आरके श्रीवास्तव,राैतहट,०७ गते फागुन ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई स्वास्थ्यकर्मी हरूकाे संघर्ष समितिले आज ध्यानाकर्षणपत्र बुझाएको छ । मधेस सरकार द्वारा २०८१ भदौ ०७ गते राजपत्रमा प्रकाशित गरेको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्थानीयतहमा समायोजन भएको स्वास्थ्य कर्मचारीलाई स्तरवृद्धि हुन बाधा पुर्याएकाे भन्दै यसलाई सच्याउन ध्यानाकर्षण पत्र बुझाएको हाे ।

जिल्ला सदरमुकाम गाैरमा आयाेजित महिला साईकल दाैड प्रतियोगितामा सहभागी हुन आउनु भएका सभामुख मण्डललाई स्वास्थ्यकर्मीहरूले साे पत्र बुझाएका हुन् ।
यस अघि उनीहरूले मधेश सरकारको स्थानिय सेवा ऐन सच्चयाउन रौतहटमा स्वास्थ्यकर्मीहरुको संघर्ष समिति गठन गरेका थिए । स्थानिय सेवा ऐन २०८१ जारी गरेपछि प्रदेश भरीमा लगभग १५ सय भन्दा बढी कर्मचारीको वृत्ति विकास रोकिएको हाे ।

ध्यानाकर्षणपत्र बुझाउने क्रममा संघर्ष समितिका संयाेजक काशी साह,सह संयोजक अनिता यादव,कोषाध्यक्ष संजीव कुमार साह, सदस्यहरु पवन कुमार पटेल,राजेश कुमार साह लगायतका स्वास्थ्यकर्मीहरू सामिल थिए ।
आरके श्रीवास्तव,रौतहट,०७ गते फागुन ।
रौतहट । जिल्लाको कटहरियामा डिप्रोक्स लघुवित विक्तिय संस्था लिमिटेडले आज एक दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।

डिप्रोक्स लघुवित कटहरिया शाखाले संस्थामा आबद्ध सदस्यहरुका लागि १ दिने व्यवसायिक तरकारी खेती तालिम श्री जनता मावि कटहरियामा सम्पन्न गरेको हो ।
कटहरिया वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाको प्रमुख आतिथ्यतामा भएको सो तालिमको उदघाटन सत्रको सभापतीत्व मिन्टुकुमारी कुशवाहाले गरेकी थिइन् ।

संस्थामा आबद्ध रहेका सदस्यहरुलाई व्यवसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी सदस्यहरुको आम्दानीमा बृद्धि गर्ने अभिप्रायले उक्त क्षमता अभिबृद्धि सम्बन्धी तालिम संचालन गरिएको संस्थाका मधेश प्रदेश कार्यालय प्रमुख जमिरी राय यादवले बताए ।

संस्थाको कटहरिया शाखा अन्र्तगत इनरवा,मर्यादपुर,कोइरीटोल,कर्कच,जमुनिया सहित आबद्ध करिब ५४ जना समुह सदस्यहरुको सहभागिता रहेको डिप्रोक्स लघुवित विक्तिय संस्था कटहरियाका शाखा प्रबन्धक बैजु दासले जानकारी गराउनुु भएको हो ।

उक्त तालिममा बेमौसमी तरकारी खेतीको बारेमा कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी र बालि विकास अधिकृत दिपक सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा मधेश प्रादेशिक कार्यालयका प्रमुख यादवले सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारीक रुपमा आफ्नो कृषि पेशामा लागु गर्न सुझाव दिनुका साथै भविष्यमा समेत संस्थामा आवद्ध सदस्यहरुको आयआर्जनमा टेवा पु¥याउने यस्ता खाले कार्यक्रमहरु संचालनमा ल्याउने समेत जानकारी दिए ।
तालिमको उदघाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी कुशवाहाले आफनो घरको आर्थिक अवस्था मजबुत पार्न यस लघुविक्तमा आबद्ध हुनुभएका सदस्यहरुलाइ उच्च सम्मान प्रकट गर्दै सराहना गरेका थिए । आधुनिक खेतीतर्फ लाग्न सहभागीरुलाइ आग्रह गरेका थिए ।

