२०८३ बैशाख २२
२०८३ बैशाख २२

 

जापान, २९ साउन ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंक प्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन ।

 

एनआरएनए अभियानमा निरन्तर सक्रिय रहदै आएका गैरे गैर आवासीय नेपाली संघ जापानमा २०११ मा प्रवेश गर्दै आईसिसि सदस्य हुँदै अहिले सहकोषाध्यक्षमा रहेर काम गरेको अनुभव छ भने लायन्स क्लवको अध्यक्ष र अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएको अनुभव रहेको छ ।

 

गैरेले एनआरएनएको बिभिन्न टास्कफोर्समा बसेर पनि आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन ।  बाग्लुङ गल्कोटमा जन्मेका गैरेले विगत दुई दशक भन्दा बढी जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन । उनको जापानमा मिना ब्राण्डको आधा दर्जन भन्दा बढी रेस्टुरेन्ट व्यवसायका साथै सिनर्जी पावर पनि रहेको छ । टंक प्रसाद गैरे जापानमा रहेका नेपालीहरु माझ लोकप्रिय छन ।

 

संस्थागत विकास ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू सचिव पदमा उम्मेदवारी दिएको गैरे बताउछन । उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा सचिव पदमा आफूले उम्मेदवारी दिएको जनाउदै गैरेले गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्दै आफू अगाडी बढ्ने बताए ।  उनले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी सचिवमा उम्मेदवारी घोषणा गरेको बताए ।

 

एनआरएन अभियानमा उर्जाशील स्वभावका गैरे सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन । जापान तथा नेपालमा व्यवसाय गर्दै नेपालीहरुलाई रोजगारी सृजना गराएका उनले सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन ।

 

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवको माध्यमबाट विश्वसामु चिनाउने गैरेले बताए ।   यस पटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता, युवा, महिलाको सहभागिता, श्रमिक मैत्री , बंशजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन गर्ने , पर्यटन प्रर्वद्धन , विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता , सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप , ज्ञान ,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन ।

 

उनका प्रमुख केन्द्रीय एजेण्डा भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गैरेले जनाए । गैरेले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफुलाई साथ र समर्थन गर्न सम्पुर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन । हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेष्ठ ,बद्री केसी,केशव पौडेल , हेमराज शर्मा र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन भने उपाध्यक्षमा खगेन्द्र न्यौपाने,राज रेग्मी, गणेश केसी, युवा उपाध्यक्षमा रोशन केसी, अब्दुल बासिदले उम्मेदवारी दिएका छन । महासचिवमा गौरीराज जोशी, बुद्धि सागर सुवेदी , गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन।

 

जापान, २९ साउन।

गैरआवासीय नेपाली संघ(एनआरएनए) को पछिल्लो समय चुनावदेखि चुनावसम्म केन्द्रित हुँदै गएको बेला उपाध्यक्ष आरके शर्माले यसलाई अब विकासमा केन्द्रित गराउनुपर्ने आह्वान गरेका छन्। गैरआवासीय अभियानको क्रममा जापान भ्रमणमा रहेका शर्माले गैरआवासीय अभियानले अब विकासको मुद्दा बोक्नुपर्ने बताए।

 

शर्माले जापानमा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद जापानको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा विभिन्न सामाजिक संस्थाले गरेको कार्यक्रममा सहभागिता जनाएका थिए।  एनआरएनए एनसीसी जापानका नवनिर्वाचित अध्यक्ष नविन निउरे सहित कार्यसमितिले उपाध्यक्ष शर्मा सहितका अभियन्ताहरूको उपस्थितिमा शपथ लिएर पदबहाली गरेका छन्।

 

एनआरएनए जापानको शपथ समारोहमा शर्माले अभियानमा कसैको जितहार नहुने भन्दै विजेताले उपविजेतालाई साथ लिएर अगाडि बढ्नुपर्ने सुझाव दिए।

 

“आइसीसीको नेतृत्वको लागि लिएर एनसीसीमा मिलेर बसेको समाजलाई विभाजित नगर्न म अनुरोध गर्दछु,” शर्माले एनसीसी जापानको कार्यक्रममा भने,“आइसीसीको नेतृत्वमा जो आएपनि समाजमा मिलेर एनसीसीका साथीहरू बस्नुपर्छ।”


