टोकियो, १ चैत ।
जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट बिष्फोट हुन पुगेको छ ।
रकेट प्रक्षेपण भएको केहि समय पछि नै सो रकेट हावामा विस्फोट हुन पुगेको छ ।
सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ।
नीजि कम्पनिले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ । काइरोस बुधवार मध्य जापानको अपतटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो। तर यसको प्रक्षेपण लगत्तै यो हावामा विस्फोट भएको समाचार संस्थाहरूले जनाएका छन ।
कैरोस विष्फोट भएको क्षेत्रमा केहीबेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो । कतिपय ठाउँमा आगलागी पनि देखिएको छ । खुसीको कुरा यो हो कि यस विष्फोटमा कसैको हताहत भएको खबर आएको छैन। यो रकेट टोकियोको स्टार्ट अप कम्पनी ‘स्पेस वन’ले प्रक्षेपण गरेको थियो । यस असफलतामा हाल कम्पनीबाट कुनै प्रतिक्रिया आएको छैन। ‘स्पेस वन’को असफलताको भिडियो सरकारी प्रसारण च्यानल एनएचकेमा पनि देखाइएको छ ।
‘स्पेस वन’ को रकेट जापानको निजी कम्पनीले पहिलो पटक प्रक्षेपण गरेको बताइएको छ । कम्पनीको लक्ष्य यसलाई अन्तरिक्षमा सफलतापूर्वक स्थापित गर्ने र आफ्नो कम्पनीलाई यस क्षेत्रमा पहिलो निजी संस्थान बनाउने थियो तर उनीहरू यसमा असफल हुन पुगेका छन ।न्युज कारखाना
वासिङटन, १ चैत ।
अमेरिकामा टिकटक माथी प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ ।
अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चीनिया मालिकाले सो कम्पनिमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ ।
टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरू अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षा माथी खतरा देखिएको छ, जसकाकारण अमेरिका यसमा निकै चिन्तित रहेको छ ।
सो बिधेयक ३२५–६५ मतसहित पारित भएसँगै सो बिधेयकलाइ अब सिनेटमा पठाइने भएको छ । १५० मिलियन भन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू भएको रहेको लोकप्रिय एप टिकटक चिनियाँ प्रविधि फर्म ‘बाइट डान्स लिमिटेड’को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।
प्रतिबन्धको पक्षमा रहेको अमेरिकन सांसदहरूले बाइट डान्स चिनियाँ सरकारको नजरमा रहेको दाबी गरिरहेको छन, जसले अमेरिकामा टिकटकका उपभोक्ताहरूको डाटामा पहुँचमा पुग्ने र त्यसले सुरक्षा खतरा बढाउनेछ । उनीहरूका अनुसार चिनियाँ राष्ट्रिय सुरक्षा कानूनको सेटबाट उत्पन्न हुन्छ, जसले संगठनहरूलाई गुप्तचर भेलामा सहयोग गर्ने उनीहरूको भनाइ रहेको छ ।
‘हामीले टिकटकलाइ स्पष्ट छनोट दिएका छौं,’ सांसद क्याथी म्याकमोरिस रोजर्सले भने, ‘अब टिकटक मूल कम्पनी बाइट डान्सबाट अलग हुन जरूरी छ, जुन चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) ले हेर्ने काम गर्छ । अब अमेरिकामा टिकटक चलाउने कि सिसिपीको साथमा नै रहने ? त्यो विकल्प अब टिकटकले रोज्नु पर्नेछ ।’
विधेयक संसदबाट पारित हुनु पहिलो चरण मात्र हो । सिनेटले पनि यसलाई कानून बन्नको लागि उपाय पारित गर्न आवश्यक छ, र त्यो चेम्बरका सांसदहरूले यसलाई पूर्ण समीक्षाबाट गुज्रनु पर्नेछ ।न्युज कारखाना
ललितपुर,१ चैत ।
ललितपुरको नागबहालमा आउने आजबाट उपत्यकाका ३२ महाविहार (बहाःबही) हरुका एक सय २५ देवीदेवताको दर्शन एवम पूजा गर्न पाइने भएको छ ।
