२०८३ श्रावण २३
२०८३ श्रावण २३

काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन विदा दिने निर्णय गरेको हो ।

यसै गरी उक्त निर्णयको कार्यान्वय गर्ने दिन बागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णय सँगै यस खुसीयालीमा बसन्तपुरमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” को आयोजना गर्ने तयारी रहेको छ ।

बागमती प्रदेश संस्कृती पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिती” गठन गरी बसन्तपुर डबलीमा उक्त घोषणा समारोह कार्यक्रम सम्पन्न गर्न लागेको छ भनी नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले बताए ।

यसै गरी उक्त कार्यक्रमको लागि मुल आयोजक समारोह समिती, सचिवालय लगायत विभिन्न समिति, उपसमिती गठन गरेर कार्यसम्पादन गर्ने तयारी गरी रहेकोले सोही अनुसार अघि बढी रहेको समेत अध्यक्ष बज्राचार्यले बताए ।

यसबारेमा नेवाः देय् दवुका स्वनिगः विशेष प्रदेशका उपाध्यक्ष उमेश स्थापितले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रिय सदस्यहरु, बिभिन्न खलपुचः जातीपुचः र संघ–संस्थाको प्रतिनिधीहरुबाट मुल आयोजक समारोह समिती बनाउने र उक्त समिती भित्रबाट सचिवालय बनाउने यसपछी सचिवालयका सदस्यहरुको संयोजकत्वमा विभिन्न समिती उपसमितीहरु गठन गर्ने तयारी रहेको समेत उनले बताए ।

यसरी बैशाख २४ गते सोमबार विहान ७ बजेबाट र्याली शुरु हुने हुँदा सम्पूर्ण नेवाः देय् दवुसँग र तामाङ घेदुङ संघसँग आवद्ध संघ–संस्था र प्रतिनिधी एवं शुभचिन्तक नेपाली दाजुभाई दिदीबहीनीहरुलाई र्यालीमा सहभागी हुनको लागि विहानको ६: ३० बजे आ–आफ्नो जातिय स्थानिय बाजागाजा र भेषभूषामा उपस्थिती हुनु पर्ने समेत उपाध्यक्ष स्थापितले बताए । यसबारेमा विस्तृत विवरण मुल आयोजक समारोह समितीको औपचारीक बैठक पश्चात कार्यक्रम सार्वजनिक गर्ने समेत उनले बताए ।

यसरी हुन गईरहेको ऐतिहासिक “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा कार्यक्रम” को महत्व विशेष हुने भएकोले सम्वन्धीत सम्पूर्ण महानुभाव, संघ–संस्था प्रतिनिधीहरुले आ–आफ्नो ठाउँबाट व्यापक प्रचार प्रसार सहभागी हुन पनी उपाध्यक्ष स्थापितले आग्रह सहित अनुरोध गरेका छन्  ।न्युज कारखाना

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।

नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

सूचनामा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्ने बताइएको छ ।

सूचनाको विस्तृत जानकारी यस लिंकमा गएर जान्न सकिन्छ-
https://vacancy.nepalarmy.mil.np/       न्युज कारखाना

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि विहिबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।न्युज कारखाना

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ । प्रदर्शनको पाचौँ साता पार गर्दा पनि उल्लेख्य शोसहित फिल्म प्रदर्शन भइरहेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टराई निर्देशित अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ ।

निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले फिल्मलाई मन पराउनु सबै भन्दा ठूलो सफलता रहेको बताए । ‘हाम्रो फिल्मले विश्वभर रहनुभएका नेपालीलाई मनोरञ्जन दिएको छ । म लगायत मेरो टिमलाई प्राप्त भइरहेको संदेशले हामीलाई आउँदो दिनमा काम गर्न उत्साहित बनाएको छ । हामी नयाँ कामको तयारीमा छिटै जुट्ने छौँ’, निर्देशक भट्टराईले भने । उनी निर्देशक ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’, ‘महापुरूष’ ले ५१ औँ दिनको यात्रा तय गरिसकेको छ ।

क्युएफएक्स अन्तर्गत भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा २ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा १, दरबारमार्गमा रहेको राइजिङ मल क्युएफएक्समा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा १ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा १ शो, इटहरीमा १ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ३ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा २ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा १ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ३ शो र कालिमाटीमा १ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा १ शो, बानेश्वरमा रहेको आइएनआईमा १ शो र बुटवलमा रहेको आइएनआइमा १ शो दिएको छ ।