त्यस्तै श्री जनता मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले महिलाहरुको आर्थिक निर्भरता बढाउनुपर्नेमा जोड दिएका थिए । संस्थामा आबद्ध भएपछि यसबाट पाएको ऋणले तरकारी खेतीमा लगानी गरी महिलाहरुलाइ आत्मनिर्भर बनाउने डिप्रोक्स लघुवितलाइ धन्यवाद ज्ञापन गरेका थिए ।
लघुवित बैंकले बचत गर्ने बानीको विकास गरेको जुन सराहनीय रहेको उनको भनाइ थियो । उनले भने–महिलाहरुलाइ यस संस्थाम आबद्ध भइ विक्तिय जानकारी पनि प्राप्त गर्ने अवसर प्रदान गरेको छ । र महिलाहरुमा नेतृत्व क्षमताको विकासमा टेवा पुुर्याएको बताए ।

तालिमाको अवसरमा संस्थामा आवद्ध सदस्य महिलाहरुको अलावा डिप्रोक्स लघुवित कटहरिया शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । साे अवसरमा प्रमुख अतिथि कुशवाहा र अतिथि यादवलाई मायाकाे चिन्हाे पनि प्रदान गरिएको थियो ।


आरके श्रीवास्तव,राैतहट,०७ गते फागुन ।
रौतहट । कम भोल्टेजको समस्या भोगिरहेका कटहरिया वडा नम्बर १ काे परसबनी र प्रगतीनगर टाेलबासीलाई नयाँ ट्रान्सफर्मर जडानले निकै खुशी दिएको छ । गर्मीकाे समयमा निकै समस्या हुने गरेको अवस्थामा ट्रान्सफर्मर जडान भएपछि स्थानीयबासी निकै हर्षित भएका हुन् ।

रौतहटको कटहरिया नगरपालिका १ का वडा अध्यक्ष भूपेन्द्र महताेको निरन्तर पहलमा स्थानीयबासीलाई खुशी प्राप्त भएको हो ।

साे टाेलकाबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित थिए । अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए ।

वडा अध्यक्ष महताेले नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रमा धाएर स्थानीयबासीको समस्या समाधान गराउन सफल भएका हुन् । सो वडाका वडाबासी लामो समयदेखि कम भोल्टेजको समस्याबाट पीडित रहदै आएका थिए ।

अत्यधिक कम भोल्टेजको कारण पंखा घुमेको जस्तो मात्र गर्ने, कुनै विद्युतीय काम गर्न ज्यादै कठिन हुने, बारम्बार लाइन जाने र लाइन ट्रिप हुने समस्याबाट स्थानीयबासी लामो समयदेखि पीडित थिए । अब उपरान्त उक्त समस्याबाट छुटकारा पाउने भएका छन् ।

नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थानीय भन्छन् -पंखा चलाउन, बारीमा मोटर चलाएर पानी पटाउन तथा अन्य काम गर्नका लागि सजिलो भएको छ ।