चापाँगाउँ, बुंङ्गमती, कीर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका देवीदेवताको एक स्थान प्रदर्शनी गर्ने र दर्शन गर्न पाउने यस्तो अवसर यो पाँच वर्षपछि जुरेको हो । पाँच वर्षको एकचोटी फागुण शुक्ल तृतीया र चौथीको दिन सम्यक महादान पर्व हुने परम्परा छ । सोही अनुरुप सम्यक महादान पर्वको मुख्य दिन चैत्र १ गते विहीबार बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म देवीदेवताको दर्शन तथा पुजाआजा गराउने कार्यक्रम रहेको हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले जानकारी दिए ।
दिउँसो नागबहाल परिसरमा रहेको ढुङ्गेधारामा धाः बाजा र बाँसुरी बाजाको प्रदर्शन गरिने जनाइएको छ । समितिका अध्यक्ष बज्राचार्यका अनुसार दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमीशोधन पुजाका साथै दानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन बज्रयानी बौद्ध परम्परा अनुसार मौलिक पोशाकमा सजिएका हिरण्यवर्ण महाविहारका बीस स्थविर आजु (जेष्ठ) आजुलाई पनि दान दिने गरिन्छ । सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत धानचामल, लड्डु पुरी र दक्षिणा दान दिइन्छ । यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ ।

यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । यही दान दिने कार्य नै सम्यक पर्वको मुख्य सार रहेको अध्ययेता लोकरत्न शाक्यले बताए । ‘सम्यक महादान लिच्छिविकालीन अमूर्त संस्कृति हो । सम्यक महादान पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको राम्ररी अभिव्यक्त गरेको छ’ अध्येयता शाक्यले भने । सम्यक महादान पर्वको अघिल्लो दिन अर्थात् फागुण ३० गते बुधबार राति भने बढी रौनकता छाउने गर्दछ । राति १० बजेदेखि १ बजेसम्ममा विभिन्न स्थानबाट भक्तजनहरुको लावालस्कर, परम्परागत धा बाजाका साथ देवीदेवताहरुलाई खटमा राखेर, बोकेर नागबहाल पु¥याउने गरिन्छ । ‘बढी भीडभाड हुने, धाः बाजाको गुञ्जनसंगै पुरै माहौलले छोप्ने भनेको यही बेला हो’ अध्यक्ष बज्राचार्यले भने ।
नागबहालमा देवी देवता पुरयाउनु अघि विभिन्न स्थानबाट ल्याइएका देवीदेवतालाई मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा राखिनेछ । त्यसपछि टंगलस्थित जेष्ठवर्ण महाविहार टंगःबहाः गएर बसुन्धरादेवीलाई रथमा राखेर जात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएको देवीदेवतालाई नागबहालमा क्रमबद्ध रुपमा देवीदेवताको विराजमान गराइने परम्परा रहेको छ । त्यस्तै सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रुपमा गौतम बुद्ध भन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रुपमा गौतम बुद्ध र भविष्यको बुद्धका रुपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ।सम्यक दानमा खीर,लाखामरी गरी मीठाईका विविध परिकार सामग्री,रोटी फलफूल दान दिने गरिन्छ ।

यसका लागि पम्परागत रुपमा गर्नुपर्ने विधि र प्रक्रियाहरु फागुण १ गतेदेखि शुरु भएको समितिका प्रचारप्रसार संयोजक विश्वन्तर शाक्यले जानकारी दिए । सम्यक महादान पर्व अगावै विभिन्न धार्मिक विधि र परम्पराहरु गर्नुपर्ने पनि प्रचारप्रसार संयोजक शाक्यको कथन रहेको छ । संयोजक शाक्यका अनुसार सो पर्वमा देवीदेवतालाई चढाउन रोटी पकाउने काम धार्मिक विधिपूर्वक फागुण २ गतेदेखि शुरु गरिएको थियो।फागुण ३ गते नागबहालमा प्रतिस्थापित बासुकी र चम्पक नागराजको प्राण प्रतिष्ठा निकालिएको थियो। फागुण २४ गते योसि द्यः ठड्याउने तथा हलिपताका फहराइएको थियो भने फागुण २८ गते सम्यक महादानमा भाग लिन परम्परा अनुसार विभिन्न महाविहारमा गएर निमन्त्रणा गरिने छ ।सो पर्वका लागि पुजा व्यवस्थापन, अतिथि सत्कार, शान्ति सुरक्षा, आर्थिक, गरी १० वटा समिति गठन गरिएको छ।
