२०८३ श्रावण २२
२०८३ श्रावण २२

काठमाडौँ । एलन मस्कले टेस्लाका दुई वरिष्ठ अधिकारीहरूलाई कम्पनीबाट बर्खास्त गरेका छन् । बर्खास्तीमा परेका इलेक्ट्रिक वाहन निर्माताको सुपरचार्जर व्यवसायका वरिष्ठ निर्देशक रेबेका टिनुची र नयाँ उत्पादनका प्रमुख डेनियल हो रहेका छन्  ।

द इन्फर्मेसनका अनुसार मस्कले यी दुई कार्यकारीको मातहतमा कार्यरत ५०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गर्ने तयारी पनि गरिरहेका छन् ।

सुपरचार्जर टोलीमा मात्र करिब ५०० कर्मचारी छन् । टेस्लाका मालिकहरू कारको बिक्री घट्दा समस्यामा परेका छन् । यस बाहेक मस्कले टेस्लाको नीति टोलीलाई पनि हटाउनेछ । डेनियल पछिल्लो ११ वर्षदेखि टेस्लासँग आवद्ध थिए

उनी टेस्लाको मोडेल एस, मोडल ३ र मोडल वाई को विकासमा कार्यक्रम प्रबन्धकको रूपमा २०१३ मा टेस्लामा सामेल भए । उही समयमा, टिनुचीले २०१८ मा टेस्लामा वरिष्ठ उत्पादन प्रबन्धकको रूपमा सामेल भए ।

यस महिनाको सुरुमा, दुई वरिष्ठ कार्यकारीहरू, पटेल र ब्याट्री विकास प्रमुख ड्र्यू बाग्लिनोले कम्पनीको १० प्रतिशत भन्दा बढी कार्यबलको कटौतीको रिपोर्टपछि आफ्नो प्रस्थानको घोषणा गरेका थिए ।

अटोमेकरको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार डिसेम्बर २०२३ सम्ममा कम्पनीसँग विश्वभर १,४०,४७३ कर्मचारी थिए । कम्पनीको यो कटौतीका कारण करिब १५ हजार कर्मचारीले जागिर गुमाउन सक्नेछन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टेस्लाले ६ हजार कर्मचारीहरूलाई हटाउन सक्छ । यसमा क्यालिफोर्निया प्लान्टका करिब ३३ सय कर्मचारीहरू र टेक्सास प्लान्टका २७ सय कर्मचारीहरू समावेश छन्। न्यूयोर्कमा रहेको टेस्लाको बफेलो प्लान्टबाट २८५ कर्मचारीलाई पनि निकालिनेछ ।

टेस्लाले मार्च २३ मा मार्च क्वार्टरको नतिजा जारी गर्‍यो। जनवरीदेखि मार्चसम्मको आम्दानीका हिसाबले कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ५५ प्रतिशतले घटेको बताइएको छ ।

यस अवधिमा कम्पनीले २१.३ अर्ब डलर कमाएको छ भने नाफा १ अर्ब १३ करोड डलर रहेको छ । यो त्रैमासमा नाफामा ठूलो गिरावट विद्युतीय सवारी साधनको बिक्रि नहुनुलाई मानिएको छ ।
न्युज कारखाना

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् ।

यस अघि विनोद भण्डारी १९, अनिल शाह १४, लोकेश बम २८, अरिफ सेख ३  रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले १२ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएको छ ।
न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् ।

एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा श्रमिक र मजुरहरूको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए ।

“मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु । साथै रोजगारदाता संस्थाहरूसमेत श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति लचिलो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दछु ।”

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वको रुपमा लिँदै कानुनी आधार तयार गर्न लागिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरेको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपाली नागरिकहरूको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा समाजिक सुरक्षा कोषलाई विकास गराइने बताए । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाए ।

“सीमित साधनस्रोत र असीमित आकाङ्क्षाका बीच सन्तुलन कायम गर्दै श्रमिकमैत्री नीति, कानुन र कार्यक्रमका निम्ति सरकार सधै सकारात्मक रुपमा प्रस्तुत हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः विदेशमा रहेका नेपालीको स्वाभिमान र हितरक्षा, नीति निर्माणमा श्रमजीवी वर्गको सम्मानजनक प्रतिनिधित्व, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, श्रमको सम्मान र श्रम संस्कृतिको विकासमा सरकारले प्राथमिकताका साथ काम गर्नेछ ।”

देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ ।”

सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित ‘निरासा चिर्दै, भरोसा जगाउँदै’ मूलमन्त्रलाई व्यवहारिक रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्यूनीकरण गर्दै रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।

“सरकारको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियनहरू, निजी क्षेत्र लगायत सबैको साथ रहने मेरो विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने ।
न्युज कारखाना

