२०८३ श्रावण १३
२०८३ श्रावण १३

 

११ असार, महोत्तरी
सडक मानवहरुको आश्रयको लागि महोत्तरीमा हाम्रो माया घर भवन निर्माण प्रक्रिया अगाडी बढाईएको छ ।

भवन निर्माणार्थ पारम्भिक चरणमा शिव पुराण माहायज्ञको आयोजना गरिएको माहायज्ञ मुल समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।

दाताहरुले प्रदान गरेको ५ कठ्ठा जग्गा समेत भवन निर्माणार्थ घेरावार भैइसकेको छ । भवन निर्माणको आधारहरु तयार भएसगैँ २१ साउनदेखि २९ साउनसम्म माहायज्ञ पुराण आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

पुराणको माध्यमवाट आयोजकले १ करोड ५० लाख भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य लिएका छन । व्यवस्थापकिय पाटोवाट झण्डै २५ लाख खर्च हुने अनुमान गरिएको उक्त माहायज्ञ  मानव सेवासगँ जोडिएको अभियान भएको हुनाले यथेष्ट मानिसहरु सहभागी हुने बिस्वास लिईएको छ ।

माहायज्ञलाई सफल वनाउन विभिन्न उपसमिति समेत वनाईएको छ । भवन निर्माण सम्पन्न हुँदासम्म ११ करोड लागत अनुमान गरिएको छ भने वजेटको सुनिश्चितताको लागि स्थानिय, प्रदेश र संघ सरकारलाई अनुरोध गरिने संयोजक गौतमले जानकारी दिए ।

देशैभरीका सडक वालवालिका, सडक मानव र सहाराविहिनहरुको लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने स्थानियहरुले बिस्वास लिएका छन ।

न्युज कारखाना

 रौतहट । रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदी बाट अबैध रुपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीनवटा ट्याक्टर लाई चालक सहित नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माको कमाण्डमा अस्थाई प्रहरी चौकी छेदी चौक समेतको टोलीले अबैध बालुवा ल्याइरहेको तीनवटा ट्याक्टर र चालकहरु लाई नियन्त्रणमा लिएको हो। ना७ त ३३८० ,ना७ त ५६६३ ना७ त ९४१९ नम्बरको ट्याक्टर र चालकहरु गुजरा नगरपालिका ४ पाेखरभिन्डाका सकलु माझी, वडा ६ बेदौलिका दिपेश कुमार यादव र कटहरिया १ भासेढवाका सुकेश यादव लाई नियन्त्रणमा लिएको सई शर्माले बताएका छन।

बरामद गरिएको तीनवटै ट्याक्टर ईलाका प्रहरी कार्यालय कटहरियाको नियन्त्रणमा रहेको तथा चालक तीनैजना लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाईएको उनले जानकारी दिएका छन।

उता रौतहट प्रहरी प्रमुख एस्पी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै असार लागेपछि नदी खोला उत्खननमा प्रतिबन्ध भएको जानीजानी अटेरी गरेका तीनैजना चालक माथि केही अभद्र ब्यवहार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।
न्युज कारखाना

आजमिति २०८१ साल असार १२ गते बुधवार तदअनुसार जुन २६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको पञ्चमी तिथी, धनिष्ठा नक्षत्र, । विष्कुम्भ योग   ।  चन्द्र राशि कुम्भ । यो  अशुभ योग हो ।

अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:११

• सुर्यास्त: बेलुका ०७: ०३ बजे

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

शुभ रगं ः निलो

शुभ अंक ः ३

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

 

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः रातो

शुभ अंक ः १

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ७

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

• शुभ रंग: रातो

• शुभ अंक – ८

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

शुभ रंग: सेतो

• शुभ अंक – २

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ४

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः पहेलो

 

शुभ अंक ः ७

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः १

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः कालो

शुभ अंक ः ३

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ५

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।

न्युज कारखाना

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा नहकुल सुवेदीको पूर्ण इजलासले सो रिट खारेज गरेको हो । रिट खारेज भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वैधानिकता पाएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन् ।न्युज कारखाना

सिरहा, ११ असार। सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाईएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्ग संगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा  जडिभिजन वन कर्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो ।

जिल्लाको गोलबजार नगरपालिका ९ चोहर्वा व्यारेक नजीक स्थानीय सत्यदेव यादवले वनको करिव करोडौंको जग्गा अतिक्रमणगरी बनाएको चारकोठे भवन वनकार्यालयले भत्काएका छन्।

निर्माणाधिन अवस्थामै वन कार्यालयले निर्माणकार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज  घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका अधिकृत सुजीत कुमार झाले जानकारी दिए।

उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए।

वन अधिकृत झाले भने, ‘हामीले निर्माणकै क्रममा पटक पटक मौखिक तथा लिखित सूचना गरेकै हो। उहाँले कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर, मतदानको दिनपारेर छत ढलान गर्नुभयो। आज हामीले सवै प्रकृया पुरा गरेर घर भत्काएका हौं।’
उनले कार्यालयबाट १५ दिने सूचना काटेर आज नेपाल प्रहरी, सशस्त्रप्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए।

सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रुपमा घर नवनाउन भनेपनि उनले अटेर गरेर घर बनाएको बताए। 

यादवको वनसँगै जोडिएको घरमा तीन तल्ले भवन रहेको छ। उनीहरुले आफ्नो अगाडीको सरकारी जमिन भएकोले आफूहरुले प्रयोग गरेको दावी गरे। उनीहरुले भने, ‘हाम्रो अगाडीको जमिन हो, अन्यले पनि प्रयोग गरिरहेका छन्, मारुती सिमेन्ट उद्योगले प्रयोग गरिरहेको छ। हामीले पनि घर बनायौं।’

उनीहरुलाई तपाईहरुको घर हो भन्नु हुन्छ, किन भत्कायो? भनि सोध्दा ‘मैले बोलेर घर फर्किन्छ र?’ भन्दै प्रतिकृया दिन चाहेनन्। सिरहामा भु–माफियाहरुले रानितिक प्रभावमा व्यापक रुपमा वनको जग्गाहरु अतिक्रमण गरेको स्थानिहरुको भनाई छ। अतिक्रमित जग्गाहरु संरक्षण गर्नुपर्न स्थानियहरुको माँग छ।न्युज कारखाना

 

काठमाडौँ । चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण  छायांकन सकिएको छ । आखै रसिलो बोलको  गीतको छायांकन सकिए लगतै चलचित्रको छायांकन सकिएको हो । भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइताबारबाट छायांकन गरिएको गीतको आज बिहान छायांकन सकिए सगै फिल्मको सम्पूर्ण  छायांकन सकिएको हो ।

चलचित्रको आखै रसिलो गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ ।गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा चलचित्रका मुख्य कलाकार रोशन श्रेष्ठ  र आयुषा समालसगै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की ,नारायण प्रधान ,डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहलाई फिचर्ड गरिएको छ ।

चलचित्रको केहि दिन अघि अमेरिकामा समेत छायांकन गरिएको थियो ।“यो मन त मेरो नेपाली हो” नेपालको झापा ,इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो । यस चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अस्टिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहेको छ।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान ( नर ) को  निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” लाई  ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।चलचित्रकी नायिका आयुषा समाल मेरो डान्स कप युएसए कि फर्स्ट रनर अप हुन् ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भएको “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स , कविराज गहतराजको कोरियोग्राफी रहेको छ । न्युज कारखाना

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ बुढिगंगा गाउँपालिका-५ घर भई काठमाडौं अनामनगर बस्ने ३४ वर्षीया नर्वदा कुमारी खड्का र काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू बस्ने ४० वर्षीय पासाङ लामा रहेका छन् ।

आकर्षक तलबको प्रलोभनमा पारी नर्वदाले क्यानडा पठाइदिन्छु भनी १ जना पीडितबाट ३ लाख ८५ हजार रूपैयाँ र पासाङले पोर्चुगल पठाइदिन्छु भनी २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ ठगी गरी सम्पर्कबिहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको बिआरआई सम्झौता अनुसार अनुदान नै लिने गरि छलफल भैरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले बीआरआईमा सकेसम्म अनुदान लिने गरि छलफल भएको जानकारी दिएका हुन् ।

चिनियाँ प्रतिनिधिमण्डल नेपालमा रहेको बेलामा बिआरआईमा हस्ताक्षर हुने सम्भावनापनि रहेको औंल्याएका दाहालले बिआरआई लिँदा अनुदानमा लिने र ऋणमा लिनुपर्ने विश्व बैंक र एडिबीकै व्याजदर बढीमा १.५ प्रतिशतभन्दा बढीमा नलिने बताएका हुन् ।

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडौंमा जारी छ । उक्त बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको छ ।न्युज कारखाना

रौतहट । रौतहट स्थित १६ नगरपालिका २ गाउँपालिका गरी १८ स्थानियतह मध्ये १६ ले असार १० अर्थात नेपाल सरकार द्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याउन सफल भएको छ । बिभिन्न कारणले १५ मध्ये ३ नगरपालिकाले भने असार १० भित्र बजेट ल्याउन सकेन ।

निर्धारित तिथि असार १० गते सोमवार जिल्लाको ७ स्थानीयतहले एकैदिन नगर अधिवेशन सम्पन्न गरेको थियो । मौलापुरको अधिवेशनले शून्य करनीति सहित ३९ करोड़को बजेट पारीत गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथीले संघ र प्रदेशले जिम्मा लिएको काम नगर्दा नगरमाथी आर्थिकभारको आरोप लगाएका थिए ।

आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुखआतिथ्यमा मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सम्पन्न भएको थियो । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा ३९ करोडको बजेटको बाचन गरेका थिए ।

परोहा नगरपालिकाका मेयर शेख वकीलले नगर सभामा ४८ करोड ४४ लाख १९ हजार १ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। दोस्रो पटक निर्वाचित भएका मेयर वकीलले नगरवासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याएका हुन् ।

नगरपालिकाको प्रत्येक वडाका कमतीमा ५० जना गरीव असहायलाई प्रतिमहीना १० किलो चामल  उपलब्ध गराउने , आश्रय नभएका व्यक्तिलाई संघ, प्रदेश र पालिकाको सहयोगमा आवास टहराको व्यवस्थापन गरिने, नगरपालिकाभित्रका सबै घरपरिवारलाई निःशुल्क रुपमा ग्याससहित चुलो वितरण गरी कार्तिक मसान्तमा धुवामुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकिय अधिकृत महमद महफुज अहमदले बताएका छन।

त्यस्तै गुजारा नगरपालिकाको नगरसभा सोमवार सम्पन्न भएको छ। मेयर सन्तलाल चौधरी र उपमेयर रत्ना लामाले आर्थिक बर्ष २०८१/०८२को लागि ५७ करोड ६८ लाख,६३ हजारको बजेट प्रस्तुत गरेका थिए ।

माधवनरायण नगरपालिकाका नगर प्रमुख बैधनाथ प्रसाद यादव (बैजुयादवको  अध्यक्षतामा भएको नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा नगर उपप्रमुख निर्मला रमणले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र ४९ करोड ७४ लाख ७२ हजार बजेट ल्याउदै ९औ  अधिवेशन भव्ययाताका साथ सम्पन्न भएको छ ।

दुर्गा भगवती गाउँपालिकाका गाउँसभाका अध्यक्ष श्री शम्भु कुमार सिंहले आगामी आ.व. २०८१/०८२ को लागि नीति तथा कार्यक्रम सहित जम्मा  ३७ करोड ६५ लाख ५६ हजारको बजेट प्रस्तुत गरेका थिए । अधिवेसनले शिक्षा, स्वास्थ भौतिक पूर्वाधार संगै प्रत्यक्ष रूपमा नागरिक लाभान्वित हुने योजनाहरू प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठकले बताएका छन ।

जिल्लाको पूर्विभेग राजदेवी नगरपालिकाको १२ औ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिवेशनमा नगरप्रमुख भिखारी प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन् ।

त्यस्तै गढीमाई नगरपालिकाको  को ११ औँ नगरसभा सम्पन्न भएको छ। नेपाली कांग्रेस मधेश प्रदेशका सभापती कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसनमा मेयर श्याम प्रसाद यादवले आर्थिक बर्ष २०८१/०८२ को लागि ५९ करोड ५०, लाख, एक हजार रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

कटहरिया, गौर, चन्द्रनिगाहुर, वृन्दावन, गुजरा, राजपुर, गरुडा, ईशनाथ नगरपालिका र यमुना माई गाउँपालिकाले यस अघिनै बजेट ल्याइसकेको छ।

१८ मध्ये ३ वटा पालिकाले असार १० गतेसम्म बजेट ल्याउन सकेको छैन। बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एकलौटी गर्न खोजेको भन्दै उपमेयर प्रमिला कुमारी जैसवाल सहित बहुमतले असार १० गते आयोजित नगरसभा बिथोलेको थियो।

मेयर यादवले असार १० गते राती १२ बजे बिना बहुमतको नगरसभा गरेको खबर प्राप्त भएको छ। तर त्यस्तो नगरसभाको कुनै औचित्य नहुने उपमेयर जैसवालको दाबी रहेको छ । देवाही गोनाही नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण नगर अधिवेशन आयोजना हुनसकेको छैन ।न्युज कारखाना

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ ।

भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित ५ जनाले सीआईबीको टोलीभन्दै प्रवेश गरेर दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको बताइएको छ ।

उक्त घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको पाइएको छ । घटनामा संलग्न एक जना भने अझै फरार रहेका छन् । प्रहरी हवल्दार बोहरा महाराजगञ्ज २ नम्बर गणमा कार्यारत थिए । उनलाई पनि पक्राउ गरेर हिरासतमा राखिएको छ ।

त्यसैगरी, उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा सुजन रसाइली, भीमबहादुर तामाङ, मुनाराज राई रहेका छन् । प्रहरी हबल्दार बोहरा र तामाङ सिन्धुपाल्चोक भोटेकोशीका हुन् । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।