काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ ।
आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।
एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबि गरेका छन् । न्युज कारखाना
राैतहट,१५ गते असार । रौतहटको सदरमुकाम गौरको कबिरचोकमा रहेको कबिर जेनरल स्टोरमा शुक्रबार राती चोरी भएको दृश्य समाजिक संजालमा सार्वजनिक भएको छ । सिसिटिभि फुटेजमा एक युवकले पसलको ताल्चा फुटाएर नगद सहित बिभिन्न सामाग्री चोरेर लगेको देखिएको छ। रौतहट प्रहरी यस घटना बारे सुक्ष्म अनुसन्धान गरि चोरीमा समलग्नलाई तुरुन्तै नियन्त्रणमा लिएर आफुलाई न्याय र क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने पसल संचालक चन्दन यादवले माग गरेकाे स्थानीय पत्रकार अरविन्द यादवले जानकारी गराएका हुन् ।
राैतहट,१५ गते असार । देशभर सहित रौतहटमा पनि आज २१औं राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र रौतहटको आयोजनामा गरुडा नगरपालिका-५ महम्मद्पुरमा यस वर्षको धान दिवस धान रोप्दै, दहि, चिउरा र आँप खाएर मनाइएको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवाल, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी, गरुडा नगरपालिकाका नगर प्रमुखका प्रत्यासी बृज किशोर यादव, नेता राम भरोस यादव लगाएतका व्यक्तिहरुले जमीनको हिलोमा धानको बेर्ना रोपि धान दिवस मनाएका हुन ।
“जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो ।
राैतहट,१५ गते असार । रौतहटको सदरमुकाम गौरको कबिरचोकमा रहेको कबिर जेनरल स्टोरमा शुक्रबार राती चोरी भएको दृश्य समाजिक संजालमा सार्वजनिक भएको छ । सिसिटिभि फुटेजमा एक युवकले पसलको ताल्चा फुटाएर नगद सहित बिभिन्न सामाग्री चोरेर लगेको देखिएको छ। रौतहट प्रहरी यस घटना बारे सुक्ष्म अनुसन्धान गरि चोरीमा समलग्नलाई तुरुन्तै नियन्त्रणमा लिएर आफुलाई न्याय र क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने पसल संचालक चन्दन यादवले माग गरेकाे स्थानीय पत्रकार अरविन्द यादवले जानकारी गराएका हुन् ।
राैतहट,१५ गते असार । नेपाल पत्रकार महासंघ राैतहट शाखामा तालाबन्दी गरिएको छ । विभिन्न बहानामा केन्द्रिय कार्यालयले पत्रकार महासंघको सदस्यबाट नाम हटाएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखामा प्रेस मञ्च नेपालको पदाधिकारीले तालाबन्दी गरेको छ। शनिबार मञ्चको जिल्ला अध्यक्ष किशोरी यादवको नेतृत्वमा पत्रकार महासंघ रौतहटको पुर्व अध्यक्ष सहितको टोलीले तालाबन्दि गरेपछि रौतहटमा चुनाव नहुने संकेत देखा परेको छ।
राैतहट,१५ गते असार । राैतहटकाे कटहरिया नगरपालिकामा न्यायिक समितिहरूकाे क्षमता विकास सम्बन्धि तालिम आज सुरू भएको छ । कटहरिया नगरपालिका नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख अतिथ्यतामा साे तालिम सुरू गरिएको थियो । नगरका न्यायिक समिति सदस्यहरू तथा शाखा प्रमुखहरूको उपस्थितिमा तीन दिने तालिम शनिबार बाट सुरु भएको छ । तालिमका विशिष्ट अतिथी कटहरिया नगरपालिकाकि उपप्रमुख रिता देवि यादव,प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान , कर्यपालिका सदस्य मनोज जयसवाल , वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महताे काेईरी,वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,वडा