२०८३ भाद्र १०
२०८३ भाद्र १०

 

नयाँ दिल्ली, १८ जेठ ।

भारतको भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झण्डा देखाएर नेपाल–भारत कार्गो रेल सेवाको उद्घाटन गरिएको छ ।

 

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झन्डा देखाएर कार्गाे रेल सेवा उद्घाटन गरेका हुन् ।

 

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

योसँगै अब भारतबाट नेपालमा कार्गोमार्फत सामान ल्याइनेछ । साथै बथनाहबाट पहिलोपटक कार्गो बोेकेको रेल विराटनगरको कस्टम यार्डमा आइसकेको छ ।

 

नयाँ दिल्ली, १८ जेठ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् ।

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले   नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका हुन् ।

 

नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने प्रधानमन्त्री मोदीको भनाइ छ ।

‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ ।  यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ,’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने ।

 

नयाँ दिल्ली, १८ जेठ ।

नेपालल भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ ।

भारतको चारदिने भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् ।

हैदरवाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् ।

 

काठमाडौं, १८ जेठ ।

नेपाली कांग्रेसका महामन्त्री आफ्नो पार्टी  अफ्ठ्यारोमा अवस्थाबाट गुज्रिएको बताएका छन् ।

छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकेको बताएका छन् ।

 

आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै उनले सभापति शेरबहादुर देउवा यसका लागि तयार हो भनेर प्रश्नसमेत गरेका छन् ।

 

सबैले नेतृत्वले ठिक ढंगसँग काम गर्न नसकेको गुनासो आइरहेको बताउँदै महामन्त्री थापाले भने, ‘हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ। पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न ? उहाँ तयार हुनुहुन्छ ?’

जहाँबाट समस्या भएको छ त्यहीँबाट समाधान नखोजे पार्टी बन्न नसक्ने उनको भनाइ छ ।

 

काठमाडौं, १७ जेठ

नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा गरिएको ७४० वटा नमुना परीक्षणमा जम्मा चार जना कोरोना संक्रमित भेटिएका हुन् । सोही समयमा चार जना संक्रमण मुक्त भएका छन् ।

दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन् । हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् ।

 

नयाँ दिल्ली, १८ जेठ

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धन खडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँ दिल्ली पुगेका थिए ।

 

नयाँ  दिल्ली, १८ जेष्ठ

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र भारतका उपराष्ट्रपति जगदीप धनखडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतका उपराष्ट्रपति धनखडसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

 

रौतहट , जेठ १८ गते ।

रौतहटको बाैधीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिना अस्त व्यस्त बनेको छ । केहि दिन अगाडि मात्र मंत्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की र नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव लगायत जनतिनिधिहरुबीच आपसी तालमेल नहुदा कार्कीलाई पठाइ नया हाकिम ल्याउन दिनरात कसरत भैरहेको देखिएको छ ।

उपसचिवले नियम बिपरित कार्य नगरेको तथा नगर प्रमुखसंग कुरा नमिल्दा कार्यपालिकाले नियम मिचेर स्थानीय तहमा कार्यरत सातौ तहको कर्मचारी हुदा हुँदै पनि नगरपालिका बाहिर यमुनामाई गा.पा.का आफ्नो पायक पर्ने छैठो तहको अहेव कर्मचारी प्रमोद यादवलाई हाकिम बनाउन नगर प्रमुख यादव नगरको सम्पुर्ण कामकाज छोडी व्यस्त रहेको देखिएको छ ।

आर्थिक वर्षको अन्त्यमा बिकास निर्माणका कार्य लगायत पालिकाबाट हुने विभिन्न प्रसाशनिक कार्यहरुको चाप दिन्हु बढिरहेको अवस्थामा, संघीय तथा प्रदेश सरकारबाट आएको लाखौ,

करोडौं रकमको योजनाहरु सम्झौता समेत नभई बिकास निर्माणका कार्यहरु अस्त व्यस्त रहेको अवस्थामा उपसचिव कार्कीलाई पठाई नया हाकिम ल्याउने कार्यले सम्पुर्ण नगरबासी नै अन्यौलमा परेको स्थानीयहरुले गुनासो गरेका छन ।

