बाजुरा, २२ वैशाख । बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मृत महिलाको पहिचान खुल्न सकेको छैन। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।न्युज कारखाना
सुर्खेत, २२ वैशाख । सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर-७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम)मा आगलागी भएको हो।
आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए।
एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए। आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।न्युज कारखाना
दोलखा, २२ वैशाख । कालिञोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२ तिखातलका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको मन्दिर परिसर पुगेपछि बेहोस् बनेका थिए। उनको उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।न्युज कारखाना
काठमाडौं, २२ वैशाख । बर्दियामा एक महिलाको शव फेला परेको छ। राजापुर नगरपालिका-१० झप्टी बस्ने ४२ वर्षीया ठुलिमाया तामाङको शव फेला परेको हो।
उनको आफ्नै घरमा शव फेला परेको हो। प्रहरीले घटनाका विषयमा अनु्सन्धान गरिरहेको जनाएको छ।न्युज कारखाना
काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरु सुरु हुन्छन् ।
तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको छ ।
२ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।
यसरी लिइएका आवेदनमध्ये अनलाइनबाट करिब ५ हजार जनाले फाराम भरेका छन् । वडाहरुबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको संख्या १० हजार बढी छ ।
यसरी आएका मागलाई व्यवस्थापन गर्न तालिमलाई सिप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आवद्ध गरेर नियमित गरिने योजना बनाइएको, सिप मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए ।
ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सिप मेलामा सहभागी गराइनेछ । उहाँहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरुको हकमा अर्को व्यवस्था गरिनेछ ।न्युज कारखाना
बारा
राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बाराको ईलाका प्रशासन कार्यालय सिमराले अधिक जनसंख्या रहेको निजगढ नगरपालिकाको आग्रहमा एक मात्र स्टेशनबाट सम्पादन गर्न कठिन भएको भन्दै गत चैतमा थप एक स्टेशन थपेको थियो । तर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारको परिपत्रपछि जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय मार्फत मात्र हुने भन्दै दर्ता अपरेटर सहित सम्पुर्ण सामाग्री फिर्ता लगेको छ ।
जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानियलाई सास्तीहुने तथा राष्ट्रिय परिचयपत्र बनाउन टाडा जानुपर्ने, भिडभाडका कारण निकै समय तथा दिनसम्म लाग्नेभन्दै उक्त स्टेशनमा कार्यरत जनशक्तिको पारिश्रमिक लगायतको आवश्यक खर्च नगरपालिकाको कार्यालयले भुक्तानी गर्ने भन्दै निजगढ नगरपालिकाको नगरकार्यपालिकाको बठैकले गत चैत ७ गते निर्णय गर्दै यस पालिकामा भएको राष्ट्रिय परिचयपत्रको सेवा फिता नलिन सम्बन्धीत निकायलाई पटक पटक पत्रचार गरेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने,‘सेवाग्राहीलाई सहज हुने हिसाबले स्थानिय तहमा आएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनबाट यस पालिकामा करिब ६० प्रतिशत नगरिकहरुको राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको हुदाँ सेवा निरन्तर गर्न पालिकाले समन्वय गरेको भएतापनि कुनै जवाफ नआएको हुदाँ आजबाट राष्ट्रिय परिचयपत्र बनाउने काम जिल्ला र ईलाका प्रशासनबाट भएको बताए ।’ 
सम्पुर्ण सामाग्री र अपरेटर फिर्ता भएपछि बिहिबारबाट बाराको निजगढ नगरपालिकाबाट भईरहेको विवरण सङ्कलन गर्न अब जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानिय बाध्य भएका छन ।
सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालयले पालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट निजगढमा नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने कार्य राम्रो थियो, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले भने भीडभाड रहित रुपमा सेवाग्राहीले सहज रुपमा पाएको सेवा पुनः फिर्ता लगेर जनतालाई दुःख दिने काम भएकाले निजगढ नगरपालिकाले पञ्जीकरण विभागसंग समन्वय भईरहेको बताए । नगरप्रमुख पुरीले भने,‘निजगढ नगरपालिकाको भैगोलिक बनावटका कारण सर्वसाधरण निजगढ नगरपालिकामै सहज रुपले आउन सक्ने अवस्था छैन । निम्न आय भएका तथा जेष्ठ नागरिकहरुको परिचयपत्र बनाउन वडा वडा सम्म पुर्याउने तयारी गरीरहेको बेलामा फिर्ता लगिएको छ । हामी सेवा पुनः संचालन गराउन पहल गरिरहेका छै ।’
वडा वडामा पुग्नुपर्ने सेवा पुनः प्रशासन कार्यलयमै
यसअघि स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई कर्मचारी खटाइएको थियो जसले गर्दा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय हुदै आएको भिड र परिचय पत्र बनाउनका निम्ती नागरिकलाई हुदैँ आएको सास्तीमा समेत कम भएको थियो तर पुनः यो सेवा प्रशासनमै पुगे पछि स्थानियले समेत आलोचना गरेका छन ।
निजगढ नगरपालिका ३ की बिमला राई बिहिबार २२ वर्षिय छोराको पासपोर्ट बनाउन निजगढ नगरपालिकाको कार्यलयमा आएकी थिईन तर सो सेवा नगरपालिकामा नभएपछि उनी सिमरा स्थीत ईलाका प्रशासन कार्यलयमा पुगिन तर त्यहाँबाट भिड भएका कारण उनको छोराको परिचयपत्र बनेन तर उनलाई आईतबार बिहान १० बजे आउन भन्दै फिर्ता पठाएको राईले बताईन । उनले भनिन,‘पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ तर सरकारबाट प्राप्त हुने सेवा पालिकाबाट फिर्ता गरेर उल्टै नागरिकलाई दुःख दिने काय भएको छ । सेवा वडा सम्म आउनुपनेमा पालिकाबाटै फिर्ता लगिनु राम्रो होईन ।’
