२०८३ भाद्र ११
२०८३ भाद्र ११

काठमाडौं, १५ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेल ब्यवस्थामा परिवर्तन भए पनि अवस्थामा परिवर्तन नभएको बताएका छन् ।

१६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै सभामुख घिमिरेले तीनै तहको सरकारको नेतृत्व जनताको हातमा आएकोमा गर्ब गर्नुपर्ने भने जनाएका छन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता हो, हाम्रा आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ, ‘आफनो शुभकामना सन्देशमा उनले भनेका छन, ‘नागरिकका विकासका चाहनाहरू, समृद्धिका अपेक्षाहरू र सेवा प्रवाहका लागि अपेक्षित सहजताहरू प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ ।’  उनका अनुसार सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ ।

 

यस्तो छ, सभामुखको शुभकामना सन्देशः

गणतन्त्र दिवस– २०८०को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । साथै, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

 

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल, राजनीतिक कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायको योगदानको स्मरण गर्न चाहन्छु ।

 

नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक–पटक आन्दोलन भएका छन् । आन्दोलनको जगमा बनेको संविधान सभाले निर्माण गरेको सङ्घीयतासहितको संविधान कार्यान्वयन भइसकेको छ । राजनीतिक आन्दोलनबाटै वंश परम्पराको शासन अन्त्य भएको छ भने शासन सत्ता जनताको हातमा आएको छ । आवधिक निर्वाचनबाट जनताले आफ्ना प्रतिनिधिमार्फत तीन वटै तहमा शासनको नेतृत्व गरिरहेका छन् ।

 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता हो । हाम्रा आन्दोलनहरूले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ । नागरिकका विकासका चाहनाहरू, समृद्धिका अपेक्षाहरू र सेवा प्रवाहका लागि अपेक्षित सहजताहरू प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ भने सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ ।

 

अन्त्यमा, गणतन्त्र प्राप्ती र यसका उपलब्धीलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गर्दछु । गणतन्त्रले ल्याएका परिवर्तनलाई नागरिकको जीवनपद्धतिमा प्रयोग गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

१५ जेठ, २०८०
देवराज घिमिरे

काठमाडौं, १५ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन दुई खेल हुदैँछन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

 

रंगशालामा हुने पहिलो खेलमा खुमलटार र हिमालयन शेर्पाका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

 

उता, रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस क्लब आमुनेसामुने हुनेछन् ।

नयाँ दिल्ली, १५ जेठ । केही समय देखी भडकिएको जातीय हिंसामा परी मणिपुरमा थप ४० जनाको ज्यान गएको छ ।

 

मणीपुरका बिभिन्न ५ स्थानमा सेना र आन्दोलनकारी बीच भएको भिडन्त हुुदाँ ४० जना मारिएका हुन । मणीपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पनि सो संख्या बराबर मारिएको पुष्टीसमेत गरेका छन्  ।

 

‘आतंकवादीहरूले एम १६ र एके ४७ असल्ट राइफल र स्नाइपर बन्दुकहरू आम नागरिकहरू विरुद्ध प्रयोग गरिरहेका छन्। तिनीहरू धेरै गाउँहरूमा घरहरू जलाउन आएका छन्। त्यसैले उनीहरूविरुद्ध धेरै कडा कारबाही सुरु गरेका हौं, जुन कारबाहीमा करिब ४० आतंककारी मारिएको खबर छ,’ मुख्यमन्त्री एन बिरेन सिंहले सञ्चारकर्मीसँग भने, ‘आतंकवादीहरूले निहत्था नागरिकहरूमाथि गोली हानिरहेका छन्, उनीहरूले मणिपुरलाई तोड्न खोजिरहेका छन् र केन्द्र सरकारको सहयोगमा राज्य सरकारले उनीहरूविरुद्ध कडा कारबाही गरेको हो ।’

 

