विराटनगर, २८ माघ ।
विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुहबी नगरपालिका-९ २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताए।
बरगाछी चोकस्थित कोशी राजमार्गमा कन्चनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रश गर्दै गरेको को३६प २८८९ नं. को मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरीकी भतिजी सोस्था चौधरी घाइते छिन्। उनको दुबै घुँडामा सामान्य चोट लागेको छ।
दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन्। नेपाल प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा आएको थियो।
ट्रकको अगाडिको भाग जलेर सामान्य क्षति भएको छ। ट्रक चालक जिल्ला चितवान राप्ती नगरपालिका वडा नं. ११ का ४१ वर्षीय शेरबहादुर राई सामान्य घाइते छन्।न्युज कारखाना
काठमाडौं, २८ माघः
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।”

सुशासन प्रवर्द्धनमा आयोगले पुर्याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारेका छन ।
भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिए ।
सुशासनको मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार विरूद्धको लडाइँमा संवैधानिक आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निभाउँदै आएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोगप्रति नागरिकले राखेका आशा र भरोसालाई आगामी दिनमा पनि कायम राख्नुपर्नेसमेत बताएका छन् ।

राष्ट्रले लिएको विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कानुनको शासन, मानव अधिकारको संरक्षण तथा समतामूलक र समावेशी शासनको प्रत्याभूतिका गर्नका लागि आयोगले इतिहासदेखि नै खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
आगामी दिनमा भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने सबालमा आयोग दृढताका साथ उभिने उनले विश्वास व्यक्त गरेका छन् ।
विश्वव्यापी रूपमा भएको प्रविधिको द्रूततर विकाससँगै भ्रष्टाचारजन्य क्रियाकलाप र प्रवृत्तिको स्वरूप, तौरतरिका, प्रवृत्ति, सघनता र आयाममा समेत व्यापक परिवर्तन आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “एकातार्फ आयोगको कार्यक्षेत्र विस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ आयोगको कार्य प्रणालीमा देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने चुनौती छ ।”
भ्रष्टाचार नियन्त्रणको महत्त्वपूर्ण भूमिका बोकेको आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिक तवरले भ्रष्टाचार र अनियमितताका विरूद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नवीनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो ।न्युज कारखाना
महोत्तरी, २७ माघ ।
रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो ।
आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ ।

युद्दकालिन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु मरिरहेको सुनिन । समाचार सकिसकेपछी रामवावु नजिकै आएर भने, ”आमा, म ठूलो दाजुलाई भेटन लमजुङ जान्छु ।”
रामबाबू केही दिन अगाडिमात्र काठमाण्डौबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए । त्यतिवेला गाउँमा युवाहरु कोही पनी थिएनन । भएका युवाहरु कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जंगल लगेको थियो । थोरै युवाहरुले मात्र आर्मी, प्रहरीमा जागीर खाएका थिए । त्यैपनी रामबाबुले जेठो दाजुलाई भेटन बेसीशहर जान जिद्दी गर्न थाले ।
त्यति टाढा उक्त भयावह अवस्थामा २२ बर्षिय कान्छो छोरा रामबाबुलाई पठाउन आमाको मन पटक्कै मानेको त थिएन तर छोराको जिद्दीको अगाडि दुर्गा कुमारीको केही लागेन ।
आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो, प्रतिकुल बातावरणका बावजुद पनि दाजु गोबिन्द कार्कीलाई भेटन आमाबुवासगँ विदाई भएर छुटेका छोरा एकाएक हराए । भाई भेटन आएको समाचार थाहा पाए पछी प्रतिक्षामा रहेका दाजुले भाईलाई न त भेटन पाए, न त घर फर्किएर नै गए ।

लमजुङको बेसिसहर दाजुलाई भेटन गएका भाइ रामवावु २२ बर्षदेखी घर फर्किएका छैनन । उनी कहाँ छन ?, कसरी हराए ? मरेका होलान कि बाँचेका होलान ? परिवारलाई चासो र चिन्ता त्यतिकै छ ।
अझ ८४ बर्षिय आमा छोरा घर आउने आशा बोकेर बाँचिरहेकी छन । ”बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थे होला,” गहभरी आँसु बनाउदै दुर्गा कुमारीले भनिन, ”मरेको प्रमाणित भए बरु किरिया गर्थे ।”
रामबाबुका दुई दाजुहरु छन । माईलो दाजु मोहन कार्की नेपाल आर्मीवाट रिटायर्ड भएका हुन भने जेठा दाजु गोबिन्द कार्की बिधुत प्राधिकरणवाट रिटायर्ड हुन ।
दाजुहरुको जागीर कै कारणले रामवावुलाई पढाईलेखाईमा त्यति समस्या पनि थिएन । काठमाण्डौको एक क्याम्पसमा डिप्लोमा अध्यन गर्दै गरेका रामवावुको बिषयमा परिवारले नराम्रो कहिल्यै सुनेनन ।
दुर्गा कुमारीले वेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरुलाई हारगुहार पनि नगरेकी हैनन तर कँहीं कत्तैवाट सुनुवाई नभएपछी छोरा फर्कने आशा आजकाल उनकाे झिनो बन्दै गएको छ ।
”आजकाल मोबाइलमा मान्छेहरु धमाधम भेटिएको देखिन्छ त्यही भएर मिडियामा आए,” दुर्गा कुमारीले भनिन, ”अब अन्तिम आशा तपाईहरु नै हो ।”
कतिपयले आफ्न्तहरुले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउछन तर दुर्गा कुमारीलाई भने अहिलेपनी छोरा कतै ज्युँदै छ भन्ने लाग्छ ।
रामवावुका वुवा डम्बर बहादुर कार्कीलाई पनि श्रीमतिले भनेजस्तै छोरा ज्युँदै नै छन भन्ने लाग्छ । ”कमसेकम यो समाचार हेरिसकेपछी कान्छो हामिलाई सम्झेर आओस,’ उनले भनिन ।
लमजुङ्गमा अझ सरकारी र बिद्रोही पक्षको वेला-वेलामा झडप भैइरहन्थ्यो । जिल्लाको कतिपय ठाउँमा त त्यतिवेला कयौ मानिसहरु मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त सक्रमणकालिन अवस्थामा लमजुङ्ग जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्यो कि भन्ने पनि आशंका गर्छन ।
परिवारलाई भने पत्यार नै लाग्दैन । ”मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ,” दुर्गा कुमारीले भनिन, ”अब भरोसा बाबुहरुको नै छ, समाचार हेरेर भएपनी छोरा घर फर्कनेछ ।”
दुर्गा कुमारी आजकाल पहिलाजसरी हिडडुल पनि गर्न सक्दिनन । लौरोको सहाराले यताउता हिडने उनीलाई मात्र हैन उन्को श्रीमान डम्बर बहादुरलाई पनि लौरोको सहारा चाहिन्छ ।
भाइ हराएपछी दाजु गोबिन्दले पनि धेरै खोजी नगरेका हैनन । संक्रमणकालीन अवस्थामा उन्ले माओवादी कमाण्डरहरुसगँ सम्पर्क गरेर भाईको एकिन गरेका थिए भने आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे । तर भाईको बिषयमा कसैले एकिन बिस्वास दिलाउन सकेनन ।
बेपत्ता छोराको फर्किने आशामा नै दुर्गा कुमारीले अंशबण्डा पनि गरेकी छैनन । ”जेठो र माईलाले अव भाग लगाउनुपर्छ भन्छन तर म मानेकी छैन,” उनले भनिन, ”कमसेक एकिन त हुनुपर्र्यो नी मरेको र बाँचेको ।’
संक्रमणकालीन अवास्थामा वेपत्ता भएकाहरुको छानविन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ तर उक्त समयमा वेपत्ता भएकाहरुको नाम समेत सुचिकृत गरिएको छैन । आयोगमा अहिलेसम्म रामवावु जस्ता वेपत्ता भएका परिवारले ३२८८ उजुरी दर्ता भएको वेपत्ता पारिएका छानविन आयोगले जनाएको छ ।
