रामप्रवेश बैठा,मौलापुर,भदौ ०८ गते ।
रौतहटको मौलापुर नगरपालिकामा लालबकैया नदी कटानको निरीक्षण गरिएको छ । आज लालबकैया नदीमा आएको बाढीले मौलापुर वडा नम्बर १ मर्यादपुरमा गरिरहेकेको कटानलाई रोकथाम र नियन्त्रणको लागि निरीक्षण अनुगमन गरिएको नगर प्रमुख रिना कुमारी साहले जानकारी गराएकी हुन् ।
नदी कटानले बांधको छेउमा पुगीसकेको र पुरै बस्ती नै जोखिममा देखिएकोले तुरन्त रोकथामको लागि पहल लिन सम्बन्धित निकायलाई विशेष आग्रह गरेकी हुन् ।
साथै उनले कटान नियन्त्रणको लागि नगरपालिकाले आफÞनो तर्फबाट सम्पूर्ण पहल लिने बिश्वास सहित चिन्ता न लिन प्रभावित क्षेत्रको जनसमुदायलाई विशेष आग्रह गर्नु भएको छ । सो अवसरमा नगरप्रमुख साह सँगै उपप्रमुख नागेन्द्र राय यादव,विभिन्न वडाका वडा अध्यक्ष,स्थानियवासीको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०८ गते ।
गरुडा नगर उधोग वाणिज्य संघको निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै शुक्रवार उम्मेदवारको मनोनयन दर्ता भएको छ । संघको भदौ १८ गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।
निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालका अनुसार अन्तिम समय शुक्रवार ४ बजेसम्म ५ जना अध्यक्ष पदमा र ३६ जना सदस्याको लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
अध्यक्ष पदमा मनोनयन दर्ता गराउनेहरुमा संतोष कुमार चौधरी, चुनचुन प्रसाद साह,सतिश साह,राधेश्याम साह कलवार,राजेश कुमार साह रहेका छन् ।
त्यस्तै सदस्यहरुमा छठु प्रसाद तेली,महाशक्ति साह निराला,राकेश कुमार साह,हरिकिशोर प्रसाद साह,अनिता कर्ण,शिवम् कुमार सोनी,हेमलाल साह सोनार लगायतका व्यक्तीहर सदस्य पदका लागि मनोनय दर्ता गराएका हुन् ।
गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी भदौ १८ गते अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनको कार्यक्रम अनुसार भदौ ०९ गते बिहान १० बजे देखि २ बजे सम्म उम्मेदवारको नाम फिर्ता लिन पाउने समय रहेको छ । यस्तै सोही दिन दिउँसो २ बजे देखि ३ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।
मतदान कार्यक्रम भने भदौ १८ गते बिहान ८ बजे देखि ४ बजे सम्म राखिएको छ । अध्यक्ष चयन भएपछि बहुमतको आधारमा अन्य पदाधिकारी चयन गर्ने गरेको छ । जसमा प्रथम उपाध्यक्ष,कोषाध्यक्ष लगायतका पदाधिकारीहरु चुनिन्छन् । यस अघिका गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरीको कार्यकाल सकेपछि चुनाव हुन लागेको हो ।
खड्क सुनार ,मुगु, ८ भदौ ।
मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाम गाउँका सुनबहादुर बढुवाल, उमेर ३३ वर्ष पुगे । पढ्ने, लेख्ने उमेरमा शिक्षा क्षेत्रलाई पछि राख्दै उनले १५ वर्षको उमेरमा भेडा पालनतिर लागे । उनले अहिले ५० भन्दा बढी भेडा पालन गरेका छन् । उनी वन पाखामा भेडासँगै आफ्ना दुःखसुखका दिनहरु गीतसँगै लैजान्छन् ।