ललितपुरमा ७ सय ७३ वर्षअघि ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सम्यक महादान पर्व निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।वि.सं १८६१ सम्म वर्षेनी भइरहेको सम्यक महादान पर्व त्यसपछि पाँच वर्षमा एकचोटी सञ्चालन हुँदै आएको छ।अब हुन लागिएको ५४ औं सम्यक महादान पर्व हो।
यस्तो छ किवदन्ती
सम्यक महादान पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसंग सम्बन्धित रहेको छ । यसपर्वको शुरुआतसंग एउटा किवदन्ती चर्चामा रहेको छ । ठकुरी वंशका राजा भाष्करदेवका एक जना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थियो।भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले। भलिभारो गरिब भएपनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए।धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भएको थियो । त्यस धन दान दिन दीपंकर बुद्धका प्रतिमाहरु, आर्यतारा आदि देवदेवीहरु र चैलक, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्य भिक्षु, वज्राचार्य इत्यादिहरुलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गरेको थियो।धर्मकै कारणले सम्पति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ। हिरण्यवर्ण महाविहारको बंशावलीमा उल्लेखित यस किवदन्तीको प्रमाणिक आधार नभए पनि यसले आफूमा भएको दान सम्पति दान दिने उद्देश्यले सम्यक महादान चलाईएको भने सन्देश दिन खोजेको बौद्ध विद्धानहरुको कथन रहेको छ ।न्युज कारखाना
काठमाडौं, १ चैत ।
होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई छन्।
उनलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको हो।
ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार गोकर्णेश्वर नगरपालिका-५ शिवचोकमा उनले कालिञ्चोक स्टाफ होटल तथा खाजा घर सञ्चालन गरिरहेका थिए।
फुयाँलका अनुसार उक्त होटलबाट दुई जना नाबालिकालाई उद्धार गरिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार राईले आर्थिक अवस्था कमजोर भएका नाबालिकालाई होटलमा ल्याउने गरेका थिए।
ग्रामीण भेगका ती नाबालिका कम पढेलेखेका हुन्थे। उनले खाजा घरमा ल्याएर सरसफाइको काम लगाइदिने, आकर्षक तलब-सुविधा दिन्छु भन्ने गरेका थिए।
‘सुरूमा सफाइको काममै लगाउँथे, पछि फकाएर खाजा घरमा आएका ग्राहकसँग मादक पदार्थ सेवन गराउँथे,’ ब्युरो प्रवक्ता फुयाँल भन्छन्, ‘ग्राहकहरूसँगै खाने-बस्ने र बढी बिल उठाउने काममा लगाउने गरेको खुलेको छ।’
राईले खाजा घरमा आउने ग्राहकलाई बालिकाहरू रोज्न लगाउँथे। रोजेकी बालिकालाई शारीरिक सम्पर्क राख्न दबाब दिन्थे।
‘बालिकाहरूलाई खाजा घरमा कोठा निर्माण गरी सोही स्थानमा र ग्राहकको माग तथा परिस्थिति अनुसार पहिल्यै रकम लिई अन्यत्र समेत बेश्यावृत्तिका लागि पठाई आर्थिक लाभ खाजा घर सञ्चालकले लिने गरेको खुल्न आएको छ,’ फुयाँलले भने।
यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको उनले बताए। राईलाई अदालतबाट हिरासतमा राख्न अनुमति लिई अनुसन्धान थालिएको छ।न्युज कारखाना
आजमिति २०८० साल ,चैत्र १ गते तदअनुसार मार्च १४, २०२४ बिहिबार, शुक्लपक्षको पञ्चमी तिथि, भरणी नक्षत्र, वैघृति योग । मेष राशिमा चन्द्रमा । यो योग स्थिर कामको लागि यो शुभ योग हो । तर चलायमान कामको लागि शुभ होने ।
