सिरहा, २४ फागुन।
सिरहामा चुरे वन क्षेत्रबाट अनियंत्रित ग्राभेल उत्खननले गर्दा स्थानीयवासी आजित भैसकेका छन् ।
चुरे वन क्षेत्रमा उत्खनन भैइरहेको स्थानीय प्रहरी प्रशासनलाई खबर गरेपनी सरोकारवाला निकाय मौन भएर बस्दा स्थानियबासी आजित भएका हुन् ।
यो क्षेत्रमा बिगत तीन वर्षदेखि नियमितरूपमा प्रहरी प्रशासन कै आडमा अनियंत्रित उत्खनन भइरहेको स्थानियहरु बताउँछन् ।

आज मात्र वन कार्यालय सिरहाको गस्ती टोलिले चुरे वन क्षेत्रवाट अवैधरुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन गरिरहेको अवस्थामा एक–एक जेसिबी र टिफर नियन्त्रणमा लिएको छ।
सब डिभिजन वन कार्यालय, चोहर्वाको गस्ती टोलिले नरहा गाउँपालिका ३ जचौहर्वा आर्मी क्याम्प पछाडिको चुरे वन क्षेत्रवाट बा. ५ प १८६७ जन्वरको टिफर र नम्वर नभएको जेसीवी बुधबार विहान नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय चोहर्वाले जनाएको छ।

विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय, चोहर्वाका वन अधिकृत मनोज कुमार कर्ण नेतृत्वको टोलिले प्रहरीको सहयोगमा दुवै सवारीसाधान नियन्त्रणमा लिएको डिभिज वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानाएको छ।

वन कर्मचारीलाई देखेपछि फरार चालकको खोजी भईरहेको वन कर्मचारीले जनाएको छ। चलक फरार भएपनि यस क्षेत्रमा ग्राभेल व्यवसायीका नामले परिचित रामबाबु यादवको टिफर र जेसीवी भएको बुझिएको छ।

नियन्त्रणमा लिएको दुवै सवारीसाान सब डिभिजन वन कार्यालय चोहर्वामा राखिएको छ। यस वारे थप अनुसन्धान भईहेको वन कार्यालयले जनाएको छ। एक वन कर्मचारीले अहिले गाडी वेवारीसे अवस्थामा रहेपनि यो रामबाबुकै हो भन्ने जानकारी दिए। तर, अहिलेसम्म कोही जेसीवी र टिफर मेरो हो भनेर दावीगर्न आई सकेका छैनन्।

यस क्षेत्रबाट वर्षौंदेखि विना दर्ता निर्वाधरुपमा प्रहरी प्रशासनकै मिलेमत्तोमा अवैध उत्खन्न हुँदै आएको छ। स्थानीयको दवाव पछि केही टिफर र जेसीवी नियन्त्रणमा लिएपनि सामान्य राजस्व बुझाएर छुट्ने गरेको स्थानीयहरु नै बताउँदै छाएको छ।

विद्यालयकै वरपर गैरकानुनी रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन र विक्रिवितरण हुँदै आएपनि प्रहरीको मौनता उदेकलाग्दो रहेको स्थानीय वासिन्दा बताउँछन्।
विद्यालयको क्षेत्रमा अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्दा पनि नरोकीएको उनीहरुको गुनासो छ।