ट्रान्सफर्मर जडान पछि वडा अध्यक्ष महताे भन्छन्, ‘वडाबासीलाई आफू सधैं आफनाे तर्फबाट हुन सक्ने सक्दाे सहयाेग गर्नेछु । १०० केभिएकाे ट्रान्सफर्मर जडान भएपछि केही हदसम्म भाेल्टेज समस्या हटेको छ । आफनाे वडाकाे विधुत समस्या समाधान तर्फ पहल गर्नेछु । ‘
नूर आलम बादशाह,बारा, फाल्गुन ०६ गते
बाराको पचरौता नगरपालिकामा दुई दिने निजी तथा सार्वजनिक वन समूहहरुलाई जग्गा बिकास तथा ब्यवस्थापन र कृषि वन सम्बन्धी तालिम सम्पन्न भएको छ। हिजो (आईतबार) बाट नगरपालिकाको सभाहलमा सुरु भएको तालिम आज (सोमबार) सम्पन्न भएको हो।
तालिममा नगरपालिका भित्रका भिखना हरियाली वन समूह, राम जानकी हरियाली वन समूह , राजदेवी हरियाली वन समूह, सीतलामाई हरियाली वनसमूह लगायतका सहभागी सदस्यहरुलाई वनका किसिम, वन कार्यालयको काम कर्तव्य, वन जंगलबाट फाइदा, निजी वन दर्ता सम्बन्धी प्रशिक्षण दिइएको थियो।
यस्तै, सार्वजनिक जग्गाको पहिचान, जग्गा बिकास तथा ब्यवस्थापन, सस्तो, दिगो र योजनाबद्ध बिकासको लागि मार्ग दर्शन, जग्गा बिकासको इतिहास सम्बन्धि बिषयहरुमा प्रशिक्षण दीइएको प्रशिक्षक पूर्व वन अधिकृत राम प्रसाद साहले जानकारी दिए।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको डिभिजन वन कार्यालय बाराका कर्मचारी हरी शंकर साहले संचालन गरेका थिए।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारले पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजना हुने मधानी महोत्सवमा ध्यान नदिएको गुनासो गरेका छन् ।
प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले रौतहटको मौलापुरको पतौरा स्थित प्रत्येक बर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञमा यस अघि सरकारले ध्यान दिएको तर अहिलको सरकार ध्यान नदिएको बताए ।
‘भगवान शिव र पार्वतीको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शनार्थीहरुको भिड हुने गर्छ । साधुसन्त, कलाकार सहित प्राचिक दंगल कार्यक्रममा लाखौंको सहभागिता हुनेगरेको छ’, साहले भने, ‘विगतका सरकारले त्यहाँ आफ्नो उपस्थिति देखाउँथ्यो । सडक मर्मत गथ्र्यो । खानेपानीको व्यवस्था गथ्र्यो, टेलिकमको उपस्थिति हुन्थ्यो, स्वास्थ्यको रेखदेख हुन्थ्यो । तर यसपालि सरकारको कुनै प्रकारको उपस्थिति देखिएन, सरकारको चासो देखिएन् ।’
नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोसत्वमा सरकारले चासो नदिएको भन्दै स्थानीयले गुनासो गरिरहेको उनले बताए । नेपाल र भारतका भक्तजनहरुको साझा स्थल रहेको मधानी महायज्ञमा सरकारले किन चासो दिएन भन्ने स्थानीय प्रश्न उठाईरहेको उनले बताए । मधानी महोत्सवमा शान्ति सुरक्षाको प्रवन्ध सहित सरकारले आफ्नो भूमिका देखाओस् भन्दै साहले सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘पुरातात्वि महादेव मन्दिर नेपालमै पर्छ, सभामुख महोदय । यदी नेपालमै पर्छ भने नेपाल सरकारको पनि दायित्वमा पर्नुपर्ने हो । किनकी पुरातात्विक सम्पदा केन्द्र सरकारकै मातहतमा रहेको छ । अझै त्यहाँको उत्खनन पुरा भएको छैन्, अधुरै उत्खनन छोडेर सरकार भाग्न मिल्दैन’, साहले भने, ‘उत्खननको पोजिसन के छ ? सरकारले सार्वजनिक गर्नुपर्छ । किनकि ति उत्खननका सम्पदाहरु नष्ट भईरहेका छन् ।’
अहिले जतिपनि उत्खनन भईरहेका छन् त्यस मध्ये पतौराको सबैभन्दा पुरानो भएको बताउदै उनले गुप्तकालिन ति सम्पदाको संरक्षण, प्रवद्र्धन गर्ने जिम्मेवारी सरकारको भएको बताए । तर सरकारले हेलचेक्रयाई गरिरहेकोमा उनले दुख व्यक्त गरे ।
रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित हुन लागेको मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ ।
मधानी महायज्ञ प्राचिन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।
राैतहट,०६ गते फागन ।
राैतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव जितेन्द्रलाल श्रीवास्तवलाई पितृशोक परेको छ ।
उनका पिता जगदीशलाल श्रीवास्तवको ७५ वर्षको उमेरमा २०८१ फागुन ४ गते आइतबार रौतहटको गरुडा नगरपालिका–९ रघुनाथपुर नरकटियास्थित निवासमा निधन भएको हो ।

