२०८३ भाद्र १२
२०८३ भाद्र १२

मुम्बई, २३ बैशाख ।

पठानको ठूलो सफलतापछि दर्शकको नजर शाहरुख खानको आगामी फिल्म ‘जवान’ र ‘डंकी’ मा परेको छ ।

 

हालै सेयर भएको टिजरमा एक्सन फिल्म जवान आगामी २ जुनमा रिलिज हुने बताइएको थियो । तर, अहिले भिएफएक्समा कामका कारण एट्ली निर्देशित जवानको रिलिज मिति पर सर्ने देखिएको छ ।

 

पिंकभिल्लाको रिपोर्ट अनुसार फिल्मसँग सम्बन्धित एक स्रोतले भन्यो, ‘जवान’ अब जुन २, २०२३ मा रिलिज हुँदैन किनभने सो टोलीलाई फिल्म पूरा गर्न अझै केही समय चाहिने देखिएको छ ।’ किनभने तिनीहरू देशको उत्कृष्ट अन्य फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने उत्पादनको साथ आउन चाहन्छन्।

 

जवान फिल्म टोलीले धेरै मितिहरू पुर्नविचार गरिरहेको रिपोर्टहरू आएका छन्, जसमा जुन २९वा अगस्त २५ लाई फाइनल गर्ने भनिएको छ। यद्यपि, आधिकारिक घोषणा भने अझै भएको छैन । रिपोर्टलाई विश्वास गर्ने हो भने ११ अगस्टमा रिलिज हुने गदर र जुन २ मा रिलिज हुने प्रभासको आदिपुरुष जवानको रिलिजका कारण प्रभावित हुन सक्छ ।

 

सो फिल्ममा शाहरुख खानका साथै नयनतारा, सान्या मल्होत्रा ​​र प्रियमणी मुख्य भूमिकामा रहेका छन्।

 

यसै क्रममा किङ खान यो फिल्मको सुटिङमा अझै व्यस्त रहेका छन् ।

 

मुम्बई, २३ बैशाख ।

प्रियंका चोपडा ग्लोबल स्टार बनेकी छिन् । उनको वेब सिरिज सिटाडेल अमेजन प्राइम भिडियोमा विश्वव्यापी रूपमा रिलिज भएको छ, अब उनको हलिउड फिल्म ‘लभ अगेन’ रिलिजको लागि तयार छ। देसी गर्लले यो फिल्मको प्रचार गरिरहेकी छिन् ।

 

यसरी कुनै समय भारतमा दर्शकको रोजाइमा परेकी प्रियंका चोपडा आज विश्वभर नाम कमाइरहेकी छिन् । हरेक अभिनेताको जीवनमा यस्ता धेरै कम अवसर आउँछन्, जब उसले आफ्नो कुनै बाध्यताका कारण केही प्रोजेक्टलाई छाडनु पर्ने हुन्छ ।

 

प्रियंका चोपडासँग पनि यस्तै भएको छ । उनले आफ्नो करियरमा धेरै फिल्म अस्वीकार गरेकी छिन् । तर यहाँ हामी ती तीन फिल्मको बारेमा कुरा गर्न जाँदैछौं, जुन भाइजान सलमान खानसँग थिए र रिलिज पछि ब्लकबस्टर पनि हुन पुगे ।

 

पहिले सलमान खानको फिल्म भारत (२०१९) को बारेमा कुरा गरौं। यस फिल्मका लागि प्रियंका चोपडालाई फाइनल गरिएको थियो । फिल्मका लागि सबै कुरा तय भइसकेको थियो । तर प्रियंका चोपडाले विवाहको कारण फिल्म छोड्नु पर्ने जनाइन । उनले फिल्मबाट अलग भएको जनाए पछि निकै हंगामा भएको थियो । तर प्रियंकाले प्रायः आफ्नो मनको कुरा सुन्छिन्, र उनले निक जोनससँग आफ्नो जीवन बिताउने आफ्नो निर्णयमा अगाडि बढ्नु उचित ठानिन्।

 

यति मात्र होइन, साजिद नाडियाडवालाको फिल्म किक (२०१४) मा सलमान खानको अपोजिटमा प्रियंका चोपडा पनि देखिने बताइएको थियो । तर, प्रियंका चोपडाले यो प्रस्ताव अस्वीकार गरिन् । यसको कुनै कारण पत्ता लाग्न सकेको छैन । फिल्ममा प्रियंकाको स्थानमा ज्याकलिन फर्नान्डिसलाई फेरि कास्ट गरिएको थियो र जुन फिल्म पछि आएर ब्लकबस्टर हुन पुग्यो ।

