आरके श्रीवास्तव,गरुडा,वैशाख ०४ गते
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा पशु स्वास्थ्य शिविर सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुर दोस्तियामा आजदेखि सुरु भएको शिविरबाट हजारौं किसान परिवार लाभान्वित हुने भएका छन् । कार्यवाहक नगर प्रमुख अम्बेया खातुन एक कार्यक्रमका बिच सो शिवरको उदघाटन गर्नु भएको छ ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको सहयोगमा उक्त शिविर आयोजना गरिएको हो । बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका खोप चलाइएको नगर प्रमुख खातुनले जानकारी गराएकी हुन् ।

सो शिविरमा भैंसी,बाख्रा,गोरी लगायतका पशुहरुमा भैक्सीन चलाइएको हो । का.वा. मेयर खातुनको पहलमा नगर स्तरीय योजना बाट सो शिविर सञ्चालन भइरहेको छ । फतुवा बिजयपुर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को पशु स्वास्थ्य शिविरबाट विभिन्न पशु तथा पंक्षीहरुको चेक जाँच गरिएको छ ।

शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा समेत जानकारी र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएको शिविरमा सहभागि चिकित्सकहरुले बताए । सो अवसरमा प्रदेश सांसद प्रत्यासी मो.शेराज लगायत स्थानिय भद्रभलादमी किसानहरुको सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,देवाहीगोनाही,वैशाख ०४ गते
रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिका वडा नम्बर ४ करूनिया घाट स्थित लाल बकैया पुलको निमार्ण कार्यमा गुणस्तरहीन सिमेन्ट प्रयोग भईरहेको पाईएको छ । सो पुलको निमार्ण कार्यमा गुणस्तरहिन सिमेन्ट(डल्लो परेको) सिमेन्ट प्रयोग गर्न ट्रैक्टरमा लोड गरि सिमेन्ट लगिरहेको अवस्थामा आईतवार बिहान स्थानीयहरूले ट्रैक्टर नियन्त्रणमा लिएका हुन् ।
स्थानीय बासीहरूले ट्रैक्टर आफ्नो नियन्त्रमा लिई कामलाई बन्द गराएको वडा नम्बर १ का पूर्व वडा अध्यक्ष शेख नुरूलाहले बताएका छन् ।
उनका अनुसार यसअघि संघीय सांसद किरण साह, देवाहीगोनाही नगरपालिकाकी उप प्रमुख परनिया देवी पटेल सहितको टोलीले अनुगमन समेत गरेको थियो । सो क्रममा ४ सय ५० बोरा सिमेन्ट सेट भई सकेको सिमेन्ट बरामद भएको थियो । खराब भएको सिमेन्ट प्रयोग नगर्ने शर्तमा त्यही छोडिएको थियो । तर ठेकेदारले जानीजानी रातिराति काम गराई ती सबै खराब भएको सिमेन्ट ढलान गर्ने क्रममा प्रयोग गरेको आरोप लगाईएको छ ।
स्थानीयहरुले गुणस्तरीय सिमेन्टको प्रयोग गरे मात्र काम हुन दिने अडान लिएका छन् ।
लाल बकैया पुलमा म्याद सकेको तथा ढुंगा बनेको सिमेन्ट रात्रिको समयमा प्रयोग गरि पुल निमार्ण कार्य भैरहेको स्थानीयबासीको आरोप छ ।
सो पुल करिब १९ करोड भन्दा बढि रुपैयाँको टेन्डरमा निमार्ण भईरहेको छ । बिकास ब्रदर्श निर्माण कम्पनीले सो ठेक्का पट्टा सकार गरि काम गरिरहेको छ ।
यता सडक डिभिजनका इन्जीनियर भन्छन् हामीलाई त्यसबारे केही जानकारी छैन् । आज थाह पाए लगतै सो सिमेन्टलाई हटाएर गुणस्तरीय सिमेन्टको प्रयोग गर्न भनेका छौँ । सबै समय नाघेका सिमेन्टहरुलाई फिर्ता गरि नयाँ बोरा लगाईने उनले बताएका छन् । कमसल सिमेन्ट प्रयोग भई काम भईसकेको ठाउँमा तोडर पुनः काम गराईने स्थानीयवासी लाई आश्वासन दिएका छन् ।
इन्दीप कोइराला
बारा, ४ वैशाख । बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय ९८ पुगेको छ ।
यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुन लागेको हो । गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा–२ मा जसपाका रामसहाय प्रसाद यादवले चुनाव जितेका थिए ।
यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उमेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पधीका रुपमा छन् ।
