२०८३ श्रावण १५
२०८३ श्रावण १५

राैतहट,३० गते जेठ । रौतहटको गढीमाई नगरपालिका २ का चर्चित युवा किसान कामेश्वर सहनीले उखुखेतमा गज्जबले तरकारी फलाएका छन् । उखुखेतीमा अन्य बाली लगाउने चलन नभएको अवस्थामा सहनीले पहिलोपटक चार बिगाहा उखुखेतीमा विभिन्न किसिमका हरियो तरकारी उत्पादन गरेका छन् । सहनीले आठ बिगाहा खेतमा उखुबाली लगाएका छन् । उखुबालीमा अन्य बाली लगाउने खासै चलन नरहेको अवस्थामा चर्चित अगुवा किसान सहनीले विभिन्न किसिमका हरियो तरकारी उत्पादन गर्ने दुस्साहस गरेका छन् । सहनीले प्रयोगकै रुपमा उखुबालीमा सँगसँगै विभिन्न किसिमका हरिया तरकारी उत्पादनको लागि परीक्षण गर्न चाहेका थिए । सहनी भन्छन् – उखुखेतीसँगै तरकारी बाली लगाउने अनुसन्धानमा म पूर्ण रुपमा सफल भएको छु । सहनीले चार बिगाहा उखुबालीमै प्याज, खुर्सानी, घिरौला, लौका, भन्टाजस्ता हरियो तरकारी उत्पादन गरेका छन् । उखुको उत्पादन पनि कम नहुने तथा तरकारी बाली पनि राम्रो उत्पादन गर्न सकिएकोले आफूलाई उखुखेतीको तरकारी बालीबाला राम्रो आम्दानी भएको सहनी बताउँछन् । रिस्क लिएर उखुबालीलाई कस्तो असर गर्ला भनेर विभिन्न किसिमका तरकारी खेती गरेको त उत्पादन राम्रो भएको छ । उखुबालीमा पनि मौसम र झार सुहाउँदो अन्य तरकारी खेती गरेर उत्पादन लिन सकिने देखिएको सहनीको भनाइ छ । उखुखेतीलाई पनि मिश्रित खेती गरेर बहुबालीको उत्पादन लिन सकिने सहनी बताउँछन् । उखु लगाएको तिन चार महिनासम्म उखुको झार सानै हुने हुनाले उखु हुकाउँदै घिरौला, लौका, प्याज, खुर्सानी, भन्टा जस्ता हरियो तरकारी बाली लगाउँदा उखुबालीलाई कुनै नोक्सानी गर्दैन र उत्पादन पनि लिन सकिन्छ । कुनै खाली खेतमा लगाएको हरियो तरकारी बालीको जस्तै र त्यत्तिकै परिमाणमा उखु खेतीमा समेत हरियो तरकारी उत्पादन गर्न सकिने देखिएको सहनीको बुझाइ रहेको छ । सहनीले परीक्षणको रुपमा पहिलोपटक उखु बालीसँगै विभिन्न जातका हरियो तरकारी खेती गरेका छन् । सहनीले थोरै उखुमा प्याज रोपेकामा प्याजको उत्पादन निकै राम्रो भएको छ । अहिलेको मूल्यमा करिब साठी हजार मूल्य बराबरको प्याज उत्पादन भएको सहनीको भनाइ छ । यसै गरी केही उखुमा खुर्सानी खेती लगाएका थिए । खुर्सानीको उत्पादन राम्रो हुँदा करिब सत्तरी हजार रुपैयाको बेचेको सहनी बताउँछन् । यसै गरी घिरौला र लौकाले त अपेक्षा गरेको भन्दा राम्रो उत्पादन दिएको छ । सहनीले एक लाख रुपैयाभन्दा बढीको घिरौला र करिब साढे तिन लाख रुपैयाभन्दा बढीको लौका बेचिसकेका छन् । यसै गरी हजारौँको भन्टा पनि बेचेको सहनी बताउँछन् । लौका र भन्टाले अहिले पनि दिनहु आम्दानी दिइरहेको सहनी बताउँछन् । अब उखुको बोट विस्तारै ठुलो भइरहेकोले करिब लौकाको करिब आधा लहरा काटिसकेको छु । उखुको बोटलाई हुर्कन तथा नयाँ बिरुवा पलाउनको लागि लौका विस्तारै हटाउँदै लगेको छु । अझै पनि कम्तीमा पचास हजार रुपैयाको लौका र कम्तीमा दश हजार रुपैया बराबरको भन्टा निस्किने सहनीको अनुमान रहेको छ । उखुबालीमा कुनै पनि तरकारी खेती गर्दा अतिरिक्त सिंचाइ गर्नुनपर्ने तथा उखुकै लागि गरिएको सिंचाइ र गोडमेलले तरकारी बालीलाई पनि करिब पुग्ने हुन्छ । उखुबालीलाई दिएको मलजलले पुग्ने हुँदा उखुसँगै गरिने मिश्रित तरकारी बालीले उखुलाई पनि फाइदा पु¥याएको सहनीको अनुभव छ । जमिनमा तरकारी बालीको लहर वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन् । उखुबालीमा गरिने तरकारी खेतीले किसानलाई अतिरिक्त आम्दानी दिने देखिएको सहनी विश्वासपूर्वक बताउँछन् । उखुसँगै गरिएको हरियो तरकारी खेतीले आफू निके उत्साहित भएको सहनी बताउँछन् । सहनीले अरुलाई पनि उखुबालीसँगै तरकारी खेती गर्न सल्लाह दिँदै भन्छन् – धेरै उत्पादन हुँदा खेतसम्मै बेपारीहरु पुग्दछन् । उत्पादन राम्रो हुँदा बेपारीहरुले नगदै दिएर तरकारी लाने गरेका छन् । हरियो तरकारी बेच्न कुनै समस्या नभएको बताउँदै सहनी सगर्व भन्छन् – एक वर्षका कृषिबाट म कम्तीमा तिस लाख रुपैया आम्दानी गर्ने गरेको छु ।

