बज्जिकाञ्चल संवाददाता,काठमाडौं,०१ गते चैत ।
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वले ऊर्जा आपूर्तिमा असर गरिरहेको छ । धेरै देशहरूमा एलपीजी ग्यासको उपलब्धता प्रभावित भएको छ र मूल्यहरू बढ्दै गइरहेका छन् । अहिले धेरै देशमा ग्यास आपूर्तिमा दबाब छ । यसले गर्दा मानिसहरूले खाना पकाउन इन्डक्सन प्रयोग गर्न थालेका छन् । यद्यपि, इन्डक्सनको बारेमा धेरै चिन्ताहरू पनि छन् ।प्रायः यो विश्वास गरिन्छ कि इन्डक्सन प्रयोग गर्दा बिजुलीको लागत उल्लेखनीय रूपमा बढ्छ । यद्यपि, प्राविधिक रूपमा, इन्डक्सनले भाँडोको तल्लो भागलाई सिधै तताउँछन् । यसले ऊर्जा खपत कम गर्छ, जसले गर्दा परम्परागत ग्यास चुल्हो भन्दा धेरै अवस्थामा तिनीहरूलाई किफायती बनाउछ ।यो विश्वास आंशिक रूपमा सत्य हो । फलाम वा स्टेनलेस स्टील जस्ता चुम्बकीय तल्लो भएका भाँडाहरू मात्र इन्डक्सनमा काम गर्छन् । आज बजारमा पाइने धेरैजसो भाँडा इन्डक्सनअनुकूल नै हुने गर्दछ छन् ।खाना पकाउदा इन्डक्सनमा थोरै पानी वा तरकारी पोखियो भने, सामान्यतया बिजुली झट्का लाग्ने जोखिम हुँदैन । यद्यपि, यदि धेरै पानी भित्र पस्यो भने, यसले सर्किटलाई क्षति पुर्याउन सक्छ र उपकरणलाई क्षति पुर्याउन सक्छ । त्यसैले, इन्डक्सनलाई सधैं सफा र सुख्खा राख्नु राम्रो हुन्छ ।धेरै मानिसहरू सोच्छन्, इन्डक्सन प्रयोग गर्दा बिजुलीको झट्का लाग्न सक्छ । वास्तवमा, धेरैजसो इन्डक्सनहरूको सतह टेम्पर्ड ग्लास वा सिरेमिकबाट बनेको हुन्छ, जसमा बिजुली सञ्चार हुदैन । खाना पकाउँदा भाँडो मात्र तातिन्छ, जबकि इन्डक्सनको सतह तुलनात्मक रूपमा सुरक्षित रहन्छ । त्यसैले, सामान्य परिस्थितिमा, बिजुलीको झट्का लाग्ने जोखिम धेरै कम हुन्छ ।एभरेष्ट न्यूज एजेन्सी
आरके श्रीवास्तव,राैतहट,२० गते माघ ।
कटहरिया । रौतहट जिल्लाको कटहरिया बजारमा अवस्थित माही मेमोरियल पब्लिक स्कुलले बालबालिकाको प्रारम्भिक शिक्षालाई लक्षित गर्दै पिजी कक्षा (प्ले ग्रुप) सञ्चालनमा ल्याएको छ । विद्यालयका फाउन्डर राजाबाबु साहका अनुसार सरस्वती पूजाको शुभ अवसर पारेर औपचारिक रूपमा उक्त कक्षाको शुभारम्भ गरिएको हो ।

नवसञ्चालित पिजी कक्षामा साना बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासलाई ध्यानमा राखी आधुनिक र बालमैत्री शिक्षण पद्धति अपनाइएको छ । कक्षामा टिभीमार्फत शैक्षिक गेम देखाइने, डिजिटल स्लेटको प्रयोग गरिने तथा विभिन्न खेलकुद सामग्रीको व्यवस्था गरिएको छ, जसले बालबालिकालाई खेल्दै सिक्ने वातावरण प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।
विद्यालय व्यवस्थापनका अनुसार पिजी कक्षामा अनुभवी तथा मायालु शिक्षक–शिक्षिकामार्फत बालबालिकालाई सुरक्षित, रमाइलो र सिकाइमैत्री वातावरणमा राखिनेछ । अभिभावकको बढ्दो अपेक्षा र बालबालिकाको गुणस्तरीय प्रारम्भिक शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै यो कक्षा सञ्चालनमा ल्याइएको फाउन्डर साहले बताउनुभयो ।

स्थानीय अभिभावकहरूले पनि अत्याधुनिक सुविधा सहितको पिजी कक्षा सञ्चालनमा आएकोमा खुशी व्यक्त गरेका छन् । माही मेमोरियल पब्लिक स्कुलले यस पहलबाट बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएकाे छ ।
