२०८३ श्रावण २१
२०८३ श्रावण २१

काठमाडौँ । हमासले गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न आफ्नो प्रतिनिधिमण्डल इजिप्टको कायरो जाने भएको छ ।

इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ ।

विदेशी मध्यस्थकर्ताहरू इजरायलको प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहेका छन् । अमेरिकी सञ्चारमाध्यमले इजरायलले हमासलाई प्रस्ताव स्वीकार गर्न एक साताको समय दिएको दाबी गरेको छ ।

इजरायलले यो प्रस्ताव स्वीकार नगरे गाजाको दक्षिणमा रहेको रफाह सहरमा आक्रमण गर्ने जनाएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासलाई हराउन रफाहमा आक्रमण गर्नु आवश्यक भएको दाबी गरेका छन् । तर, इजरायलले रफाहमा आक्रमण गरे लाखौं प्यालेस्टाइनीको ज्यान खतरामा पर्न सक्ने डर छ ।न्युज कारखाना

राजविराज । आर्थिक र सामाजिक रुपमा पछाडी रहेको समुदायको महिलाहरुलाई सशक्तिकरणको लागि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रुई परियोजना संचालनमा ल्याइएको छ ।

छिन्नमस्ता गाउँपालिकाको सम्वन्यमा वर्ल्ड फुड प्रोग्रामको नेतृत्वमा युएन(ग्ल्)को पाँचवटै एजेन्सीद्वारा उक्त पाँच वर्षे आयोजना संचालनमा रहेको छ ।

उत्पादन मुलुक क्षेत्रमा लगाएर पिछडिएका महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन यो परियोजना संचालनमा ल्याएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

उनले यस परियोजनामा ३४ वटाको समुहको ९ सय भन्दा बढी महिलाको प्रत्यक्ष सहभागिता रहेको जानकारी दिए ।

‘छिन्नमस्ताको ३ नं र ५ नं वडामा महिलाहरुको समुह बनाएर करिब ६ महिनादेखि यो परियोजना संचालानमा रहेको छ,’ उनले भने, ’यस परियोजना मार्फत उनीहरूलाई कृषि, लघु उद्यम सम्बन्धि तालिम, बिउ बिजन दिने तथा उत्पादन मुलुक क्षेत्रमा सघाउने लगायतका कामहरु गर्ने गरिन्छ।’

उनले यही १७ गते मात्र वडा नं ३मा ६ सय ३१ जनालाई ६ हजार ७ सय २० केजी र  वडा नं ५ मा १० केजीको दरले हुने गरि १ हजार ५ सय ७५ केजी धानको बीउ वितरण गरेको बताए ।

अध्यक्ष चौधरीले वितरण गरिएको बिउ मदर सिड्स (आमा बिउ) रहेकोले अगामी वर्षमा पनि त्यसैबाट बिउ प्रयोग हुनसक्ने बताए ।

‘दोस्रो चरणमा महिला सदस्यहरूलाई निःशुल्क उन्नत जात अन्तर्गतको साबा मन्सुली,राधा १२,सुखा धान,बहुबुनी,सर्बना धानको मुल बिउ बितरण गरेका छौँ, जसले उत्पादनमा वृद्धि,पोषणलाई सबल,वातावरणीय प्रभावमा जलबायु अनुकूरण, जिबिकोपार्जनमा जोड तथा आर्थिक र सामाजिक रुपले पछाडी परेका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा टेबा पुग्ने छ,’ उनले भने, ’यस परियोजना अन्तर्गत यस अघि कोदो(मरुवा)को बीउ ८० केजी, तरकारी तथा हिउँदे तरकारीको बिउ करिब ३० बिघा जमिनलाई पुग्ने गरि ५८ केजी बितरण गरिसकेका छौँ भने उन्नत जातको धानको बीउ ३ मेट्रीकटन,गहुँको बिउ १० हजार ८० केजी,आलु हाइल्याण्डको बिउ  ७५० केजी बितरण गरिसकेका छौँ ।’

