काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।
नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए ।
“निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ”, प्रधानमन्त्री प्रचण्डले भने, “निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।”
आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उहाँले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए ।
लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए ।
“लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ ।”
विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले केही राम्रो गर्न खोज्दा अठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताए ।
नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिचाइँलाई प्राथमिकता दिन र विकासका काम रोकिएका भए अघि बढाउन दिर्नेशन दिए ।न्युज कारखाना
काठमाडौँ । इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनमा स्थानीय मुद्धा भन्दा पनि केन्द्रीय मुद्धाले प्राथमिकता पाएपछि उम्मेदवारहरुको चिन्ता बढेको छ ।
इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ ।
एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । त्यस्तै पहिचानको मुद्धालाई स्थापित गर्न उम्मेदवार बनेका थेगिमलाई सत्ता साझेदारी दल जसपासहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ ।
इलाममा एमाले र कांग्रेस आफ्नो विरासतलाई कायम राख्न आफ्नै मतदातालाई फकाउन मै व्यस्त देखिएका छन् । एमाले सुबासचन्द्र नेम्वाङकै छोरा सुहाङलाई चुनावी मैदानमा उतारेर युवा र सुबास नेम्वाङप्रतिको सहानुभूति मत दुवैलाई आफ्नो पक्षमा पारेर जित हासिल गर्ने रणनीतिका साथ हिडिरहेको छ । तर एमाले रास्वपा र पहिचानवादीले आफ्नो भोट काट्ने डरबाट मुक्त भने छैन । यस अघि पनि ११४ मात्र मतले जितेको एमालेलाई यो सिट जोगाउन ठुलो चुनौती देखिएको छ ।
अर्कोतर्फ कांग्रेस भने बाहिरका मतदातालाई आकर्षित गर्ने भन्दा पनि आफ्नै मत जोगाउने रणनीतिमा रहेको देखिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा इलाम- २ को उपनिर्वाचनमा स्थानीय असन्तुष्ट कार्यकर्तालाई फकाउने र मत बाहिर जान नदिने काममा व्यस्त देखिएका छन् । कांग्रेसमा खड्कालाई दोहोराएर टिकट दिने विषयमै केन्द्रसम्म नै विवाद भएको थियो । अब निर्वाचनमा कांग्रेसले आफ्नै नेता कार्यकर्तालाई एक ठाउमा राख्ने चुनौतिको सामना गरिरहेको छ । बलियो एमाले, लहरसहित अगाडी बढेको रास्वपा तथा पहिचानवादीको आक्रमकताका बीचमा आफ्नो भोट जोगाउने लडाईमा कांग्रेस देखिएको छ ।
त्यस्तै पुराना दल भन्दा फरक रहेको दाबी गर्दै अगाडी बढिरहेको रास्वपाले इलाम उपनिर्वाचनमा भने काउन्टर अट्याक पाइरहेको विश्लेषण गरिएको छ । अहिले सभापति रवि लामिछानेको सहकारी ठगि प्रकरणले इलाममा रास्वपालाई अस्वाभाविक धक्का दिइरहेको महसुस स्वयं रास्वपाका कार्यकर्ताहरुले गरिरहेको देखिएको छ । मतदाताले सिधै सहकारी ठगिको विषय उम्मेदवार र प्रचार गर्न पुगेका केन्द्रीय नेताहरुसँग उठाइरहेका छन् । यसका साथै मतदाताले फरक भन्ने अनि उनै पुराना नेतासँग कुम जोडेर हिड्ने भन्दै रास्वपाको सरकारको सहभागितालाई समेत प्रश्न गरेका छन् । त्यस्तै इलामका मतदाताले रास्वपाको उम्मेदवार छनौटलाई समेत प्रश्न उठाएका छन् । माओवादी पृष्ठभूमिका पत्रकार रहेका मिलन लिम्बु चुनाव अघि मात्र पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । रास्वपाले मिलनलाई उम्मेदवार बनाएपछि उनलाई अहिले पनि घन्टीबाहकको रुपमा स्वीकार गर्न हिचकिचाएको देखिएको छ ।
