२०८३ असार ३१
२०८३ असार ३१

काठमाडौँ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन् ।

सो भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायतका माग प्रधानमन्त्री समक्ष राखेको मेयर साम्पाङले जानकारी दिएका छन्।न्युज कारखाना

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद रोकिने संकेत देखिएको छ ।

पछिल्लो पटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेपछि विवाद अझ बढ्ने संकेत देखिएको हो।

अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीयत सदस्यहरुलाई कुटपिटमा संलग्न भएको भन्दै पार्टीबाट निष्काशन गरेकी हुन् ।

सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुदा संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिताबीचको विवाद अब सतहमा आउन थालेको छ ।

अध्यक्ष रन्जिता केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समिकरणको पक्षमा लाग्ने बताउदै आएकी छन् भने संरक्षक चौधरी भने त्यसको विपक्षमा रहेका छन् ।

श्रीमान श्रीमतीसमेत रहेका रेशम र रन्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाएका छन् ।न्युज कारखाना

कर्णाली ।

नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसअघि सोमबार केन्द्रमा सहमति भएपनि प्रदेशमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकोले कर्णालीमा राजनीतिक अन्योलता बढेको छ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । माओवादीमा भने कर्णालीको नेतृत्व एमालेलाई दिने विषयमा एक मत नभएपछि समस्या आएको छ ।

कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरु रहेका छन् । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको छ ।  माओवादीको एक पक्ष विश्वासको मत लिनुपर्नेमा जोडदिदै रणनिति बनाउन व्यस्त देखिएका छन् भने अर्को पक्षले केन्द्रको सहमति तोडेर जान नहुने पक्षमा रहेको देखिएको छ ।

त्यस्तै एमालेले भने केन्द्रको सहमति पालना गरेर विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ । गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि संबिधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन विपरित विश्वासको मत लिन खोजेमा विश्वासको मत लिन उनलाई एमाले वा कांग्रेसको मत आवश्यक पर्ने गर्दछ । विकसित घटनाक्रम अनुसार एमालेले विश्वासको मत दिने सम्भावना कम रहेको बताइएको छ भने कांग्रेस सरकारबाट बाहिरिएका विश्वासको मत दिने सम्भावना रहेको देखिदैन ।
४० सदस्य रहेको कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा  राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको एक एक सिट रहेको छ । न्युज कारखाना

काठमाडौँ ।

संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र  राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि निवेदन आह्वान गरेको छ ।

मंगलबार सूचना जारी गर्दै संबैधानिक परिषदको सचिवालय समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषदको सचिवालयले अनुरोध गरेको छ ।

इच्छुक आवेदकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वेभसाइत www.opmcm.gov.np को सूचना तथा समाचार खण्डभित्र उपलब्ध फर्म भरी विद्युतीय प्रतिसहित बुझाउन वा संबैधानिक परिषदको सचिवालयको इमेल- sambaidhanik@opmcm.gov.np मा पठाउन आग्रह गरेको छ ।

न्युज कारखाना

काठमाडौँ ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिने सूचना प्रकाशित गरेको हो ।

उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा उल्लेख छ ।

उजुरी गर्न चाहनेले संघीय संसद सचिवालयको नम्बर ०१-४२००२७७ मा सम्पर्क गर्न सकिने छ भने इमेल ठेगाना parl_hearing@parliament.gov.np मा पनि उजुरी दिन सकिने जनाइएको छ ।

यसअघि सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । त्यस्तै आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । न्युज कारखाना

हेटौडा ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार मात्र विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । आलेले मन्त्री बनाउने शर्तमा मुख्यमन्त्रीलाई आलेले विश्वासको मत दिएकी थिइन् ।

उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् ।

योसँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ४,  एमालेका एक, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । न्युज कारखाना

काठमाडौ, २० चैत ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।

 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्न लागेको हो ।

 

सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडयालले जानकारी दिए ।

 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहने छन् ।न्युज कारखाना

 

 

 

 

 

 

 

काठमाडाैं, २० चैत ।

प्रतिनिधिसभाकाे बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बाेलाइएकाे छ ।

 

अाजकाे बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालय सबन्धी माैखिक प्रश्नहरूकाे सबन्धित मन्त्रिले उतर दिनेछन् ।

 

सभामुख देबराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतकाे बिषयगत समितिहरूमा माननीय सदस्यहरूकाे नाम हेरफेर गरिएकाे जानकारी गराउने छन् ।

 

उपप्रधान मन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले …बिमेस्टेक वडा पत्र काे प्रावधान माथी सदनमा छलफल गरियाेसÚ तथा …अनुमाेदन गरियाेस्Ú भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएकाे …बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियाेसÚ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।न्युज कारखाना

 

काठमाडौँ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभामा भएको विश्वासको मत माथिको प्रस्तावमा मतदान हुदै प्रस्तावको पक्षमा ५६ मत परेको थियो । ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५६ मत नै आवश्यक पर्दछ ।

आजको मतदान प्रक्रियामा १०८ सांसद उपस्थित थिए । त्यस्तै प्रस्तावको विपक्षमा ३७ मत परेको थियो भने तटस्थमा १५ मत परेको थियो ।

बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।न्युज कारखाना

हेटौंडा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ ।

राप्रपाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने प्रक्रियामा तटस्थ बस्ने भएको हो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफुहरुले सबै दलसँग समदुरीमा बस्ने बताउदै मतदान प्रक्रियामा तटस्थमा मतदान गर्ने बताएका हुन् ।

साथै थापाले यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन आग्रह गर्दै १६ महिनामा मुख्यमन्त्रीले तीन पटक विश्वासको मत लिन लागेको व्यंग्य गरेका थिए ।
बागमती प्रदेशमा सभामुखसहित १३ सिट रहेको राप्रपा सरकार बाहिर रहेको छ ।

अहिले विश्वासको मतमाथि छलफल चलिरहेको छ र एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मतको पक्षमा मत दिने बताएका छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।