शर्माले एनआरएनए अभियानमा महत्त्वपूर्ण योगदान एनसीसीको भए पनि निर्वाचनको कारण यसलाई विवादमा ल्याउने गरिएको बताए। चुनावदेखि चुनावसम्ममा मात्र केन्द्रित हुँदा १० औँ महाधिवेशनमा दुर्घटनामा पर्न जोगिएको अभियानलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने भनाइ शर्माको थियो।

 

यस्तै चितवन समाज जापानले आयोजना गरेको स्वागत कार्यक्रममा शर्माले नेपालीहरू विदेशमा एउटा सपना लिएर आएको र देशको आर्थिक विकासको सपना सबैले देखेको हुँदा यसलाई साकार पार्न विदेशमा बस्ने नेपालीहरू लाग्नुपर्ने बताए।

“स्थापनाको दुई दशक सामाजिक मुद्दामा मात्र हामीहरू केन्द्रित भयौँ,”शर्माले भने,“सामाजिक मुद्दालाई निरन्तरता दिएर अबको मुद्दा आर्थिक विकास हो,आर्थिक सम्बृद्धि हो,हामीहरू त्यसमा लाग्नुपर्छ।

“गैरआवासीय अभियान ८० देशमा फैलियो भन्दै गर्दा देशभित्र बस्नेको संख्या खाली भयो भनेर समेत हामीहरू चिन्तित हुनुपर्ने स्थिति छ,”शर्माले जापानमा आयोजित कार्यक्रममा भने,“देशलाई विकसित बनाएर विदेशमा आउने क्रमलाई हामीले रोक्न लाग्नुपर्छ।”

 

आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्माले देशको विकासको योजनाको लागि आवश्यक पर्ने लगानी लागि विदेशमा बस्ने नेपालीहरूले सामूहिक लगानीबाट सम्भव हुने र त्यसको आफूले अवधारणा ल्याएको जानकारी जापानका अभियन्ताहरूलाई गराएका थिए।

 

१५ वर्षदेखि अभियानमा निरन्तर लागिरहेको जानकारी गराउँदै शर्माले भने,“अभियानलाई अगाडि बढाउनको लागि विश्वभरका अग्रज अभियन्ताहरूको सल्लाह र सुझाव लिने क्रममा जापान आएको छु,तपाईँहरूको सुझावले नै अभियानलाई अगाडि बढाउने छु।”

 

वासिंगटन डिसी, २९ साउन ।

चीन र ताइवानबीचको लडाइँ कसैबाट लुकेको छैन। भारत र अमेरिका पनि ताइवानको पक्षमा छन् ।

 

सोही क्रममा ताइवानका उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार विलियम लाइले अमेरिका भ्रमण गरे पछि  चीन आक्रोशित भएको छ । उपराष्ट्रपति लाइको उक्त भ्रमणको चीनले निन्दा गरेको छ ।

चीनले विलियम लाइको सप्ताहन्तमा अमेरिकाको भ्रमणमा दृढ र ससक्त कदम चाल्ने चेतावनी दिएको छ । चीनले उपराष्ट्रपतिको भ्रमणलाई नजिकबाट नियालिरहेकोसमेत जनाएको छ ।

 

उपराष्ट्रपति लाइ पाराग्वे जाने क्रममा अमेरिकाको बाटो रोजेका हुन । ताइवानी उपराष्ट्रपति लाइ पराग्बेमा अगस्ट १५ मा सान्टियागो पेनाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रमको साक्षी हुनेछन्। सोही क्रममा ताइवनका उपराष्ट्रपति लाइ गत शनिबार न्यूयोर्क पुगेका थिए। दक्षिण अमेरिकामा ताइवानको एक मात्र सहयोगी पाराग्वे हो।

 