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ सेख ३ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्श ले आउट गरेका हुन् ।

यस अघि विनोद भण्डारी १९ र अनिल शाह १४ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ९.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका विनोद भण्डारी१९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।न्युज कारखाना

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिक सहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ ।सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिक सहित ४ जनालाई नयन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा रौतहटका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहार घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् । अर्का एक जनाको परिचय भने खुलेको छैन । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताएका छन् ।

सम्भव भए आज साँझ सम्म पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरिने बुझिएको छ। उनीहरुलाई आवश्यक अनुसन्धान गर्नु परेकोले प्रहरीले सार्वजनिक गरेका छैन ।न्युज कारखाना

हेटौडा । सशस्त्र प्रहरीको एक टोलीले  मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–९ स्थित हेटौडा सिमेन्ट फ्याक्ट्री नजिकै जंगलमा लागेको आगो निभाएको छ ।

सशस्त्रको मकवानपुरस्थित सुरक्षा फौजको १५ नम्बर गणका सशस्त्र प्रहरीहरुले आगो निभाएका हुन् ।
न्युज कारखाना

काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले आफ्नो चुनावी अभियान अवलोकन गराउन नेपालसहित विभिन्न देशका १८ राजनीतिक पार्टीलाई निमन्त्रणा गरको छ ।

भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत विश्वका विभिन्न दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेको भाजपाका विदेश विभाग इन्चार्ज डा.बिजय चौथाइवालेले जनाएका छन् ।

नेपालबाट यस कार्यक्रमका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्ता गरिएको छ ।

नेपालबाट कांग्रेसका उदय शमशेर राणा, माओवादीका मात्रिका यादव, एमालेका विष्णु रिमाल, रास्वपाका शिशिर खनाल र जनमतका जयकान्त राउतले प्रतिनिधित्व गर्दै छन् ।

यसक्रममा उनीहरुले भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने भाजपाले जनाएको छ ।

उनीहरुलाई बिजेपीको चुनावी अभियान र उसको रणनीतिसहित समग्र चुनावी प्रक्रियाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको चौथाइवालेले जनाएका छन् ।

यस क्रममा उनीहरुलाई विभिन्न राज्यमा भइरहेका चुनावी अभियानमा समेत अवलोकन गराइने छ ।
न्युज कारखाना

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।

सिरिजको तेस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् ।

त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।न्युज कारखाना

 

रौतहट १९ बैशाख । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा रौतहटका बरिष्ठ पत्रकार सञ्जय मिश्रा वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन्।

तराई बिकास तथा संञ्चार केन्द्र नेपालद्धारा सुरु भएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियान अन्तर्गत स्थानिय  कटहरिया नगरपालिका ५ घर भएका पत्रकार मिश्राले आफ्नै प्राङ्गणमा वृक्षारोपण गरी आफ्नो ५६ औ जन्मदिन मनाएका हुन्।

बर्तमान समयमा मानिसले आफ्नो जन्मदिनको अवसरमा ठूला ठूला होटलमा हजारौं खर्चिनु निरर्थक रहेको तथा एउटा बिरुवा हुर्काउन सके आजीवन जन्मदिनको सम्झना दिने भएकाले वृक्षारोपण गरेर जन्मदिन मनाईएको पत्रकार तथा न्युज कारखानाकर्मी मिश्राले बताएका छन्।
आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोप्नु पर्ने सन्देश समाजमा फैलाउनु सार्हैनै सकारात्मक कुरा हो। बिरुवा रोपेर मात्र नहुने यस्को संरक्षण पनि गरिनु त्यतीनै आवस्यकता रहेको उनको भनाई छ।

नेपाली समाजलाई सभ्यता अनुसार अगाडी बढाउन सत्कर्म आवश्यक रहेको बताउदै आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्द चौलागाईले यो अभियानलाई देशका सम्पुर्ण भागमा पुर्याउनु पर्ने  बताएका छन्।
राजधानी काठमाण्डौ स्थित केही दिन अघि सचिव चौलागाईंले आफ्नो जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गरी जन्मदिन लाई सत्कर्मबाट जोडौं अभियानको थालनी गरेका थिए।

उक्त अवसरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व मन्त्री डाक्टर बंशिधर मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल लगायत सहभागीहरुले आफ्नो जन्मदिन लाई सत्कर्म बाट जोड्न वृक्षारोपण गरेर मनाउने प्रतिवद्धता जनाएका थिए।

आयोजक संस्थाका अध्यक्ष चौलागाईंका अनुसार अभियान सुरुभए यता रौतहट, नुवाकोट, काठमाडौं लगायत देशको कैयौं स्थानमा दर्जनौं मानिसहरूले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाएका छन्।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।