२०८३ श्रावण २६
२०८३ श्रावण २६

मुम्बई, २९ चैत ।

अजय देवगन स्टारर फिल्म मैदान र अक्षय कुमार–टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ आज इदको अवसरमा रिलिज हुँदैछन् ।

 

अजय र अक्षयको फिल्म भिडेको यो पहिलो पटक भने होइन । यसअघि दुवै बक्स अफिसमा ६ पटक आमनेसामने भइसकेका छन् । योसँगै विगत १० वर्षमा पहिलो पटक इदमा दुई फिल्मको भिडन्त भएको छ ।

बडे मियाँ छोटे मियाँ र मैदानबीचको झडपमा के भन्छन् त बलिउड व्यापार विज्ञ तरण आदर्श ? उनका कुरा सुनौं ।

 

ईदको अवसरमा अक्षय कुमार–टाइगर श्राफको फिल्म अजय देवगनको फिल्मसँग भिड्दैछ । यसमा के भन्नु हुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिएका छन कि दुवै फिल्मको अग्रिम बुकिङ एकदमै राम्रो छैन । यसका धेरै कारण हुन सक्छन्। पहिलो कारण दुवै फिल्मको रिलिज मिति बारम्बार परिवर्तन भएकाले पनि यसो भएको हुन सक्छ । जसका कारण चलचित्रप्रति दर्शकको उत्साह घट्दै गएको छ ।

 

इद र फिल्म रिलिजबीचको सम्बन्धको बारेमा कुरा गर्दा, सलमान खानका फिल्महरू प्रायः यो विशेष अवसरमा रिलिज हुन्छन्। विगत १० वर्षमा सलमानको कुनै पनि फिल्म २०२० र २०२२ को ईदमा मात्र रिलिज भएको छैन।न्युज कारखाना

काठमाडौँ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत पुगेको उल्लेख छ ।

“विभिन्न जातजातिले आ–आफ्ना चाडपर्वमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक–सांस्कृतिक एकतामा अभूतपूर्व नमूना पेस गरेका छन्”, सभामुख घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ, “यसले एक अर्काको सद्भावलाई बढाएको छ, इतिहासदेखि कै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु ।”

देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको र नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको शुभकामना सन्देशमा भनिएको छ । “कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली मुस्लिम समुदायले राजनीतिक आन्दोलन र मुलुक निर्माणमा ठूलो योगदान गर्दै आएको र त्यसकै प्रतिफलस्वरुप मुस्लिम समुदायलाई अगाडि बढाउन संवैधानिक आयोगको व्यवस्था गरिएको सभामुख घिमिरेले स्मरण गराएका छन् ।     न्युज कारखाना

मस्को, २९ चैत ।

युराल नदीमा पानी बढेपछि रुस र काजाकिस्तानका सहर र सहरहरू बुधबार डुबानमा परेका छन् ।

 

जसका कारण एक लाखभन्दा बढी मानिसले क्षेत्र छाड्नुपरेको थियो । रुसको एरेनबर्ग सहरका धेरै भाग पानीमा डुबेका छन् । यसैबीच कजाकिस्तानमा आएको बाढीका कारण ९७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

 

मस्कोबाट १२०० किलोमिटर पूर्वमा रहेको ५५०,००० मानिसको सहर एरेनबर्गमा सयौं घर डुबानमा परेका छन् । उराल नदी खतरनाक तहमा तीव्र गतिमा बढ्दै गएपछि कम्तीमा ७ हजार ७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सहर नजिकका क्षेत्रहरु पानीमा डुबेको देखिन्छ ।

 

कुर्गनबाट ४५ सय जना मानिस विस्थापित भएका छन भने अझै हजारौंलाई सुरक्षित स्थानमा सार्नु पर्ने आशंका गरिएको छ। एरेनबर्गमा बसोबास गर्ने मानिसले यस्तो डरलाग्दो अवस्था पहिले कहिल्यै नदेखेको बताउँछन्। यस्तो बाढी यहाँ पहिले भएको थिएन। रुसी अधिकारीहरूले भने कि १०,००० भन्दा बढी घरहरू बाढीमा परेका थिए, तीमध्ये अधिकांश एरेनबर्ग क्षेत्रमा थिए।न्युज कारखाना