• अभिजित् मुहूर्त: बिहान ११:५० देखि १२:३७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:१५
• सुर्यास्त: बेलुका ०६:११ बजे
मेष
समय ठिक छ । स्वास्थ्यमा समस्या हुनसक्छ, ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमकालागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: रातो
• शुभ अंक – ८
वृष
समय ठिकै छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।
• शुभ रंग: निलो
• शुभ अंक – ५
मिथुन
समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।
• शुभ रंग: रातो
• शुभ अंक – ३
कर्कट
समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।
• शुभ अंक – ६
• शुभ रंग : सेतो
सिंह
समय मध्यम छ ।
धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: हरियो
• शुभ अंक – ५
कन्या
समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।
• शुभ रंग: हरियो
• शुभ अंक – ६
तुला
समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
• शुभ रंग: निलो
• शुभ अंक – ४
बृश्चिक
समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
• शुभ रंग: रातो
• शुभ अंक – ९
धनु
समय मध्यम छ। अती रिसबाट बच्नुहोस् । शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: हरियो
• शुभ अंक – ६
मकर
आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।
• शुभ रंग: कालो
• शुभ अंक – ९
कुम्भ
समय मध्यम छ । आफ्नो कार्य क्षेत्र व्यवस्थित बनाउनुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेशमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।
• शुभ रंग: रातो
• शुभ अंक – ५
मिन
समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् र समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् ।
• शुभ रंग: पहेलो
• शुभ अंक – ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना

महोत्तरी, ३० फाल्गुन ।
महोत्तरीको बर्दिवासमा १२ करोड राजस्व सम्बन्धि मुद्दाको चर्चा सेलाउन नपाउँदै ६६ लाखको चर्चा सुरु भएको छ।
आर्थिक बर्ष २०७७/७८ मा सम्झौता भन्दा बढी नदीजन्यपदार्थ उत्त्खनन गरेवापत तीन ठेक्केदार कम्पनीले तिर्नुपर्ने उक्त रकमलाई जनकपुर उच्च अदालतले २२ गते ठेक्केदारको पक्षमा नै फैसला गरेपछि अर्को मुद्दाको चर्चा सुरु भएको हो।
अचम्म त काँहानिर छ भने १२ करोड मुद्दाको सफाई पाएका मध्ये पंचधुरामाई सप्लायर्स नै यो मुद्दामा पुन: जोडिएको देखिएको छ। नाँपजाँच उपसमितिले सम्झौताभन्दा बढी नदीजन्यपदार्थ निकालेको निष्कर्षलाई अदालतले गलत सावित गरेसँगै राजस्वसँग जोडिएको अर्को ६६ लाखको मुद्दा सतहमा आएको हो।
आर्थिक बर्ष २०७७/७८ मा बर्दिवास नगरपालिकाले पालिका वाहिर १४४० घनमिटर नदीजन्यपदार्थ निकासी कर संकलन गर्न ठेक्का आवहान गरेको थियो। नगरले आह्वान गरेको बोलपत्र बम्मोजिम पञ्चधुरामाई सप्ल्यार्सले १२३ दिनको लागी दैनिक १५२९९९. ९९ पैसा कवोल गर्दै सम्झौता गर्यो जुन १ करोड ८८ लाख १८ हजार ९९८ रुपैयाँ ७७ पैसा हुन् नगरलाई तिर्नुपर्ने हुन्छ।
२०७७ साल चैत ३ गतेदेखि २०७८ असार ३१ सम्मको अवधिमा उक्त रकम नगरलाई दिने सर्तमा दुई पक्षबीच सम्झौता भएको थियो। तर कोभिड-१९ को माहामारीको कारण निकासी नभएको भन्दै कार्यापालिका बैठकवाट ठेक्केदारले १२३ दिनको सट्टा ८४ दिनको मात्र निकासी आय कर तिरे पुग्ने निर्णय गरेको थियो।