नम्बर ७ का वडा अध्यक्ष शहिद आलम,वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम शाह लगायत कटहरिया नगरपालिकाको सम्पुर्ण न्यायिक समिति तथा शाखा प्रमुखहरूको उपस्थितिमा कार्यक्रम उदघाटन तथा सन्चालन गरिएको हाे । कटहरिया नगरपालिकाले आयोजना गरेको तीन दिने तालिममा दर्जनौं जना व्यक्तिहरूकाे सहभागिता रहेकाे थियो । गाउँ, टोल र वडा स्तरमै विवाद समाधान गर्न सकेमा नगरपालिका, अदालत, प्रशासन, प्रहरी र वकिल कहाँ धाउन पर्ने समस्या कम हुने र त्यसले समय र पैसाको बचत गर्नुको साथै आत्मीयता पनि रही रहने सहभागीहरूले बताएका थिए ।
राैतहट,१५ गते असार । रौतहटको दुर्गा भगवती गाउँपालिकाको गंगा पिपरा बजार स्थित रहेको सामुदायिक भवनमा जिल्ला कुखुरा ब्यवसायी किसान संघको परिचायात्मक कार्यक्रम सम्पन्न भएको छ ।रौतहट जिल्ला स्थितिका सरोकारवालाहरु बीच जिल्ला कुखुरा ब्यवसायी किसान संघद्वारा परिचायात्मक कार्यक्रम सम्पन्न भएको छ।जिल्ला कुखुरा ब्यवसायी किसान संघको परिचायात्मक कार्यक्रम उमाशंकर साहको सभापति र दुर्गा भगवती गाउँपालिकाको नगर प्रमुख शम्भु सिंहको प्रमुख अतिथिमा परिचायात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कुखुरा ब्यवसायी किसान संघको सचिव राधेश्याम साहले स्वागत मन्तव्य राख्दै कोभिडको समयमा भएको लकडाउनको प्रत्यक्ष असर कुखुरा उत्पादनमा अहिलेसम्म देखिएको उहाँको भनाइ छ । त्यो बेला उत्पादन कम हुँदा वृद्धि भएको मूल्य त्यसपछिका उत्पादनले हालसम्म पाएका छैनन् । त्यतिबेला प्रतिकेजी २ सय ७० रुपैयाँमा बिक्री भएको जिउँदो कुखुरा अहिले १ सय ८० सम्ममा पनि बिक्री हुन नसकेको बताउनुभयो । आफूले गरेको उत्पादनले लागत मूल्य पनि उठ्न नसकेपछि किसानले चिन्ता गर्न थाले पछि आज जिल्ला कुखुरा ब्यवसायी किसान संघको परिचायात्मक कार्यक्रममा किसानले पिडा राखेका राखेका छन् । कुखुराको आहारा सन्तुलित एवम् राम्रो गुणस्तरको भयो भने कुखुरा पालन व्यवसायबाट ज्यादा आम्दानी गर्न सकिन्छ । तर, कुखुराको दानाको गुणस्तर नियमित परीक्षण गर्ने परिपाटी नभएकाले बजारमा पाइने दानाको गुणस्तरमा एकिन हुन सक्ने अवस्था छैन । जसले गर्दा कुखुरा पालन गर्ने कृषकहरूले चाहेजति फुल र मासुको उत्पादन लिन सकेका छैनन् । कुखुराको आहारालगायत कुखुरा पाल्ने ठाउँको व्यवस्थापन, औषधि उपचारको व्यवस्था र बजारीकरणको सम्भाव्यतालाई ध्यानमा राखी व्यवसाय सञ्चालन गरेमा कुखुरा पालनबाटै पनि मनग्य आम्दानी लिन सकिन्छ । कुखुराको खोर व्यवस्थापन कसरी गर्ने त्यो सम्बन्धमा सहायक जिल्ला प्रमुख अधिकारी राम नरेश यादवले बताउनुभयो । दुर्गा भगवती गाउँपालिकाको नगर प्रमुख शम्भु सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै खोर निर्माण गर्दा यातायातको सुविधा, पानी, बत्तीको राम्रो आपूर्ति भएको, पानीको निकासा भएको, राम्रोसँग घाम लाग्ने, बजारको सुविधा भएको स्थान छनोट गर्नुपर्छ । कुखुराको खोर निर्माण गर्दा पूर्व–पश्चिम दिशालाई खुला राख्नुपर्छ, जसले गर्दा सूर्यको प्रकाश खोरमा छिर्नसकोस् । सोत्तर प्रणालीमा कुखुरा पाल्दा ब्रोइलर कुखुरालाई १ वर्गफुट तथा लेयर्स कुखुरालाई २ वर्गफुट स्थानको आवश्यकता पर्छ । दुईतिरबाट जाली भएको हावाको निकास भएको खोर बनाउनुपर्छ ।यश पालि दुर्गा भगवती गाउँपालिकामा किसानको लागि योजना ल्याएको सिंहले बताए । सो परिचायात्मक कार्यक्रममा जिल्ला कुखुरा ब्यवसायी किसान संघको सदस्य गण , सुरक्षाकर्मी , किसान , पत्रकार लगायत अन्यको सहभागी रहेको थियो ।
