२०८३ श्रावण २
२०८३ श्रावण २

सप्तरी, १९ माघ ।

हनुमाननगर कंकालनी नगरपालिका-२ वैष्णोदेवी मन्दिर नजिकबाट मेगनम (राईफल) १ थान, त्यसको गोली ४१ थान, म्यागजिन २ थान, गन स्टेन १ थान,  क्यामेरा १ थान,  पावर बैंक १ थान, मोवाइल १ थान, लाईट १ थान,  मृगको जस्तो देखिने मासु करिब ३५ किलो र दूरविन १ थानसहित राजबिराज गरपालिका-५ बस्ने ४६ वर्षीय शैलेस कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युजकारखाना

काठमाडौं, १९ माघ ।

प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ ।

 

एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुईदिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ । न्युजकारखाना

रौतहट,१९ माघ ।

रौतहट जिल्लाको गरुडा नगरपालिकामा नगरपालिकाकै उपप्रमुखसहितको टोलीले ताला लगाएको एक महिना पुगेको छ । गरुडा नगरपालिकाको मुख्य गेटमै ताला लागेको एक महिना भइसक्दासमेत ताला खुलाउने तर्फ सम्बन्धित् पक्षले पहल नगर्दा सर्वसाधारणहरु मारमा परेका छन्।

 

विगत एक महिनादेखि गरुडा नगरपालिकाका सर्वसाधारणले गरुडा नगरपालिकाको कार्यालयबाट दैनिक रुपमा पाउने सेवा पाउन सकेका छैनन् । गरुडा नगरपालिकाकी उपमेयर पुनमकुमारी चाैधरी र केही वडा अध्यक्षहरूले नगरपालिकाको मुख्य गेटमा एक महिना पहिला अर्थात् पुसको १८ गते तालाबन्दी गरेका थिए । उनीहरूले विभिन्न माग राखेर नगरपालिकाको गरुगरुडा,१९ माघ । कार्यालयमा तालाबन्दी गरेपछि सो नगरपालिकाबाट नगरवासीले पाउनुपर्ने सेवासुविधा पाउन सकेका छैनन् ।

 

गरुडा नगरपालिकाका नगरप्रमुख कण्ठमणिप्रसाद जयसवालले उपमेयर लगायतका केही वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा भागबण्डा खोजेका कारण समस्या सिर्जना भएको बताए । गरुडा नगरपालिकामा लागेको तालाबन्दी खुलाउनका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षबीच सहमतिको प्रयास भएपनि अहिलेसम्म सहमति हुन नसक्दा नगरपालिकामा लागेको ताला नखुलेको हो । उपमेयर सहितका वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा  भागबण्डा खोज्दै तालाबन्दी गरेका कारण नगरवासीहरूले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपरेको नगर प्रमुख कण्ठमणि प्रसाद जयसवालको भनाइ  छ ।

 

आफूले नगरपालिकाको कार्यपालिका बैठकमा बसेर उनीहरूका मागहरुलाई सम्बोधन गर्ने बताएको भए पनि सो कुरालाई वास्ता नगरी उपमेयरसहितका केही जनप्रतिनिधिले नगरपालिकाको मुख्य गेटमा ताला लगाएर बसेका कारण नगरवासी सेवासुविधाबाट बन्चित भएको नगर प्रमुख जयसवालको भनाइ रहेको छ ।

 

ताला खुलाउने विषयमा अब पनि सहमति नभए आफूले प्रहरी प्रशासन लगाएर भएपनि ताला खोलेर नगरपालिकाबाट सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा दिनका लागि आफू तयार भएको नगर प्रमुख जयस्वालको भनाइ रहेको छ । उपमेयरसहित केही वडा अध्यक्षहरूले भने बजेटमा नगरप्रमुख जयस्वालले एकलौटी गरेको र अहिलेसम्म भएका हिसाबकिताब पारदर्शी हुनुपर्ने बताउँदै नगरपालिकाको कार्यालयमा एक महिना पहिला तालाबन्दी गरेका थिए । न्युजकारखाना

सर्लाही, १९ माघ ।

सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ ।  महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार बिहान करिब १० बजेको समयमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायको छ ।

 

पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक कार्यालय नवलपुर अगाडि नियमित चेकजाँचको क्रममा मोटरसाइकलमा सवार  व्यक्तिलाई  चेकजाँच गर्ने क्रममा मोटरसाइकल कागज पत्र साथमा नभएपछि ट्राफिक प्रहरी जवान महतोले चिट काट्न खोज्दा ट्राफिक प्रहरी जवानमाथि नै छुरा प्रहार भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

 

पश्चिमबाट पूर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदिन देमानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा पहार गरेका हुन् । छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहार गर्ने देमानलाई ज्यान मार्ने उद्याेगमा मुद्दा  दर्ता गरिने प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए ।

घाइते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते प्रहरी जवानलाई उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।न्युजकारखाना

 

काठमाडौं, १९ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताएका छन् । बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन् ।

 

‘ यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने ।  गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले बताए ।

‘यो सरकार कानुन अनुसार चल्ने, कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने ।

 

गठबन्धनको कारण देश बरबाद भएको ओलीले बताए । अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब  भएको ओलीले टिप्पणी गरे ।न्युजकारखाना

 

सिरहा, १९ माघ।

सिरहामा पिकअप भ्यान अनियन्त्रित भई घरमा ठोकिँदा घुर तापिरहेका एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


जिल्लाको सुखिपुर नगरपालिका १ शिवनगरका जितन मोची र भोरिल रामको घरमा प्र. २–०१–००१ च ०६३१ नम्वरको पिकप भ्यान अनियन्त्रित भइ ठोक्किँदा ७२ वर्षिय जितन मोचीको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटनाम परी गम्भीर घाईते मोचीलाई उपचारको लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शव रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।

घटनामा ७० वर्षीय गुजरी राम र चालक १८ वर्षीय शंकर यादव गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए। अन्य तीनजनाको लहान र धनगढीका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ। प्रहरीले राति नै गाडी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। न्युजकारखाना

 

काठमाडौं, १९ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ।

 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साे भेटबार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो । संसद अधिवेसनको बिषयमा दुबै नेताबिच छलफल भएको हो । न्युजकारखाना

 

 

काठमाडौं, १९ माघ ।

यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो।
जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन्। विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ। यी जहाज बिहीबार साँझ ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो।

हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।