मणिपुर पुलिस कमाण्डोले हिजो जातीय हिंसा प्रभावित क्षेत्रहरूमा आठ घण्टा भन्दा बढी आन्दोलनकारीहरुसँग भिडन्त गरेका थिए । आन्दोलनकारीहरुले इम्फाल उपत्यका र वरपरका क्षेत्रमा सुरक्षाकर्मी माथी एकैसाथ हमला गरेका थिए । सो क्षेत्रका सेकमाई, सुग्नु, कुम्बी, फ्याङ र सेराउ क्षेत्रहरुमा भएको भिडन्तले त्रासको बातावरण निम्ताएको स्थानियले जनाएका छन् ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार सो भिडन्तमा परी अझ धेरैको ज्यान गएको बताईएको छ । उनीहरुका अनुसार त्यसको अझै स्वतन्त्र पुष्टी भने बाँकी छ ।

 

‘सडकमा गोली चलेको थियो, बमवारीका आवाज सुनिएको थियो, पहिचान नभएका लासहरु यत्रत्रत छरिएका थिए,’ स्थानिय राकेश मितलले भने ।

 

मेइती समुदायले अनुसूचित जनजाति (एसटी) को दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु भएको थियो । गत मे ३ मा मणिपुरका पहाडी जिल्लाहरूमा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि झडप सुरु भएको थियो। मणिपुरको ५४ प्रतिशत जनसङ्ख्या मेइती समुदायको छ र तिनीहरू प्रायः इम्फाल उपत्यकामा बस्छन्। जनजाति  नागा र कुकीले जनसंख्याको ४० प्रतिशत ओगटेका छन् र उनी पहाडी जिल्लाहरूमा बस्छन्। यी दुइ समुदायका बिचमा सरकारले बैमनस्यता बढाइदिएकाे उनीहरूकाे अाराेप छ ।

 

मणिपुरमा जातीय द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गईसकेको छ र भारतको उत्तरपूर्वी राज्यमा सामान्य अवस्था ल्याउनका लागि करिब १० हजार बढी सैन्य र अर्धसैनिक कर्मचारीहरू तैनाथ गरेर स्थीति नियन्त्रणमा ल्याउने प्रयास भईरहेको मुख्यमन्त्री सिंहले जनाएका छन् ।

काठमाडौं, १५ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ ।

 

क्यानका अनुसार रोहित पौडेलको नेतृत्वका १६ सदस्सीय टोलीले एकदिवसीय छनौट खेल्ने पक्का गरेको हो ।

 

नेपालले एसिसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको क्यानले अर्जुन साउद र किशोर महतोले टोलीमा फर्काएको छ ।

 

एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्य टोली राखेको भए पनि बन्द प्रशिक्षणमा रहेका देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरालाई भने नयाँ टोलीमा समावेश गरेको छैन ।

 

आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटको तयारीको लागि जेठ १८ गते अफ्रिका जानेछ, सोही क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ । त्यहाँ १० दिन बिताएपछि नेपाल दक्षिण अफ्रिकाबाट जेठ २८ मा जिम्बावे जानेछ । लगत्तै भोलीपल्ट नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्ने तयारीका साथ नेपालले क्रिकेट टोलीको घोषणा गरेको हो ।

 

नेपाली टोलीः

 

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल,  ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

काठमाडौं, १५ जेठ । आज पुर्व सांसद रेशमलाल चौधरी ६ बर्ष पछि जेलमुक्त हुदैँछन् ।

 

पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अबधिको जेल मिनाहा गरे पछि उनी आज जेल मुक्त हुन लागेका हुन ।

 

गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले अाममाफी दिए पछि बितेका ६ बर्ष देखी डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुन लागेका हुन । नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भए पछि सो पार्टीले उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागर परिसरमा आउन निर्देशन दिएको छ ।

 

टिकापुर नरसंहारमादोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो । न्यायधिसद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३ औं दिनमा चौधरीलाई आममाफी दिईएको हो ।

 

२०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योगतर्फ १५ नम्बर बमोजिम ५ वर्ष कैद सजाय सुनाएको थियो । २०७७ पुस २ मा उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसाला सुनाए पछि उनी रिहा हुन सकेका थिएनन ।

उता उच्च अदालतको साे फैसलालाई पनि सर्वोच्च अदालतले सदर गरेपछि उनी काननुतः २०९४ सालसम्म जेल सजायँमा बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय पछि उनी १४ बर्ष अघि नै जेलमुक्त हुन लागेका हुन् ।

 