आयोगमा दर्ता भएका ३२८८ उजुरी मध्ये ४१४ उजुरीहरु सत्य निरुपण तथा मेलगमलाप आयोगको क्षेत्राधिकार पर्नेगरी पठाईएकोमा १३७ उजुरीहरु फिर्ता आएको आयोगले अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लागताकट्टा गरिएको२९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगवाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएका मध्ये ८ उजुरीहरुको कारवाही प्रक्रिया अगाडी बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वाजनिक गरिएको विवरणमा जनाएको छ ।
मधेश प्रदेशको पनि अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये बिस्तृत छानविनको लागी १५३, प्रारम्भिक छानविनको लागी ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लागत कट्टा गरिएको ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएको ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भईसकेको छ ।
तर सुचनाको पँहुच तथा सरोकारवालाहरुको वेवास्ताले न रामवावु जस्ता वेपत्ता व्यक्तिहरुको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले आमा दुर्गा कुमारी लगायत सम्पूर्ण परिवारको वेपत्ता रामवावुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।न्युज कारखाना
महोत्तरी, २८ माघ ।
प्रगतिशील लेखक संघ मधेश प्रदेशको अधिबेशनमा वामपन्थी लेखकहरुले बाम धुर्विकरणको सुरुवात गरेका छन ।
वामपन्थी विचारकहरु छिन्नभिन्न भैइरहेको अवस्थामा मधेशवाट एकीकृत भएका वामपन्थी लेखकहरुको यो अधिबेशनले कम्युनिष्टहरुलाई जोडन महत्वपूर्ण कोशेढुंगा सावित हुने बिश्ववास गरिएको छ ।

लेखक संघ मधेश प्रदेशका अध्यक्ष वालमुकुन्द कार्कीको अध्यक्षतामा भएको खुल्लासत्रमा सहभागी बक्ताहरुले परिवर्तनको लागी कम्युनिष्ट धुर्विकरणको बिकल्प नभएको वताए ।
कम्युनिष्ट घटकहरुलाई एकैठाउँमा जोडने उदेश्यले नै प्राज्ञिक प्रगतिशील लेखकहरु एकैठाउँमा जोडिएको बताउदै केन्द्रिय उपसचिव डा. देवि दुलालले यस्को सुरुवात देशव्यापी भईरहेको जानकारी दिए ।

यसैक्रममा उक्त अधिबेशनले विभिन्न पाटीमा सग्लन वामपन्थी विचारकहरुको प्रतिनिधित्व हुनेगरी नारायण घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा धनुषाबाट किरण झा, रुद्रसेन विश्वकर्मा, सचिव भिम कुमार राउत, सहसचिव मिना देवकोटा, कोषाध्यक्ष फुलगेन मगही चयन भएका छन् ।

सदस्यहरुमा भैरव प्रसाद गेलाल, चन्द्रमणि पौडेल, मुरलीप्रसाद यादब, मुकुन्द पौडेल, विजय रिजाल, जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मत नै चयन गरिएको प्रगतिशील लेखक संघले जनाएको छ ।
मधेसका ८ वटै जिल्लाबाट दुई दुई जना रहनेगरी समिति गठन भएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेसमा प्रगतिशील लेखक संघको भुमिका शसक्त वन्ने र वाम घटकहरुलाई लेखनको ।माध्यमवाट एकै ठाउँमा जोडिन सन्देश प्रवाह गर्ने वताए । न्युज कारखाना
काठमाडौं, २८ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ। न्युज कारखाना
रौतहट, २७ माघ ।
संघीयतापछि गाउँ-गाउँमा सिंह दरबारको अधिकार आउँछ, खोजें जस्तै भने जस्तै जनचाहना अनुसार विकास हुन्छ भनेर नेपाली जनताले अपेक्षा गरेका थिए।
तर संघीयतापछि सिंह दरबारको अधिकार, जनचाहना अनुसारको विकास त आएन। तर, गाउँ-गाउँमा बेथिति, भ्रष्टाचार र बजेटको भागबण्डा हुने प्रवृत्ति बढ्यो।
यसको ज्वलन्त उदाहरण देखियो रौतहटको फतुवा बिजयपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधि बीच विभिन्न कारणले मतभेद हुँदा नगरपालिका महिनौंसम्म अनिर्णयको बन्दी बनेको थियो।
समयमा नगरसभा नहुँदा नगरपालिकाको आर्थिक कारोवार बन्द भएर झण्डै ३५० शिक्षक कर्मचारी गत साउनदेखि तलब सुविधा पाउनबाट वञ्चित भएका छन्।
बल्लतल एकसाता अघि मेयर अम्बेया खातुन र नेपाली कांग्रेसका वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यबीच सहमति भएपछि यही फागुन ३ गते नगरसभा हुने निश्चित भएको छ।