चीनले ताइवानका उपराष्ट्रपतिको भ्रमणबाट उत्पन्न हुने हरेक अवस्थाको विकासलाई नजिकबाट नियालिरहेको छ र राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढ र दृढतापूर्वक कदम चाल्ने जनाएको छ । लाइ ताइवानका राष्ट्रपति साई इंग वेन भन्दा स्वतन्त्रताको बारेमा धेरै मुखर छन्, जसलाई बेइजिङले पहिले देखी नै घोर शत्रुताको रुपमा ब्याख्या गर्दै आएको छ । किन पनि भने, उनले ताइवानलाई चीनको हिस्साको रूपमा स्वीकार गर्न अस्वीकार मात्रै होइन, कडा प्रतिबादसमेत गर्दै आएको छ ।

समाचार अनुसार अनुसार चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले ताइवानलाई आफ्नो भूभागको हिस्सा भएको दाबी गर्दै आएको छ र त  कहिल्यै नियन्त्रण नभएको र स्वशासित टापु कब्जा गर्न बल प्रयोग गर्न भने छोडेको छैन। लाइको अमेरिका भ्रमणको केही समयपछि चीनको विदेश मन्त्रालयले अमेरिका र ताइवानबीच हुने कुनै पनि आधिकारिक वार्ताको कडा विरोध गरेको बताएको छ।

समाचार अनुसार अमेरिकाको भ्रमणलाई ताइवानी अधिकारीहरूले भ्रमणको सट्टा ‘ट्रान्जिट’ भनेर उल्लेख गरेका छन् किनभने अमेरिकाको ताइवान सरकारसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन । उनीहरुले पराग्वे जानका लागि अमेरिकाबाहेक अर्को बाटो नभएको जनाउँदै आएका छन् । यद्धपी, चीनले भने अमेरिकासँग बार्ता र सम्बादलाई लिएर कडा आलोचना मात्रै गरेको छैन, त्यसलाई नजिकवाट नियालीरहेको पनि जनाएको छ ।

 

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कदैछन् ।

भदौं १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन ।

सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने छन् । एक साता अघि स्विटजरल्याण्डलगायत युरोपमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परे पछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन ।

 

पुर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलीपल्ट बिदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरे पछि अध्यक्ष नेपालले त्यसको प्रतिबाद गर्दै आएका थिए ।

 

युराेपवाटै उनले आफु निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन् । गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।

 

काठमाडौं, २९ साउन ।

सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ ।

जसअनुसार जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने भएकी छिन् ।

 

शितल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान १०ः०० बजे उनले पद तथा गोपनियताको सपथ लिने जनाईएको छ ।

 

सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन ।

 

हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरे पछि नबनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिनेछन कि अर्को ? भन्ने अझै निर्क्याैल भने हुन सकेको छैन ।

 

काठमाडौं, २९ साउन ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक बैदेशिक यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताब्यापी भ्रमण गर्नेछन् ।
चीनको कुनमिङ्गमा आयोजना हुने  ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा  ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा बिशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन ।

 

दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

conकाठमाडौं, २९ साउन ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ ।

 

गत शुक्रवार देखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाईएको छ ।

 

समसमायिक राजनीतिक बिषय, सांसद सुनिल शर्मा प्रकाउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने बिषयमा छलफल भईरहेको छ । हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरुले आ आफनो धारणा राखिसकेका छन, आज बाँकी सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।

 

काठमाडौं, २८ साउन ।

प्रमुख सत्तासाझेदार दल कांग्रेसका सांसद सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताएका छन् ।

आइतबार बसेको काग्रेस संसद दलको बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् । त्यसो त उनले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने सुनाए ।

एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । पछि पनि लगातार उनले गृहमन्त्री र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए ।

उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उनले सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।

 

काठमाडौं, २८ साउन ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकाकरी निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद् सदस्य हेरफेरको विषयमा छलफल भइरहेको छ ।

 

पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको माओवादी पदाधिकारी बैठकमा पार्टीबााट मन्त्री रहेका पनि सहभागी छन् ।

 

काठमाडौं, २८ साउन ।

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको अनुशासनमा सबै सदस्य बस्नुपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मालक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताए ।

सांसद शर्माको पार्टीको मर्यादा र अनुशासन पालनमा प्रश्न उब्जिएको भन्दै महतले भने, ‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।