२०८३ श्रावण २५
२०८३ श्रावण २५

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बेन ह्वाइट र काइ हाभेर्टले २-२ गोल गरेका थिए भने एक गोल लीन्द्रो ट्रोसार्डले गरेका थिए ।

यो जितपछि आर्सनलको ३४ खेलमा ७७ अंक भएको छ र हाल शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३३ खेलमा ७४ अंक रहेको छ र दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी चेल्सीको भने ३२ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमिय लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको २११ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिंग गर्दै अविजित १२४ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले कप्तान रुतुराज गायकवाडको १०८ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो ।

यो जितपछि लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक हासिल गरेर चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी चेन्नईको भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।
न्युज कारखाना

काठमाडौं, १२ बैशाख  । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ ।

 

दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

 

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । प्लेअफमा पुग्नका लागि दिल्लीले अब लगभग सबै खेल जित्नुपर्ने अवस्था रहेको छ । त्यसैगरी गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ८ खेल मध्ये ४ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।

 

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

 

त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

 

त्यसैगरी गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।
न्युज कारखाना

काठमाडौं, १२ बैशाख ।  हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट सुरु हुदैँछ ।

एक्स्पोको सुरुवातको पहिलो दिन आज बिहान काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट भृकुटी मण्डपसम्म ईभी र्‍याली निकालेर गरिनेछ ।

 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतबाट आज बिहान एक्पोको उद्घाटन गरिने इप्पानका उपाध्यक्ष तथा एक्सपो संयोजक भरत खत्रीले जानकारी दिए । ईभी र्‍यालीसँगै एक्स्पोको शुभारम्भ हुने खत्रीको भनाइ छ । वैशाख १२, १३ र १४ सम्म हुनेछ ।न्युज कारखाना

काठमाडौं, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् ।

 

अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् ।

 

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

 

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।

 

थानीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

 

कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने गएरातिनै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजमा समेत सामेल भएका थिए ।

 

उनको सम्मानमा नेपाल सरकारले मंगलबार नेपालभर सार्वजनिक बिदा समेत दिएको थियो ।न्युज कारखाना

काठमाडौ, १२ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।

 

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई देशका बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

 

राती भने कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

 

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । साथै आज दिउसो लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। साथै आज दिउँसो लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा र राती लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युज कारखाना

आज मिति २०८० साल वैशाख १२ गते बुधवार तदअनुसार अप्रिल २४  तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्ष प्रतिपदा तिथी, स्वाती नक्षत्र, । सिद्दा योग छ । चन्द्र राशि तुला । यो शुभ योग हो ।

अभिजित् मुहूर्त: बिहान ११:३६ देखि १२:२८सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:३०

• सुर्यास्त: बेलुका ०६:३३ बजे

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं : सेतो

शुभ अंक : ९

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

शुभ रगं : निलो

शुभ अंक : २

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :  आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं : रातो

शुभ अंक : ६

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्न सक्ने समय छ ।

शुभ रगं : सेतो

शुभ अंक : ७

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं : पहेलो

शुभ अंक : ५

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं : पहेलो

शुभ अंक : २

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं : हरियो

शुभ अंक : १

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :  आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं : रातो

शुभ अंक : ८

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :  आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं : हरियो

शुभ अंक : ४

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं : वैजनी

शुभ अंक : ६

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं : निलो

शुभ अंक : ९

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं : पहेलो

शुभ अंक : ६

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना

काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ ।

आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा रहेकी छन् । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नु हुनेछ भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ ।

नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा रन्जु यादवका २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कुटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गरे ।
राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताए ।

नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब दुई सय पचास जना नेपाली र जर्मन नागरिकहरु कार्यक्रममा सहभागी थिए भने उनीहरुले चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई गम्भीरतापूर्वक अवलोकन गरेका थिए ।

अध्यक्ष अधिकारीले नेपाली समाजले फ्रयान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार गर्नुका साथै दुई देशका नागरिकहरुलाई जोड्ने काम गरेको बताए ।

त्यस अवसरमा उनले राजदूत खड्का, चित्रकार यादव, फ्रयान्कफर्ट सहरको मेयर कार्यालयका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरुलाई उनीहरुको गरिमामय उपस्थितिका लागि धन्यवाद दिए ।  नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । एक जना बलिउड कलाकारले एउटा नेपाली गीतमाथि आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस अवसरमा जर्मनीमा बस्ने नेपाली बालबालिका लागि नेपाल चिनाउने कार्यक्रम राखिएको थियो भने सम्पूर्ण अतिथि र सहभागीलाई परम्परागत नेपाली खानाका परिकारहरु पस्किएको थियो ।न्युज कारखाना

काठमाडौँ । बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ ।

कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा मागी मागेको विज्ञापन प्रकाशित गरेको छ ।

सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा पतञ्जलीले माफी माग्दै ६७ पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको जानकारी दिएको छ ।

पतञ्जलीले विज्ञापन प्रकाशित गरेको जानकारी दिएपछि न्यायाधीशले विज्ञापनको साइज यसअघि निकालेको विज्ञापनको जति ठुलो छ की छैन भन्दै प्रश्न गरेका थिए ।

अदालतले रामदेव र बालकृष्णलाई आफूले गल्ती गरेको भन्दै अर्को दुई दिनभित्र अन रेकर्ड माफी माग्न निर्देशन दिएको छ । मुद्दाको अर्को सुनुवाई अब अप्रिल ३० मा हुनेछ ।

पतञ्जलीले विज्ञापनमा अदालतको आदेशको सम्मान गर्ने बताउदै विज्ञापन प्रकशित गरेको र पत्रकार सम्मेलन गरेकोप्रति माफी मागेको छ । साथै पतञ्जलीले अब यस्तो गल्ति नदोहोराउने प्रतिबद्धता व्यक्त गरेको छ ।न्युज कारखाना

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र सोसल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्क आमने सामने भएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्रीले अब एलन मस्कलाई ‘अहंकारी अर्बपति’  भन्दै टिप्पणी गरेका छन् । गत हप्ता सिड्नीको एक चर्चमा विशपमाथि चक्कु प्रहारको फुटेजलाई लिएर दुईबीच बहस चलिरहेको छ ।

सोमबार अष्ट्रेलियाको एक अदालतले मस्कका एक्सबाट सिड्नी आक्रमणको भिडियो हटाउन आदेश दिएको थियो ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजको बयान मस्कले एक मेम साझा गरेपछि दुवै आमने सामने देखिएका हुन् । यसमार्फत मस्कले अस्ट्रेलिया सरकारमाथि सेन्सरसिपको आरोप लगाएका थिए ।

बिशपमाथि भएको आक्रमणको भिडियो अस्ट्रेलियाका प्रयोगकर्ताहरूका लागि हटाइएको छ तर बाँकी विश्वमा भने हटाइएको छैन।

मंगलबार, प्रधानमन्त्री अल्बानीजले एबीसी न्यूजलाई भने, ‘मस्कलाई लाग्छ कि उनी कानून मात्र होइन, शिष्टताबाट पनि माथि छन् । मलाई यो असामान्य लाग्छ कि एक्सले आदेशको पालना गर्नुको सट्टा आफ्नो मुद्दा बहस गर्ने निर्णय गरेको छ ।’न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।