रौतहट,३० गते जेठ । रौतहटको मौलापुर नगरपालिकाले नगरका सबै नागरिकको विद्युत महसुल बुझाएको छ । नगर प्रमुख रिनाकुमारी साहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण शाखा प्रमुख दिनेश यादवलाई चेक हस्तान्तर गरेर नगरका सबै नागरिकको विद्युत महसुल बुझाएकी हुन् । नगर प्रमुख साहले विद्युत शाखा प्रमुख यादवलाई ४५ लाख २६ हजार रुपैयाको चेक हस्तान्तरण गरेकी हुन् । नगर प्रमुख साहले सोमवार चेक हस्तान्तरण गर्दै नागरिकले उपभोग गरेको विद्युत महसुल नगरपालिकाले बुझाएको बताएकी छिन् । मौलापुर नगरपालिकाभित्र बसोबास सबै नागरिकको घरायसी तथा कृषि विद्युत मिटरको महसुल तिर्दै आएको छ । चुनावको समयमा नगर प्रमुख उम्मेदवार साहले सबै नागरिकको घरायसी तथा कृषि मिटरको विद्युत महसुल तिरिदिने घोषणा गरेअनुसार तिर्दै आएको बताएकी छिन् । मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि नगरका बासिन्दालाई निशुल्क विद्युत दिँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ३ करोड़ ४३ लाख ५० हजार रुपैया विद्युत प्राधिकरणलाई बुझाइसकेको छ । कुनै पनि कर जनताबाट नलिइरहेको नगरपालिकाले धेरै सुविधा दिइरहेको छ । मौलापुर नगरपालिकाले खानेपानीको सुविधा पनि निशुल्क उपलब्ध गराएको छ । आफ्नै स्रोतमा प्राविधिक शिक्षा तथा एफएम रेडियो पनि संचालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा करोडौँ खर्च गर्ने गरेको छ । सम्पूर्ण बजेटको करिब चालिस प्रतिशत शिक्षामा खर्च गर्दै आएको मौलापुर नगरपालिकाले करिब तिन दर्जन शिक्षक आफैँले नियुक्त गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य तथा आवासको क्षेत्रमा मौलापुर नगरपालिकाले उदाहरणीय काम गरेको छ । सकेसम्म स्थानीय सरकार भएको अनुभूति नगरपालिकाले दिन खोजेको बताउँदै नगर प्रमुख साहले जनतालाई सेवा र सुविधा दुवै दिनु नगरपालिकाको कर्तव्य भएको बताउँछिन् । रौतहटमा सबैभन्दा बढी सुविधा दिने तथा सबैभन्दा बढी विकास गर्ने नगरपालिकाको रुपमा मौलापुर चिनिएको छ । महिलाको नेतृत्वमा दुई कार्यकालमा मौलापुर नगरपालिकाले अकल्पनीय प्रगति गरेको छ । संघ तथा प्रदेश सरकारले घोषणा गरेको बजेट समयमा नै उपलब्ध गराउने हो भने अझै पनि धेरै सकारात्मक काम गर्न सकिने अवस्था रहेको नगर प्रमुख साहको भनाइ छ ।

