२०८३ श्रावण १३
२०८३ श्रावण १३

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मुल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ ।

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

 रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका ९ सिन्दुरेघारी गाउँमा आज बिहान १ घरमा भएको आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

बुधवार बिहान साढे ७ बजे चन्द्रपुर ९ सिन्दुरेघारीका धुर्ब बहादुर सापकोटाको जस्ताले छाएको दुई तल्ले कच्ची घरमा विद्युत लाईन सर्ट भई आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको छ।

आगलागीबाट घर र घर भित्र रहेका अन्नपात, लत्तकपडा र सिलाई मिसिन पुर्णरुपमा जलेर नष्ट हुँदा पाँच लाख ८८ हजार बराबरको क्षेति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख बिक्रम हुमागाईंले बताएका छन ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट असई कृष्णनन्दन रायको नेतृत्वमा गएको ७ जनाको टोली ,चन्द्रपुर नगरपालिकाको दमकल  र स्थानियहरुको सहयोगमा बिहान ८ बजेर २० मिनेटमा आगलागी पुर्णरुपमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। रौतहट स्थित सशस्त्र प्रहरी प्रमुखमा एस्पी हुमागाईं आएदेखि आगलागी लगायत विपद पीडितको उद्धार कार्यमा सशस्त्र प्रहरी निकैनै सक्रिय देखिएका छन् ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो लामो समयदेखिका प्रेमी जहीर इकबालसँग जुन २३ मा दर्ता विवाह गरेकी छन् । विवाहपछि सोनाक्षी सिन्हाको यो विवाह बारे भारतमा अनेकौं विवाद भएका छन् । हिन्दु- मुश्लिम विवाह भन्दै कैयौं ठाउमा सोनाक्षीको विरोध गरिएको छ ।

यसैबीच सोनाक्षीले एक भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरेकी छिन् । उनले आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेका छन् ।

सोनाक्षी सिन्हाले विवाहपछि पहिलो पटक सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले भनेकी छन्- ‘कस्तो दिन थियो । हाम्रो परिवार, साथीहरू, टोलीको माया, हाँसो, साथी, उत्साह र न्यानोपन । मायामा परेका दुई व्यक्तिले सधैं चाहेको, आशा गरेको र प्रार्थना गरेको कुरा पूरा गर्न सारा ब्रह्माण्ड एकै ठाउँमा आएको जस्तो लाग्थ्यो । हामी एकअर्कालाई भेट्न पाउँदा र यति धेरै मायाको संरक्षणमा रहन पाउँदा धेरै धन्य महसुस गर्छौं ।’

सोनाक्षीको विवाहलाई लिएर उनको परिवार खुशी नभएको विषय पनि धेरै पहिला देखि मिडियामा चर्चाको विषय बनेको थियो । यद्यपी सो चर्चा विपरित उनका पिता शत्रुघन सिन्हा र आमा सोनाक्षीको विवाहमा सहभागी भएर दुवैलाई आशिर्वाद दिएको देखिएको छ ।
न्युज कारखाना

काठमाडौँ । अस्ट्रेलिया टी- २० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए ।

वार्नरले अस्ट्रेलियाका लागि ११० टी- २० खेलेका छन् । जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन् । साथै उनले २८ अर्धशतक र एक शतक समेत बनाएका छन् ।

यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए । उनले ओमानविरुद्ध ५६ र बंगलादेशविरुद्ध ५३ रनको पारी खेलेका थिए ।

उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी- २० डेभ्यु गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ बर्षिय वार्नरले फ्रेन्चाईजी टी- २० लिग भने खेल्ने बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवसहित ५ जना दोषी ठहर भएका छन्।

मङ्गलवार विशेष अदालतले मुद्दाको सुनुवाइ गर्दै प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री  यादव, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई दोषी ठहर गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

झलनाथ खनाल प्रतिष्ठानले सर्प पालन गरेर एन्टिभेनम उत्पादनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा ‘एन्टिभेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर, नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने गरी रकम निकासा भएको थियो ।

प्रदेश सरकारबाट विनियोजित र सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान रकमबाट योजना अघि बढाउने भनिएकोमा बजेट निकासा भएपनि कामै नगरी करिब रू १८ करोड रकम हिनामिना भएपछि अख्तियारले २०८० साल असोज २१ गते विशेष अदालतमा पूर्वमन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको थियो।

अदालतले दोषी ठहर गरेकाहरूको सजाय निर्धारणका लागि असार २५ गते पेशी तोकेको छ ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर  प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् ।

कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । न्युज कारखाना

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनाले समुह ए मा लगातार दोस्रो जित हासिल गरेको छ ।

चिलीविरुद्धको जितमा खेलको ८८औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि समुह ए मा अर्जेन्टिनाको २ खेलमा ६ अंक भएको छ भने क्यानडाको २ खेलमा ३ र चिली र पेरुको २-२ खेलमा एक एक अंक रहेको छ ।

अब अर्जेन्टिनाले समुह चरणको अन्तिम खेलमा जुन ३० मा पेरुसँग खेल्ने छ भने चिलीले क्यानडाको सामना गर्ने छ ।
न्युज कारखाना

