२०८३ श्रावण २४
२०८३ श्रावण २४

इलाम । इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ ।

आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले दलहरुले आज विभिन्न ठाउमा चुनावी सभा गरेर आफ्नो प्रचार प्रसार अभियानको अन्त्य गर्दै छन् ।

नेपाली कांग्रेसले आज माङसेवुङ र देउमाईसहित निर्वाचन हुने ६ स्थानीय तहका ४२ वटै वडामा घरदैलो र मतदाता भेटघाटको कार्यक्रम गरिरहेको छ भने एमालेले चुलाचुलीमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा  चुनावीसभा गर्दैछ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देउमाई नगरपालिका केन्द्र मङगलबारे र इलाम गरी २ ठाँउमा सभा गर्ने जानकारी दिएको छ । चुनावी प्रचारमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने केहि दिनदेखि इलाममै रहेका छन् भने आजका सभामा उनले सम्बोधन गर्दैछन् ।

पहिचान पक्षधर उम्मेद्‍वार डकेन्द्रसिंह थेगिमको पनि चुलाचुलीमै आमसभा रहेको छ ।

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहेका छन् । जसमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ ।

यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।

उम्मेदवारहरुले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन् ।न्युज कारखाना

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ८५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १०  रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ६० मा कारोबार भएको थियो ।न्युज कारखाना

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रनको बर्षा भएको छ । ३२० ओभरमा २०० रन सामान्य बनेको छ । आइपिएलको इतिहासमै अहिलेसम्मको धेरै रङ यस आइपिएलमा बनेको छ । सनराइजर्स हैदरावादले आइपिएल इतिहासकै ठुलो टोटल २८७ रन बनाएको छ । त्यसपछि २७७ रनको टोटल पनि उसकै नाममा रहेको छ । त्यस्तै कोलकोताले २७२ रन बनाएको छ ।

त्यसैगरी खेलाडीको प्रदर्शनको कुरा गर्ने हो भने यस आइपिएलमा अहिलेसम्म ९ वटा शतक बनेका छन् । जसमा राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जोस बटलरले २ शतक बनाएका छन् । उनले कोलकोताविरुद्ध १०७ र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध १०० रन बनाएका थिए ।

त्यस्तै यस आइपिएलमा सनराइजर्सबाट खेलिरहेका अस्ट्रेलियाका ट्राभिस हेड, कोलकोताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनिल नारायण तथा लखनउबाट खेलिरहेका अस्ट्रेलियाका मार्कस स्टोइनिशले शतक प्रहार गरेका छन् ।

त्यस्तै शतक बनाउने भारतीय खेलाडीमा चेन्नईका कप्तान रुतुराज गायकवाड, राजस्थानबाट खेलिरहेका यशस्वी जैसवाल, बैंगलुरुका विराट कोहली, मुम्बईका रोहित शर्माले एक एक शतक बनाएका छन् ।
न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता शुरु भएको छ ।

मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षिय भेटवार्ता शुरु भएको हो । यस अघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो ।

द्विपक्षिय भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ ।

मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता शुरु भएको हो । अहिले प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना

काठमाडौँ अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बिडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने बताइएको छ ।

यस प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर छुट्याइएको छ । पेन्टागनले युद्धग्रस्त युक्रेनले केही दिनभित्रै यो सहयोग प्राप्त गर्न थाल्ने जनाएको छ ।  सिनेटमा यो प्याकेजको पक्षमा ७९ र विपक्षमा १८ मत परेको थियो ।

बाइडेनले प्याकेजको प्रशंसा गर्दै भने, ‘यो प्रस्ताव महत्त्वपूर्ण छ र यसले हाम्रो देश र विश्वलाई पहिले भन्दा पहिले भन्दा सुरक्षित बनाउनेछ किनकि हामीले हमास जस्ता आतंककारी र पुटिन (रूसी राष्ट्रपति भ्लादिमिर पुटिन) जस्ता तानाशाहहरूसँग लड्ने हाम्रा साथीहरूलाई मद्दत गर्छौं । हामी बचाउन लडिरहेका छौं।’

यस प्याकेजमा, इजरायललाई २६.४ बिलियन डलर सैन्य सहायता दिइएको छ, जसमा गाजामा मानवीय सहायताका लागि ९.१  बिलियन डलर छुट्याएको छ । त्यस्तै ताइवानलाई ८.१ बिलियन डलर दिने भएको छ ।न्युज कारखाना

लुम्बिनी  ।  लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ । पर्यटकीय केन्द्रको रुपमा यहाँँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन ।

