सिरहा, १७ बैशाख । सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।
सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनाका आरोपी सोनावतीका ७२ वर्षीय श्रीमान् धनिकलाल यादव भने फरार छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकै अवस्थाबाट रिया हराएकी थिइन्।
खोजतलास गर्दै जाने क्रममा १४ गते राति साढे ११ बजेतिर रमेशको घरभन्दा उत्तरपट्टीसँगै रहेको छिमेकी धनिकलाल यादवको घरमा बालिकाको शव फेला परेको थियो।
छतमाथि जाने भर्याङको चौतरामा रहेको मुसुरको झङ्टाभित्र प्लाष्टिकको बोराभित्र रियाको लास लुकाई छिपाई राखेको अवस्थामा फेला परेको डिएसपी सापकोटाले बताए।
करिब एक वर्षदेखि रमेश र धनिकलालको परिवारबीच झैझगडा हुँदै आएको प्रहरी अनु्सन्धानले देखाएको छ। सोही विषयमा रिसइबी साधेर धनिकलालको परिवारले रियालाई मार्ने योजना बनाइरहेको प्रहरी अनुसन्धानले देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। न्युज कारखाना
बझाङ, १७ बैशाख । बझाङ प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी बतान्तर बढाउँदै गएका छन्। १०५६१ मतका साथ भण्डारीले लिड गरिरहेका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १०४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१ मतसहित अगाडि छन्।
माओवादीका जनकबहादुर बुढाले ३७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४६० मत ल्याएका छन्। न्युज कारखाना
भोजपुर, १७ बैशाख । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको ज्यान गएको हो।
दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ। घाइतेहरूको पहिचान खुल्न सकेको छैन। न्युज कारखाना
काठमाडौं, १७ बैशाख । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ।
पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।न्युज कारखाना
काठमाडौं , १७ बैशाख । पिपुल्स पावरको वार्षिक साधारण सभा सोमबार वैशाख १७ गते बस्दैछ । यस कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको हो ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गरिसकेको छ । तसर्थ, चैत २८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले हकप्रद निष्कासनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने छ भने १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । न्युज कारखाना
काठमाडौं, १७ बैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यता, सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ बढेको थियो।
यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।न्युज कारखाना
काठमाडौं, १७ बैशाख । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ। नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँबराबरको २ हजार २०२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३४ कम्पनीको मूल्य बढेको छ भने ११ को मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।न्युज कारखाना
काठमाडौं, १७ बैशाख । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याएका छन्। भण्डारी ९ मतले मात्रै अगाडि छन्। न्युज कारखाना
इलाम, १७ बैशाख । इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले २८ सय ५३ अग्रता कायम राखेका छन्। नेम्वाङ नौ हजार ४ सय ८४ मत प्राप्त लिड गरिरहेका छन्।
उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ६ हजार ६ सय ३१ मतका साथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले चार हजार ९५१ मत प्राप्त गरेका छन्।
स्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुले एक हजार ४०१ मत प्राप्त गरेका छन्। न्युज कारखाना
बझाङ, १७ बैशाख । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८३ मतको अग्रता लिएका छन्।
सिंह ९ हजार १ सय ६७ र नेकपा एमालेका दमन बहादुर भण्डारी ९ हजार ८४ मतका साथ कडा प्रतिस्पर्धामा छन्।
त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ५ सय ३५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय ४७ मत ल्याएका छन्।न्युज कारखाना