काठमाडौं, २६ माघ।
झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणहरुको लागि उक्त आइपीओ निष्काशन गर्ने जनाएको हो।
आइपीओ बिक्रीका लागि लक्ष्मी सनराइज (एलएस) क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ। कम्पनीले १०० अकिंत दरमा ५१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।
साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको करर्पोरेट कार्यालय कुपन्डोल, लिलितपुरमा कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
झ्यामोलोङ्गमा हाइड्रोपावारले ३२ मे.वा. क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ। उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्षभित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीको भनाई छ।न्युज कारखाना
काठमाडौं, २६ माघ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।आज अमेरिकी डलर संगै युरो र पाउण्डको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०४ पैसामा कारोबार भएको छ। यो मूल्य बिहिबारको तुलनामा ०२ पैसाले घटेको हो। बिहिबार यसको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसामा कारोबार भएको थियो।
शुक्रबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १४३ रूपैयाँ १९ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसाले घटेको हो। अघिल्लो दिन यसको खरिददर १४२ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रूपैयाँ २९ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने ४२ पैसाले घटेर एकको खरिददर १६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६५ पैसा कायम गरिएको छ। बिहिबार यसको खरिददर १६७ रूपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०७ पैसा तोकिएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४० पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९२ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर १० रुपैयाँ कायम गरेको जनाइएको छ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २७ रूपैयाँ ७७ पैसा र बिक्रीदर २७ रूपैयाँ ८९ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना
काठमाडौं, २६ माघ ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युज कारखाना
आजमिति २०८० साल माघ २६ गते तदअनुसार फ्रेब्रुअरी ९ सन् २०२४ विहिवार, कृष्णपक्षको त्रयोदशी तिथि, श्रवण नक्षत्र, सिद्दि योग ११:३२ एएम सम्म तत्पश्चात व्यतिपात, धनु राशिमा चन्द्रमा, व्यतिपात योग अति अशुभ मानिन्छ।
अभिजित् मुहूर्त: बिहान ११:५७ देखि १२:४१ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:४७
• सुर्यास्त: बेलुका ०५:४९बजे
मेष
नियमित व्यायामलाई प्राथमिकता दिनुहोस्। बजेट र वित्तीय योजनामा ध्यान केन्द्रित गर्नुहोस्। आफ्नो पार्टनरको प्रशंसा गर्नुहोस्। रमाइलो पारिवारिक गतिविधिको योजना बनाउनुहोस्।
शुभ अंक : ९
शुभ रङ: किरण
वृष राशि
सन्तुलित आहार लिनुहोस्। तपाईंको दीर्घकालीन वित्तीय लक्ष्यहरूको मूल्याङ्कन गर्नुहोस्। आफ्ना प्रियजनहरूसँग खुलेर कुराकानी गर्नुहोस्। गुणस्तरीय समय मार्फत बन्धनलाई बलियो बनाउनुहोस्।
शुभ अंक : ५
शुभ रङ: अर्थी ब्राउन
मिथुन
मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। प्रमुख निर्णयहरूको लागि आर्थिक सल्लाह खोज्नुहोस्। नयाँ रोमान्टिक सम्भावनाहरूको लागि खुला रहनुहोस्। विस्तारित परिवारका सदस्यहरूसँग जोड्नुहोस्।
शुभ अंक : ३
शुभ रङ: स्काई नीलो
कर्कट
भावनात्मक सन्तुलनमा ध्यान दिनुहोस्। आवेगपूर्ण खर्चमा सावधान रहनुहोस्। तपाईंको रोमान्टिक जडानहरू पालनपोषण गर्नुहोस्। परिवारका सदस्यहरूसँग आफ्ना आकांक्षाहरू साझा गर्नुहोस्।
