काठमाडाै, २० बैशाख ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ।
कम्बोडियाको अौपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बिच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बिचको शान्ति प्रकृयाका अनुभवहरू आदनप्रदान गर्ने बिषयमा छलफलसमेत भएको छ।
अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बिच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको बिकास हुने धारणा राखेका थिए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि महत्वपूर्ण गन्तव्य रहेकाे उनकाे भनाई थियाे ।
‘गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ’ उनले भने ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुन सेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढेको अबस्थामा यसले शान्तिकाे सन्देश फैलाउन पनि सहयोग पुग्ने बिश्वास दुबै जनाको थियो। नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदनप्रदान गर्न पनि दुई पक्षिय सम्बन्ध बिस्तारमा पनि जोड दिईएको छ।
मकवानपुर, २० बैशाख ।
भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चिनतर्फ निर्यात हुन थालेको छ ।
गत सातावाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चिनतर्फ निर्यात भएको हो ।
भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १ सय थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । उनका अनुसार ४ लाख ४० हजार मुल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकावाट चिनको तिब्बततर्फ निर्यात भएको हो ।
‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाहरुले मन पराए पछि यहाँ उत्पादन हुने मुढाहरु निरन्तर रुपमा चीनतर्फ निकासी हुनेछ,’ उनले भने ।
भीमफेदीका एक हजार मध्ये झन्डै चार सयभन्दा बढी कैदीबन्दीले मासिक रुपमा ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन् । उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीवाट बढी माग आएको ब्यापारीहरुले जानकारी दिएका छन् ।
आरके श्रीवास्तव,राैतहट,वैशाख २० गते
आज विश्व प्रेस स्वतन्त्रता दिवस देशैभरी मनाउने क्रममा राैतहटमा पनि मनाईएकाे छ । राैतहटकाे चन्द्रपुरमा आज बिहानै नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशकाे आयाेजना र नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे व्यवस्थापनमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ ।

चन्द्रपुरकाे हाेटेल अशाेका बाट सुरू भएको प्रभातफेरि मुख्य चाैकमा काेणसभामा परिणत भएको थियाे । संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै याे दिवस मनाइँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।

काेणसभालाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् सूचनाकाे हक सम्बन्धिका अगुवा तरानाथ दहालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पुर्ण श्रमजिवि पत्रकारहरुलाइ शुभकामना दिदै विश्व प्रेस स्वतन्त्रता कायम भएको देखि हालसम्मको अवस्था बारे जानकारी गराउनु भएको छ ।

उहाले विश्व प्रेस स्वतन्त्रता सम्बन्धी मुलभुत तीन कुरा पहिलो पत्रकारितामा क्षेत्रमा काम गर्ने क्रममा विभिन्न कालखण्डमा ज्यान गुमाएका तथा घाइते भएका पत्रकारहरुलाई सम्मान गर्ने ।

दोस्रो आफ्नो कार्यक्षेत्र अन्तर्गत सक्रिय भइ कार्यरत हुँदा समय सापेक्ष पक्राउ परि कारागारमा बन्धक बनेका ३३५ जना पत्रकारहरुलाई रिहाईको लागि पहल गर्ने र तेस्रो पत्रकारितामा विश्वसनीयता सबभन्दा महत्वपूर्ण हुने भएकोले यश क्षेत्रमा कहिले काही सत्य लुक्ने तथा तथ्य छुट्ने जस्ता समस्या परेको हुदा यस्ता विषय बस्तुमा विशेष रुपमा ध्यान दिई आफ्नो कार्यक्षेत्रमा अगाडी बढन आग्रह समेत गर्नु भएको हो ।

स्मरणीय हाेस् युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यही सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । साेही निर्णय अनुसार विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हाे ।
x