बारा जिल्लाका १६ वटै स्थानीय तहबाट भईरहेको राष्ट्रिय परिचयपत्र आवश्यक विवरण सङ्कलन कार्य आजबाट जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयबाट मात्र हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारले गरेको परिपत्र अनुसारनै जिल्लाको १६ वटै स्थानीय तहबाट विवरण सङ्कलन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।
यता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक (राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा) का मुकेश कुमार केशरीले मधेश प्रदेशका प्रत्यक पालिकाबाट दैनिक ४० वटा परिचयपत्रको बिवरण भरिने लक्ष्य बमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको भएतापनि यस प्रदेशबाट १८ महिना सम्मको डाटालाई हेर्दा लक्ष्य बमोजिम पुरा नभएका कारण फिर्ता ल्याईएको जानकारी दिए । निर्देशक केशरीले भने,‘विवरण सङ्कलन गर्न धेरै बार्की रहेका स्थानीय तहसंग समझौता गरेर पुनः संचालन गर्न सकिने तथा ४० दिन सम्म वडा वडामा पुगेर बिवरण संकलन गर्न सकिन्छ अहिले पालिकामा भएका कर्मचारीलाई फिर्ता बेलाएरको अर्को कारण भनेको बनेका परिचय पत्र बाड्न समेत हो । कुनै पालिकाहरुबाट माग हुने बितिक्कै हामी पुनः विवरण सङ्कलन गर्न पठाउँछौँ।’न्युज कारखाना
बारा
बाराको निजगढ नगरपालिका १० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेपछि पठनपाठन अवरुद्ध भएको छ । स्थानीयको शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय ईकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गरेका शिक्षकहरुलाई हाजिर नगराउन भन्दै केही अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा गत मंगलवार तालाबन्दी गरेका थिए ।
प्रधानाध्यापक साहको कार्यकक्षमा भएको तालाबन्दीको खोल्ने बारेमा पहल नभएपछि विद्यालयका शिक्षक कर्मचारीहरुले बिहीवारबाट पठनपाठन ठप्प पार्ने निर्णय गरेका हुन । बिहीवार बसेको शिक्षक कर्मचारीहरुको संयुक्त बैठकले केही मान्छेहरुले विद्यालयका प्रधानाध्यापक साहको कार्यकक्षमा तालाबन्दी गरेपछि पठनपाठनको लागि सहज वातावरण नभएको भन्दै तालाबन्दी नखोलिएसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षक सेवा आयोगको परीक्षा उर्तीण गरेका २ जना शिक्षकहरुलाई जिल्ला शिक्षा समन्वय ईकाइको सिफारिमा निजगढ नगरपालिका शिक्षा शाखाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेपछि रुष्ट बनेका केही अभिभावकहरुले प्रधानाध्यापक साहको कार्यकक्षमा तालबान्दी गरेका थिए । उनीहरुले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने माग गरेका छन ।
विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदास्थपना गरेका शिक्षकहरुलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको र सरुवा प्रक्रिया पनि पूरा नभएकोले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ । अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भएपनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका छैनन । ‘सहमति माग गर्न आउनुभएको थियो, प्रधानाध्यापक साहले भन्नुभयो, तर विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकोले सहमति पत्र दिन सकिएन ।’ उहाँले समितिको निर्णय बेगर प्रधानाध्यापकले एक्लै सरुवा सहमति दिन नसक्ने पनि बताए । विद्यालयमा अभिभावकबाट चुनिने ४ जना सदस्यको चयन भइसकेको भए पनि व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको प्रधानाध्यापक साहले जानकारी दिए ।
नगर शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर नगरपालिकामा शिक्षा समन्वय इकाइबाट सिफारिस लिएर आएकी रेखा साह र लक्ष्मी रावललाई शिक्षा समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालमा पदस्थपाना गर्ने निर्णय गरेको थियो । शिक्षा समितिको गत चैत्र ३० गतेको बैठकले उक्त विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेको हो ।
निजगढ नगरपालिका १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालय जस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताए । उनले शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर आएका शिक्षकको पदस्थापन गर्ने निर्णय गरेकोले शिक्षक अधिकारीलाई सोही दरबन्दीमा सरुवा गरेर ल्याउन नमिल्ने पनि बताए ।
विद्यालयमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन ।न्युज कारखाना
काठमाडौँ । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।
कप्तान रोहितले यस सिरिजमा सर्बाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक बनाएका थिए ।
त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन् ।
५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३-२ ले जितेको छ ।
न्युज कारखाना
सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ ।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडावर्तन लगायतका सामान वितरण गरेका थिए ।
नायव महानिरीक्षक शाहले जस्तोसुकै आपत विपद्मा परेका नागरिकहरुको उद्धार र सहयोगको लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए ।
सो कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव, नं. १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद खनाल लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।न्युज कारखाना
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।
नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।
वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।
योसँगै वेस्ट इन्डिज ए ले ३-२ ले टी-२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ । न्युज कारखाना