रौतहट,३० गते जेठ । अत्यधिक गर्मी र सुख्खाले छटपटिँदै गर्दा किसानहरु ब्याडमा धानको बिउ छर्न ब्यस्त देखिएका छन् । धानको बेर्ना छर्न निकै ढिलो भइसकेको छ । समयमा पानी परेको भए खेतमा ब्याडमा धानको बेर्ना उम्रिसकेको हुन्थ्यो तर खडेरीले गर्दा धानको बेर्ना उमार्ने खेत पुरै सुख्खा छ । रौतहटको फतुवा विजयपुर नगरपालिका ३ मेवाका राम ईश्वर पंडित ब्याडमा बिउ छर्दै भन्छन् – न छरुँ ढिलो भइसक्यो, छरुँ खेतमा अलिकति पनि चिस्यान छैन । छिटो फल्ने गदर जातको धानको बेर्ना प्रायः उम्रिसकेको छ । छिटो फल्ने धान प्रायः असारमै रोपिन्छ । साउन महिनामा रोपिने धानको लागि पनि बिउ छर्न निकै ढिलो भइसकेको छ । मौसम अनुकूल नहुँदा धेरै किसानलाई छटपटी भइरहेको छ । अधिकांश किसानले छटपटिँदै सुख्खा खेतमै धानको बिउ छर्न थालेका छन् । कतिपय किसानले ब्याडमा कतैबाट पानी पटाएर बिउ छरिरहेका छन् । कतिपयले चाहिँ बिउ छरेर नउम्रिँदा ब्याडमा पानी पटाइरहेका छन् । सुख्खाले गर्दा धानको बेर्ना उमार्न किसानलाई निकै समस्या भएको किसानहरु बताउँछन् । बारा जिल्लाको कतिपय खेतमा विद्युत पुगिसकेको छ । खेतमा विद्युत पुगिसकेको सबै किसानले ढिलो फल्ने जातको धानको बिउ छरिसकेका छन् । कतिपय किसानको ब्याडमा धानको बेर्ना लहलहाइरहेको छ तर नहरको सिंचाइँ सुविधा पुगेको वा कुनै पनि सिंचाइ सुविधा नपुगेको ठाउँका किसानलाई भने निकै सकस भएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीसम्मका किसानले अहिले बेर्ना छरिसक्ने समय थियो । समयमा पानी परेको भए बेर्नामा एकपटक मलखाद छर्ने बेला भइसकेको हुन्थ्यो तर अहिलेसम्म किसान दिनेश पंडित भन्छन् – किसानले धानखेती गर्नको लागि बिउ छर्ने समय चाहिँ अत्यन्त प्रतिकुल भएको छ । अहिले धानको बिउ छरिरहेको छु तर निकै ढिलो भइसकेको छ । असारको पन्ध्र गते रोपाईँ दिवससम्म धानको बेर्ना कस्तो होला रु अर्का किसान अजेन्द्र पंडित आफैँलाई प्रश्न गर्छन् । अहिले बल्ल धानको बिउ ब्याडमा धमाधम छरिरहेका किसानहरुलाई मौसमप्रति खासै भरोसा नभएको बताउँछन् । एक हप्ता पहिले एक पटक राम्ररी वर्षा भइदिएको भए किसानहरुको मन धानको बेर्ना देखेर हरियो हुन्थ्यो तर अहिले पनि मन अमिलो छ । सुख्खाले गर्दा किसानको मन पनि सुख्खा भएको पंडित बताउँछन् । समाचारहरुमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने बताइरहेको सुनेर किसानहरु कतै एकैपटक ठुलो बाढी आउने पो हो कि भन्ने चिन्ताले ग्रस्त पनि देखिन्छन् । अहिले पानी नपरेर सुख्खा मौसम रहेको तर एकैचौटि धेरै पानी परेर फेरि बालीलाई नोक्सान पु¥याउने हो कि भन्ने चिन्ता किसानलाई रहेको पंडित बताउँछन् । सुख्खाको समस्या झेल्दै तथा डिएपि मलको अभावमा पनि किसानहरुले अहिले अन्तिम समयमा धमाधम बिउ छरिरहेका छन् ।