त्यसैगरी इलामको उपनिर्वाचन पहिचानवादीका लागि अग्निपरीक्षा हुने देखिएको छ । थेगिमले यस निर्वाचनमा चुनाव जित्ने कुरा त अहिले नै अनुमान गर्न सकिन्न तर उनले राम्रो मत ल्याउने संकेत समेत देखिएको छ । उनको पक्षमा मतदाताले देखाउने विश्वासले नै पहिचानवादीहरुको अन्दोलनको भविष्यको बाटो तय हुने हुनाले उनीहरु मतदाताको कसीमा खरो उत्रिने प्रयासमा रहेका छन् । यस अर्थमा यो निर्वाचन उनीहरुको लागि ठुलो अग्निपरिक्षा भएको छ ।
इलाममा स्थानीय भन्दा केन्द्रीय मुद्धा नै हावी भएपछि एमाले- कांग्रेसले सहजता महसुस गरेपनि यसको ठुलो असर अहिले रास्वपालाई परेको देखिएको छ । तर उम्मेदवारहरु शहर केन्द्रित मात्र हुनुले मतदाताको समस्या र गुनासो पहिचान गर्न नसकेको समेत विषय आएको छ ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । नेम्वाङसँग कांग्रेसका खड्का एक सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए । खड्काले २९ हजार नौ सय मत प्राप्त गरेका थिए ।
यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
उम्मेदवारहरुले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन् ।न्युज कारखाना
काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको १७ सय ५ मा कारोबार भएको थियो ।न्युज कारखाना
काठमाडौँ ।
सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सबै राजनीतिक शक्ति देशको समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
सभामुख घिमिरले लोकतन्त्र दिवसको शुभकामना दिदै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सभामुखको सन्देश:
लोकतन्त्र दिवस– २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
२०६२-६३ सालको आन्दोलनपछि राजाको प्रत्यक्ष र निरकुंश शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले २०६५ सालदेखि वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरेको हो । लोकतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं सङ्क्रमणपश्चात् मुलुकमा लोकतान्त्रिक पद्दतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको छ । नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीन वटै तहका निर्वाचन सम्पन्न भएका छन् ।
लोकतन्त्रपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको यथार्थता हामीसँग छ । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन सक्दैन । यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।
लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासको लागि आधार प्रदान गर्छ । जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो । यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्नु जरुरी छ । नेपालको लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा नेपालको संसदले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