आरके श्रीवास्तव,मधेस,१५ गते पुस ।
राैतहट । मधेश प्रदेश सरकारले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८२ मा एमबिबिएस प्रवेश परीक्षामा पूर्ण नि:शुल्क छात्रवृत्तिमा उत्तीर्ण भएका मधेसी दलित समुदायका विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ ।
शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशले एक सूचना जारी गर्दै उक्त सम्मान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको हो । सूचनाअनुसार चिकित्सा शिक्षा आयोगबाट पूर्ण छात्रवृत्तिमा नाम प्रकाशित भएका मधेसी दलित समुदायका विद्यार्थीहरूले आवश्यक कागजातसहित मन्त्रालयमा निवेदन पेश गर्नुपर्नेछ ।
मन्त्रालयले मिति २०८२ साल पुस १८ गते शुक्रबार कार्यालय समयभित्र शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाममा निवेदन बुझाउन अनुरोध गरेको छ । सम्मान कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले निवेदनसँगै सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ ।

यसका साथै एसईई तथा १०+२ को शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, मधेसी दलित समुदायको प्रमाणपत्र, बैंकको नाम तथा खाता नम्बर, सम्बन्धित स्थानीय तहको सिफारिस र छात्रवृत्तिमा नाम प्रकाशित भएको प्रमाण कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पछाडि पारिएका समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच दिलाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताइन् । उनले भनिन्, “मधेसी दलित समुदायका विद्यार्थीहरू पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि उत्तीर्ण हुनु गर्वको विषय हो । उनीहरूको मेहनत र सफलतालाई सम्मान गर्दै आगामी दिनमा अझ प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।”
मन्त्री तिवारीले शिक्षा नै सामाजिक न्याय र समावेशी विकासको आधार भएको उल्लेख गर्दै मधेश प्रदेश सरकारले लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति, सम्मान र अवसरमार्फत निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरिन् ।
मधेश प्रदेश सरकारले शिक्षा क्षेत्रमा पछाडि पारिएका समुदायका विद्यार्थीलाई प्रोत्साहन र सम्मान गर्दै उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ ।
काठमाण्डौ – जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
यससँगै सरकारले बन्द गरेका फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरु सञ्चालनमा आउन थालेका छन् । सूचीकरण नभएको भन्दै सरकारले गएको बिहीबारदेखि यी सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय बनाएको थियो ।
फेसबुकसहितका सामाजिक सञ्जाल बन्द हुँदा अनलाइन व्यापार, व्यवसायदेखि विद्यार्थीहरूको पढाइ, विदेशमा रहेका आफन्तसँगको कुराकानी र सूचना आदानप्रदानमा समस्या भएको थियो । सामाजिक सञ्जालमाथि लगाइएको रोक, बेथिति र अव्यवस्थाको बिरोधमा युवा पुस्ताले प्रदर्शन गरेका थिए । उज्यालो अनलाइनमा याे खबर उपलब्ध छ ।
काठमाडौँ । फेसबुकको माउ कम्पनी मेटा सरकारको सम्पर्कमा आएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै मेटा सम्पर्कमा आएको हो ।