२०७४ फागुनमा पक्राउ परेका उनी माथी टिकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको बिभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ । तर, २०७४ सालको आमनिर्वाचनमा कैलाली–१ वाट निर्वाचित चौधरी जेलमुक्त हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता आज बिहान डिल्लीबजार पुग्दैछन् ।

काठमाडौं, १५ जेठ । आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुदैँछ ।

 

संघीय संसद भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजे बोलाईएको छ ।

 

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.ब २०८०/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

 

नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आईएको छ । यो संबैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो ।

काठमाडौं, १५ जेठ । पहिलो टी–२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ ।

 

मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनायो ।

मुम्बई, १५ जेठ । वर्षको सुरुवातमा अभिनेता सलमान खानले आमिर खानको फिल्म ‘च्याम्पियन’मा अभिनय गर्ने चर्चा थियो । आमिरले बनाउन लागेको स्पेनिस फिल्म ‘क्याम्पिओनिस’को हिन्दी रिमेकका लागि आमिर लामो समयदेखि समय दिइरहेका छन् ।

 

फिल्मका लागि आमिरले सलमानलाई प्रमुख भूमिकामा प्रस्ताव गरेका थिए । सलमानलाई प्रस्ताव गरेको लामो समयसम्म पनि फिल्मको काम अघि नबढेपछि सलमान फिल्मबाट पछि हटेका छन् । अब फिल्ममा सलमानले अभिनेता रणवीर कपूरलाई प्रस्ताव गरेका छन् ।

 

‘सुरुवातमा सलमानले यो फिल्ममा अभिनय गर्नका लागि चासो देखाएका थिए । तर फिल्मको रिलिज मितिसँग सलमान डराएपछि उनी आमिरको फिल्मबाट पछाडि सरेका छन् । किनकी आमिरको फिल्मसँग सलमानको फिल्म जुध्ने भएपछि सलमान पछि हटेका हुन्’, फिल्म निकट स्रोतले भन्यो ।

 

सलमान ‘च्याम्प्यिन’बाट पछि हटेपछि आमिरको ध्यान रणवीरप्रति मोडिएको छ । रणवीरले फिल्मको न्यारेसन सुनेका छन् र उनले काम गर्ने इच्छा देखाएका छन् । ‘केही समययता रणवीरले चाख लाग्दा फिल्ममा अभिनय गरेका छन् । स्क्रिप्ट र जनरा छनोटमा उनको चासो बढी छ । रणवीरको अभिनयबाट प्रभावित भएका आमिरले आफ्नो फिल्ममा उनलाई फरक अवतारमा देखाउन चाहन्छन्’, स्रोतले भनेको छ ।

 

फिल्ममा आरएस प्रसन्नको निर्देशन रहनेछ । फिल्म सन् २०२४ मा रिलिज हुनेछ ।

 

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस ।

 

आजको १६ औं गणतन्त्र दिवसकाे अवसरमा नेपालसहित बिदेशमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षताको गठित गणतन्त्र मुल समारोह समितिले देशैभरी राज्यको तहवाट बिभिन्न कार्यक्रम आयोजना हुदैँछ । मुख्यगरी, सैनिक मञ्च, टुडिखेलमा सरकारले आयोजना गर्ने बिशेष समारोहका बिचमा आज मुल कार्यक्रम हुनेछ । जुन कार्यक्रममा नेपाली सेना बिशेष परेडको आयोजना गर्नेछ ।

 

सैनिक मञ्चमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख, प्रधानन्यायधिस, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संबैधानिक निकायका प्रमुख तथा सदस्य, तीनैवटा निकायका सुरक्षा प्रमुखहरुको उपस्थितिमा सो भब्य कार्यक्रमको आयोजना हुनेछ ।

 

यसैगरी, गणतन्त्र दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन, बिभिन्न संघ संस्थाहरुले पनि आ-आफना किसिमले बिभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

 

२०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि मुलुक क्रमशः गणतन्त्र उन्मुख हुन पुगेको थियो । २४० बर्षे जहानिया शाषनको अन्त्य गर्दै २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकमार्पफत मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएको थियो । सो घोषणासँगै नेपाल गणतन्त्रतात्मक मुलक भएको अवसरमा हरेक बर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाईदै आएको छ ।

 

यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिईएको छ ।

काठमाडौं, १५ जेठ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लागायत देशका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली, र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।