अन्त्यमा, लोकतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गर्ने विश्वास सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउदा सार्बजनिक बिदा दिएको भन्दै तपाइँ र अरु नेतामा के फरक छ ? भन्ने प्रश्न समेत गरेका छन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्बजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो ।
उनले भनेका छन्-
माननीय रवि लामिछानेज्यु, हिजोका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्बजनिक बिदा दिनुभएछ, अब भन्नुहोस्, तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?न्युज कारखाना
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको हो ।
बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।
स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ । महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । न्युज कारखाना
काठमाडौँ ।
१८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो संसारको पहिलो प्लास्टिक थियो । यद्यपि त्यसबेला यसको नाम प्लास्टिक थिएन । यसपछि सन् १९०७ मा लियो ब्याकल्याण्डले बेकेलाइट बनाए र यसलाई प्लास्टिकको नाम दिए ।
यसलाई बनाउँदा ब्याकल्याण्डले पनि सोचेको थिएन कि एक दिन यो प्लास्टिक हावा र पानी जस्तै हाम्रो जीवनको हिस्सा बन्नेछ । यति मात्र होइन, यसले हावा र पानीलाई पनि प्रदूषित गर्न थाल्छ । समयसंगै, बिस्तारै बिस्तारै धेरै प्रकारका प्लाष्टिकहरु देखा पर्न थाले र यो संसारभरि सबै प्रकारका चीजहरुको उत्पादनमा प्रयोग हुन थाल्यो । अहिले जता हेर्यो, सबैतिर माइक्रोप्लास्टिक छ ।
हाम्रो मोबाइल फोन, ल्यापटपदेखि लिएर खाने भाँडासम्म सबैमा प्लास्टिक छ । चिप्स, क्रिस्प, नमकीन र बिस्कुट पनि प्लास्टिकको र्यापरमा आउँछन् । दैनिक उपभोगमा प्रयोग हुने अधिकांश सामान प्लास्टिकबाट बनेका हुन्छन् । अहिले प्लास्टिक हाम्रो खाना, पानी र हावा प्रवेश गरेको छ ।
भर्खरै पर्यावरण स्वास्थ्य परिप्रेक्ष्य जर्नलमा प्रकाशित एक अध्ययन अनुसार प्लास्टिकका साना कणहरू, जसलाई हामी माइक्रोप्लास्टिक्स भन्छौं, हाम्रो मानसिक स्वास्थ्यमा ठूलो नोक्सान पुर्याइरहेको छ । युनिभर्सिटी अफ न्यु मेक्सिकोका शोधकर्ताहरूले यो अध्ययन गरेका हुन् । उनीहरुले प्लास्टिकका साना कण हाम्रो शरीरका महत्वपूर्ण अंगहरु कलेजो, मिर्गौला र मस्तिष्कमा पुगेर क्षति पुर्याउने गरेको बताएका छन् । यसले दीर्घकालीन रूपमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।
मस्तिष्कमा पुग्छ प्लास्टिक
प्लास्टिक सबैभन्दा पहिले हाम्रो छाला, सास र खानाबाट शरीरमा प्रवेश गर्छ । त्यसपछि यो हाम्रो रगतमा मिसिन्छ र बिस्तारै सबै अंगहरूमा जम्मा हुन्छ । हाम्रो अंगमा जम्मा हुने प्लाष्टिकका कण एकदमै सानो हुन्छ । तिनीहरूको आकार २० माइक्रोमिटर भन्दा सानो हुन्छ । त्यसपछि मात्र तिनीहरू सबै अवरोधहरू पार गर्छन् र कलेजो, मिर्गौला र मस्तिष्क जस्ता अंगहरूमा पुग्छन् ।
प्लास्टिक हाम्रो अंगमा कसरी पुग्छ ?
हाम्रो आजको जीवनशैलीमा प्लास्टिक जताततै छ। जता हेरे पनि प्लास्टिक मात्रै छ । सबैभन्दा खतरनाक प्लाष्टिकलाई आँखाले पनि नदेखिने गरी सानो टुक्रामा परिणत भएको छ । यो हावा, पानी र खाना सबै ठाउँमा उपस्थित छ। यो हाम्रो शरीरका सबै अंगहरूमा पुग्छ ।