दिनरात प्रहरीको डिउटी रहने चोहर्वाचोककै बाटोबाट दर्जनौं स्थानामा खाड्नो खनेर वर्षौंदेखि ढुङ्गा, गिट्टी, वालुवा उत्खनन भईरहेको छ। तर, सरोकारबाला निकायको मौनताले स्थानीय आजित भईसकेको बताउँछन्।न्युज कारखाना
फागुन २४ बारा ।
जिल्ला प्रहरी कार्यालय बाराले एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनी रहेका छन् । बारा प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका ४ स्थित हरिहरपुरमा चेकजाच गर्दा नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेका व्यक्तिबाट भारतीय पाँच सयको सक्कली नोट तीन थान र भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज दुई सय ८६ थना समेत फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरिक्षक नबिन राईले जानकारी दिए ।
पक्राउ परेकालाई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
नेपाल राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।
राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आजै हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएकोले इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण भएको छ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार पुगेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।तेजावी सुनको भाउ तोलाको १ लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो ।
विगत १ महिनामा ८ हजार रुपैयाँ बढीले सुनको भाउ बढेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो ।
चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन । यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो ।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
प्रि ओपन सेसनमा नेप्से सूचक ३.९१ अंकले बढेको छ ।
यससँगै सूचक २०२०.९४ विन्दमा आएको छ । ४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार हुँदा२१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७० वटा कारोबार भएको हो । २७ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
स्वरोजगार लघुवित्तको फागुन २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
साधारण सभामा स्वरोजगारले ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीका अनुसार ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गरिसकेको छ । बुक क्लोजभन्दा अगाडि कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
सभा, नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । न्युज कारखाना
आजमिति २०८० साल फागुन २४ गते तदअनुसार मार्च ७, सन् २०२४ विहिवार, कृष्णपक्षको त्रयोदशी तिथि, उत्तरषाढा नक्षत्र, वरियान योग ८:१५ बजेसम्म तत्पश्चात परिध योग, मकर राशिमा चन्द्रमा, वरियान योगमा गरेको पित्री सम्बन्धि काम छाडेर सम्पुर्ण कार्य शुभ हुनेछ।
अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३९ सम्म,
• काठमाण्डौमा सुर्योदय: बिहान ०६:२३ बजे
• सुर्यास्त: बेलुका ०६:०८ बजे
मेष
समय ठिक छ। आफ्नो क्षेत्र व्यवस्थित बनाउनुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेशमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।
• शुभ रंग: हरियो।
• शुभ अंक – ७
वृष
समय मध्यम छ । स्वास्थ्यमा ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमकालागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: रातो
• शुभ अंक – ७
मिथुन
समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।
• शुभ रंग: पहेलो।
• शुभ अंक – ६
कर्कट
समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् र समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस्
• शुभ रंग: चामलेरी।
• शुभ अंक – ८
सिंह
आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।
• शुभ रंग: वैजनी।
शुभ अंक – ९
कन्या
समय मध्यम छ । आराम लिनुहोस् र शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: हरियो।
• शुभ अंक – ७
तुला
समय ठिक छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।
• शुभ रंग: नीलो।
• शुभ अंक – ७
वृश्चिक
समय मध्यम छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
• शुभ रंग: गहू।
• शुभ अंक – ९
धनु
समय ठिक छ । ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: पहेलो।
• शुभ अंक – ९
मकर
समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।
• शुभ अंक – ८
• शुभ रंग : कालो
कुम्भ
समय ठिक छ। वित्तीय सावधानी गर्नुहोस् र वचत गर्नुहोस्। प्रेम संबंधमा संजीवता ल्याउनुहोस् र समर्थन प्रदान गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: नीलो।
• शुभ अंक – ७
मीन
समय मध्यम छ ।स्वास्थ्यलाई ध्यान दिनुहोस र आराम गर्नुहोस्, सानो परिवर्तन ल्याउन सक्छ।धन वचत गर्नुहोस् र आर्थिक योजना बनाउनुहोस्। प्रेम संबंधमा संजीवता ल्याउनुहोस् र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउने प्रयास गर्नुहोस ।
• शुभ रंग: खैरो।
• शुभ अंक – ८
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
कीर्तिपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।
क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गर्नुभयो ।
उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको पार्थिव शरिर अहिले बिहान ९ बजे कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।
६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नं. १ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडा अध्यक्ष विहिन भएका छन् ।
गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको बैशाख १० गते निधन भएको भएको थियो ।न्युज कारखाना
काठमाडौं, फागुन २४ ।
नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर र युरोको भाउ घटेको छ भने बेलायती पाउण्डको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसाले घछेको हो । बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।
बुधबार स्थिर रहेको युरोपियन युरोको भाउ आज १५ पैसाले घटेको छ । बिहिबार एक युरोको खरिददर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४२ पैसा तोकिएको छ। बुधबार यसको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ३७ पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसामा कारोबार भएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २५ र बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ३३ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७७ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८७ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ९४ पैसा र बिक्रीदर २८ रूपैयाँ ०७ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २२०, नेपाली सुन्तला १५०, आभोकाडो ४०० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ३० र रातो भारतिय आलु ३२ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, लौका ५०, कागती २२०, लोकल काक्रो १२०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १२० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो ४० र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ६० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २००, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी ११० र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।न्युज कारखाना