मेटाले सञ्चारमन्त्री गुरुङका आईटी सल्लाहकार डा. शालिग्राम पराजुलीलाई सम्पर्क गरेर सूचीकरणका लागि आवश्यक डकुमेन्ट माग गरेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टेकपानासँग मेटाले डकुमेन्ट माग गरेको पुष्टि गरे ।
“हो, मेटाको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिले मन्त्रीज्यूका आईटी सल्लाहकारलाई सम्पर्क गरेर आवश्यक कागजात माग गरेको छ । त्यसपछि हामीले आधिकारिक रूपमा आवश्यक डकुमेन्टसहितको विवरण मेटाको सिंगापुरका प्रतिनिधिलाई पठाइसकेका छौँ,” ठाकुरले भने ।
मेटाले विवरण तथा कागजात माग गरेपनि उसका प्लेटफर्ममाथि लगाइएको प्रतिबन्ध तत्काल खुल्ने छैन । प्रवक्ता ठाकुरका अनुसार मेटाले आवश्यक डकुमेन्टसहित मन्त्रालयलाई निवेदन पठाएको खण्डमा सूचीकरण प्रक्रिया अघि बढ्नेछ ।
“हामीले पठाएका डकुमेन्ट र काजगाज मेटाले निवेदनसहित दर्ता गरे तुरुन्तै प्रतिबन्ध फुकुवा हुनेछ । त्यो त हामीले भन्दै आएका छौँ,” ठाकुरले भने । सभार टेकपाना
आरके श्रीवास्तव,रौतहट,२३ गते फागुन ।
रौतहटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गरिएको छ । तराई–मधेश अभियानका क्रममा रौतहट पुगेका प्रचण्डलाई सर्लाही बाट रौतहट प्रवेश गर्ने सिंगारमन धर्मपुरमा माओवादी नेता कार्यकर्ताहरूले भवय रुपमा स्वागत गरेका हुन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट मधेश प्रदेश सांसद युवराज भट्टराइ,नेता विन्देश्वर यादव,अशोक जयसवाल,पूर्व सांसद देवेन्द्र पटेल,पूर्व राजयमन्त्री सत्यनारायण भगत,कटहरियाका मेयर प्रत्यासी नसरूदिन अन्सारी,अनेरास्ववियु नेता रामआधार यादव लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका हुन् ।
प्रचण्ड सहित माओवादीका नेताहरु सम्मीलित अभियान टिमले रौतहटको बख्री धर्मपुर स्थित जनयुद्धको क्रमममा १७ जना माओवादी नेता कार्यकर्तालाई राज्य पक्ष नेपाली सेनाले घेरा हालेर हत्या गरी एकै ठाउँमा गाडिदिएका थिए साही ठाउँमा पुगी अध्यक्ष प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली समेत अर्पण गर्नु भएको छ । हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मधेस प्रदेशको सप्तरी,सिरहा, सर्लाही हुँदै प्रचण्ड आज रौतहट आईपुगेका हुन् ।
शनिबार जिल्लाको परोहा नगरपालिकाको लौकाहामा हुने वृहत् जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी नेता मेयर प्रत्यासी अन्सारीले जानकारी गराएका हुन् । जनसभाको लागि सम्पूर्ण तयारी पुरा भएको उनले जनाएका हुन् ।
चन्दन यादव, रौहतट, ०९ गते माघ २०८१ ।
रौहतटमा एक जना नक्कली पेस्तोल देखाई ठगी गर्ने मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक जिल्ला मोतिहारी ग्राम पञ्चायत खरोही वडा नम्बर ४ मा बस्ने मो. जाविर आलमको छोरा अन्दाजी बर्ष २०को अब्दुल कलाम रहेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सुचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोले दिएको जानकारी अनुसार जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मठिया स्थित सिमावर्ती ईलाकामा नक्कली चाईनिज पेस्तोल (खेलौना) देखाईसिमा क्षेत्रमा हिलडुल गर्ने व्यक्तिहरुलाई डर त्रास देखाई पैसा मांगदै थियो ।