कर्णाली प्रदेशको मुगु भौगोलिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा भरिपूर्ण मानिएको जिल्ला हो । यस जिल्लामा यतिमात्र नभई पशु वस्तुमा पनि धनी मानिएको छ । पछिल्लो समय यहाँका कृषक भेडा तथा बाख्रा पालनबाट आकर्षित हुनुका साथै मनग्य आम्दानी पनि गर्दै आएका छन् ।
सुनबहादुर मात्र होइनन् १० वर्षकै उमेरदेखि नै भेडा पाल्दै आएका कृष्णबहादुर बुढा अहिले उमेरले ७० वर्ष पुगे । उनीसँग ८० भेडा छन् । ज्येष्ठ नागरिक भए पनि उनलाई आफ्नो पेसा व्यवसायप्रतिको माया भेडा पालनमा उमेरले कहिल्यै पछि पर्न दिएन । विगतका दिनहरुमा भेडाबाख्राहरुलाई कुनै चोटपटक, रोग लागेमा जंगलकै जडीबुटीले उपचार गर्दा निको हुने गरेको उनी सम्झिन्छन् ।
पछिल्लो समय मुगुवासीको भेडा पालन नै पहिलो आयश्रोत बन्दै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि किसानहरु यो व्यवसायमा अग्रसर भएका हुन् । किसानले वर्षमा एक लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको भेडा पालक कृषक भुमबहादुर खड्काले बताए ।
भेडा–बाख्राको ऊनबाट राडीपाखी, काम्लो, फेरे लगायतका मूल्यवान वस्तु तयार गरेर कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । स्थानीय सरकार लगायत अन्य कुनै पनि निकायबाट भेडा पालन कृषकहरुलाई अनुदानजस्ता कार्यक्रम नहुँदा अझै भेडाप्रतिको आर्कषण बढ्न नसकेका किसान स्थानीय चन्द्र बहादुर बुढाको भनाइ छ ।
जिल्लाका चार स्थानीय तहमा वर्तमान अवस्थाको प्रारम्भिक तथ्यांक अनुसार ४ हजार ९ सय घरधुरीले भेडावाख्रा पालन गरी रहेका छन् । जिल्लामा भेडाभन्दा बाख्रा पालनमा तुलनात्मक संख्याभन्दा बढी छ । अहिले जिल्लामा बाख्रा ७० हजार ४ सय रहेको छ भने ३१ हजार ३ सय ४४ भेडा रहेको तथ्यांकले देखाएको छ ।
बढी मात्रा छायाँनाथ रारा नगरपालिकाभित्रका नागरिकहरुले भेडाबाख्रा पालन गरी रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए । गर्मी समयमा भेडा–बाख्रा चरिचरणका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिन्छ भने जाडोयाममा औल तथा बेसीतर्फ पाल्ने गरिन्छ । संरक्षणभन्दा पनि संख्यात्मक अनुदानले भेडा पालक कृषक मर्कामा परेको दुखेसो पोखेका छन् ।
मुकेश कुमार यादव,सिरहा, ८ भदौ ।
सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।
व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी–२ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपाालिका–१ का सदन नारायण दासलाई नक्कली पेस्तोल देखाउँदै ‘नेपाल प्रहरीको सई हँु’ भन्दै धम्क्याई रहेकोे अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाके जनाएको छ।
पक्राउ परेका साहलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ।
यता, सीमानाकाहरुमा सादा पेसाकमा व्यापक रुपमा परिचालन गरिएका घुमुवा प्रहरीहरुले पनि खुल्लेआम रुपमा तस्कर तथा स–साना व्यापारीहरुसँग अवैध रकम असुली गर्ने कार्य बढेको स्थानीहरु गुनासो गर्छन् ।
सीमानाकामा शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्न खटाइएका प्रहरीहरुकै मिलोमतोमा व्यापक रुपमा चोरी तस्करी हुने गरेको छ ।
मुकेशकुमार यादब,सिरहा, ८ भदौ।