समयबद्ध साप्ताहिक/समयबद्ध डटकम दिवंगत र बजिकान्चल मिडिया प्रा.लि.ले जगदीशलाल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकाे छ । साथै शोकमा रहेको परिवारप्रति समवेदना व्यक्त गरेकाे हाे ।
साथै नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रामप्रसाद दाहालले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकाे छ । र दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरेको छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते फागुन ।
जनताकाे स्वाभिमान र मतदाता भावना लाई बेचेर पाेलेर आफना स्वार्थका झुण्ड पूरा गर्ने नेताहरूकाे धेरै लामो सिकार भयाे राैतहट,अब बन्नु हुन्न त्याे संदेश आएकाे प्रेस चाैतारी नेपालका केन्द्रीय अध्यक्ष गणेह बस्नेतले बताउनु भएको छ । जिल्लाकाे चन्द्रपुरमा आज प्रेस चाैतारी राैतहट शाखाकाे प्रमुख अतिथिकाे आसनबाट बाेल्दै उनले यस्ताे बताउनु भएको हाे ।

उनले भने-राैतहट यस्तो भूमि हाे । जहाँ बेईमानहरूले ईमान्दारहरू माथि सधैंभरि गद्दारी गरेर शासन गर्ने ठाउँ हाे । बेईमानहरू ईमानदारहरू लाई ठगेर अगाडि जाने बाटाे, बेईमानहरूले ईमानदारहरूलाई सधैं पछि पार्ने कुरालाई राेकेर ईमानदारहरू अगाडि बढ्नुपर्छ भन्ने आँट राैतहटकाे प्रेस चाैतारीले गर्नुपर्छ भन्ने धारणा राख्नु भएको हाे ।

स्वभिमानकाे अगाडि रहेकाे राैतहट अब गद्दारहरूकाे सिकार बन्नु हुन्न भन्ने उनकाे भनाइ थियो । समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य प्रेमचन्द्र झा प्रेस चौतारी नेपालमा प्रवेश गरेकाेमा बधाई तथा शुभकामना दिदै बस्नेतले राम्रो मान्छेलाई छानीछानी प्रेस चाैतारीमा ल्याउनुपर्नेमा जाेड दिनु भयाे । साथै कार्यक्रमकाे प्रमुख अतिथि समेत रहन भएका बस्नेतले झालाई फूल माला र टीका लगाएर चाैतारीमा स्वागत गरेका थिए ।

एक अर्काे प्रसंगमा उनले २०६२/६३ काे जनआन्दोलनमा जसरी नेपाली पत्रकारले राजनीतिक दल भन्दा अगाडि बढेर राजतन्त्र फाल्नुपर्छ भन्ने शंखघाेष गरेकाे थियोे । त्याे आन्दोलनकाे नेतृत्व गरेकाे थियो । त्यही स्वभिमानका साथ,त्यही आँटका साथ,त्यहि हिम्मतका साथ हामीले आफनाे अधिकार स्थापित गर्न अब साच्चिकै समृद्ध नेपाल निर्माणका लागि संचारक्षेत्रले निर्वाह गर्न सक्छ भन्ने आफूलाई लागेकाे बताएका छन् ।
आरके श्रीवास्तव,राैतहट,०६ गते फागुन ।
राैतहटकाे चन्द्रनिगापुरस्थित होटल हिमालयनमा प्रेस चौतारी नेपाल रौतहट शाखाको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा अशाेक पहाडीलाई चयन गरेको हाे । अधिवेशनबाट उपाध्यक्षमा कृष्णा तिवारी,महिला उपाध्यक्षमा मन्जु मान्नधर,काेषाध्यक्षमा अशाेक यादवलाई चयन गरिएको हाे ।