यसले अंगहरूको सुरक्षा जालमा पनि प्रवेश गरिरहेको छ । कुनै पनि देशका सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरूले उच्च स्तरको सुरक्षा पाउँछन् । त्यसैगरी प्रकृतिले पनि हाम्रो शरीरका सबै अंगहरूलाई झिल्लीभित्र सुरक्षित गरेको छ । यी झिल्लीहरूले यी अंगहरूलाई सबै प्रकारका खतराहरूबाट जोगाउँछन्। हाम्रो आँखालाई धोका दिने प्लास्टिकका यी अति सूक्ष्म कणहरू पनि यी झिल्लीहरू पार गरेर शरीरका अंगहरूमा पुग्छन् ।
प्लास्टिकबाट न्यूरोडेवलपमेन्ट वा न्यूरोडिजेनेरेटिभ जोखिम :
यी प्लास्टिक कणहरूले हाम्रो मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ । यसले न्यूरोडेवलमेन्टल वा न्यूरोडिजेनेरेटिभ जोखिमहरूको परिणाम हुन सक्छ । यसले मस्तिष्कको कार्यप्रणालीमा नकारात्मक असर पार्छ र पार्किन्सनजस्ता रोगको जोखिम निम्त्याउन सक्छ ।
कलेजो पनि प्रभावित
द ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययनका अनुसार माइक्रोप्लास्टिकको उपस्थितिले पाचन प्रणालीमा कमजोरी र कलेजोको सेलुलर प्रतिक्रियामा गडबड हुन सक्छ। यसबाहेक, पेटको स्वास्थ्य पनि बिग्रन सक्छ ।
मिर्गौला पनि खतरामा
नानोबायोटेक्नोलोजी जर्नलमा प्रकाशित एक अध्ययन अनुसार हालैका वर्षहरूमा, पोलिस्टाइरिन माइक्रोप्लास्टिकहरू हाम्रो मृगौलामा सूजनको प्रमुख कारण हुन् र यसले अक्सिडेटिभ तनाव पनि बढाउँदैछ । यदि यो स्वास्थ्य अवस्था लामो समयसम्म रहिरह्यो भने, दीर्घकालीन मृगौला रोग विकास हुने जोखिम बढ्छ, जसले पछि मृगौला फेल हुन सक्छ ।
फोक्सोमा पनि असर
हाम्रो श्वासप्रश्वासमा पग्लिने र फोक्सोमा पुग्ने प्लाष्टिकका टुक्राहरूले उनीहरूलाई गम्भीर बिरामी बनाउँदैछन् । साइन्स डाइरेक्ट जर्नलमा प्रकाशित एक अध्ययन अनुसार अधिकांश मानिसको फोक्सोमा प्लास्टिकका साना कण हुन्छन् । प्लाष्टिकमा पाइने विषाक्त तत्वले दम र फुफ्फुसको क्यान्सरको जोखिम बढाइरहेको छ ।
क्यान्सरको जोखिम
द ल्यान्सेटमा प्रकाशित एक अध्ययन अनुसार प्लास्टिक प्रकृतिमा न्यूरोटोक्सिक हुन्छ। यसको मतलब तिनीहरूले हाम्रो कोशिकाहरूको कार्यलाई असर गर्न सक्छन् र तिनीहरूलाई मार्न पनि सक्छन्। यसले क्यान्सरको जोखिम पनि बढाउन सक्छ । संयुक्त राष्ट्रसंघका अनुसार हरेक वर्ष विश्वभर मानिसले ४३ करोड मेट्रिक टन प्लास्टिक उत्पादन गरिरहेका छन् । जसमा दुई तिहाइ प्लाष्टिक छ, जुन चाँडै फोहोरमा परिणत हुन्छ । तर फोहोर बनेर नष्ट हुँदैन ।
प्लाष्टिकको सबैभन्दा ठूलो बेफाइदा भनेको यो नष्ट नहुनु हो । हजारौं वर्षसम्म प्रकृतिमा रहन्छ र वातावरणलाई हानि पुर्याउँछ। प्लाष्टिकले माटोमा मिसाएर बाली तथा रूखलाई हानी पुर्याउँछ। पानीमा जाँदा माछा र जलचरको स्वास्थ्यमा असर पर्छ । समग्रमा, हाम्रो आविष्कारले हामीलाई बर्बाद गरिरहेको छ। एक अनुमानका अनुसार यो गति कायम रहे सन् २०६० सम्ममा प्लास्टिक उत्पादन तीन गुणाले बढ्ने र योसँगै प्लास्टिकको फोहोर पनि बढ्ने अनुमान छ ।
प्लाष्टिकको उत्पादन र प्रयोग न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै संघसंस्थाले काम गरिरहेका छन् । तर त्यसको प्रभाव पर्दासम्म हामीले ठूलो नोक्सानी बेहोर्नुपरेको हुन्छ ।