लन्डन, २९ चैत ।

अहिले जलवायु परिवर्तन एउटा ठूलो समस्या बनेको छ र यससँग लड्नका लागि सारा विश्वले प्रयास गरिरहेको छ ।

यसै सन्दर्भमा संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले जलवायु परिवर्तनको सन्दर्भमा ठूलो चेतावनी दिएका छन्।  ‘दुई वर्ष संसारलाई बचाउन’ शीर्षकको भाषणमा उनले जलवायु प्रकोपबाट बच्न विश्वसँग अब दुई वर्ष मात्र बाँकी रहेको चेतावनी दिएका हुन् ।

 

स्टेलले विश्वका देशहरूलाई पेरिस सम्झौता अन्तर्गत आफ्नो जलवायु योजनाहरूलाई तुरुन्तै बलियो बनाउन आह्वान गरे, जसलाई राष्ट्रिय निर्धारित योगदान योजना भनिन्छ। उनले भने कि हालको एनडीसीहरूले २०३० सम्म उत्सर्जन घटाउन कठिन हुनेछ। जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समितिले पनि चेतावनी दिएको उनले बताए ।

 

यसले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन २०२५ भन्दा पहिले चरम हुनेछ र तापमान १.५ डिग्री सेल्सियसमा सीमित गर्न २०३० सम्म ४३ प्रतिशत घटाउनु पर्छ।

लन्डनको चथम हाउसमा बोल्दै स्टिलले भने, आज उभिएका  एनडीसीले २०३० सम्ममा समग्र उत्सर्जन घटाउनु पर्नेछ। हामीले राष्ट्रिय जलवायु योजनाहरूको नयाँ पुस्ताको साथ हरितगृह ग्यास उत्सर्जन कम गर्न अझै लामो यात्रा गर्न बाँकी छ। तर यसका लागि हामीलाई अब बलियो योजनाहरू चाहिन्छ। प्रत्येक देशले नयाँ योजना पेश गर्नुपर्नेछ। वास्तविकता यो हो कि जी २० देश बाट हुने उत्सर्जनले विश्वव्यापी उत्सर्जनको लगभग ८० प्रतिशत ओगटेको छ ।

नोभेम्बरमा बाकुमा हुने संयुक्त राष्ट्र जलवायु सम्मेलन कोप २९ मा विकासोन्मुख देशहरूलाई उनीहरूको एनडिएस बलियो बनाउन नयाँ जलवायु वित्त सम्झौता महत्त्वपूर्ण हुने कुरामा अझै जोड दिइएको छ। उनले विकसित र विकासोन्मुख देशहरूलाई कमजोर देशहरूको लागि ऋण राहत सम्झौतामा सहमत हुन आह्वान गरेका छन् ।
विश्वको तापक्रम लगातार बढिरहेको बेला यो टिप्पणी आएको हो । रेकर्ड अनुसार मार्चमा लगातार दशौं महिना सबैभन्दा तातो थियो। युरोपेली संघको कोपर्निकस जलवायु परिवर्तन सेवाले मंगलबार भन्यो कि पछिल्लो १२ महिनामा  विश्वव्यापी औसत तापक्रम सन् १९९१–२०२० को औसतभन्दा ०.७० डिग्री सेल्सियसले बढी रेकर्ड गरिएको छ ।
न्युज कारखाना

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद-उल-फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् ।

इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद-उल-फित्र” का अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना (इद मुवारक) प्रकट गर्दै उनले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व छन् । सभापति देउवाले यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् ।

यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै उनले त्यस मध्ये ईद-उल-फित्र पर्व पनि एक महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् ।

सभापति देउवाले ‘ईद-उल-फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।न्युज कारखाना

काठमाडौँ ।

काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको जानकारी दिएको छ । नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी गरिएको छ ।

सुरक्षा र अन्य व्यवस्थापन जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने भएको छ । पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाएर लागु गर्ने तयारीमा प्रशासन रहेको छ ।

रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन् ।

परिषदले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सैँ घण्टा रात्रिकालीन व्यवसाय खुला गर्ने तयारी गरेको छ । ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिने भएको छ । न्युज कारखाना