काठमाडौं, २० बैशाख ।
भारतको आन्तरिक उडडयन क्षेत्रमा नयाँ रेकर्ड कायम भएको छ ।
एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गरे पछि भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड कायम भएको हो ।
गत आइतबार अर्थात ३० अप्रिलका दिनमा ४ लाख ६६ हजार ८२ यात्रुले हवाइ उडान गरेका छन् । यससँगै आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले हवाई यात्रा गरेको नयाँ कीर्तिमान बनेको हो ।
भारतीय सञ्चारमाध्यमकाच अनुसार २ हजार ९ सय ७८ उडानमार्फत् यो नयाँ रेकर्ड कायम हुन सकेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले जानकारी दिएका छन् ।
इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीएं) का अनुसार कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाउँदै लगेको जनाएको छ ।
काठमाडौं, २० बैशाख ।
स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले अनुमति पत्र नविकरण नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको हो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति पनि हस्तान्तरण गर्न भनिएकाे छ ।
‘नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्था श्री स्मार्ट टेलिकम प्रा.लि., कुमारीपाटी, ललितपुरले अनुमतिपत्र (अनुमतिपत्र नं. BTSL-01) नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ, ‘साथै, उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सुचित गरिएको छ ।’
काठमाडौं, २० बैशाख ।
काठमाडौं महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ ।
गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।
जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो ।
महानगरपालिकाका अनुसार १५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
काठमाडौं, २० बैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैछ ।
लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।
सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसे पछि हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । चालक थापाको झन्डै डेढ महिना देखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
काठमाडौं, २० बैशाख ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक ब्यवस्थामा नै स्वतन्त्र प्रेस सम्भवः हुने बताएका छन ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना मन्तब्य दिदै पुर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष संचार जगत नै लोकतन्त्रका आधारस्तम्भ रहेकोसमेत जनाएका छन् ।
‘लोकतान्त्रिक ब्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु,’ देउवाले भनेका छन, ‘प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको हो । स्वच्छ, स्वस्थ र निष्पक्ष संचार जगत नै लोकतन्त्रका आधारस्तम्भ हुन् । नेपाली कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यवसायिक पत्रिकारिताको प्रवद्र्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, संचार माध्यमहरुमा संचारकर्मीहरुको पेशागत एवं व्यवसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैं लड्दै आएको छ ।’ जटील परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गरेको देउवाले जनाएका छन ।
मे महिनाको ३ तारिख संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार वर्गले आफ्नो हक र हितका निमित्त संगठित रुपमा दृढ साहस र संकल्पका साथ संघर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै देउवाले विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्षमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मी साथीहरूमा हार्दिक शुभकामना र बधाईसमेत दिएका छन् ।
‘नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यवद्धता प्रकट गर्दै यस अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सबै नेपाली संचारकर्मी एवं संचारमाध्यमलाई फेरि पनि बधाई र शुभकामना व्यक्त गर्दछु,’ देउवाले आफनो सन्देशमा भनेका छन् ।
काठमाडौं, २० बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस काउन्सिललगायत प्रेसको मुद्धा समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न बिषय रहेको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस, मई ३ ९वैशाख २०० का अवसरमा सम्पूर्ण नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा बधाइ तथा शुभकामना व्यक्त गर्दैै प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रताको मुद्धा प्रेसको मात्रे नभएको बताएका हुन ।
‘प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ । नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको छ,’ प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भनेका छन, ‘यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वर्धन एवं विकासका निम्ति यसको पुर्नसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको छ ।’ साथै सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्नसमेत प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मई ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसकारूपमा मनाइँदै आइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको यस अवसरमा म सरकारको तर्फबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाइने प्रतिवद्धता व्यक्तसमेत प्रधानमन्त्रीले गरेका छन् ।
‘नेपालको संविधानको मूल मर्म र भावना एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो,’ प्रधानमन्त्रीले अगाडी भनेका छन, ‘श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत् सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी गराउँदछु ।’
प्रेस स्वतन्त्रता दिवसवाट राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत प्रधानमन्त्रीको रहेको छ ।
मुम्बई, २० बैशाख ।
कलाकार अर्जुन रामपाल बलिउड फिल्म उद्योगका एक नामी कलाकार हुन ।
उनी आफनो अभिनयका साथै ब्यक्तिगत जीवनका कारण पनि बेला बेलामा चर्चामा छाईरहन्छन् । ५० बर्षिया रामपाल पछिल्लो दिनमा गैब्रिएला डेमोट्रियडससँग लिभ इन रिलेशनसिपमा रहदैँ आएका छन ।
यसैबिचमा उनले एउटा खुसीको खबर बाहिर ल्याएका छन, चाँँडै नै गैब्रिएला पुनः आमा बन्दैछिन र अर्जुनका लागि दोस्रो बच्चा जन्माउँदै छिन् । गैब्रिएला आफैले यसको जानकारी फ्यानहरुलाई दिएकी हुन ।
उनले इन्स्ट्रागाममा दुईवटा तस्विर सार्वजनिक गर्दै भनेकी छिन, ‘रियलिटी या आर्टिफिसियल इंटीलिजेन्स । इन्स्टाग्राम सार्वजनिक तस्विरमा उनी बेबी बम्प गरिरहेको देखिन्छ । उनी आफनो गर्भ रहेको पेटमा हाथ राखेर क्यामेरा अगाडी पोज दिईरहेकी छिन । यसरी क्यामेरा अगाडी उनी झन सुन्दर देखिएकी छिन् ।
अर्जुन रामपाल र गैब्रिएलाको आइपीयलको एउटा पार्टीमा भेट भएको थियो । उनीहरु विस्तारै नजिकिदैँ जादा प्रेममा फस्न पुगे । तर, अहिलेसम्म उनीहरु बिच औपचारिक रुपमा बिबाह भने भएको छैन । यद्धपी, यसअघि नै उनीहरुको एउटा बच्चा भने जन्माइसकेको अवस्था छ । सन २०१९ मा छोरा अरिकलाई पहिलो सन्तानको रुपमा प्राप्त गरेका थिए ।