राैतहट,१५ गते असार । राैतहटकाे कटहरिया नगरपालिका ८ मा नाला निर्माण भईरहेकाे छ । स्मार्ट वडा बनाउने उदेश्यले १७५ मिटर लम्बाई चाैडाई ३ फिट भएको नाला निर्माण भईरहेकाे छ । नगर स्तरीय याेजना बाट १४ लाखकाे लागत साे नाला बन्न लागेको वडा अध्यक्ष समिश बिक्रम शाहले जानकारी गराए । वडा कार्यालय देखि सुरेश यादवकाे घरसम्म यसपालि नाला बन्न लागेको हाे । व्यवस्थित सडक भए पनि नाला निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए । क्रमशः वडाकाे अन्य ठाउँमा पनि नाला निर्माण हुँदै जाने वडा अध्यक्ष शाहकाे भनाइ छ । पानीकाे उचित व्यवस्थापन नहुँदा सामान्य वर्षाहुँदा पानी जम्ने समस्या बाट स्थानीय आजित थिए । अब उपरान्त उक्त समस्या बाट स्थानीयले राहत पाउने भएका छन् । चालू आर्थिक वर्षमा नालाकाे निर्माण काम सम्पन्न गर्ने गरि काम धमाधम भईरहेकाे बताए । नाला निर्माण हुन थालेपछि स्थानीयहरूले वडा अध्यक्ष शाहलाई धन्यवाद ज्ञापन गरेका छन् ।
आजमिति २०८१ साल असार १६ गते आईतवार तदअनुसार जुन ३० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको नवमी तिथी, रेवति नक्षत्र, । अतिगण्ड योग । चन्द्र राशि मिन । यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१२
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय राम्रो छ । आम्दानी बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ४
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । अनावश्यक विवादबाट बच्नुहोला ।
शुभ रगं ः वैजनी
शुभ अंक ः १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
• शुभ रंग: रातो
• शुभ अंक – ३
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
शुभ रंग: हरियो
• शुभ अंक – २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ५
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ३
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ५
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।
न्युज कारखाना
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ ।
बुधवार, सीबीआईले रक्सी नीति सम्बन्धी कथित घोटालामा सोधपुछ गरेपछि केजरीवाललाई तिहाड जेलबाट पक्राउ गरेको थियो । बुधबार राउज एभिन्यू अदालतका विशेष न्यायाधीश अमिताभ रावतले सीबीआईलाई उनलाई पक्राउ गर्न अनुमति दिएका थिए ।
पक्राउपछि सीबीआईले केजरीवालको रिमाण्ड अदालतसँग मागेको थियो। अदालतले सीबीआईलाई ३ दिन हिरासतमा पठाएको थियो । आज अर्थात शनिबार केजरीवालको सीबीआई रिमाण्ड सकिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको हो ।
केजरीवाललाई यसअघि मार्च २१ मा कथित रक्सी नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा ईडीले गिरफ्तार गरेको थियो। राउज एभिन्यू अदालतले केजरीवाललाई जुन २० मा यस मुद्दामा जमानत दिएको थियो। तर ईडीले ट्रायल कोर्टको यो निर्णयलाई दिल्ली उच्च अदालतमा चुनौती दिएको थियो, त्यसपछि उच्च अदालतले केजरीवालको जमानतमा रोक लगाएको थियो ।न्युज कारखाना