सिरहा प्रहरीले करिब पाँच केजी चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका ४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपाल तर्फ आईरहेका पैदल यात्री जिल्ला मधुबनी बरहमपुरा ३ का ५२ वर्षिय विश्वनाथ साहलाई पक्राउ गरेको हो।

विषेश सुचनाको आधारमा प्रहरीले चेकजाचँ गर्ने क्रममा कपडाको धोक्रोमाहाली नाइटोभन्दा मुनी कमरमा बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीसपी रविन्द्र पाण्डेले जनाएको छ।
पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित इलाका प्रहरी कार्यालय लहान पठाइएको डीसपी पाण्डेले जनाए।

बज्जिकाञ्चल,रौतहट,भदौ ०६ गते ।
भारतको पन्जाबमा रोजगारको सिलसिलामा पुगेका रौहतट एक नेपालीको मृत्यु भएको छ । आफन्तका अनुसार ट्रेनको ठक्करबाट कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रा पोखरिया निवासी १८ वर्षीय देवकी राम कामको मृत्यु भएको हो ।
यस घटना प्रति रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले भावपूर्ण श्रद्धाञ्जली सहित गहिरो समवेदनार भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । उनले ट्रेनको ठक्करबाट मृत्यु भएको खबरले स्तब्ध भएको छु । दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै उक्त घटनाको छानबिन गरि पिडित परिवारलाइ उचित क्षतिपूर्तिको ब्यवस्था गर्न भारतीय सरकारको ध्यानाकर्षन गराउदछु भन्दै सामाजिक संजालमा स्टेटस् लेखेका छन् ।
बज्जिकाञ्चल,रौतहट,भदौ ०६ गते ।
रौतहट जिल्लाको फतुवा बिजयपुरमा रहेको ईलाका प्रहरी कार्यालय बिजयपुरमा आज परित्यात्मक कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यालय प्रमुखको रुपमा आउनु भएका बिजय कार्कीको अध्यक्षतामा सो कार्यक्रम गरिएको थियो ।
उनले इप्रकाको जिम्मेवारी सम्हाले पछि परिचयपात्र गर्न र सल्लाह सुझाव लिनको लागि कार्यक्रम आयोजन गरेका थिए । सो कार्यक्रममा बोल्दै उनले आफनो क्षेत्रभित्रको शान्ति सुरक्षा कायम गर्न दिनरात खट्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा सहभागीहरुले आआफनो तर्फ अमूल्य सल्लाह सुझाव समेत दिएका थिए । सो अवसरमा इप्रका बिजयपुर एरिया अन्तर्गतका सरकारी,गैरसरकारी संघ संस्थाका प्रमुख,स्थानिय,भद्रभलादमी,राजनितीकर्मी,स्थानिय सर्वसाधारण लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०६ गते ।
मौलपुर नगरपालिकाले ल्याएको स्थानिय पाठ्यपुस्तक “हाम्रो मौलापुर” मधेश प्रदेशकै सम्भवतः पहिलो रहेको शिक्षा संयोजक राजेन्द्र प्रसाह साहले दाबी गर्नु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो बताउनु भएको छ । यस पाठ्यपुस्तकले मौलापुर नगरपालिकाको विविध विषयहरुलाइ समेटेको उनको भनाइ छ । हाम्रो यहाँको रितिरिवाज,धर्मसंस्कृती,रहनसहन,विभिन्न सम्पदाको बारेमा र गौरवका विषयका जुन चिजहरु छन् । ती सहित सम्पूर्ण चिजहरुको बारेमा हामीले जानकारी गराउने प्रयास गरेका छौं ।
