२०८३ श्रावण २१
२०८३ श्रावण २१

 

सर्लाही, २१ वैशाख । अबैधरुपमा खोलाबाट वालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको छ।

लालबन्दी नगरपालिका १७ स्थित कालिञ्जोर खोलाबाट अबैध रुपमा गिट्टी वालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपर नियन्त्रणमा लिएको हो।

कालिञ्जोर खोलाबाट अवैधरूपमा उत्खनन गरिरहेको अवस्थामा बिहीबार साँझ उक्त टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति मलंगवामा पत्राचार गरिएको प्रहरीले जनाएको छ।

 

बारा, २१ वैशाख । बारा जिल्लाको कोल्हवी क्षेत्र र रौतहटको गुजारा नगरपालिका अन्तर्गत लालबकैया नदीबाट ब्यापकरूपमा मापदण्ड विपरित भइरहेको ढुङ्गा, गिट्टी बालुवा उत्खन्न रोक्न नेविसंघले सक्रियता देखाएको छ। पछिल्लो समय स्थानीय तहका कर्मचारी र विभिन्न निकायहरूको मिलोमत्तोमा नदीबाट नियम विपरित ब्यापकरूपमा ढुङ्गा,बालुवा र गिट्टी उत्खन्न गरिरहेको छ।

रौतहटको हनुमानगन्ज, जङलसहिया, सिमरी क्षेत्रको बकैया नदीबाट मापदण्ड विपरित ढुङ्गा बालुवा निकासी हुने गरेको छ। त्यस्तै कोल्हवी नगरपालिकाको अन्तर्गतमा रहेको बकैया नदीबाट ठेकेदारहरूले मापदण्ड विपरित ढुगा, बालुवा, गिटी र ग्रेभल उत्खनन् गरेर रातारात ढुवानी गरिरहेको छ। रातारात डोजर नदीमा लागेर उत्खनन गरी लागिरहेको अवस्थामा गत १९ गते राति डिबिजन वन कार्यालय रौतहटले प्रदेश सांसद सुनिल कुमार यादव जितेन्द्रको एउटा टिपर नियन्त्रणमा लिएको थियो। उनको शक्ति अगाडी टिक्न नसकेका वन कर्मचारीले उक्त टिपर रातारात फिर्ता गरेको सञ्चारकर्मी अशेष ढुङ्गानाले बताएका छन्।

कोल्हवी नगरपालिकाले गरेको लालबकैया नदीको टेण्डर दुई करोड नब्बे लाख चालिस हजारमा  सुवेदी निर्माण सेवा, बरियापूरलाई नदी उत्खनन्को अनुमति दिएको थियो।

तीनवटा पोइन्टमा १ वटा स्काभेटर प्रयोग गरी नदी उत्खनन्को अनुमति पाएको ठेकेदार कम्पनीले सुरुवाति दिनमा ६ वटासम्म स्काभेटर प्रयोग गरेको थियो भने हाल चार वटा एक्साभेटर प्रयोग गरी उत्खनन् गरिरहेका छन्।

बकैया नदीमा उत्खनन् गर्न चारदेखि छ वटा स्काभेटर र दुई दर्जन भन्दा बढी टिपरको प्रयोग हुँदै आउँदा पनि नियमनकारी निकाय जिल्ला प्रशासन र जिल्ला समन्वय समिति मौन बसेको देखेर  तरुण दलका केन्द्रीय सदस्य बिजय चौधरिको नेतृत्वमा  केन्द्रीय सदस्य शिव चौधरी, जिल्ला अध्यक्ष समीर चौधरी, जिल्ला सदस्य प्रभात चौधरी र तरुण दल कोल्हवी नगर सभापति सन्जय चौधरी थारुको टोलीले नदीको स्थलगत निरीक्षण गरेको थियो।

प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनुसार ठेकेदारले तोकिएको स्थान बाहेक अन्य स्थानहरुमा उत्खन्न गरेको, मनपरी ढंगले ठूलो परिमाण निकाल्ने गरेको भेटिएपछि नेविसंघको टोलीले उत्खननमा लागेको तीनवटा स्काभेटरको साँचो बिहीबार साँझ खोसेर मेयर राम प्रसाद चौधरीलाई  बुझाएको थियो।

मापदण्ड विपरीतको उत्खननले नदी क्षेत्रको वन जोखिनमा पर्नुको साथै र नदीले धारसमेत परिवर्तन गर्ने डरसमेत रहेकाले त्यस्तो कार्य अविलम्ब रोक्न नेविसंघले पाँच बुँदे ज्ञापन पत्रसहित मेयर चौधरिलाई बुझाएको छ।