यादब यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका कारण अबसर खोज्दै बारा आएका यादबलाई यो पटक समेत सिके राउतको पार्टी भारी पर्ने देखिन्छ । यादब त्यहीँ कारण समेत अहिले मतदाताको घर देखि बारी सम्म भोट माग्दै गरेको देखिन्छ । मधेशका मुर्दाका कारण सधै जनताको साथ पाएका यादबले पद र सत्तमा मधेशका मुर्दा भुल्दा यादबको बहुलिएता भएको यस क्षेत्रमा समेत उपेन्द्र यादवलाई सजिलै विश्वाश गर्न वतावरण भने छैन । तर यादब भने आफुलाई जनताले मत दिनेमा आफू विश्वत रहेको दावी गर्छन् ।
यिनै यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए । मधेशमा पछिल्लो समय उदाएको सिके राउतको पार्टी जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको मत आफुतर्फ आर्कषित गर्ने रणनीति लिएको देखिन्छ सोही कारण कुशवाहाले राउतलाई सगै लिएर चुनावी प्रचारमा छन् । सिके राउतको पछिल्लो क्रेजलाई उनले आफ्नाे मतमा परिवर्तन गर्ने प्रयासमा छन् ।
शिवचन्द्र कुशवाहासमेत पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन् । कुशवाहाले गत निर्वाचनमा बारा २ मा १३ हजार ४ सय ६८ मत पाएका थिए ।
यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाका कारण यस क्षेत्रमा हाेमिएको देखिन्छ । कमजोर पार्टी संगठन र कार्यकताका करणका बाबजुद उम्मेदवारी दिएका खरेल कमजोर देखिए पनि उनि तिब्र चुनाबी प्रचारप्रसारमा छन् ।
यता पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।
बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
काठमाडौं, ४ वैशाख
वैशाख शुक्ल पूर्णिमा अर्थात वैशाख ७ गते सूर्यग्रहण लाग्ने भएको छ । शुक्रबार लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।
नेपालबाट नदेखिने भएका कारण सूर्य ग्रहणको नेपालमा कुनै दोष नपर्ने उनको भनाइ छ । यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उनले बताए ।
यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उनले जानकारी दिए । वैशाख ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट सूर्यग्रहण देखिने छ ।
मुम्बई, ४ वेैशा ।
साउथ अभिनेता अल्लू अर्जुनले आफ्नो जन्मदिन अघिमात्र फिल्म ‘पुष्पा २’ को टिजर र पोस्टरले धमाका मच्चाएका थिए ।
अल्लूका फ्यानका लागि यो निकै खुशीको कुरा थियो । अल्लूलाई पोस्टरमा फरक रुपमा देखिएपछि सबै चकित परे । साडीसँगै निधारमा ठूलो टिका र गलामा मुण्डको स्थानमा निबूको माला लगाएको अल्लू देख्दा फ्यान दुःखी हुने कुरै थिएन ।
अहिले अल्लूलाई यो लुक्समा किन देखाइयो भन्ने चर्चा र चासो उत्तिकै छ । तिरुपतिको लोकप्रिय लोक अनुष्ठान गंगम्मा तल्ली जतारामा सहभागी हुन जाने पुरुषलाई महिला रुपमा तयार पारिन्छ । यो चाँड मेको आसपास एक हप्ताका लागि मनाइन्छ ।
यो पर्वको अन्तिम दिन पुरुषलाई महिलाको रुपमा तयार पारिन्छ र उनीहरुलाई गंगम्माको रुपमा देखाइन्छ । जो खराब कुरालाई नष्ट गर्नका लागि चिनिन्छन् । निर्देशक सुकुमारले यो पर्वलाई एक ठूलो एक्सन सिक्वेन्स विकसित गर्नका लागि एक पृष्ठभूमिका रुपमा यो पर्वलाई लिएको अनुमान गरिएको छ ।
फिल्म सन् २०२३ को अन्त्य या सन् २०२४ को सुरुवातमा रिलिज गर्ने निर्माण पक्षको तयारी छ । फिल्ममाथि अहिले पनि काम चलिरहेको छ । फिल्ममा रश्मिका र फहल फासिलको पनि अभिनय छ ।
काठमाडौं, ४ वैशाख ।
नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि साेमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ २ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी साउन २ गते परिपक्व हुनेछ ।
१८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असोज ३० परिपक्व हुनेछ । त्यस्तै, ३६४ दिन अर्थात एक वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ वैशाख ४ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
ट्रेजरी बिलको बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेतसहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था पनि छ ।
मुकेश कुमार यादव, सिरहा, ४ वैशाख।
सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो।

ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशेषले घरमै राखेको ५० हजार नगद जल्यो, सबैको मिलाउँदा ५० लाखभन्दा बढीको क्षति भएको छ।’
उनीहरुले रातको समयमा भएकाले घरमा रहेको केही सामान निकाल्न नसकेको बताए। बुधेश्वरले भने, ‘हामीसँग बाँकी भनेको लगाएको लुगामात्र हो, पानी पिउन एउटा भाँडासमेत छैन, कहाँ बस्ने के खाने अन्यौल भइरहेको छ।’

राति करिब ११ बजेबाट सुरु भएको आगलागी सिरहा र गोलबजार नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीले करिब २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।

आगलागी पीडितहरुले आफूहरुलाई तत्काल दैनिक उपभोगका अतिआवश्यक सामाग्रीको खाँचो रहेको बताए। उनीहरुले त्यसको लागि स्थानीय सरकार र मनकारी हातहरुसँग सहयोगको अपेक्षा गरेका छन्।

त्यसैगरी, सिरहा नगरपालिकाको प्रशासनिक भवनमा आगलागी भएको छ। आगलागीका कारण कार्यालयमा रहेको बिलभर्पाइसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ। विद्युत् सर्टभएर आगलागी भएको भनिए पनि आगलागीको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
काठमाडौं, ४ वैशाख ।
अवैध लागुऔषधसहित पाँच जना पक्रउ परेका छन । नेपाल प्रहरीका अनुसार कास्की, पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२९ तालचोक बस्ने ३२ वर्षीया राममाया कुमाल र भारत घर भएका ३२ वर्षीय अनारुल इश्लाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरि कञ्चनपुर, भिमदत्त नगरपालिका–४ कवडहल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ मिलिग्राम र नगद १४ हजार ५ सय रूपैयाँसहित २५ वर्षीय निराजन बोहरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीलाई भिमदत्त नगरपालिका–४ बाट उक्त पदार्थसहित फेला पारी पक्राउ गरेका हुन । प्रहरीका अनुसार म.२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले उनको साथबाट बरामद गरेको हो ।
यता मोरङ, बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ६५ मिलिग्रामसहित ३० वर्षीय भानु लावतीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ६५९० नम्बरको मोटरसाइकलमा सवार पाँचथर तुम्बेवा गाउँपालिका–३ बस्ने लावतीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै कैलाली, भजनी नगरपालिका–५ कव्वाखेडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८० मिलिग्रामसहित १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सोही नगरपालिका–३ कनैयापुर बस्ने किशोरलाई प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
इन्दीप कोइराला,बारा, ४ वैशाख ।
बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय ९८ पुगेको छ । यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुन लागेको हो । गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा–२ मा जसपाका रामसहाय प्रसाद यादवले चुनाव जितेका थिए ।

यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उमेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पधीका रुपमा छन् ।

यादब यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका कारण अबसर खोज्दै बारा आएका यादबलाई यो पटक समेत सिके राउतको पार्टी भारी पर्ने देखिन्छ । यादब त्यहीँ कारण समेत अहिले मतदाताको घर देखि बारी सम्म भोट माग्दै गरेको देखिन्छ । मधेशका मुर्दाका कारण सधै जनताको साथ पाएका यादबले पद र सत्तमा मधेशका मुर्दा भुल्दा यादबको बहुलिएता भएको यस क्षेत्रमा समेत उपेन्द्र यादवलाई सजिलै विश्वाश गर्न वतावरण भने छैन । तर यादब भने आफुलाई जनताले मत दिनेमा आफू विश्वत रहेको दावी गर्छन् ।

यिनै यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए । मधेशमा पछिल्लो समय उदाएको सिके राउतको पार्टी जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको मत आफुतर्फ आर्कषित गर्ने रणनीति लिएको देखिन्छ सोही कारण कुशवाहाले राउतलाई सगै लिएर चुनावी प्रचारमा छन् । सिके राउतको पछिल्लो क्रेजलाई उनले आफ्नाे मतमा परिवर्तन गर्ने प्रयासमा छन् ।
शिवचन्द्र कुशवाहासमेत पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन् । कुशवाहाले गत निर्वाचनमा बारा २ मा १३ हजार ४ सय ६८ मत पाएका थिए ।
यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाका कारण यस क्षेत्रमा हाेमिएको देखिन्छ । कमजोर पार्टी संगठन र कार्यकताका करणका बाबजुद उम्मेदवारी दिएका खरेल कमजोर देखिए पनि उनि तिब्र चुनाबी प्रचारप्रसारमा छन् ।
यता पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।
बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
काठमाडौं, ४ वैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ ।
महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
सोमबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।