२०८३ श्रावण २९
२०८३ श्रावण २९

 

काठमाडौं, २५ फागुन ।

काठमाडौँ । लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्ता प्राहमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले स्पार्ता प्राहलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक गक गोल गरेका थिए ।

त्यसैगरी स्पार्ता प्राहका लागि लिभरपुलका कोनोर ब्राडलीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि लिभरपुलले पहिलो लिगमा ५-१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुने छ ।न्युज कारखाना

काठमाडौं, २५ फागुन ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

 

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना

आजमिति २०८० साल फागुन २५ गते

तदअनुसार मार्च ८, सन् २०२४ शुक्रवार, कृष्णपक्षको त्रयोदशी १०:२० बजेसम्म तत्पश्चात कृष्ण चतुर्दशी तिथि, श्रवण नक्षत्र, शिव योग १:०८ बजेसम्म तत्पश्चात सिद्द योग, मकर राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ।

अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३९ सम्म,

• काठमाण्डौमा सुर्योदय: बिहान ०६:२१ बजे

• सुर्यास्त: बेलुका ०६:०८ बजे न्युज कारखाना

 

 

मेष

समय ठिकै छ । मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।

 

• शुभ रंग: पहेलो

• शुभ अंक – ४

वृष

समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।

 

• शुभ रंग: रातो

• शुभ अंक – ९

 

मिथुन

 

समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् र समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् ।

 

• शुभ रंग: हरियो

• शुभ अंक – ६

 

कर्कट

आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।

 

• शुभ रंग: चादी

• शुभ अंक – २

 

सिंह

 

समय मध्यम छ । स्वास्थ्यमा ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमकालागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

• शुभ रंग: वैजनी।

शुभ अंक – ९

 

कन्या

समय ठिक छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।

शुभ रंग: नीलो।

• शुभ अंक – ८

 

 

 

तुला

समय मध्यम छ । आराम लिनुहोस् र शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।

 

शुभ रंग: हरियो।

• शुभ अंक – ५

 

 

वृश्चिक

समय मध्यम छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

 

• शुभ रंग: सेतो

• शुभ अंक – ९

 

धनु

समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।

शुभ रंग: नीलो।

• शुभ अंक – ९

 

मकर

समय ठिक छ । ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

 

 

• शुभ अंक – ६

• शुभ रंग : कालो

 

कुम्भ

 

समय ठिक छ। वित्तीय सावधानी गर्नुहोस् र वचत गर्नुहोस्। प्रेम संबंधमा संजीवता ल्याउनुहोस् र समर्थन प्रदान गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

शुभ रंग: निलो

• शुभ अंक – ९

 

 

मीन

समय ठिक छ।

आफ्नो क्षेत्र व्यवस्थित बनाउनुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेशमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।

 

• शुभ रंग: पहेलो।

• शुभ अंक – ४ ।

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।

 

रौतहट, २४ फागुन ।

डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुई जना मानिस रौतहटबाट पक्राउ परेका छन्।

केही दिनअघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिँडिरहेको अवस्थामा  डडेलधुरामा सुन चोरी गरी वारदातपछि फरार रहेका दुवैजना लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको  कमाण्डमा खटिएको टोलिले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने भिम बहादुर विश्वकर्माको छोरा वर्ष ४० को सुरेन्द्र बिश्वकर्मा र  सप्तरी दुहबि नगरपालिका ४ बस्ने भैरव विश्वकर्माको छोरा वर्ष ४४ को शंकर बिश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन्।

पक्राउ परेका दुबैजना आरोपी लाई डडेलधुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

इन्सपेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित बिजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राती ९ बजे २० ग्राम सुन चोरी भएको थियो। अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो। घटनाबारे अर्का आरोपी सुरेन्द्र बिश्वकर्मालाई पूर्ण जानकारी रहेको थियो। तर उनले प्रहरीलाई असहयोग गरेको कारण दुबै जनालाई पक्राउ गरिएको इन्सपेक्टर नायकले जानकारी दिएका छन्। दुवै जनालाई डडेलधुरामा आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सैयौं किलोमिटर टाढा डडेलाधुराबाट मात्र २० ग्राम सुन चोरी भएको १० दिनभित्रै आरोपीलाई रौतहटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।न्युज कारखाना

काठमाठौं, २४ फागुन ।

वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ।

अस्पतालले पार्किन्सन, छारेरोग डिप्रेसन शारीरिक कम्पन, डिस्टोनिया, ओसिडी जस्ता रोगमा उक्त उपचार विधि प्रयोगमा आउन लागेको न्युरो सर्जरी विभाग प्रमुख प्रा. डा. राजिव झाले बताए।