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै शुक्रबार  बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो । न्युज कारखाना

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह सी अन्तर्गत अफगानिस्तान र पीएनजीबीच हुदै छन् ।

ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ ।

जारी विश्वकपमा अफगानिस्तानले लगातर दुई खेल जितेर ४ अंकसहित समुह सी मा दोस्रो स्थानमा रहेको छ ।  अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ । त्यस्तै पिएनजीले भने लगातार दुई खेलमा हार बेहोरेको छ ।

समुह सी मा वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर सुपर आठमा पुगिसकेको छ । त्यस्तै युगान्डाले ३ खेलमा एक खेल जितेको छ भने न्यूजील्याण्डले २ खेलमा लागातर हार बेहोरेको छ ।

त्यस्तै आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुदै छ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुदै छ ।

समुह ए अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ । अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिस्चित गर्ने छ । त्यस्तै आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ ।न्युज कारखाना

आजमिति २०८१ साल जेठ ३२ गते शुक्रबार तदअनुसार जुन १४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको अष्टमी तिथी, पुर्वफाल्गुणी नक्षत्र, । सिद्वी योग   ।  चन्द्र राशि सिंह। यो  शुभ योग हो ।

अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९

• सुर्यास्त: बेलुका ०७: ०० बजे

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 

आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः रातो

शुभ अंक ः ४

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

 

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 

आज समय मध्यम छ । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

 

 

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः १

 

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ९

 

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

 

 

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः २

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ८

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

 

आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ७

 

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः सेतो

शुभ अंक ः ८

 

 

 

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज करखाना

 

 

 

 

 

 

 

 

 

 

 

 

मधेस ब्यूराे,३१ गते । जेठ अत्याधिक गर्मी बढेसँगै राैतहटकाे स्थानिय तहले विधालय बन्द गर्न थालेका छन् । गर्मीका कारण राैतहटको माैलापुर नगरपालिकाले पनि गर्मी विदा दिएको छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी विद्यालयमा दुई दिनका लागि गर्मी विदा दिइएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले जानकारी दिए । उनका अनुसार यही जेठ ३१ गतेदेखि जेठ ३२ गते गतेसम्मका लागि विदा दिइएको छ । अत्यधिक गर्मिको कारण विद्यार्थीहरुको स्वास्थ्यमा परिरहेको नकारात्मक असरलाई मध्य नजर गर्दै मौलापुर नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा विदा दिईएकाे साहले एक सूचना जारी गरि जनाए । यसअघि राैतहटकाे गाैर नगरपालिकाले गर्मी बढेपछि मंगलबारदेखि विद्यालय बन्द गरिसकेकाे छ ।

मधेस ब्यूराे,३१ गते जेठ

अत्याधिक गर्मी बढेसँगै राैतहटकाे स्थानिय तहले विधालय बन्द गर्न थालेका छन् । गर्मीका कारण राैतहटको माैलापुर नगरपालिकाले पनि गर्मी विदा दिएको छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी विद्यालयमा दुई दिनका लागि गर्मी विदा दिइएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले जानकारी दिए । उनका अनुसार यही जेठ ३१ गतेदेखि जेठ ३२ गते गतेसम्मका लागि विदा दिइएको छ । अत्यधिक गर्मिको कारण विद्यार्थीहरुको स्वास्थ्यमा परिरहेको नकारात्मक असरलाई मध्य नजर गर्दै मौलापुर नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा विदा दिईएकाे साहले एक सूचना जारी गरि जनाए । यसअघि राैतहटकाे गाैर नगरपालिकाले गर्मी बढेपछि मंगलबारदेखि विद्यालय बन्द गरिसकेकाे छ ।

मधेस ब्यूराे,३१ गते जेठ । अत्याधिक गर्मी बढेसँगै राैतहटकाे स्थानिय तहले विधालय बन्द गर्न थालेका छन् । गर्मीका कारण राैतहटको माैलापुर नगरपालिकाले पनि गर्मी विदा दिएको छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी विद्यालयमा दुई दिनका लागि गर्मी विदा दिइएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले जानकारी दिए । उनका अनुसार यही जेठ ३१ गतेदेखि जेठ ३२ गते गतेसम्मका लागि विदा दिइएको छ । अत्यधिक गर्मिको कारण विद्यार्थीहरुको स्वास्थ्यमा परिरहेको नकारात्मक असरलाई मध्य नजर गर्दै मौलापुर नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा विदा दिईएकाे साहले एक सूचना जारी गरि जनाए । यसअघि राैतहटकाे गाैर नगरपालिकाले गर्मी बढेपछि मंगलबारदेखि विद्यालय बन्द गरिसकेकाे छ ।