अध्यक्ष चौधरीले ५ बर्षको यस परियोजनमा करिब ५ अर्ब रुपैयाँ लागत लाग्ने जनाएका छन् ।  उनले भने, ’यो परियोजना ५ बर्षको छ, करिब ५ अर्ब लागत लाग्नेछ, यसमा अझै थप कार्यक्रमहरू हुँदै जानेछ ।’न्युज कारखाना

हेटौंडा / चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् ।

घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका ७२ वर्षीय टंक बहादुर पाण्डे रहेको छन् । पाण्डे आफ्नै मकै बारीमा काम गर्ने क्रममा जंगली गैँडाले आक्रमण गरि घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

गैँडाको आक्रमणबाट घाईते पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।न्युज कारखाना

धनगढी, २२ वैशाख । कैलालीमा भन्सार छली गरी ल्याइएको पाँच लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा भारतबाट भन्सार छली गरी अवैधरुपमा ल्याइरहेको अवस्थामा पाँच लाख नौ हजार ५४० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका–३ को ज्ञानुप्लाजा नजिकैबाट एक लाख २८ हजार बराबरको कुर्ता, सुट, दोपट्टा, भजनी नगरपालिका–८ को खैराबाट दुई लाख ३४ हजार रुपैयाँ बराबरको सुर्ती र बिडीसहित एउटा मोटरसाइकल बरामद गरिएको छ ।

यस्तै, भजनी नगरपालिका–५ को लालबोझी र पिपलकोटीबाट ८० हजार बराबरको ३५० किलो चिनी, खाने तेल, प्लाष्टिक झोला लगायतका सामान, टीकापुर नगरपालिका–९ को खक्रौलाबाट २५ हजारको तर्बुजा र कैलारी गाउँपालिका–५ बाट १० हजार बराबरको दुई वटा टेबुल पंखा बरामद गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

ती सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
न्युज कारखाना

धनगढी, २२ वैशाख । कैलालीमा भन्सार छली गरी ल्याइएको पाँच लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा भारतबाट भन्सार छली गरी अवैधरुपमा ल्याइरहेको अवस्थामा पाँच लाख नौ हजार ५४० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका–३ को ज्ञानुप्लाजा नजिकैबाट एक लाख २८ हजार बराबरको कुर्ता, सुट, दोपट्टा, भजनी नगरपालिका–८ को खैराबाट दुई लाख ३४ हजार रुपैयाँ बराबरको सुर्ती र बिडीसहित एउटा मोटरसाइकल बरामद गरिएको छ ।

यस्तै, भजनी नगरपालिका–५ को लालबोझी र पिपलकोटीबाट ८० हजार बराबरको ३५० किलो चिनी, खाने तेल, प्लाष्टिक झोला लगायतका सामान, टीकापुर नगरपालिका–९ को खक्रौलाबाट २५ हजारको तर्बुजा र कैलारी गाउँपालिका–५ बाट १० हजार बराबरको दुई वटा टेबुल पंखा बरामद गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

ती सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
न्युज कारखाना

काठमाडौं, २२ बैशाख । मोरङको रतुवामाई नगरपालिका-६ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार बेलुकी साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री देश भारत अररियाका ३४ वर्षीय फिरोज सिद्दकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैयाँ बरामद गरेसगै पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।

नेपाली बलर सागर ढकालले तिनै विकेट लिएका हुन् । सागरले वेस्ट इन्डिज ए का जोन्सन चार्लेज, कडीम एलेयन र मार्क डेयाललाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले यो समाचार तयार गरुन्जेल ८ ओभरमा ३ विकेट गुमाएर ६५  रन बनाएको छ । न्युज कारखाना

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ ।

२०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई ‘सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आइपर्ने समस्या र अप्ठेरा समाधान गरी यात्रुलाई सेवा दिन सकिने तथ्य पुष्टि गरेको छ ।

सवारी आवागमनलाई सहज र सुरक्षित बनाई दुर्घटना न्यूनीकरण गर्न थप प्रहरी परिचालन गरी अभियान संचालन गरिएको छ । अभियान शुरू भएदेखि २०८० चैत महिनासम्मको अवधिमा कर्णाली प्रदेशमा यात्रु मैत्री अभियान अन्तर्गत जम्मा ८ लाख १६ हजार ८ सय ४१ वटा सवारी साधन जाँच गरिएको छ । ती सवारीमा यात्रा गर्ने २९ लाख ९ हजार ९ सय ९४ जना नागरिक लाभान्वित भएका छन् ।