 

अब कुरा गरौं सलमान खानको फिल्मको जसमा उनी पहलवानको भूमिकामा देखिए र दर्शकको मन जितेका थिए । यो फिल्म सन् २०१६ मा रिलिज भएको ‘सुल्तान’ थियो । यसअघि यो फिल्ममा प्रियंका चोपडालाई कास्ट गर्ने तयारी भइरहेको थियो । तर उनले यो फिल्मलाई अस्वीकार गरिन् । र, सो फिल्ममा अनुष्का शर्मालाई कास्ट गरिएको थियो । यसरी प्रियंकाले सलमान खानसँग अस्वीकार गरेका फिल्महरु ब्लकबस्टर साबित भए ।

 

तर, यसैबीच प्रियंका पनि ग्लोबल स्टार भइन् ।

 

लन्डन, २३ बैशाख ।

वेस्टमिन्स्टर एबेमा भव्य धार्मिक समारोहमा बिचमा बेलायतका राजा चार्ल्स तृतियाको राज्याभिषेक गरिएको छ।

राजा चाल्र्सको जारी राज्यभिषेकमा उनले राजमुकुट पहिरिएका छन् । सो समारोहमा सहभागी हुनका लागिविश्वभरका प्रतिष्ठित व्यक्तिहरूले भाग लिइरहेका छन् ।  र, हजारौं मानिसहरू लन्डनमा भेला भएका छन्। यो ७० वर्षमा बेलायतको पहिलो राज्याभिषेक हो।

 

मुम्बई, २३ बैशाख ।

भारतीय २५ करोड रुपैयाको बजेटमा निमार्ण र ८० करोडको आम्दानी, यो सही आंकडा हो। यो आंकडा कायम राखिएको तेलेगु चलचित्र बिरुपाक्ष आज हिन्दी भाषामा पनि रिलिज भएको छ ।

 

हामी तेलुगु हरर फिल्म ‘विरुपाक्ष’ को बारेमा कुरा गर्दैछौं। यो  एक डरलाग्दो चलचित्र हो, जुन तेलुगुमा २१ अप्रिलमा रिलिज भएको थियो। फिल्मले अहिलेसम्म ८० करोडभन्दा बढी कमाइ गरिसकेको छ । जबकि यसको निमार्णको बजेट करिब २५ करोड रुपैयाँ रहेको बताइएको छ ।

 

यस्तो अवस्थामा फिल्मले लागतभन्दा तीन गुणा बढी कमाइ गरेको हो । आज अर्थात मे ५ मा हिन्दीमा पनि रिलिज भएको छ । यसरी यसको सङ्कलन आगामी दिनमा अझै बढ्नेछ । यसरी कथा राम्रो छ, कलाकार जीवन्त छन् र बजेटलाई नियन्त्रणमा राख्ने हो भने मध्यम बजेटमा पनि राम्रो फिल्म बन्न सकिन्छ भन्ने प्रष्ट हुन्छ ।

 

विरुपाक्षको कथा एउटा गाउँको हो। गाउँका मानिसहरूले केही न केही गर्छन, जसको कारणले श्राप पाउँछन्। त्यसपछि यो घटनाको लामो समयपछि गाउँमा अनौठो घटना हुन थाल्छ । साई धर्म तेज यस गाउँमा आउँछन् र उनी संयुक्त मेननसँग प्रेममा पर्छन्। तर यी सबैको बीचमा, डरलाग्दो घटनाहरू हुन्छन् र केही मानिसहरूको मृत्यु हुन्छ। साई धर्मले मात्र यो रहस्य सुल्झाउने प्रयास गर्दछ। कथा रोचक छ, उपचार पनि राम्रो छ । केवल रोमान्टिक भाग र अन्त्य अलि बरालिएको देखिन्छ।

साई धरम तेज एक राम्रो अभिनेता हुन । दुई वर्षअघि उनी दुर्घटनाको सिकार भएका थिए । त्यसपछि उनको यो पहिलो फिल्म हो । उनले हरर थ्रिलर विषय रोजे। उनले यो पात्रलाई राम्रोसँग निभाएका छन् र अभिनय पनि सहज छ । गाउँकी केटीको भूमिकामा संयुक्ता मेनन पनि राम्रोसँग सुहाएकी छिन् । समग्रमा अभिनयका हिसाबले फिल्मले निराश बनाएको छैन ।