यसको असर कम गर्न दैनिक दिनचर्यामा अब प्लाष्टिकको सत्ता वैकल्पिक समानको प्रयोगलाई बढावा दिनुपर्दछ । जस्तो हामीले प्रयोग गर्ने प्लाष्टिकको टिफिनको सत्ता स्टिलको टिफिन प्रयोग गर्ने प्लाष्टिकको काईयोको सत्ता काठले बनेको काईयो प्रयोग गर्ने । त्यस्तै प्लाष्टिकको बोतलको सत्ता स्टिल या तामाको बोतल प्रयोग गर्ने । त्यस्तै खानेपानीको जारको सट्टा स्टिलको जग या ठुलो भाडा प्रयोग गर्ने, त्यस्तै प्लाष्टिकको झोलाको सट्टा कपडाको झोलाको प्रयोग गरे हाम्रो दैनिकीमा प्लास्टिकको प्रयोगमा कामी ल्याएर सम्भावित जोखिमलाई कम गर्न सकिन्छ । न्युज कारखाना
काठमाडौँ ।
जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इन्डिजका पुर्व खेलाडी सुनील नारायणले आगामी टी-२० विश्वकपमा नखेल्ने स्पष्ट गरेका छन् ।
आइपिएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द रहेको स्पष्ट गरेका हुन् ।
उनको प्रदर्शनलाई ध्यानमा राख्दै आगामी टी-२० विश्वकपमा वेस्ट इन्डिजबाट खेल्न सक्ने अनुमान भइरहेका बेला उनले आफु विश्वकप नखेल्ने स्पष्ट गरेका हुन् । ३५ बर्षिय सुनिलले जारी आइपिएलमा एक शतक र एक अर्धशतक बनाएका छन् भने अहिलेसम्म ९ विकेट समेत लिएका छन् ।
उनले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी २०१९ देखि वेस्ट इन्डिजका लागि खेलेका थिएनन् ।
उनले आफ्नो अहिलेको प्रदर्शनले सन्यास तोडेर वेस्ट इन्डिजका लागि विश्वकप खेल्नुपर्ने तर्क गरिरहेको सुनेको बताउदै विश्वकप नखेल्ने बताएका हुन् । उनले वेस्ट इन्डिजबाट विश्वकपमा प्रतिनिधित्व गर्ने युवा खेलाडीहरुलाई आफ्नो सधै समर्थन रहेको बताएका छन् ।न्युज कारखाना
काठमाडौँ ।
एएस रोमा बोलोग्नासँग पराजित भएको छ । गएराती सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा बोलोग्नाले रोमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बोलोग्नाको जितमा ओसमा एल अजोउजी, जोशुआ ज्रिकजी र एलेक्सिस साएलेमाएकेर्सले एक एक गोल गरेका थिए । त्यसैगरी रोमाका लागि एक गोल सरदार आजमोउनले गरेका थिए ।
यो जितपछि बोलोग्ना लिगमा चौथो स्थानमा उक्लिएको छ । ३३ खेलमा ६२ अंक रहेको बोलोग्नाले आउदो सिजन च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बढाएको छ । त्यस्तै रोमाको भने ३२ खेलमा ५५ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
गाजामा जारी युद्धको विरोधमा दर्जनौं मनोनित लेखकहरूले आफ्नो नाम फिर्ता लिएपछि साहित्य समूह पेन अमेरिकाले आफ्नो वार्षिक पुरस्कार समारोह रद्द गरेको छ ।
अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको यो समूहले सोमबार अर्को हप्ता हुने कार्यक्रम रद्द गरेको घोषणा गरेको छ । पेन अमेरिकाका लागि मनोनयन भएका १० मध्ये ९ जना लेखकले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
अमेरिकामा गाजाको समर्थनमा आन्दोलन चर्किरहेको बेला यो मामिला बाहिर आएको हो ।
अवार्डका लागि मनोनयनमा परेका ६१ लेखक तथा अनुवादकमध्ये २८ जनाले आफ्नो पुस्तकको नाम फिर्ता लिएको समूहले जनाएको छ ।
पेन ग्रुपका सीईओ सुजेन नोसेलले भनिन्- ‘यो एक प्रिय कार्यक्रम हो र यसमा धेरै काम गरिएको छ। त्यसैले हामी सबैले यो नतिजालाई पछ्याउछौं । तर अन्ततः यो अपेक्षित र योजनाबद्ध निर्णय हो ।, यो सम्भव भएन । यसरी मनाउन ।’
पेन अमेरिकाका प्रमुख साहित्यिक प्रोग्रामिङ अफिसर क्लारिस रोसास शरीफले भने- ‘नामांकन जारी राख्ने निर्णयमा लेखकहरूले आफ्नै आवाज सुनेकोमा हामी गहिरो सम्मान गर्छौं ।’न्युज कारखाना