भैरहवा ।

मुस्लिम धर्मावल्मीहरुले ३० दिनको (रमजान)रोजा सकेर आज ईद मनाउदै छन । बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिए पछि रोजा सकिएर आज ईद ुलफित्र अर्थात ईद  मनाईद ैछ । पवित्र ग्रन्थ कुरआन अवतरण भएको महिना रमजान (रोजा) मुस्लिम समूदायको पवित्र महिना पनि हो । ईद भैरहवा सहित देश विदेशभरि धुमधामका साथ मनाइँदैछ , खाडी मुलुकमा भने बुधबार नै ईद मनाइएको छ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म रमजानको रोजा (व्रत) सकिएको भोलिपल्ट अर्थात आज कै दिन ईद मनाइने गरिन्छ । रमजान उर्दु क्यालेन्डरको नवौं महिना हो ।
यस क्षेत्रका मुस्लिमहरु स्थानीय गल्लामण्डीको ईदगाह  र बसडीलियामा रहेको ईद गाहमा विहान ९ बजे जम्मा भएर समुहिक नमाज पढी मनाउदै छन । भने रुपन्देही सहित विभिन्न स्थानमा रहेको ईद गाहमा ईद को नमाज पढिदैछ । ईद गाह नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ हो, खूल्ला अकाशमुनि पढिने नमाज वर्षको दुई पटक मात्रै ईद गाहमा मुस्लिम समुदायले आज सामूहिक रुपमा २ रिकात नमाज पढ्दैछन । ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मात्रै मुस्लिम समुदाय एकत्रित भई ईद गाहमा नमाज पढ्ने गर्छन ।
ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई ईद गाह  वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । प्रर्थनामा सम्पूर्णको स्वास्थ्य, शान्ति र अमनचयनको कामना गर्ने गरिन्छ ।  सो पश्चात एकआपसमा गला मिलाएर ईद  मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाईका परिकारहरु र खानेकुरा खाएर शुभकामनासहित पाहुनाहरुलाई स्वागत गर्छन् ।
विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको प्रमुख विशेषता हो  । ईद को पूर्व सन्ध्यामा रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।
ईद उल–फित्रकै अवसरमा सरकारले विदा समेत दिएकोे छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।
रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।
झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।
यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा दिनुपर्छ । फित्तरा र जकात ईद ुलफित्र अर्थात् ईद को नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ । यो नेपालमा मात्र नभई संसारभरिकै मुसलमानमा लागू हुन्छ । अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्ने मान्यता रहेको छ ।
रोजाको अवधिमा शारीरिक रुपमा दुब्लाए पनि मानसिक रुपमा निकै गौरवान्वित ठान्ने मुस्लिमले  इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरु पूरा गर्ने अवसर प्राप्त गर्छन् ।
इदको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गरिन्छ । जस्कोलागि मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्छन ।न्युज कारखाना

पटना २९ चैत। 

भारत बिहारको हाजीपुर जिल्लाको एउटा स्कूलमा त्यस बखत हंगामा भयो, जब स्कूलको भित्रै एकजना शिक्षकलाई गाउँलेहरुले सुरु गरे रामधुलाई।

 

यो घटना औद्योगिक थाना क्षेत्रको राजकिशोर उच्च विद्यालयको हो। विद्यालयकी छात्राहरुले उक्त शिक्षक माथी अति गम्भीर आरोप लगाएकी छिन् । छात्राहरुको भनाई थियो कि गणित बिषय पढाउने शिक्षक विकासकुमारले उनीहरूसँग अश्लील हरकत गर्ने गर्दथे। छात्राहरुले शिक्षक विकासकुमार कक्षाकोठा बन्द गरेर छात्राहरुको संवेदनशील अंगहरु छुने गरेका थिए। विरोध गर्दा आरोपी शिक्षकले स्कूलबाट नाम काटने धम्की दिँदै आएका थिए।

 