बाल्यकाल देखि नै बालबालिकाहरु लाइ स्थानिय स्तरको विषयवस्तु बारे जानकारी गराउने यो पुस्तकको उदेश्य रहेको वहाँले बताउनु भएको छ । हाम्रो समाज बाट धेरै कुराहरु हराइ पनि सके र हराइ रहेका पनि छन् । ती सबै कुराहरुलाइ जगेर्ना गर्नका निमित यो पुस्तक ल्याइएको उनको भनाइ छ । पुस्तकमा मौलापुर नगरपालिकामा रहेको राम्रा राम्रा कुराहरुको बारे जानकारी गराउने प्रयास गरिएको छ । यहाँ रहेका कुरितीहरु बारे जानकारी गराउने उदेश्यले पनि पुस्तकले समेटने प्रयास गरेको छ ।
यो पाठ्यपुस्तक समग्र विषयवस्तु समेटिएको छ । यसमा हामी केही गौरवका विषयवस्तुलाइ पनि समेटेका छौ । जस्तै यहाँ रहेको पुरातात्वीक महादेव मन्दिर जसलाइ मौलापुर नगरपालिकाले विश्व सम्पदा सूचीमा राख्ने प्रयास गरि राखेको छ । र त्यो राख्ने योग्य पनि हो । हाम्रै नगरभित्रका ,हाम्रै समाजमा हुने साना कुराहरुलाइ पुस्तक मार्फ बुझाउने प्रयास हामीले गरेका छौं ।
केन्द्रिय ऐन कानुनमा स्थानिय तहले १०० पूर्णङ्गक कक्षा १ देखि ८ सम्म स्थानिय तहले पठ्यपुस्तक तयार गर्न सक्ने प्रावधान छ । त्यही अनुरुप हामीले पाठ्यक्रम तयार गरी सुरुमा कक्षा १ देखि ३ सम्म छपाइ गरि वितरण गरेका छौ । यसै आर्थिक वर्ष देखि बाँकी कक्षाका पुस्तकहरु छपाइको सकिनेछ । र अर्को शैक्षिक सत्र देखि सुरुमै कक्षा ८ सम्मकै हरे बालबालिकाको हातहातमा हाम्रो मौलापुर पाठ्य पुस्तक बाँडी सक्ने छौं । माथिल्लो कक्षाहरुको राष्ट्रिय स्तरका कुराहरलाइ पनि समेटने छौं ।
उनले भने सबै बच्चाहरुलाइ पुस्तक पुग्ने हिसाबसे छपाइ गरेका हौ । नपुग भएको खण्डमा हामीले अझै व्यवस्थापन गरी वितरण गर्ने बताउनु भयो । पुस्तकमा परिमार्जित गर्ने लैजाने पनि बताउनु भयो । हरेक अभिभावक र यस नपा बाहिरको व्यक्तीहरुलाइ पनि पुस्तक एकचोटी अध्ययन गर्न अनुरोध गर्नु भयो । यस बाट अन्य पालिकाले केही कुरा सिकेर अभिप्रेरित हुनेमा विश्वास व्यक्त गर्नु भयो ।
बज्जिकाञ्चल,रौतहट,भदौ ०७ गते ।
केही दिनदेखी जग्गाको विषयलाइ लिएर आफनो विरुद्ध राजनितीकरण गरी अफवाह फैलाउने काम गरिरहेको कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले आरोप लगाएका छन् । पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै उनले भने,मुख्य कुरा के हो भने? २०८० जेठ २६ गते का दिन गुजरा नगरपालिकाको कनपुर निवासी शेख मेराजुल भन्ने व्यक्तीले नगरपालिका बाट मालपोत रसिद तिरी लगेको ल्याएर वडामा निवेदन पेश गर्यो की यसको चारकिला प्रमाणीत हामीलाइ चाहियो । दुइ दिन अघि जेठ २४ गते निवेदन पेश गरेकोमा आफूले जेठ २६ गते मात्रै आफूले सिफारिस गरेको बताए ।
बिचमा केही मानिसहरु सँग आफूले जग्गाको बारेमा सोधेको बताए । उनले मैले पता लगाउँदा त्यो नदीको बगरमा रहेको बुझिन आयो । केही वृद्ध मानिसहरु सँग आफूले सोध्दा धेरै वर्ष अघि त्यो ठाउँमा गाउँ थियो । अहिले त्यो ठाउँ बाट बस्ती सरेर अन्य ठाउँमा बसी सकेको छ । यो सब कुरा थाहा पाएपछि मैले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सँग सम्पर्क गर्न खोजे । वहाँ सँग सम्पर्क भएन । पछि मैले त्यहाँको कर्मचारी सुब्बा रामनरेश साह सँग सोधे कि यस्तो कुरा छ । यसमा मलाइ चार किला प्रमाणित गर्न मिल्छ कि मिल्दैन् ?
