२०८३ भाद्र १०
२०८३ भाद्र १०

 

काठमाडौं, १८ जेठ

पछिल्लो समयमा नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ। एकपछि अर्को गरेर कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत आउरे बाउरे सार्वजनिक भएको छ। यस गीतमा श्रीधर अधिकारि र कोपिला न्यौपानेको आवाज रहेको छ।

गीतमा शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ। गीतलाई श्रीधर अधिकारिकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

बिशाल बस्नेत/महाेतरी, १८ जेठ ।

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको छ ।

 

गाैशाला वडा न.२ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा न्यायिक छलफल भैइरहेको वेला उपमेयर रेणु कुमारी महतोमाथी कार्यकक्षमा नै आक्रमण प्रयास भएको हो  ।

 

धर्मशाला निर्माण भैइरहेको वेला नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र ठाकुरले निजि जग्गा भएको भन्दै दावी गरेपछी न्यायिक समितीकी संयोजक समेत रहेकी उपमेयर महतोले सरोकारवालाहरुलाइ बोलाएर मंगलवार बेलुका छलफललाई अगाडी बढाएकी थिइन । छ्लफल कै क्रममा वडा न.२ का वडा अध्यक्ष श्यामसुन्दर मण्डलले तथानाम गाली गर्दै उपमेयरलाइ नै हातपात प्रयास गरेको आरोप लागेको छ ।

 

`श्यामसुन्दर मण्डलले बिषयवस्तुलाइ बिषयान्तर गरि सुनियोजित ढंगले आक्रमण प्रयास गरे,´ उपमेयर महतोले भनिन । उनका अनुसार उपमेयरका सहयोगी तथा श्रीमान दिपेन्द्र महतोलाई विवाद कै क्रममा अध्यक्ष मण्डलले धक्कामुक्का गर्दा सामान्य घाइते हुन पुगेका छन् । उनकाे हातमा सामान्य चोट लागेको छ भने ज्यान मार्ने धम्की समेत दिएको महतोले जानकारी दिइन् ।

 

अध्यक्ष मण्डलले उपमेयर महतोलाई समेत धम्की दिएको प्रत्यक्षदर्शीले बताए । घटनास्थललाई नजिक रहेका स्थानिय बलराम सापकोटाका अनुसार उपमेयरको कार्यकक्षमा अमर्यादित गाली  बेइज्जतीका काम गरियाे ।

`मैले  सुरुमा त वडा अध्यक्ष हो भन्ने एकिन पनि गरेको थिइन,´ उनले भने,  `अध्यक्ष मण्ड्लले अनौठो हर्कत देखाएपछि मैले प्रमाणको लागी मोबाइल निकालेर भिडियो खिचे ।´ उनका अनुसार विवाद बढदै गएपछी अध्यक्ष मण्डलले कार्यकक्षमा नै मेयर दिपेन्द्र महतोको फुपुको छोरा सुरेन्द्र महतोलाइ बोलाए ।

 

` सुरेन्द्र महतो आएर मेरो मोबाइल खोसे, आक्रमण प्रयास समेत गरे,´ सापकोटाले भने । सुरेन्द्र महतो आएपछी विवाद थप उत्कर्षमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ ।

 

कार्यककक्षमा नै आक्रमणको आरोप खेपेका वडा अध्यक्ष  श्यामसुन्दर मण्डलले उपमेयरका श्रीमानले नै आक्रमणको प्रयास गरेको वताएका छन । अध्यक्ष मण्डलले उपमेयरसगँ कुरा गरिरहेको वेला विवाद सिर्जना गरेपछी सामान्य विवाद सिर्जना भएको दावी गरे ।

`मैले कसैलाइ हातपात गरेको छैन बरु उपमेयरका श्रीमानले मलाइ हातपात गरेका हुन,´ अध्यक्ष मण्डलले भने ।

 

उता उपमेयरले भने असुरक्षित महसुस भएको हुनाले सुरक्षाको लागी प्रहरीसगँ अनुरोध गरेको वताएकी छन ।

 

 

नयाँदिल्ली, १८ जेठ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

 

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग सो भेटवार्ता गर्न लागेका हुन ।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहीवार बिहान साढे दश बजे शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रम तय भएको छ । राजघाट पुगरेर गान्धी प्रति पुक्ष्पगुच्छा अर्पण गर्नेछन् ।

 

राजघाटवाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता गर्नेछन् । सो भेटघाटमा दुई देश बिचको आपसी सबन्धका बारेमा छलफल हुनेछ ।

 

सो भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । सो भेटवार्ता र छलफल पछि दुई देशका बिचमा सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ । सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यसूची तय भएकाे छ ।