स्कूलकी छात्राहरुले कलयुगी टीचरको हरकत बदमादिको बारेमा आआफ्नो अभिभावक लाई बताए पछि अभिभावक स्कूल भित्र पसेर उसलाई पिटाई गरेको थियो। यस घटना बारे जानकारी अभिभावकले पाएपछि विद्यालयमा ठूलो बावाली भएको थियो।
घटना साम्य पार्न विद्यालयमा प्रहरी टोली पुगेको थियो। तर बिद्यालय पुगेका प्रहरी टोलीले पनि अभिभावकको गाली खानुपरेको थियो। गाउँलेको आक्रोस हेरेर बिद्यालय गएका प्रहरी टोली त्यहाँ बाट ज्यान बचाएर भागेका थिए।
आक्रोसित गाउँलेहरूले आरोपी शिक्षकलाई कैयौं घन्टासम्म विद्यालयको कोठाभित्रै थुनेर राखेका थिए।

घटना पछि ठूलो संख्यामा गएका प्रहरी टोलीले आरोपी शिक्षकको सकुसल उद्धार गरेको थियो। प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेर हिरासतमा लिएको छ। सो घटनामा प्रहरीको एउटा म्याग्जिन समेत हराएको छ।

 

हाजिपुरका वरिष्ठ सुरक्षा अधिकारी सदर एसडीपीओ ओम प्रकाशले स्कूलको छात्राहसँग अश्लील हरकत गर्ने शिक्षकलाई हिरासतमा लिएर मुद्दाको छानबिन भइरहेको बताएका छन। उनका अनुसार स्थानीयहरुले गरेको हंगामा शान्त गर्न गएका एकजना पुलिसकर्मीको पिस्तौलको मैगजीन हराएको तथा त्यसको खोज तलास प्रहरीले गरिरहेको उनले जानकारी दिएका छन।न्युज कारखाना

 बारा

विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलीसले आयोजक नवजनजागृती युवा क्लब सिमरालाई घरेलु मैदानमा स्तब्ध बनायो । आयोजकलाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पुलिसको जीतमा दुबै गोल उज्वल राईले गरेका थिए भने आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टी गोल गरेका थिए ।

खेलको तेश्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो । आयोजकको समर्थनमा सिमरा रङ्गशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराश पार्दै पुलिसका लागि उज्वल राईले उत्कृष्ट शुरुवात गरेका थिए । राईट कर्नर एरियाबाट आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्वलले गोल गरेका थिए ।

शुरुवाती दबाबमा परेको आयोजक खेलको पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कियो । पुलिस क्लबका निरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापामगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । पेनाल्टी मार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमा ल्याएका थिए ।

खेलको १९ औं मिनटमा उज्वल राईलेनै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । डिबक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वलले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोलनै पुलिसको जितमा निर्णायक बन्यो । दुबै टिमले अन्तिमसम्म संघर्ष गरेका थिए । खेलमा दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलको ११ औं मिनटमा पुलिसका उज्वल राईले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले । सुजन मगरको पासमा उज्वलले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरिएको थियो ।

खेलको १२ औं मिनटमा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमायो । निरज कार्कीले पुलिसका गोलरक्षक समेत विट गरिसकेको अवस्थामा गरेको प्रहार पुलिसका डिफेण्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोललाईनबाट क्लिएर गरेका थिए ।

खेलको ८८ औं मिनटमा पुलिसका आशिष राईले वन भर्सेन वनको अवसर खेर फाले । सेन्टर लाईनबाट एक्लै बल अघि बढाएका आशिष फिनिसिङमा चुक्दा आयोजकका डिफेण्डरले रोक्न सफल भए ।

दोेश्रो हाफको इन्जुरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन । विबेक गुरुङको पासमा मोहित गुरुङको हेडिङ बल क्रसबार माथिबाट बाहिरीयो । खेलमा आकर्षक अवसरहरु बनाएपनि फिनिसिङमा चुक्दा आयोजक नवजनजागृति युवा क्लब घरेलु मैदानमा निराश बन्यो ।

खेलको म्यान अफ दि म्याच पुलिसका उज्वल राई घोषित भए । उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत विहिबार नेपाल एपिएफ क्लब र फ्रेण्ड्स क्लबको बिचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ । न्युज कारखाना

काठमाडौँ ।

एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई पराजित गरेको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा रोड्रीगो पाउल र सामुएल लिनोले एक एक गोल गरेका थिए भने डोर्टमण्डका लागि सेबास्टिएन हल्लेरले एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडले पहिलो लिगमा २-१ को अग्रता हासिल गरेको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा डोर्टमण्डको घरेलु मैदानमा हुने छ ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।