परम्परागतरूपमा प्रयोग हुँदै उपचार विधिको प्रभावकारिता न्यून भएको भन्दै अस्पताल यस प्रकारको उपचार विधी प्रयोगमा ल्याउन लागेको बताइएको छ।

उक्त प्रक्रियाका लागि अस्पतालले आगामी चैत्र १८ गतेसम्म बिरामीहरूको छनोट गरिसक्ने झाले बताए।

परम्परागत उपचार विधिद्वारा निको नभएका तथा  सम्बन्धित रोग लागेका बिरामीहरूले अस्पतालको न्यूरो सर्जरी विभागमा सम्पर्क गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ।न्युज कारखाना

रौतहट, २४ फागुन ।

नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई वन कार्यालयले पक्राउ गरेको प्रति युवा संघले घोर आपत्ति जनाएको छ।

बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा एक सामुदायिक वनको काठलेलामीको टेन्डर फर्म किन्नका लागि पुगेका लामालाई वन कर्मचारीले वनको हिरासतमा राखेका थिए।

राष्ट्रिय युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै डिभिजन वन कार्यालय रौतहटले गरेको सो कार्यको घोर निन्दा गरेको हो। चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव स्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव पुलामीले दिएको उजुरीका आधारमा लामालाई डिभिजन वन कार्यालय रौतहटले पक्राउ गरी हिरासतमा राखेको छ।

सो सामुदायिक वनमा रहेको २२०० क्युबिक काठ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुलामी र सब वन डिभिजन कार्यालय जुडिबेलाका प्रमुख सुरेश महत्वको मिलेमतोमा गोप्य रूपमा बिक्री वितरण गर्न लागेको थाहा पाएपछि पक्राउ परेका लामाले पनि काठ  किन्न पाउनुपर्ने भन्दै टेन्डर फोरम लिन गएपछि उनलाई सुनियोजित रूपमा फसाइएको युवा संघ नेपालले जनाएको छ।

सो सामुदायिक वन छेउमै रहेको राष्ट्रिय वन क्षेत्रमा केही समय पहिला काटिएको काँचा खयरमा लामाको नाम मुसेर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुलामीले डिभिजन वन कार्यालय रौतहटमा उजुरी दिएपछि त्यसैका आधारमा वन कार्यालयले लामालाई पक्राउ गरेको   थियो।न्युज कारखाना

 

काठमाडौं, २४ फागुन ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नर्तिन भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि मन्त्री पुनले दिए।

भेटमा नेपाल बैंकर्स संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए। ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सहरुले आग्रह गरेका थिए।

‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन। त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन,’ पुनले भने।

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने अर्थमन्त्री पुनले बताए। मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको उनको भनाइ थियो।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगायतले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।न्युज कारखाना

काठमाडौं, २४ फागुन ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए।

उनले एक वर्षमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भइनसकेको बताए।

पूर्वमन्त्री किरातीले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआए पनि विवादित बनाइएको बताए।न्युज कारखाना

काठमाडौं, २४ फागुन ।

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत छनले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन्।

परराष्ट्र मन्त्रालयले भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध आयाम बारेमा छलफल भएको जनाएको छ।

चिनियाँ राजदूद छनले मन्त्री श्रेष्ठसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा गहिरो र मैत्रीपूर्ण कुराकानी भएको जनाएका छन्।

यसअघि आजै भारतीय राजदूत नविन श्रीवास्तवले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालय पुगेर भेट गरेका थिए।न्युज कारखाना

काठमाडौं, २४ फागुन ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफुहरुले राजाको कुरा उठायर निरङ्कुशता नखोजेको बताएका छन् ।

 

राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अबधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको बिषयले पनि कोहि आत्तिनु नपर्ने बताए ।

 

“सबै धर्मलाई समान व्यबहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाब हाम्रो अबधारणा हो” थापाले भने । समग्र रुपमा भन्दा अहिलेको ब्यबस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट ब्यबस्था, भ्रष्ट शासक र  फोहरी राजनितीको अन्त्य आबश्यक भएको समेत थापाले औल्याए।

 

गठबन्धनको परिबर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अबस्था थप कमजोर हुँदै जाने समेत उहाँको कथन थियो। जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो ।

 

पार्टी आबद्ध पुर्ब प्रहरी संगठनको कार्यक्रम बोल्दै थापाले पुर्ब प्रहरीहरुको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरुमा जिल्ला अध्यक्षहरुको जिम्मेवारी तोकिएको जानकारी दिए ।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।