ठेक्केदारहरूका साथै प्रदेश सांसद जितेन्द्रको क्रेसर उद्योगका मानिसले नियम विपरित काम गर्दा पनि जिल्ला समन्वय समितिबारा, रौतहट र दुवै जिल्लाका स्थानीय प्रशासन मौन रहनुले उनीहरूको संरक्षण भएको हुनसक्ने अनुमान गरिएको छ।

  बैशाख २१ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले माधोपुरका आगलागी पीडितलाई राहतस्वरुप विभिन्न सामग्री सहयोग उपलब्ध गराएका छन् । माधवनारायण नगरपालिका–६ माधोपुरका आगलागी पीडित परिवारहरुलाई मेयर यादवले राहत स्वरुप तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री, ग्यास सिलिण्डर, चुल्हो, लत्ताकपडा, भाडावर्तन, त्रिपाल लगाएत सामग्री वितरण गरेका छन् । हिजो विहीवार दिउँसो अचानक माधोपुरका आशनारायण मुखिया विन सहित चार जनाको घरमा भिष्ण आगलागी भएको थियो । आगलागीबाट तिनवटा फुस र एक टालीको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट घरमा राखिएको लत्ताकपडा देखी लिएर खाद्यान्न लगाएतका सम्पूर्ण सामानहरु जलेर खरानी भएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि जनधनको क्षति भएको थियो । आगलागीमा परेर एक गोरु जलेर घाइते भएका थिए । आगलागीबाट घर सहित घरमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा पीडित परिवारहरु बिच्चलीमा परेका छन । आगलागीबाट करिव १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । आगलागीबाट चार जनाको परिवार घरवार विहिन हुन पुगेको सुचना पाउनेवित्तिकै राहतका साथ विहिवार साँझ अबेर घटनास्थल पुगेका माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले आगलागीबाट पीडित भएका चारै जनाको परिवारलाई राहत उपलब्ध गराएका थिए । मेयर यादवले आगलागीबाट पीडित भएका चारै जनाको परिवारलाई चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाडावर्तन, ग्यास सिलिण्डर, चुल्हो, त्रिपाल लगाएतका सामग्री सहयोग गरेका छन् । मेयर यादवले पीडितहरुको घर निर्माणका लागि समेत आफुले सक्दो सहयोग गर्ने र पहलकदमी लिने समेत प्रतिबद्धता जनाएका थिए । सो अवसरमा मेयर यादवले घटनाबाट भएको क्षतिको निरीक्षण समेत गरेका थिए । आपद बिपदमा परेका नागरिकलाई हर प्रकारले सहयोग गर्न पछि नहट्ने माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले पीडितहरुको घरदैलोमै पुगेर उक्त सामाग्रीहरु हस्तान्त्रण गरेपछि पीडितहरु खुसी भएका छन् । नगर प्रमुख यादवले खाद्यान्न लागाएत सामग्री बितरण गरेपछी पीडितहरु ठूलो राहत पाएका छन । राहत सामग्री पाएपछी पीडितहरु निकै हर्षित भएका छन । दुखको घडिमा आगलागी पीडितलाई सहयोग गरी पीडितको दुखमा मलहम लगाउने काम गरेको भन्दै मेयर यादवको चौतर्फि प्राशंसा हुन थालेको छ । सो अवसरमा माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, इन्जीनियर नागेन्द्र यादव लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । आगलागीको कारण खुल्न सकेको छैन भने गौर नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगले प्रहरी र स्थानीयहरुले समयमै आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुनबाट जोगिएको थियो ।

काठमाडौं, २१ वैशाख । मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक बिदा दिने निर्हुणय गरेको छ।

चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले उक्त दिन नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मातातीर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्नेगर्छ। त्यसैले दर्शनार्थीहरूलाई सहजहोस् भन्ने उद्देश्यका साथ बिदा दिइएको नगरपालिकाले जनाएको छ।न्युज कारखाना

झापा, २० बैशाख । झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै गर्दा कक्षा १२ मा अध्ययनरत छात्रा माथि गोली प्रहार भएको छ ।

 

परीक्षा दिए र फर्कदै गरेकी एनिका अधिकारीलाई गोली प्रहार भएको हो ।

उदयपुर घर भई दमकमा डेरा गरि बसेर अध्ययन गर्दै आएकी अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

गोली हानेर फरार यादवको प्रहरीले खोजी गरिरहेको छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।न्युज कारखाना

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९ बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन् ।

टोखा नगरपालिका-९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृतिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले खाजाघर संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्दार गरिएको छ ।

नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनि खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्राश र प्रलोभन देखाई ग्राहकहरूसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल/गेष्टहाउसहरूमा समेत पठाई वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
न्युज कारखाना

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको औंल्याएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बृहत् रक्तदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसले वर्तमान अवस्थामा जनताको माझमा रहेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।