काठमाडौँ । पूर्वी अफ्रिकी देश केन्यामा सार्वजनिक विरोध चर्किएको छ । प्रदर्शनकारीले संसद भवनमा आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोली लागेर कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

सरकारले ल्याएको कर बढाउने विधेयकको विरोधमा प्रदर्शन शुरु भएपछि यसले उग्र रुप लिएको छ ।

राजधानी नैरोबीमा प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेर तोडफोड गर्नुका साथै आगो लगाइदिएको दृश्य भिडियोमा देखिएको छ । प्रदर्शनकारी संसद भवनमा पुगेर आगो लगाएपछि सांसदहरुलाई भूमिगत सुरुङबाट बाहिर निकालिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

केन्याका अन्य धेरै सहर र सहरहरूमा पनि विरोध र झडपहरू भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति विलियम रुटोलाई पद छोड्न माग गरिरहेका छन् ।

राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै रुटोले कर बहसलाई ‘खतरनाक व्यक्तिहरूले अपहरण गरेको’ बताएका छन् ।न्युज कारखाना

काठमाडौँ । सेलिब्रेटीले विवादित अभिव्यक्ति दिने र चर्चामा आउनुलाई सामान्य रुपमा लिने गरिन्छ । अझ खासगरी कुनै फिल्म रिलिज या शो लाई चर्चामा ल्याउन सेलिब्रेटीहरुले विवादित अभिव्यक्ति दिने गर्दछन् ।

यसैबीच कान्तिपुर टिभीको ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रम पनि विवादमा परेको छ । सो कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण विवाद बढेको हो ।

सो कार्यक्रममा जसिता गुरुङको व्यक्तिगत जीवनको प्रसंग उल्लेख गरेपछि विवाद बढेको छ ।

कार्यक्रमकी सञ्चालिका ओसिन सिटौलाले धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ? भन्ने प्रश्नको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि ‘बजर’ दबाएर जसिता गुरुङको नाम लिएकी थिइन् । साम्राज्ञीले भने उनको तीन नायक प्रदीप खड्का, धीरज मगर र अनमोल केसीसँग प्रेम रहेको दाबि गरेकी छन् ।

अर्को प्रश्नमा अनमोल केसीका कतिवटा गर्लफ्रेन्ड थिए र उनीहरुको नाम के हो ? भन्ने प्रश्नमा साम्राज्ञीले आफूलाई थाहा नभएको बताएकी छन् भने स्वस्तिमाले अभिनेत्री आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठको नाम लिएकी थिइन् ।

यो शो प्रशारण भएपछि अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी विवादमा परेका छन् र उनीहरुको आलोचना भइरहेको छ ।

जसितमाले इन्स्टाग्राममा लेख्दै एक महिलाले अर्को महिलालाई नीच देखाएको आरोप लगाउदै असन्तुष्टि व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरु राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको बारेमा किन कुरा गर्छन्, जबकि उसलाई व्यक्तिगत रुपमा राम्रोसँग नै चिनेको हुँदैन । यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिहरुप्रति धेरै दुःख लागेको छ । के हामी साँच्चै एक महिला भएर अर्को महिलालाई नीच देखाउनेविरुद्धमा छौं ?’

उनले स्वस्तिमा र साम्राज्ञीलाई प्रश्न गर्दै अगाडि लेखेकी छन्, ‘के तपाईंहरु यो बुझ्न हुन्छ कि तपाईंको कार्यले कतिको जीवन प्रभावित हुन्छ ? के तपाईंहरु म आफ्नो अतीतमा कुन अवस्थामा गुज्रिएको थिएँ भन्ने जान्नुहुन्छ ? के तपाईंहरुलाई लाग्दैन कि मेरो परिवारले यो हेरिरहेका छन् भन्ने ? एक महिलाको रुपमा तपाईंहरु समाजका लागि कुन तरिकाको उदाहरण स्थापित गर्दै हुनुहुन्छ ? कसैलाई सार्वजनिक रुपमा बदनाम गरेर र उसको निजी जिन्दगीमा चर्चा कमाउनुको कारण के हो ?’

जसिताको स्टाटसमा जवाफ दिदै स्वस्तिमा र साम्राज्ञीले माफी मागेका छन् । उनको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा लेख्छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र धेरै उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैं मेरो लागि एक धेरै राम्रो साथी छौं र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’ त्यस्तै, साम्राज्ञीले पनि भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु भनेकी छन् ।

यसैबीच अभिनेता अनमोल केसीले पनि सामाजिक सञ्जालमा यस बारे टिप्पणी गर्दै आफुलाई अनादर गर्नेलाई अझ आदर गर्न आग्रह गरेका छन् । उनले भनेका छन्- ‘यदि तिनीहरूले तपाईंलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस्।  यदि तिनीहरूले तपाईंलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् । अरूको कार्यलाई तपाईंको राम्रो तरिकालाई कम गर्न नदिनुहोस्, किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरूलाई होइन । सबैलाई सम्मान गर्नुहोस्’ न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।