तर, नगरसभा हुनुअघिनै नगरपालिकाका जनप्रतिनिधिबीच अविश्वासको ठूलो खाडल खडा भएको छ, विकासको बजेट। यसअघि निलम्बित मेयर गोपाल राय यादवलाई बजेट दिने कि नदिने विषयमा बिवाद थियो। अहिले बजेट कसले र कसरी चलाउनेमा विवाद छ।
नगरसभा हुनुअघि शुक्रबार फतुवा बिजयपुर नगरपालिकामा बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र कुनै पनि विकास निर्माणको काम एकलाख रुपैयाँ भन्दा बढीको गर्नुपरेमा अनिवार्य टेण्डरबाट गरिनुपर्ने निर्णय गरिएको छ।
कार्यवाहक मेयर खातुनको अध्यक्षतामा सम्पूर्ण कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको सहभागितामा भएको बैठकले उक्त निर्णय गरिएको बताइएको छ।
नगरालिकाकाबाट सिलिङ्ग अनुसारको बजेट पाएपछि विकासमा बेथिति हुने जनप्रतिनिधि बीचको अविश्वासको कारण जिल्लाको १८ स्थानीयतह मध्ये पहिलोपटक फतुवा विजयपुरमा यस्तो निर्णय भएको छ।
नेपाल सरकारले ७० लाख रुपैयाँ सम्मको बजेटमा उपभोक्ता समितिमार्फत विकास निर्माणको काम गर्न सक्ने ब्यवस्था छ। सोही अनुसार विकास निर्माणको कामहरू भइरहेको छ।न्युज कारखाना
रौतहट, २७ माघ ।
नेकपा एमाले रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो।
उपाध्यक्ष पदका लागि रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रबि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिए।
अझै केहीबेर सहमतिको प्रयास गर्ने र सहमति हुन नसकेमा भोलि बिहानबाट निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने कार्कीले बताए।न्युज कारखाना
रौतहट २७ माघ।
कुनै समयमा जिल्लाकै सबभन्दा ठूलो उद्योगको रूपमा परिचित गरुडा स्थित श्रीराम सुगर मिल्स लिमिटेडका सञ्चालकले तलब सुबिधा नदिँदा पीडित मजदुर कर्मचारी श्रम अदालत काठमाण्डौ पुगेका छन्।
प्राविधिक कारण देखाउँदै मिलमा कार्यरत मजदुर कर्मचारीको तलब सुबिधा नदिएर मिल बन्द गरेका सञ्चालक बिरुद्द श्रमिक मजदुर तथा कर्मचारीहरू काठमाडौं अनामनगर स्थित श्रम अदालत पुगेका हुन्।
मिल बन्द भएको तीनवर्ष बित्दा पनि पाउनुपर्ने तलब सुबिधा १३ करोड भन्दा बढी रुपैया हालसम्म पाउन नसकेको कारण कैयौं परिवारको बिच्चली भएको छ।
वर्षौं बित्दासम्म बक्यौता रकम तिर्न कारखाना उद्योग व्यवस्थापन पक्षबाट पटकपटक आश्वासन मात्र पाउने तर भुक्तानी भने हालसम्म पाउन नसकेको मजदुर तथा कर्मचारीले गुनासो गरेका छन।
२०४९ सालमा सिलान्यास भई २०५१ साल पुस २४ गतेदेखि उँखु क्रसिङ संगै सञ्चालनमा आएको गरुडा स्थित श्रीराम सुगर मिल्स २६ वर्षसम्म लगातार सञ्चालनमा रहेको थियो।
मिलका संस्थापक दिवाकर गोल्छा निधन पछि उनको छोरा हृतेस गोल्छाले मिल व्यवस्थापन गर्न नसकेर २०७४/०७५ मा अर्का एकजना ब्यापारी विशाल अग्रवाललाई मिलमा साझेदार बनाएको थियो।
प्रत्येक बर्ष घाटा देखाउँदै २०७७ साउन ११ गते एक्कासी मिल प्रशासनले एउटा सूचना जारिगर्दै सदाका लागि बन्द गरेको थियो।
मिल बन्द गर्नु अघि कुनै कर्मचारी अथवा मजदुर संगठन लाई कुनै जानकारी नभएको बताउँछन्।
सञ्चालनमा रहेको कुनै पनि मिल अथवा कुनै उद्योग बन्द भएको १५ दिनभित्र सञ्चालक पक्षले त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीको पारिश्रमिक उपलब्ध गराउनुपर्ने श्रम नियमावलीमा उल्लेख गरिएको छ।
तर जिल्लाकै ठुलो उद्योग श्रीराम सुगर मिल्समा तत्कालीन कार्यरत ३०३ जना मजदुर कर्मचारीको बक्यौता पारिश्रमिक भुक्तानी गर्न महिनौसम्म मिल प्रशासनले कुनै वास्ता नगरेको मजदुर कर्मचारी बताउँछन्।
यसरी उनीहरू बाध्य भएर २०७८ सालमा पहिलो पटक श्रम कार्यालय बिरगंजमा मुद्दा गरेको समाजबादी ट्रेड यूनियन ईकाई सचिव राजदेव सहनीले बताएका छन।