तस्बिर:  मोहम्मद हबिब/भैरहवा न्युज कारखाना

न्युयोर्क, १२ बैशाख । अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो भ्वाएजर–१ प्रोबले महिनौंसम्म भ्रामक कुराहरू गरेपछि पुनः पृथ्वीमा प्रयोग योग्य जानकारी पठाउँन सुरू गरेको छ ।

 

४६ वर्ष पुरानो नासाको यो अन्तरिक्षयान मानव जातिले बनाएको र पृथ्वी भन्दा बाहिर पुगेको सबैभन्दा टाढाको वस्तुसमेत हो।

 

कम्प्युटरको त्रुटिले नोभेम्बरमा पढ्न योग्य डाटा फिर्ता गर्न रोकेको थियो तर इन्जिनियरहरूले अब यसलाई ठीक गरेको नासाले जनाएको छ।

 

यस क्षणको लागि भोइजरले यसको अनबोर्ड प्रणालीहरूको बारेमा स्वास्थ्य डेटा मात्र पठाउन सुरू गरेको छ । नासाका वैज्ञानिकहरूले यसका उपकरणहरूमा थप काम गरे पछि अनलाइनमार्फत सही सुचना पठाउन थालेको हो ।

 

भोइजर–१  २४ बिलियन किलोमिटर भन्दा धेरै टाढा पुगिसकेको छ । यसको रेडियो सन्देशहरू हामी सम्म पुग्न २२.५ घण्टा लाग्न थालेको छ । यो खासमा ब्रम्हाण्डमा अर्को पनि मानवजीवन रहेको ग्रह छ कि भन्ने अनुसन्धानमा लागेको छ ।

 

‘भोइजर–१  अन्तरिक्ष यानले आफ्नो जहाजको इन्जिनियरिङ प्रणालीको स्वास्थ्य र स्थितिको बारेमा प्रयोगयोग्य डेटा फिर्ता गरिरहेको छ,’ नासाले एक विज्ञप्तिमा भन्यो, ‘अब अर्को चरण भनेको अन्तरिक्ष यानलाई फेरि विज्ञान डेटा फर्काउन सुरु गर्न सक्षम गर्नु हो।’

 

भ्वाएजर– १ लाई सन् १९७७ मा पृथ्वीबाट बाहिरी ग्रहहरूको भ्रमणका लागि प्रक्षेपण गरिएको थियो । त्यस पछि यो निरन्तर यात्रामा रहेको छ ।न्युज कारखाना

टेक्सास, १२ बैशाख । एलन मस्कको कम्पनि टेस्लाले हाल कार्यरत कर्मचारी हटाउने क्रम जारी राखेको छ ।

 

यसैबिच, टेस्लाले आफ्नो टेक्सास कारखानामा कार्यरत २ हजार ६८८ कर्मचारीहरूलाई हटाउने भएको छ ।

 

इलेक्ट्रिक वाहन निर्माण कम्पनिले एक सुचनामार्फत कर्मचारी हटाउने घोषणा गरेको जनाइएको छ । कर्मचारी समायोजन र पुनः प्रशिक्षण सबन्धी सूचनासँगै कर्मचारी कटौती गर्ने जनाएको हो ।

१९८८ को चेतावनी ऐन एक अमेरिकी श्रम कानून हो जसमा १०० वा सो भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई योजनाबद्ध बन्द वा सामूहिक कटौतीको ६० दिन अगाडि सूचित गर्न आवश्यक रहेको छ । सोही कानुन अनुसार कर्मचारी कटौती गर्न लागेको जनाएको हो ।
न्युज कारखाना

लन्डन, १२ बैशाख । बेलायत प्रवेश गर्न लागेका ५ आप्रावासीको मृत्युले तरंग ल्याएको छ ।

सानो डुङ्गामा इंगलिस च्यानल पार गर्ने क्रममा सात वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भए पछि बेलायतमा हंगामा मच्चिएको हो ।

 

बीबीसीका अनुसार मानिसहरूलाई डुङ्गामा चढेको र उनीहरूलाई रोक्न प्रहरीले प्रयास गरेको देखिएको छ । महिनौंको आन्तरिक कलह पछि बेलायतको संसदले प्रधानमन्त्री ऋषि सुनकको प्रमुख रुवाण्डा विधेयक पारित गरे लगत्तै यो घटना भएको हो ।

विधेयकले रुवान्डालाई सुरक्षित देश तोकेको छ तर विपक्षी र अधिकार समूहहरूले यो योजनाको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री सुनक भन्छन्, ‘आजको मृत्युले उनी किन तस्करहरूलाई रोक्न चाहन्छन् भनेर सम्झाउने काम गर्दछ।’न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।