त्यस्तै सचिवमा दाेस्राे पटक मुकेश कुमार साहलाई नै निरन्तरता दिइएको हाे । सह सचिवमा राकेश यादव र सह सचिव समावेशीमा दिपेन्द्र रजकलाई चयन गरिएको हाे ।

अधिवेशनमा चौतारीका केन्द्रीय अध्यक्ष बस्नेतसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजयकुमार गुप्ता, केन्द्रीय सदस्य उद्धव रेग्मी, समाजवादी प्रेस संगठनका पूर्वकेन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,संगठनका पूर्व महासचिव रामकुमार ऐलन लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा एमालेका जिल्ला अध्यक्ष सच्चिदानन्द साह, उपाध्यक्ष बाबुराम दाहाल,जिल्ला सचिव रुपेश पटेल, एमाले चन्द्रपुरका अध्यक्ष शिव आचार्य, भूमि आयोग रौतहटका अध्यक्ष अखिलेशवर चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सञ्जय कार्की, पत्रकारहरू केसी लामिछाने, शिव पुरी, रवीन्द्र साह लगायतले आ-आफनाे शुभकामना मन्तव्य राखेका थिए ।
आरके श्रीवास्तव,राैतहट,०६ गते फागुन ।
राैतहटकाे ग्रामीण भेगमा माेटरसाईकिल आतंक बढेकाे छ । आज यसकै नमूनाकाे झझल्को दिनेगरी एउटा घटना घटेको छ । जिल्लाकाे वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरीमा चारजना सवार माेटरसाईकलकाे ठक्कर बाट एकजना गम्भीर घाईते भएका छन् ।


दुईवटा अलगअलग माेटरसाईकिलमा गरि आठजना सवार भई ध्वनि आतंक मचाइरहेका थिए । बहुअरी स्थित दलित टाेलमा ती दुईवटा माेटरसाईकिलमा सवार भएकाहरूले माेटरसाईकलकाे अस्वभाविक आवाज निकालि तीन पटक ओहोरदोहोर गरेका थिए ।
ओहोरदोहोर गर्ने क्रममा मंगलबार बेलुकी ६ बजेर ५० मिनेटमा दुई माेटरसाईकिल मध्ये ना ५६ प ९८२५ नम्बर प्लेट भएकाे हाेण्डा साईन माेटरसाईकलकाे ठक्करबाट आफनै घरअगाडी उभिएर रहेका स्थानीय महिन्द्र हजराकाे छाेरा ओमप्रकाश हजरा गम्भीर घाईते भएका छन् ।

उनको उपचार गरूडा स्थित एक निजि अस्पतालमा भईरहेकाे पारिवारिक स्राेतले जानकारी गराएको हाे । साे माेटरसाईकिलमा सवार ४ जना मध्ये चालक सचिन साह,अनिल साह,मुना यादव,रोहित कुमार यादव रहेको प्रत्यक्षदर्शी वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानले जानकारी गराएका हुन् ।

माेटरसाईकल छाेडी चारैजना फरार भएका छन् । स्थानीयहरूले बाईकलाई आफनाे नियन्त्रणमा लिई प्रहरी चाैकी बिर्ताकाे जिम्मा लगाएका छन् । अर्काे बाईक एसपि साइनमा सवार चारजना रत्नेश यादव, निराेज यादव,चन्दन पाल,रन्जेश यादव बाईक सहित फरार भएको उनको भनाइ छ । दुवै गाडिमा सवारहरूले हुटिङ्गहरू गर्दै र सिटि बजाउँदै माेटरसाईकिल चलाईरहेका थिए । यसरी माेटरसाईकल आतंक मच्चाउनेहरूमाथि हदैसम्मकाे कार्यवाही गर्न स्थानीयहरूले प्रहरी प्रशासन सँग माग गरेका छन् ।

तनहु, ०६ गते फागुन २०८१ ।
अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ। यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो।
तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
हाल उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।