‘आज विश्व प्रेस स्वतन्त्रता दिवस पनि हो। स्वतन्त्र प्रेसका प्रति सरकार अनुदार भएर अगाडी बढेको छ। लोकतान्त्रिक पद्धतिमाथि चौतर्फी प्रहार भइरहेको छ। जनताका जनजीवनका सवालमा सरकार बेखवर छ। यतिबेला कांग्रेसले अरूको वैशाखी बन्नु हुँदैन। हामीलाई वैशाखी बनाएर आफ्नो दुनो सोझ्याउन माहिर पश्चगामीहरूलाई अब कांग्रेसले ठिक साइजमा ल्याउने बेला भइसकेको छ। हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरौं र २०८४ मा एकल बहुमत ल्याउन सक्ने पार्टी तयार पारौं,’ उनले भने।

जहिले जताततै समस्या नै समस्या र निराशा नै निराशा रहेकाले त्यो चिर्नका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महरको भनाइ छ। ‘जताततै आगलागी भएको छ। काठमाडौं विश्वकै एक नम्बर प्रदूषित सहर बनेको छ। जनतालाई श्वास फेर्न नै उकुसमुकुस भइरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ। सडकको अवस्था दयनीय छ। स्वास्थ्य र शिक्षा तहसनहस अवस्थामा छ। यसलाई सही बाटोमा ल्याउन कांग्रेसले सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ,’ महरले भने।

गठबन्धन र सत्ता केन्द्रित राजनीतिका कारण जनतामा चरम निराशा छाएको कुरालाई कांग्रेसले नजरअन्दाज गर्न नहुने उनको ठहर छ। यसले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र धुमिल पानीमा माछा मार्न खोज्नेहरू सक्रिय हुनेतर्फ महरले चिन्ता व्यक्त गरेका छन्।

‘त्यसैले अब जनताको चाहनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ। त्यसका लागि १० औं वर्ष प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेस तयार हुनुपर्छ। यो साढे तीन वर्षको अवधिमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै पार्टीका बाँकी रहेका कामलाई पनि फत्ते गर्नुपर्छ। त्यसपछि मात्र कांग्रेसप्रति जनताको पुरानो विश्वास फर्किने छ र बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने छैन,’ महरले भने।

यस्तै महरले खेलकुद क्षेत्र कुनै पनि राजनीतिक दलको प्राथमिकतामा नरहेकाले कांग्रेसले प्राथमिकतामा राख्नु पर्ने बताए। विश्व मानचित्रमा देशको पहिचान बढाउन खेलाडीहरूको ठूलो भूमिका रहेकाले उनीहरूलाई प्रेरित गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने महरको भनाइ छ। सरकारमा रहँदा होस् वा प्रतिपक्षमा हुँदा कांग्रेस सधैँ खेलाडीका पक्षमा जिम्मेवार हुनुपर्ने महरले बताएका छन्।न्युज कारखाना

रौतहट । मधेश प्रदेश सरकारका स्वास्थ तथा जनसंख्या राज्य मन्त्री केशव राय चौधरीले रौतहटको कटहरिया नगरपालिका ३ स्थित बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् ।

कटहरिया ३ बिर्ती प्रष्टोका गाउँ छेउ शुक्रवार एक समारोहका बिच विधिवत रूपमा ब्राह्मण द्वारा मन्त्रोच्चारण पश्चात कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री चौधरीले बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन।

उक्त अवसरमा वडा ३ का अध्यक्ष श्यामाकान्त यादव,४ का अध्यक्ष चन्दन कुशवाहा , वडा अध्यक्ष संन्जय यादब, शिक्षक नेता मणिशंकरनिधि, मेयर प्रत्याशी योगेन्द्र साह, एमाले नेता बिनोद साह, लगायत बुद्धिजीवी,समाजसेवी, युवाहरूको बिशेष उपस्थितिमा रहेको थियो ।

मधेश प्रदेश सरकारको कुल २५ लाख रुपैयाँको लागतमा तीन महिना भित्र बर्थिङ सेन्टर भवनको निर्माण गरिने योजना रहेको वडा ३ का अध्यक्ष श्यामाकान्त यादवले जानकारी दिएका छन् ।
न्युज कारखाना

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गल्छि गाउँपालिका-५ बस्ने २२ वर्षीय प्रकाश तामाङ र १९ वर्षीय जिवन लामा रहेका छन् । अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००४ प २९१५ नम्बरको  मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-६ देउनिया खोला छेउ बाँसघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेरूमा मेचिनगर नगरपालिका-७ घर बताउने २२ वर्षीय अजय राजबंशी र ईलाम सन्दकपुर गाउँपालिका-३ घर बताउने २९ वर्षीय रमेश मगर रहेका छन् । प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले  उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित सोही  उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने १८ वर्षीय किशोर समेत ६ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले किशोरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी बेचबिखनमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनरागन २५ एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जानकारी दिएको छ ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो ।  विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।