वहाँले भन्नु भयो की जब तपाइ लाइ जब सम्बन्धित व्यक्तीले मालपोत रसिद छ,कागजातहरु पेश गरेका छन् भने प्रमाणित गर्न मिल्छ । त्यो आधारमा मैले केही व्यक्तीहरु सँग पता लगाइ सिफारिस गरि दिए । सिफारिस गरेपनि सम्बन्धित व्यक्तीहरुलाइ त्यो जमिन बारे पता लगाउन जानकारी पनि गराए ।
चार दिन अघि यस विषयमा वडामा बैठक बसेको थियो । त्यसमा म सँग यस विषमा सोधियो मैले विस्तृत रुपमा जानकारी गराए । वहाँहरुले नक्कसाको सिफारि गरि दिन कुरो गर्न भयो । मैले त्यो पनि गरि दिए कि तपाइहरु गएर उसको लालपुर्जा सहि हो कि के हो? पता लगाउनुस् । केही व्यक्तीहरुले आफूले जग्गा बिक्री गरेको भनि आरोप पनि लगाए ।
यस विषयमा आज बिहान गाउँमा पञ्चायती बसेको थियो । आफू सँग कागजात माग गरियो । त्यसपछि मैले कर्मचारी पठाइ आफूले त्यो जग्गा सम्बन्धि कागजात देखाउन खोज्दा रामअज्ञा भन्ने व्यक्तीले हात बाट कागजात खोसी च्याती दिए । तत्पश्चात हल्ला बबाल भयो प्रहरी प्रशासनको आग्रह पति म त्यहाँ बाट निस्कीहाले ।
त्यतीकै केही व्यक्तीस्हरुलाइ बोलाइ वडा कार्यालयमा तालाबन्दी गरिदिएको जानकारी गराए । मैले प्रमाणित गरेको जग्गा नदीको डैम भित्र रहेको बताए । यदी मैले बसोबास या नमरीमा सिफारिस गरेको छु भने म माथी प्रश्न उठथ्यो । मैले त्यसो गरेकै छैन् ।
मेरो भूमाफिया सँग कुनै किसिमको सम्बन्ध नरहेको प्रष्ट पारे । मैलै ऐलानी जग्गाहरुलाइ बेच्ने खेलमा लागेको छैन् । यसमा मेरो कुनै किसिमको संल्गनता छैन् । मैले कसैलाइ उठिवास लगाएको छैन् । बरु आफनो वडामा भएका सुकुम्वासीहरुलाइ निस्सा प्रमाणपत्र पनि गरेको छु । अव्यवस्थित भएका व्यत्तीहरुलाइ निस्सा वितरण गर्ने पक्षमा हामी छौं । फाइल पनि तयारी छ । ऐलानी जग्गाहरु लाइ नै वितरण गरिनेछ । यदी त्यस्तो खेलमा लागेको भएको भए सुकुम्वासीहरुलाइ जग्गा कहाँ बाट उपलब्ध गराउने भन्दै प्रश्न गरे ।
यो घटना राजनितीक माहौल खडा वडा अध्यक्षलाइ विवादमा तान्ने खेल भएको वडा अध्यक्ष महतोको भनाइ छ । यो विपक्षीहरुको षडयन्त्र रहेको उनको भनाइ छ । यस विषयमा मेरो भनाइ यो छ की जुन मानिसले जग्गा खिचोला गरेको छ । जाली रजिष्ट्री गराएको छ भने त्यसको छानबिन गरी त्यसलाइ कानुनी दायरामा ल्याउनु पर्दछ । त्यसमा आफूले पनि साथ दिन तयार रहेको उनको भनाइ छ । वडा बाट हुन सक्ने सहयोग आफू स्वंयम् सहयोग गर्न तयार रहेको बताउनु भयो ।
बज्जिकाञ्चल,रौतहट,भदौ ०६ गते ।
रौतहटको कटहरिया नगरपालिकाको एक वार्डमा तालाबन्दी गरिएको छ । सो नगपालिकाको वडा नम्बर १ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा अध्यक्ष महतोले भूमाफियासँग मिलेर एलानी जग्गाको नक्कली कागजातको आधारमा चार किल्ला प्रमाणित गरेको आरोप लगाउँदै स्थानीयले तालाबन्दी गरेका हुन् ।
सो वडाको विभिन्न ४ कितामा रहेका नौ विगहा दश कठ्ठा जग्गाको नक्कली लालपूर्जाको आधारमा चारकिला प्रमाणित गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
वड कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । उनीहरु सेवा पाउन बाट बञ्चित भएका छन् । वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले नगरपालिकामा मालपोत तिरेको रसिद ल्याएपछि आफुले चार किला प्रमाणित गरेको बताए ।