यस्तै, चितवनमा रहेको सिनेप्लेक्समा १ शो, पोखरामा रहेको सिनेप्लेक्समा १ शो, पोखरामा रहेको मिडटाउनमा १ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा १ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा १ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा १ शो लगायत विभिन्न हलमा प्रदर्शनरत छ ।

नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामाको सिड्नीमा मात्र फिल्मको ३५ शो भईसकेको छ । यो अहिलेसम्म कुनै नेपाली फिल्मको भएको शो सङ्ख्यामा निकै उच्च छ । उक्त सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ थिए ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।न्युज कारखाना

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपूत भित्रिएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ ।

सपुतले यस अघि  ‘परदेशी २’ बाट फिल्ममा डेभ्यु गरेका थिए ।

सरोज पौडेलको निर्देशनमा बन्न लागेको फिल्मको केही दिनअघि मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो । यस फिल्ममा अभिनेता विजय बरालको पनि अभिनय रहने बताइएको छ । यस फिल्मको छायांकन जेठ दोस्रो साताबाट सुरु गरिँदैछ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा निर्देशक पौडेल स्वयंको लेखन छ । २०८२ सालमा विश्वभर प्रदर्शनको तयारी गरिएको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।
न्युज कारखाना

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ भने भारतको दिल्ली १७३ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ ।

प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।  काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । न्युज कारखाना

काठमाडौं, १४ बैशाख । विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन ।

संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन ।

 

उनीहरूका अनुसार विशेष गरी गाजा र सुडानमा २०२३ मा खाद्य असुरक्षा अत्याधिक रूपमा बढेको उनीहरूको भनाइ छ ।

 

चरम मौसमी घटनाहरू र आर्थिक झट्काहरूले तीव्र खाद्य असुरक्षा सामना गर्नेहरूको संख्यामा थपिएको छ, जुन २०२२ को तुलनामा २४ मिलियन मानिसहरूले बढेको खाद्य सुरक्षा सूचना नेटवर्कले जनाएको छ ।

 

खाद्य संकटसम्बन्धी विश्वव्यापी प्रतिवेदनमा उल्लेख भए अनुसार यस वर्षको विश्वव्यापी दृष्टिकोणलाई ‘अन्धकार बर्ष’ भनिएको छ । संयुक्त राष्ट्र संघका एजेन्सी, युरोपेली संघ र सरकारी तथा गैर सरकारी निकायहरूलाई एकसाथ ल्याउने अन्तर्राष्ट्रिय गठबन्धनले यो आंकडा सार्बजनिक गरेका हुन ।

 

वर्ष २०२३ तीव्र खाद्य असुरक्षाबाट ग्रस्त मानिसहरूको बढ्दो संख्याको साथ लगातार पाँचौं वर्ष थियो, जब जनसंख्याले जीवन वा जीविकोपार्जनलाई खतरामा पार्ने खाद्य अभावको सामना गरिरहेको जनाइएको छ ।

 

गत वर्षको धेरैजसो वृद्धि रिपोर्टको विस्तारित भौगोलिक कभरेज र १२ देशहरूमा बिग्रँदै गएको अवस्थाका कारण थियो, प्रतिबेदनमा भनिएको छ ।

 

गाजामा ६ लाख लगायत करिब ७ लाख मानिसहरूले गत वर्ष भोकमरीको सामाना गरेका थिए,  जुन संख्या युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा अझै १.१ मिलियनमा पुगेको छ।

 

२०१६ लाई कभर गर्ने ग्लोबल नेटवर्क अगेन्स्ट फूड क्राइसिसद्वारा पहिलो रिपोर्ट अनुसार खाद्य(असुरक्षित व्यक्तिहरूको संख्या १०८ मिलियन बाट २५२ मिलियनमा बढेको हो ।

काठमाडौँ । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ ।

भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ ।

दोस्रो चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुरलगायत विभिन्न पार्टीका धेरै दिग्गजहरूको राजनीतिक भाग्यको फैसला हुनेछ ।

दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान मा भाग लिदै छन् । जसमध्ये ८ करोड ८ लाख पुरुष र ७ करोड ८० लाख महिला तथा ५ हजार ९२९ तेस्रो लिङ्गी मतदाता रहेको आयोगले जनाएको छ ।
मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजे समाप्त हुनेछ ।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर गरि १३ राज्यका ८८ सिटमा मतदान हुदै छ ।

जसमा असमका ५ सिट, बिहारका ५ सिट, जम्मू कश्मीरको एक सिट, कर्नाटकको १४ सिट, केरलाको २० सिट, मध्य प्रदेशको ७ सिट, महाराष्ट्रको ८ सीट, राजस्थानको १३ सिट, त्रिपुराको एक सीट, उत्तर प्रदेशको ८ सीट, पश्चिम बंगालको ३ रहेका छन् ।न्युज कारखाना

अफ्रिका, १४ बैशाख । भारी वर्षाको फाइदा उठाउँदै नाइजेरियाको जेलबाट सयभन्दा बढी कैदी भागेका छन्

 

नाइजेरियाको राजधानी अबुजा नजिकैको एक जेलबाट सयभन्दा बढी कैदीहरू भागेका हुन ।

 

जेल अधिकारीका अनुसार रातभर परेको भारी वर्षाले जेलका केही भागहरू ध्वस्त बनाए पछि उनीहरू जेलबाट भाग्न सफल भएका हुन ।

बुधवार राति देखी धेरै घण्टासम्म चलेको मुसलधारे पानीले नाइजर राज्यको सुलेजा सहरमा रहेको मध्यम सुरक्षा कारागारको परिधिको बारलाई ध्वस्त पारेको थियो, जसको फाइदा उठाउँदै ११८ कैदीहरूलाई भाग्ने बाटो मिलेको जेलका प्रवक्ता अदामु डुजाले भने ।

 

जेल सेवा र अन्य एजेन्सीहरूले फरार कैदीहरू मध्ये १० लाई पुनः पक्राउ गर्न सफल भएको छन । ‘अब हामी बाँकीलाई पुनः पक्राउ गर्नका लागि उनीहरूलाइ खोजी रहेका छौं,’ डुजाले भने, ‘जनतालाई पनि भाग्ने कैदीहरूको खोजी गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकैको सुरक्षा निकायमा रिपोर्ट गर्न आग्रह गरेका छौं ।’

 

डुजाले भागेका कैदीहरूको पहिचान वा सम्बद्धताको बारेमा कुनै विवरण दिएनन् । तर, विगतमा बोको हराम सशस्त्र समूहका सदस्यहरू सुलेजा जेलमा बन्दी रहेको नाइजेरियाका मिडियाहरूले उल्लेख गरेका छन ।

भागेका कैदीहरूले सुलेजा सहर र छिमेकी राज्यहरूलाई जोड्ने विशाल जङ्गलको बाटो खोज्ने डर छ, जसमध्ये केही ती ठाउँहरू त आपराधिक गिरोहहरूका लुक्ने ठाउँहरू हुन्।

 

समाचार अनुसार नाइजेरियाका जेलमा बन्दी रहेका ७० प्रतिशत कैदीहरू अझै पनि सुनुवाइको पर्खाइमा रहेका छन । नाइजेरियाका अधिकांश कारागारहरू पुराना छन्, जुन १९६० मा बेलायतबाट पश्चिम अफ्रिकी राष्ट्रको स्वतन्त्रताअघि औपनिवेशिक कालमा निर्माण गरिएका थिए। जसका कारण ती जेलहरू सुरक्षाको हिसाबले कमजोर रहेका छन ।

संरचनाहरू विरलै पुनर्निर्मित रहेका छन, जसले विगतका जेल ब्रेक गरी कैदीहरूलाई भाग्न सजिलो बनाएको छ। यसरी हजारौं कैदीहरू जेलबाट भागेका छन् । अबुजा सहित २०२२ मा लगभग ९०० कैदीहरू भागेका थिए ।
न्युज कारखाना

काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।

प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन ति दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । निर्देशनमा भनिएको छ, “सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाइ सोसम्बन्धी विवरण उपलब्ध गराउनू ।”

त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।

त्यस्तै, विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमणलगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी सङ्गठनलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।