रौतहट ।
रौतहटमा अरूको खेत हुँदै लागिएको विद्युतीय तार काल साबित भएको छ, आफ्नै खेतमा काम गरिरहेको क्रममा करेन्ट लागेर सोमवार दिउसो एकजना युवकको मृत्यु भएको छ ।
स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाहीटोलका कु्ती हजराको छोरा बर्ष ४५ को चुनिलाल पासवानको आफनै खेतमा काम गरि रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको हो ।
उनको खेतहुँदै छिमेकी रामदरेश राय यादवले जडानगरि लगेको मोटरको तारबाट करेन्ट लागि दिउँसो १ बजेर २० मिनेटमा घाईतेभएका थिए । लगत्तै सुरक्षा बेश देवाहीबाट इन्स्पेक्टर उत्तम कुमार श्रेष्ठको कमाण्डमा ४ जना , ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशराम कार्कीको कमाण्डमा ४ जनाको टोली खटिएर घाईते पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित ग्राण्डी अस्पतालमा लगेकोमा आधा घण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मुत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले पासवानको खेतहुँदै मीटरको तार लागेका रामदरेश राय यादव हाल फरार रहेकाले उनको खोजी भईरहेको,शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।न्युज कारखाना
तनहुँ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवघाट गाउँपालिका-३ गोन्द्राङ बस्ने ६५ वर्षीय झाम्टे थापालाई गएराति प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई सोही ठाउँस्थित मकै बारीमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
सिन्धुली ।
घ्याङलेख गाउँपालिका-२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञान बहादुर वाईबा रहेका छन् ।
टिका बहादुरसँग सापटी पैसा मागेको विषयलाई लिएर उनीहरूले सोही ठाउँस्थित मिलनचोकमा काठको चिर्पटले प्रहार गर्दा टिका बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । टिका बहादुरको बस्तिपुर स्वास्थ्य चौकी हायुटार हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौं ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन्। शितल निवासमा पद तथा गोपनीयताको शपथपछि शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले सहरी विकास मन्त्रालयअन्तर्गतका निकायमा हुने राजनीतिक नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्डमा अन्य देशको पीआर नलिएको स्वघोषणा गर्नुपर्नेसहितको कानुन परिमार्जनको सहमतिका लागि कानुनमन्त्रालयमा पठाउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।
पदभार ग्रहण गर्दै सिंहले मुलुकलाई स्थायीत्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको बताउदै मन्त्रालयका कामलाई पनि वर्तमान सरकारको लक्ष्य अनुसार अघि बढाउने बताए ।न्युज कारखाना
काठमाडौं । भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु सहित भारतीय नागरिक ४१ वर्षीय दिपक जैरामदास घिन्डलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौँ ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।
सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुगेर पदभार ग्रहण गरेका हुन् ।
त्यसअघि उनले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए । साथै पार्टी केन्द्रीय कार्यालय च्यासला पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका छन् ।
शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै गृहमन्त्री लेखक सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रस्टाचार नियन्त्रण र अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताएका हुन् ।
मन्त्री लेखकले आफ्नो पहिलो काम प्राकृतिक प्रकोपबाट निर्माण भएको विषम परिस्थितिलाई सम्बोधन गर्ने हुने बताएका छन् । उनले आफ्ना सबै काम विधिको शासन कायम गर्नमा केन्द्रित हुने बताउदै आफुले सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।न्युज कारखाना
काठमाडौँ ।
नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ अङ्कमा रोकिएको हो ।
नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेकै दिन सेयर बजार घटेको छ ।
आज ३२२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख २ हजार ३७२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ।
त्यसैगरी सिभिल बैंक डिभेन्चर र मन्दु हाइड्रोको सेयर मुल्यमा सकारात्कम सर्किट लागेको छ भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ९.९७ प्रतिशत र एनआईबिएल ग्रोथ फन्डको ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज जानकी फाइनान्सको सेयर मुल्य सबै भन्दा बढी नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशीको ३७ करोड ८ लाख ७२ हजार ५८९ बराबरको कारोबार भएको छ ।न्युज कारखाना
काठमाडौं ।
कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद बिद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भएपछि बिद्या उपनिर्वाचनमा कास्की- २ बाट पहिलो पटक सांसद बनेकी थिइन् ।
राजनीतिमा आउनुअघि उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक थिइन् ।
अनेरेस्वबियुको राजनीतिमै रहेका बेला रवीन्द्रसँग बिवाह गरेपछि उनले राजनीति छोडेर अध्यापनमा लागेकी थिइन् । उनी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईकी बहिनी हुन् ।न्युज कारखाना
पर्सा ।
संघीय सरकारमा पर्सा जिल्लाबाट पहिलोपटक तीनजना मन्त्री बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीनजना मन्त्री बनेका हुन् ।
पर्सा- १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् भने पर्सा- २ का सांसद अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने पर्सा- ३ का सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।
यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन् ।
यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए । गत बैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए । न्युज कारखाना