल राैतहटकाे पालिकाकाे अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशन गर्न लागेको हाे । जसमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी हुने जसपा नेपाल राैतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले यसअघि नै जानकारी गराईसकेका हुन् ।
पार्टीको निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको उनले जनाएका हुन् । जसपा नेपाल राैतहटकाे अधिकांश पालिकाकाे अधिवेशन पूरा भएकाले चैत २६ गते उद्घाटन र चैत २७ गते नेतृत्व चयन गरिने अध्यक्ष यादवकाे भनाइ छ ।
अधिवेशनका लागि सबै पालिकाबाट प्रतिनीधि छान्ने काम भइसकेको उनले बताएका छन् ।
जसपा राैतहटमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन आएकाे छ । त्यही अनुसार हामी गर्छाैं । यदि सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने निर्देशन भएको छ ।
यता जसपा नेपाल राैतहटकाे अध्यक्ष पदमा दुईजना आकांक्षी उम्मेदवार देखिएका छन् । गरूडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादव र बाैधीमाइ नगरपालिकाका पूर्व राजिव रंजन यादवले आ-आफनाे उम्मेदवारी घाेषणा गरेका छन् । कतिपयले वर्तमान जिल्ला अध्यक्ष यादवलाई नै निरन्तरता दिनुपर्ने धारणा राखिरहेका छन् ।