श्रम कार्यालय वीरगंजले २०७९ सालमा मजदुरको पक्षमा फैसला गरेको थियो। फैसला अनुसार उद्योगीले मजदुर कर्मचारीको बक्यौता तलब सुविधा बापत कुल १३ करोड १९ लाख७६ हजार ३१६ रुपैया ३६ पैसाले उद्योगीले तिर्नुपर्ने हुन्छ।
उक्त फैसला पछि उद्योगी हृतेश गोल्छा र बिशाल अग्रवाल, उनको कानुनी सल्लाहकार नवलकिशोर झाले श्रम अदालत काठमाण्डौमा लिखित निबेदन दिएर भुक्तानीको लागि समयको माग गरेका थिए।
सो पछि श्रम अदालतको पहलमा उद्योगी र मजदुर कर्मचारी बिच भएको छलफलमा आउने फागुन २ गते भुक्तानी गर्ने उद्योगीले लिखित सहमती गरेको छलफलमा सहभागी समाजबादी ट्रेड यूनियन ईकाई सचिव राजदेव सहनीले बताएका छन।
सहमती अनुसार भुक्तानी गर्न मात्र ४ दिन बाँकी रहेको छ तर अहिले सम्म उद्योगी पक्षबाट कुनै पहल नदेखिएकाले आफूहरु खबरदारीको लागि श्रम अदालतमा शुक्रवार मौखिक तागेदा गरेको सचिव सहनीले जानकारी दिएका छन।
तत्कालीन प्रधानमन्त्री स्व: गिरिजा प्रसादको निर्देशनमा २०५१ सालमा गरुडा स्थित स्थापना भएको जिल्लाकै सबभन्दा ठूलो उद्योग श्रीराम सुगर मिल्स सञ्चालन रहँदा मजदूर कर्मचारी गरी ६०० जना मानिसले प्रत्यक्ष रोजगारी २० हजार किसान र हजारौं मानिस लाभान्वित रहेका थिए।
स्थापनाकाल देखिनै वर्षेनी नाफामा रहेको श्रीराम सुगर मिल्सका तत्कालीन सञ्चालक हृतेस गोल्छा माओबादी द्वन्दकालमा मिलको वास्ता नगरेको कारण व्यवस्थापनको कमजोरीले मिल घाटामा गएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन्।
उद्योगी द्धय बिभिन्न बैंकको कर्जा देखाएर उक्त चिनिमिल विक्री गरिसकेका छन। तर, मिल सञ्चालनको लागि भनेर कौडीको भाउमा ८० विगहा जग्गा दिने किसान र उंखु उत्पादक किसान संघ रौतहटले रोक्का गरेका छन। अथवा मिलको सामान खोल्न दिएका छैनन साथै जग्गा बिक्रीमा समेत रोक लगाएका छन।
यसैबीच बिहीवार मिलकै प्राङ्गणमा आयोजित नेकपा एमालेको १० औं जिल्ला अधिवेशनका प्रमुख अतिथि पार्टी अध्यक्ष एवं पूर्वप्रधनमन्त्री केपी शर्मा ओलीले बन्द रहेको उक्त मिल पुनः सञ्चालनको लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउने बताएका थिए।न्युज कारखाना
काठमाडौं, २७ माघ ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्।
अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रुपमा सिमित नभइ संसारको सभ्यताको केन्द्र रुपमा रहेको बताएका हुन्। उनले भने, ‘हिन्द महासागर भू–राजनीतिक, भू–रणनीतिक र भू–आर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्दछ।’
सम्बोधनका क्रममा मन्त्री साउदले थपे,‘यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ।
समुद्री आतंकवाद, डकैती, लागूऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानूनी आप्रवासन एवम नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौतीहरू गम्भीर रूपमा खडा हुनु दुःखद छ।’
हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइनका रुपमा रहेको मन्त्री साउदले उल्लेख गरे।
नेपालले महासागरको महत्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको बताउँदै मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिए।न्युज कारखाना
बर्दिवास, २७ माघ ।
नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले बलिराम यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । मतदान प्रक्रियामा यादवले २ सय ५९ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी शिवचन्द्र सिंहले १ सय ५५ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम निर्वाचित हुनुभएको छ भने सचिव शम्भु ठाकुर, उपसचिवमा फेकन राम र बिन्दु किङ्ग्रिङ्ग निर्वाचित भएका छन ।
लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहा निर्वाचित भएका छन ।न्युज कारखाना