 

काठमाडौं, २३ वैशाख

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी श्रणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन्।

‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको भन्दै जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने हुँदा त्यस्ता समाचार सम्प्रेशित नगर्ने अनुरोध गर्दछु,’ उनले भनेका छन्।

 

बर्दिया, २३ वैशाख

बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबार बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको आज जनाएको छ । पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीया शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रहरीको भनाइ छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलत्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, २३ बैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु कुनै दबाबमा नपर्ने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने जनाउँदै प्रधानमन्त्री दाहालले आफु कुनै दबाबमा नपर्ने जनाएका हुन् ।

‘अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न । यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ,’ नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘उत्पीडित जनसमुदायको साथ भयो भने जुनसुकै घेराबन्दी र धम्कीको सामना गरिनेछ, भ्रष्टचारीलाई कारबाही गरिनेछ ।’

 

काठमाडौं, २३ बैशाख ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सरकारले विश्वासको मत पाउने बताएका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि विश्वासको मत लिने जनाउँदै महराले सरकार यथावत रहने बताएका हुन ।

 

‘सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि सामान्यतया विश्वासको मत लिनु पर्छ,’ माओवाद नेता महराले भने, ‘त्यसकारण स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग पर्याप्त बहुमत रहेको छ । सरकार यथावत रहन्छ, विश्वासको मत कायमै रहन्छ ।’

 

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताएका छन् ।

 

राजधानीमा आज आयोजित नेपाल दलित मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन् ।

उनले भने,  ‘लामो समयदेखि गलत नीति, संस्कार, बेतिथि, कार्यशैली र मुख्यतः भ्रष्टाचारको कारणले नै नेपालको स्थिति अहिले आर्थिक संकटको स्थिति बनेको हो ।’

 

उनले सुशासन कायम गर्ने गम्भीर र पेचिलो लडाई भएको उल्लेख गर्दै त्यसका लागि प्रारम्भिक कदम चालिएको बताए उनले भने ‘सुशासन कायम गर्ने भन्न जति सजिलो छ त्यो उति नै चुनौतिपूर्ण छ । सुशासन भन्ने बित्तिकै भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।’ प्रधानमन्त्रीले आफू सरकारको नेतृत्वमा आएको शुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताको रुपमा अगाडि बढाएको बताउनुभयो । उनले भने, ‘मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको उच्च प्राथमिकतामा रहने छ भनेर भनेको थिएँ ।’

 

प्रतिगमन विरुद्धको आन्दोलनको स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले भने, ‘दुई–दुई पटक संसद विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, त्यो संविधान विघटन थियो । त्यो हजारौंको बलिदानबाट प्राप्त उपलब्धी उल्ट्याउने षडयन्त्र थियो । त्यसको केही समयपछि एकपटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्रहरू परास्त भए, नेपाली जनता फेरी विजयी भए, हामी फेरी विजयी भयौँ ।’

 

प्रधानमन्त्रीले राजनीतिक परिवर्तनमा दलित समुदाय अग्रमोर्चामा रहेर क्रान्तिलाई सफल बनाउन भूमिका खेलेका उल्लेख गर्दै भने, ‘हामीले आफ्नै मौलिकतामा क्रान्ति अगाडि बढाउँदै लगेका थियौँ । तर आज परिवर्तन उल्टाउने कसरत भइरहेको छ । दलितको संवैधानिक अधिकारलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । दलितलाई दिइने विशेष अधिकार उपल्लो वर्गले दिने दान होइन । दलित आफैं लडेर ल्याएको अधिकार हो ।’

 

सर्लाही, २३ बैशाख ।

नवलपुर–मलङ्गवा सडकखण्डमा गाडीको ठक्करवाट एकजनाको मृत्यु भएको छ ।

 

सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर दिँदा पैदलयात्री चन्द्रनगर गाउँपालिका–१, मोहनपुरका २२ वर्षीय पप्पु बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार साँझ भारतीय नम्बर प्लेटको डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको र उपचारको क्रममा बैठाको मृत्यु भएको  हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।