 

यसैगरी, प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतका भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

रौतहट, जेठ १७ ।

जनता समाजवादी पार्टी ९जसपा० नेपालको भातृसंगठन समाजवादी दलित मुक्ति संगठन कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटको गरुडा नगरपालिका स्थित रहको आशिवार्द गेष्ट हाउसमा भएको कार्यक्रममा जसपा नेपालको मधेश प्रदेश अध्यक्ष तथा पुर्व माननीय रामबाबु यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उदयनारायण राम अध्यक्ष पदमा सर्व सहमत चयन भएका छन् ।

जनता समाजवादी पार्टी नेपालद्वारा आयोजित समाजवादी दलित मुक्ति संगठन कार्यक्रममा उदयनारायण रामसहित १५ जना सदस्यीयसहित जिल्ला कार्य समिति गठन गरिएको हो ।

दलित मुक्ति संगठन कार्यक्रमबाट उपाध्यक्षमा पबित्री देवी पासवान, महिला उपाध्यक्षमा बालालखीन्द्र पासवान, सचिवमा मनोज पासवान, सह सचिवमा गोनउर राम, कोषाध्यक्षमा कमोधिया देवी राम चयन भएका छन् ।

यस्तै कार्यक्रमबाट सदस्यहरुमा नरेश पासवान, कलसिया देवी, जयमंगल महरा, हरिशंकर पासवान, सियाराम पासवान, राजेन्द्र राम, शिवमंगल पासवान, बिजय पासवान र अशोक पासवान सर्व सहमत रुपमा चयन भएका छन् ।

सो कार्यक्रममा जसपाका नेता विश्वनाथ पटेलको विशिष्ट अतिथ्यता रहेको थियो भने जिल्ला अध्यक्ष श्याम बिहारी यादवको आतिथ्यता रहेको थियो ।

यस्तै रामवशिस्ट यादव, जसपा मधेश प्रदेश सदस्य तथा प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, चमेली दास, रामप्रीत पासवान, राजकुमार दास तथा पुनीत राम लगायतको स्थानीय बासि, जनप्रतिनिधिहरु उपस्थिति रहेको थियो ।

काठमाडौं, १७ जेठ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा तीन दिन आधा झण्डा झुकाउने भएको छ ।

कांग्रेसले मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । बुधबार केन्द्र तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिकाहरू राख्ने र १३ औं दिनमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

पाण्डेको निधनमा सभापति शेरबहादुर देउवाले पनि दु:ख व्यक्त गरेका छन् ।

‘उनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हक अधिकारका लागि उहाँले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ,’ उनले भनेका छन् ।

पाण्डेको निधनले कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको पनि देउवाले बताए ।

‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भने ।

काठमाडौं, १७ जेठ

सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी रहेका छन् ।

उनले मासिक एक लाख तलब हुने आश्वासन देखाएर चार जनाबाट १२ लाख रुपैयाँ लिएर फरार भएका थिए । उनले प्रतिव्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने बताएर रकम ठगी गरेर फरार भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई काठमाडौं-९ सिनामंगलबाट पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ ।

काठमाडौं, १७ जेठ । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ।

शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।

हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो। तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुन पुगेका थिए । आममाफी नदिएकाे भए चाैधरी २०९४ सालसम्म जेलमा नै बस्नु पर्ने  थियाे । अदालतकाे फैसाला अनुसार थप १४ बर्ष जेल बस्नु पर्नु भए पनि आममाफी पछि साे कैद मिनाहा भएर उनी निस्कन सफल हुन पुगेका हुन् ।

 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिए पछि तिब्र असन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएकी हुन् ।

 

नयाँ संविधान जारी हुन अगाडी थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित सात सुरक्षाकर्मीसहित आठजनाको बिभत्स हत्या गरिएको थियो ।

काठमाडौं, १७ जेठ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् ।

 

प्रधानमन्त्री प्रचण्ड ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको जम्बो टोली लिएर भारत भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै स्वदेश फर्कने छन् ।

 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले आजै उनीसँग भेटवार्ता गर्नेछन् । भारतलाई बिद्युत विक्री तथा बंगलादेशलाई बिद्युत बिक्रीका लागि बाटो खुल्ला गरिदिनेलगायतको बिषयमा छलफल हुने जनाईएको छ ।

काठमाडौं, १७ जेठ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा  हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू  आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै  गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

 

काठमाडौं, १६ जेठ

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराएका छन् । सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले भारत भ्रमण र एजेण्डाका बारेमा जानकारी गराएका हुन् ।

भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता नगर्ने उनले बताएका थिए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।