रौतहट,३० गते जेठ । अत्यधिक गर्मी र सुख्खाले छटपटिँदै गर्दा किसानहरु ब्याडमा धानको बिउ छर्न ब्यस्त देखिएका छन् । धानको बेर्ना छर्न निकै ढिलो भइसकेको छ । समयमा पानी परेको भए खेतमा ब्याडमा धानको बेर्ना उम्रिसकेको हुन्थ्यो तर खडेरीले गर्दा धानको बेर्ना उमार्ने खेत पुरै सुख्खा छ ।Open photo रौतहटको फतुवा विजयपुर नगरपालिका ३ मेवाका राम ईश्वर पंडित ब्याडमा बिउ छर्दै भन्छन् – न छरुँ ढिलो भइसक्यो, छरुँ खेतमा अलिकति पनि चिस्यान छैन । छिटो फल्ने गदर जातको धानको बेर्ना प्रायः उम्रिसकेको छ । छिटो फल्ने धान प्रायः असारमै रोपिन्छ । साउन महिनामा रोपिने धानको लागि पनि बिउ छर्न निकै ढिलो भइसकेको छ । मौसम अनुकूल नहुँदा धेरै किसानलाई छटपटी भइरहेको छ । अधिकांश किसानले छटपटिँदै सुख्खा खेतमै धानको बिउ छर्न थालेका छन् । कतिपय किसानले ब्याडमा कतैबाट पानी पटाएर बिउ छरिरहेका छन् । कतिपयले चाहिँ बिउ छरेर नउम्रिँदा ब्याडमा पानी पटाइरहेका छन् । सुख्खाले गर्दा धानको बेर्ना उमार्न किसानलाई निकै समस्या भएको किसानहरु बताउँछन् । बारा जिल्लाको कतिपय खेतमा विद्युत पुगिसकेको छ । Open photoखेतमा विद्युत पुगिसकेको सबै किसानले ढिलो फल्ने जातको धानको बिउ छरिसकेका छन् । कतिपय किसानको ब्याडमा धानको बेर्ना लहलहाइरहेको छ तर नहरको सिंचाइँ सुविधा पुगेको वा कुनै पनि सिंचाइ सुविधा नपुगेको ठाउँका किसानलाई भने निकै सकस भएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीसम्मका किसानले अहिले बेर्ना छरिसक्ने समय थियो । समयमा पानी परेको भए बेर्नामा एकपटक मलखाद छर्ने बेला भइसकेको हुन्थ्यो तर अहिलेसम्म किसान दिनेश पंडित भन्छन् – किसानले धानखेती गर्नको लागि बिउ छर्ने समय चाहिँ अत्यन्त प्रतिकुल भएको छ । अहिले धानको बिउ छरिरहेको छु तर निकै ढिलो भइसकेको छ । असारको पन्ध्र गते रोपाईँ दिवससम्म धानको बेर्ना कस्तो होला रु अर्का किसान अजेन्द्र पंडित आफैँलाई प्रश्न गर्छन् ।Open photo अहिले बल्ल धानको बिउ ब्याडमा धमाधम छरिरहेका किसानहरुलाई मौसमप्रति खासै भरोसा नभएको बताउँछन् । एक हप्ता पहिले एक पटक राम्ररी वर्षा भइदिएको भए किसानहरुको मन धानको बेर्ना देखेर हरियो हुन्थ्यो तर अहिले पनि मन अमिलो छ । सुख्खाले गर्दा किसानको मन पनि सुख्खा भएको पंडित बताउँछन् । समाचारहरुमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने बताइरहेको सुनेर किसानहरु कतै एकैपटक ठुलो बाढी आउने पो हो कि भन्ने चिन्ताले ग्रस्त पनि देखिन्छन् । अहिले पानी नपरेर सुख्खा मौसम रहेको तर एकैचौटि धेरै पानी परेर फेरि बालीलाई नोक्सान पु¥याउने हो कि भन्ने चिन्ता किसानलाई रहेको पंडित बताउँछन् । सुख्खाको समस्या झेल्दै तथा डिएपि मलको अभावमा पनि किसानहरुले अहिले अन्तिम समयमा धमाधम बिउ छरिरहेका छन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।