२०८१ माघ ०७ गते अन्दाजी ७ बजेर ३० मिनटको समयमा नक्कली पेस्तोल देखाई ठगी गरिरेहको सुचना प्राप्त भएपछि प्रहरी चौकी मठिया महुलिया रौतहटबाट खटिएको प्रहरी टोलीले अब्दुल कलाम भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेर कार्यालयमा ल्याई म्याद थपगरी अनुसन्धान कार्य भईरहेको निमित्त सुचना अधिकारी तथा प्रहरी निरिक्षक राम कुमार महतोले जनाएको छ । अहिले चोरी तथा ठगी गर्ने व्यक्तिको सक्रियता बढेकोले सर्वसाधारनलाई आफु सचेत भई बस्नको लागी यस समाचारबाट अनुरोध गरिएको छ ।
काठमाडौँ । फेसबुकको मुख्य कम्पनि मेटालाई पासवर्ड सेक्युरिटीमा चुक भएको भन्दै १०६ मिलियन डलर जरिवाना गरिएको छ ।
युरोपेली युनियनको गोपनीयता नियामकले पासवर्ड सुरक्षा त्रुटिको कारण सामाजिक सञ्जाल कम्पनी मेटालाई १०६ मिलियन डलर जरीवाना गरेको हो ।
आयरल्यान्डको डाटा प्रोटेक्शन कमिसनले मेटाले केही पासवर्डहरू अनजानमा एन्क्रिप्टेड फारममा भण्डारण गरिएको जानकारी दिएपछि सन् २०१९ मा यो विषयमा अनुसन्धान सुरु भएको थियो । अनइन्क्रिप्टेड डाटा ह्याकरहरूले सजिलै पत्ता लगाउन सक्छन् । आयुक्त ग्राहम डोयलले मेटाको तर्फबाट गम्भीर लापरवाही भएको बताउदै प्रयोगकर्ताको पासवर्ड सुरक्षित हुने विश्वास गरिन्छ तर फेसबुक प्रयोगकर्ताको पासवर्डमा गल्ती हुनु गम्भीर विषय भएको बताउदै जरिवाना लगाउने निर्णय दिएका हुन् ।
यसअघि पनि मेटालाई युरोपमा ठूलो जरिवाना लगाइएको छ ।न्युज कारखाना
काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहयात्री बुच विल्मोरसँग अन्तरिक्षमा फसेकी छिन् । उनी ५ जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा सवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएकी थिइन् । उनको मिसन १० दिनका लागि मात्र थियो तर स्टारलाइनरमा खराबीका कारण उनको फिर्ता रोकिएको छ र उनको आइएसएसमा बसाई अझै ६ महिनासम्म लम्बिने बताइएको छ ।
सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुबै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मतसम्भारमा सहयोग गरिरहेको बताएको छ । वरदा स्पेस इंडस्ट्रीजका संस्थापक र अध्यक्ष डेलियन एस्पारोहोभले सोचेभन्दा सात महिना लामो अन्तरिक्षमा रहेमा यसलाई आफुले निश्चित रुपमा फसेको भन्ने टिप्पणी गरेका छन् ।
यति मात्र होइन, सुनिता विलियम्सका अगाडि एउटा नयाँ समस्या खडा भएको छ । उनको दृष्टि धमिलो हुँदै गइरहेको छ । सुनिता विलियम्स माइक्रोग्रेविटीको लामो समयसम्म सम्पर्कमा रहँदा उनको आँखामा समस्या आएको बताइएको छ । नासाका अनुसार स्पेस स्टेसनमा बस्दा हुने यो समस्यालाई स्पेसफ्लाइट एसोसिएटेड न्यूरो-ओकुलर सिन्ड्रोम भनिन्छ ।
यसले शरीरमा तरल पदार्थको वितरणलाई असर गर्छ, दृष्टि समस्या निम्त्याउँछ । यसले दृष्टि धमिलो हुन्छ र आँखाको संरचना पनि परिवर्तन हुन सक्छ । विलियम्सको आँखाको स्वास्थ्य थाहा पाउन उनको रेटिना, कोर्निया र लेन्स स्क्यान गरिएको नासाले बताएको छ ।न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि साधारणतया बदली रहेको देखिन्छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
न्युज कारखाना