काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् ।
उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गरेका हुन् । न्युज कारखाना
पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट बैशाख १७ गते श्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।
बि.आर. ०५ एजेट ७५७४ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारत घर बताउने ४० बर्षिय पुरुषले सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।न्युज कारखाना
काठमाडौँ । हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङल्याण्डका खेलाडी प्लेअफका लागि उपलब्ध नहुने भएका छन् ।
इङल्याण्डले आगामी टी-२० विश्वकपको तयारीका लागि भन्दै आफ्ना खेलाडीलाई लिगचरणका खेलपछि फिर्ता बोलाएको हो ।
इङल्याण्डले विश्वकप्को तयारीका लागि पाकिस्तानसँग टी-२० सिरिज खेल्ने बताएको छ ।
इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि छनोट भएका सबै खेलाडी पाकिस्तानविरुद्धको टी–२० सिरिजका लागि उपलब्ध हुनुपर्ने बताएको छ । टोलीमा छनोट भएका खेलाडी इङ्ल्यान्ड फर्कनेछन् ।
आइपिएलको फाइनल खेल मे २६ मा हुनेछ । प्लेअफमा क्वालिफायर–१, एलिमिनेटर, क्वालिफायर–२ र फाइनल गरी कुल ४ खेल हुनेछन् ।
इङल्याण्डका आठ खेलाडीले आइपिएल खेलिरहेका छन् । जसमा जोस बटलर (राजस्थान रोयल्स), मोइन अली (चेन्नई सुपर किंग्स), जोनी बेयरस्टो, साम कुरान, लियाम लिभिङ्स्टन (तीनै पञ्जाब किंग्स), विल ज्याक्स, रीस टोपले (दुवै रोयल च्यालेन्जर्स बैंगलोर) र फिल साल्ट (कोलकाता नाइट राइडर्स) बाट खेलिरहेका छन् । यी सबै खेलाडीले आईपीएल प्लेअफ गुमाउने छन् ।
इङल्याण्डले पाकिस्तानसँग मे २२ देखि मे २८ सम्म ४ टी-२० खेल खेल्ने बताएको छ ।न्युज कारखाना
काठमाडौँ । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट करिब २ टनभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा सो फोहोर सङ्कलन गरेको हो । 
सङ्कलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन् । सफा हिमाल अभियान जारी रहेको नेपाली सेनाले जनाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुखप्रतिनिधिहरूको समन्वयमा नेपाली सेनाको सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ । 
‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ । गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने छ । न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।
इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफु परिचित रहेको बताए ।
ओलीले आफुले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै आफुले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउदै सुहाङले राम्रो काम गर्ने बताए ।न्युज कारखाना
नुवाकोट । काठमाण्डौ–त्रिशुली भएर चल्ने ईभी माईक्रो वसको भाडा घट्ने भएको छ ।
नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहिबार २० गते देखि लागुहुने गरि भाडा घटाउने बताएका हुन् । टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माईक्रोको भाड तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए ।
यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्धारा संचालित ईभी माइक्रोहरुले पनि २० गते बिहिबार देखि भाडा घटाउने बताएका छन् ।
यसअघि ईभी माईक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो । सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरुले ईभीको भाडा आफु्खुशी लिँदै आएका छन् ।
नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा.ली र नेपाल माइक्रोवस कम्पनि प्रालिले ईभी माइक्रो संचालन गरिरहको छन् । न्युज कारखाना
काठमाडौँ । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
टी-२० विश्वकप खेल्ने भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट), सञ्जु सैमसन (विकेट), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।
त्यस्तै रिजर्भ खेलाडीमा शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई राखिएको छ ।
आगामी टी-२० विश्वकपमा भारत समुह ए मा रहेको छ । समुह ए मा भारतसहित पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् ।
विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाण्डौँ । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ ।
विश्व बैंक समूहको नेतृत्व गर्र्दै तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाण्डौँमा हुँदैछ ।
बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताए ।
आइडीएको २१औं बैठक आगामी असारमा काठमाडौँमा हुँदैछ । मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए ।
बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए । यस्तै बैठक तयारीबारे काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ थियो । विकास साझेदारहरुको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् । आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने जनाएको छ ।
नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आईडीए बैठकको प्रमुख एजेण्डा छ ।
आइडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो । विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन । हरेक तीन वर्षमा हुने आइडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।न्युज कारखाना
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्ने बारे नयाँ शिरा बाट सोच्नुपर्नेमा जोड दिएका छन् ।
आज पार्टीको तराई मधेस र पुर्बान्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रबादि प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुराबस्थाबाट पार पाउन ठुलो छातिका साथ राष्ट्रबादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए । पद,प्रतिष्ठा, स्वार्थ र महत्वाकांक्षालाई बिसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।
वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भुमिका निर्बाह गर्न तयार रहेको समेत उल्लेख गरे । अहिलेको भ्रष्टतन्त्र र मनपरिलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
ईलाममा पार्टी संगठन कमजोर रहेको ,प्रचार अभियान प्रभावकारी नभएको र साधन श्रोतको अभाबले थोरै भोट आउनु स्वभाविक भएको समेत उनले बताए । बैठकमा पार्टीका बिभिन्न पदाधिकारी र जिल्ला अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए ।न्युज कारखाना
काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ ।
आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा रोकिएको छ ।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको थियो । आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो । यसैगरी आज ग्रीन डभलपमेन्ट बैंकको ८.२९,बोटलर्सको ७.६२ र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.२० प्रतिशतले मूल्य बढेको थियो ।
त्यसैगरी आज सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मुल्य ७.१८ प्रतिशतले घटेको थियो ।
आज फाइनान्सबाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको थियो । आज डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ४.९० प्रतिशतले बढेको थियो । आज कारोबार रकमका आधारमा साइन रेसुंगा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । यस बैंकको १८ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो । न्युज कारखाना