शुभ अंक : ६
शुभ रंग: मोती सेतो
सिंह
पर्याप्त आराम र विश्राम सुनिश्चित गर्नुहोस्।भविष्यको आर्थिक सुरक्षाको लागि योजना। आफ्नो पार्टनरसँग भावनात्मक बन्धन सुदृढ बनाउनुहोस्। विशेष पारिवारिक भ्रमणको योजना बनाउनुहोस्।
शुभ अंक : १
शुभ रंग: सुनौलो पहेंलो
कन्या
समग्र स्वास्थ्यमा ध्यान दिनुहोस्। आर्थिक वृद्धिको लागि नयाँ अवसरहरू अन्वेषण गर्नुहोस्। आफ्नो पार्टनरको आवश्यकतामा ध्यान दिनुहोस्। आरामदायी पारिवारिक रात्रिभोजको योजना बनाउनुहोस्।
शुभ अंक : ७
शुभ रंग: वन हरियो
तुला
नियमित व्यायाममा जोड दिनुहोस्।आर्थिक साझेदारीमा सावधान रहनुहोस्। सम्बन्धमा सद्भाव बढाउनुहोस्। रचनात्मक पारिवारिक गतिविधिमा संलग्न हुनुहोस्।
शुभ अंक : २
शुभ रङ: ल्याभेन्डर
वृश्चिक
तनाव व्यवस्थापनलाई प्राथमिकता दिनुहोस्। दीर्घकालीन वित्तीय योजनामा ध्यान केन्द्रित गर्नुहोस्।आफ्ना भावनाहरू खुलेर व्यक्त गर्नुहोस्। प्रियजनहरूसँग सप्ताहन्तमा छुट्टीको योजना बनाउनुहोस्।
शुभ अंक : ८
शुभ रंग: पहेलो
धनु
बाहिरी गतिविधिहरू समावेश गर्नुहोस्। आवेगपूर्ण आर्थिक निर्णयहरूमा सावधान रहनुहोस्।सहज रोमान्टिक इशाराहरूको लागि खुला हुनुहोस्। हृदयदेखि हृदयको लागि दाजुभाइसँग जोड्नुहोस्।
शुभ अंक : ४
शुभ रंग: निलो
मकर
स्वस्थ दिनचर्यालाई प्राथमिकता दिनुहोस्। आफ्नो लगानी पोर्टफोलियो मूल्याङ्कन गर्नुहोस्। आफ्नो पार्टनरसँग भावनात्मक सम्बन्धको पालनपोषण गर्नुहोस्। पारिवारिक जमघट रातको योजना बनाउनुहोस्।
शुभ अंक : ५
शुभ रंग: चारकोल खैरो
कुम्भ
सन्तुलित जीवन शैली कायम राख्नुहोस्। आम्दानीका नयाँ स्रोतहरू विचार गर्नुहोस्। आफ्नो पार्टनरसँग खुलेर कुराकानी गर्नुहोस्। प्रियजनहरूसँग चलचित्र रातको योजना बनाउनुहोस्।
शुभ अंक : ७
शुभ रंग: निलो
मीन
भावनात्मक कल्याणमा ध्यान दिनुहोस्।आर्थिक निर्णयमा सावधान रहनुहोस्। तपाईंको रोमान्टिक सम्बन्ध बलियो बनाउनुहोस्। हार्दिक पारिवारिक जमघटको योजना बनाउनुहोस्।
शुभ अंक : २
शुभ रंग: हरियो
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ। न्युज कारखाना
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । सल्लाह, सुझाव र परामर्शका लागि ९८६६८९५२१३
काठमाडौं, २५ माघ ।
सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।न्युज कारखाना
काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन्। उत्पादन बृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उहाँले मन्त्रालयहरूलाई निर्देशन दिए।
‘बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ। हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनुपर्छ,’ उनले भने।
बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्योलता देखिने गरेको थियो, अब त्यसो हुन हुँदैन ‘
पछिल्लो समय देशको अर्थतन्त्री सही बाटोमा आगाडि बढेको बताउँदै प्रधानमन्त्रीले निरन्तरको प्रयासपछि राजस्व सङ्कलन बढेको र अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा भएको बताए।
पुँजीगत खर्च बढ्न नसक्नुका कारण पहिल्याएर आगामी दिनमा वित्तीय एवं मौद्रिक नीति तय हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘राष्ट्रिय महत्त्व र प्राथमिकतामा आधारमा बजेट बनाऔँ । पुँजीगत खर्च किन बढ्न सकेको छैन, त्यसको गम्भीर समीक्षा गरौँ र बजेट बनाऔँ ।’
सो अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महतले माग र सामथ्र्यबीच विरोधाभास भएको स्थितिमा सन्तुलित बजेट आवश्यक पर्ने बताए।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बजेटका स्रोतहरू राजस्व, अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणको अवस्थाबारे जानकारी गराएका थिए।न्युज कारखाना