सार्वजनिक सवारी साधनमा यात्रुलाई सुरक्षित र मर्यादित रूपमा यात्रा गराउने वातावरण सिर्जना गर्न अभियान केन्द्रित रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, “यात्रुलाई सुरक्षित र सहज तरिकाले गन्तव्य तय गराउने अवस्था सिर्जना गर्नका निमित्त अभियान संचालन गरिएको हो । यसले बिना झन्झट र नठगिइकन यात्रा गर्न पाइएको पृष्ठपोषण यात्रुहरूबाट आइरहेको छ । अभियानको उचित अनुगमन र मूल्याङ्कन गर्दै यसलाई अझ प्रभावकारी बनाउन केन्द्रबाट समेत निर्देशन एवम् उचित व्यवस्थापन गरिएको छ । यसले गर्दा समस्या परेमा, दुर्व्यवहार भएमा तत्काल प्रहरीले यात्रुलाई सहयोग पुर्‍याउँदछ ।”

धेरै सवारी साधन आवतजावत गर्ने ठाउँ र सडकमा सक्रिय रूपमा प्रहरी परिचालन गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्छन्, “हामीले हरेक इलाकामा नजिकको प्रहरी कार्यालय र ट्राफिक प्रहरीको फोन नम्बर, हटलाइन नम्बर दिएका छौं । कुनै समस्या भए खबर गर्न अनुरोध गरेका छौं । गस्ती बढाएका छौं । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी खटिएर गई आवश्यक कारवाही गर्ने गरिएको छ ।

सवारीसँग सम्बन्धित सरोकारवाला निकाय, सवारी धनी तथा सवारी चालक एवम् सहचालकसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।” सडक सुरक्षाको लागि स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी पर्याप्त मात्रामा रोड ईन्जिनियरिङ र रोड फर्निचर समेतको व्यवस्थापन गर्न योजनावद्ध ढंगले काम गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक ओलीको भनाइ छ ।

अभियान नागरिकमैत्री छ । प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको छ । जसले तथ्यगत सूचना संकलन गर्न तत्काल उचित निर्णय गर्न सघाउँछ । सुरक्षित यात्राका लागि समस्या भए समाधानका लागि ट्राफिक प्रहरीले विभिन्न चेक प्वाइन्टमा यात्रुको अवस्था बारे जानकारी लिने गरेको छ ।

अभियान सफल पार्न, प्रहरीले आफ्नो सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन विभिन्न रणनीति तय गरी काम गरिरहेको छ । यसका लागि भौतिक पूर्वाधार र साधन स्रोत सुधार एवम् थप गर्न पहल गरिएको प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको भनाइ छ ।
न्युज कारखाना

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ए ले जितेको थियो ।

यस खेलमा नेपालले दुई परिवर्तन गरेको छ । आजको खेलमा गुलशन झा र ललित राजबंशीको ठाउमा सागर ढकाल र अनिल शाहलाई टिममा समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र सागर ढकाल रहेका छन् । न्युज कारखाना

काठमाडौं । वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २ सय १९ जनालाई ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नियोनि एजुकेशनल कन्सल्टेन्सीका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी बस्ने ३५ वर्षीय नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र सोही कन्सल्टेन्सीमा आवद्ध झापा गौरादह नगरपालिका-१ घर भई ललितपुर भैसीपाटी बस्ने ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् ।

उनीहरूले विभिन्न व्यक्तिको नागरिकता दुरूपयोग गरेको, विदेश जान चाहने युवायुवतीहरूलाई ४ लाखदेखि ७ लाख रूपैयाँ सम्म उठाउने गरेको, बैंक खातामा २ सय भन्दा बढि व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एटिएम कार्ड, कनेक्ट आइपिएस तथा चेकमार्फत रकम निकाली दुरूपयोग एवम् ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।