तर त्यही ८४ दिनको दिन बाँकी ६६ लाख ५१ हजार ९ सय ९९ रुपैया ठेक्केदारले नगरलाई सम्झौता बमोजिम दाखिला गर्नुपर्ने रकम कोभिडको कारण देखाउँदै दिन अस्विकार गरेपछि नगरले ताकेता गर्न थाल्यो।
६६ लाख दाखिल गर्न अस्विकार गरेका ठेक्केदारले उल्टै नगरका विरुद्ध जनकपुर उच्च अदालतमा मुद्दा दायर गरे जुन अझैँ विचाराधीन अवस्थामा छ। नगरका कानुनी सल्लाहकार टिकाध्वज खड्काका अनुसार उक्त पैसा अघिल्लो स्थानीय सरकारको कार्यापालिका निर्णयमा मिनाहा गर्ने निर्णय गरेको थियो।
उक्त रकम अघिल्लो स्थानीय सरकारले मिनाहा गर्ने निर्णय नगरेको तत्कालिन सरकारका प्रतिनिधि निरोज अधिकारी प्रष्ट बनाए । ‘मलाई लाग्छ यस्मा पनि जालझेल हुदै छ भन्ने बुझ्न सकिन्छ,’ उन्ले भने, ‘१२ करोड त गुम्यो यो पनि गुम्ने निश्यत नै देखिन्छ।’
२२ गते भएको फसैलालाई पनि स्थानियहरुले अनपेक्षित भएको प्रतिक्रिया दिएका छन्। नगरले मुद्दा जित्ने प्रसस्त आधार हुदाहुदै पनि मुद्दा फितलो वनाउन आफ्नो अधिवक्ता नराखेको, भएको अधिवक्तालाई बहसमा नपठाएको जस्ता आरोप लागेका छन्।न्युज कारखाना
फागुन ३० रौतहट ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। कौलाश राउत बरई, शत्रुध्न साह, हृदय साहको घरमा आगलागी भएको छ।
आगलागीमा खाने समान, लताकपडा लगायतका लाखै बराबरको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।
आगोलाई स्थानीय, सस्त्र प्रहरीको सहयोग र गौर नगरपालिकाको वरुणा यन्त्रले नियन्त्रणमा लिएको छ।न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
युवा तथा खेलकुद मन्त्रालयले स्वीकृति नलिई अखिल नेपाल फुटबल संघ (एन्फा) ले १० जना पदाधिकारी विदेश भ्रमणमा पठाउन लागेको भन्दै कारवाहीको निर्देशन दिएको छ ।
मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को ‘झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’का दुई खेल खेल्दैछ । उक्त खेलका लागि नेपाली टोलीसहित एन्फाका १० पदाधिकारी ‘अफिसियल’ बनेर मलेसिया गएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले विश्वकप छनौटका खेल यहि मार्च २१ र २६ मा होम र अवे खेल बहराइनमा खेल्न लागेको हो ।
राखेपको स्वीकृतिपश्चात् मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको युवा तथा मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म वर्तमान सरकार कायम रहने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताएका हुन्।
अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको उनको दाबी छ। अब अर्को सरकार बनाउन एमालेले कोसिस नगर्ने उनले प्रस्ट पारे। एमालेको समर्थनमा आज १५७ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मतमा मत दिएका छन्।
सरकारले मुलुकमा व्याप्त समस्याको सकारात्मक निकास दिने विश्वास व्यक्त गरे। सरकारले जनतामा भएको निराशालाई आशामा बदल्ने उनको भनाइ छ। ‘अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्ने। अर्थतन्त्रलाई सन्तुलित बनाउने। र, अन्य कतिपय सामाजिक, आर्थिक समस्यालाई हल गर्ने र संसद्बाट आवश्यक विधेयक संसद्मा टेबुल गर्ने, त्यसलाई पास गर्ने र विशेष गरी संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संघीयताका कार्यान्वयनसँग सम्बन्धित ऐनहरूलाई छिटोभन्दा छिटो संसद्बाट अगाडी बढाउने हो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षबाट टुंग्याउने,’ उनले भने।न्युज कारखाना