महोत्तरी, २५ माघ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र कुशासन भएको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशीलाको २१ औ वार्षिकोत्सवको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यसलाई नै मुल आधार बनाएर सरकारले काम गरेको बताए ।
भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै उनले सरकारले त्यसको क्रमिकरुपमा नतिजासमेत देखाइरहेको दाबी गरे । ‘गृहमन्त्रालय समाले कै दिन पञ्चायतकालदेखि खाइरहेको गृहमन्त्रीको सुविधा पनि खारेज गरेँ,’ उनले भने, ‘शरणार्थी काण्डदेखि बाँसबारी छालाजुत्तासम्म आइपुग्दा सरकार अडिग भएर लागिरहेको छ ।’
काम होस् भनेर खबरदारी गर्नेहरु कै कारण सरकारमा आत्मबल सञ्चार भएको बताउँदै गृहमन्त्री श्रेष्ठले पैसावाला, राजनीति पहुँच भएकाहरूले भने सरकारको कामको विरुद्ध खबरदारी गर्ने गरेको पनि बताए ।
सामन्तवादको निकृष्ट सोच कै कारण मिटरव्याजी मौलाएको र यसलाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागीपरेको उनको भनाई छ । ५ हजार भन्दा बढी पिडितहरुलाई अहिलेसम्म न्याय दिलाईसकेको बताउँदै सुशासन स्थापनामा सरकारले अभियान नै बनाएको गृहमन्त्री श्रेष्ठले बताए ।
अहिले मिटरव्याजी पीडितहरुले गरेको आन्दोलनलाई संकेत गर्दै उनले आन्दोलनले सरकारलाई बल मिलेतापानी गलत ढंगले त्यसलाई प्रयोग गर्न नहुने सुझाए । विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा सग्लनहरुको छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।न्युज कारखाना
काठमाडौं, २५ माघ ।
विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा बयान दिन पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा सिंहदरबार पुगेका छन् ।
सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् ।
भेपमा लुकाएर तस्करी भएको ९ किलो प्रकरणमा चिनियाँ तस्करसँग सम्पर्क भएको देखिएपछि महरासँग समितिले बयान लिएको हो ।
सोही प्रकरणका महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।न्युज कारखाना
काठमाडौं, २५ माघ ।
बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका-३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका-५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका-१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन्।
उनीहरूलाई जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
जितपुर बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई एक हजार दरका ६१ थान नोटसहित पक्राउ गरिएको न्यौपानेले बताए।न्युज कारखाना
काठमाडौं, २५ माघ ।
व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन्।
उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए। दुबैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका-१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत् पाँच करोड माग गरेका थिए।
सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका गैरेलाई उनीहरूले हिन्दी भाषामा कुराकानी र एसएमएस गरी पाँच करोड रुपैयाँ माग गरेका थिए।
उक्त रकम नदिए उनीहरूले गैरे र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए।
गत माघ १८ गतेदेखि निरन्तर फोन र एसएमएसमा धम्की आउन थालेपछि गैरे प्रहरीमा पुगेका थिए।
‘गैरेको निवेदन परेपछि खोज्दै जाँदा दुबैलाई धम्की दिन प्रयोग गरिएको सिमसहितको मोबाइललगायत अन्य सामग्रीसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ थापाले भने।न्युज कारखाना