एक वर्ष बित्न लाग्दा सबै पालिकाले आफ्नो वार्षिक प्रगती प्रतिवेदन पेश गरिरहेको समयमा बाैधीमाईका नगर प्रमुख यादव बिकास निर्माणका कार्यहरु समेत पूरा नगरी नयाँ हाकिमको लागि हप्तौ देखि काठमाण्डाै बसिरहेको जनगुनासो बढिरहेको स्थानीयहरुले बताएका छन।

साथै सरकारले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विधार्थीहरुको लागि सन्चालन गरेको दिवाखाजा बाैधीमाई नगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा बिगत ३ महिना देखि बन्द रहेको देखिएको छ ।

 

रमेश कुमार यादव,गरूडा,जेठ १८ गते

नबिल बैंकले बिहिबारदेखि गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि दुई शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकले गरुडामा थप एउटा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको बिहिबार एक समारोहका विच गरुडा नगरपालिकाको नगर प्रमुख (मेयर)कन्थमनि प्रसाद जैसवालले पान्समा बति बालि उद्धघाटन गर्नु भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर जैसवालले शाखाले परिस्कृत ढंगबाट ग्राहकलाई सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएका थिए ।रौतहट जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा क्षेत्रमा मात्रै बैंकको शाखा खोल्ने परिपाटीको अन्त्य गर्दै मुख्य बजार क्षेत्र बाहिरका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले शाखा सञ्चालनमा ल्याएमा खुसी व्यक्त गर्दै उनले भने,

‘नबिल बैंक देशको एउटा सर्वोत्किृष्ट वित्तीय संस्था मध्ये एक हो । लामो समयदेखि नेपालको अर्थतन्त्रमा यसले ठूलो सहयोग पु¥याउँदै आएको छ । आशा गर्छु नयाँ शाखाले बैंकको यस विरासतलाई कायम राख्छ ।’मेयर जैसवालले बैंकलाई प्रत्येक शाखाबाट ग्राहकको लागि राम्रो व्यवस्थापन गर्न आग्रह समेत गर्नु भएका थिए ।

नगर प्रमुख जैसवालले भने यो बैँक नयाँ होईन यो बैँक पनि धेरै नै पुरानो रहेको हो तर यस ठाउँमा नयाँ सन्चालन हुँदा यहाका लागी नयाँ नै हो तर यसको सेवा सुबिधा पुरानै नै हो ।

यस बैँकसंग आबद्ध रहेका ग्राहकहरु सन्तुष्ट रहेको बताउनु भयो ।त्यति मात्र नभएर बैँकको हरेक सेवा सुबिधा ग्राहकहरुमा सर्वसुलभ तरिकाबाट प्रदान गर्न आग्रह गर्नु भएका थिए ।

यस गरुडामा सबभन्दा पहिला राष्ट्रिय बाणिज्य बैँक र निर्धन लघुबित बितिय संस्थाले सेवा दिदैँ आईरहेका थिए तर आजकल अनेकौँ बैँक तथा संस्थाहरु सेवा दिईरहेको बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नव सञ्चालित शाखाका प्रवन्धक बिश्वनाथ प्रसाद यादबले नयाँ शाखा आफैमा स्वयंपूर्ण भएको बताउँदै रौतहटमा रहेका अन्य दुई वटा शाखाझैँ यहाँबाट पनि सेवासुविधा उपलब्ध हुने बताए ।

नबिल बैंकले आजै देशभरका विभिन्न स्थानमा ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी पनि गराए । ‘आज थपिएका ३८ नयाँ शाखासँगै नबिल बैंकको देशभर २५५ वटा शाखा पुगेका छन्,’ उनले भने ।

हाल देशका विभिन्न स्थानमा २८३ वटा एटीएम पनि सञ्चालनमा रहेको उनले बताए ।साथ साथै शाखा प्रबन्धक यादबले २०८० बैशाखको अन्त्यमा ३ खर्ब ७३ अर्व डिपोजिट रहेको छ भने ३ खर्ब ३४ अर्ब लगानी समेत रहेको बताउनु भयो ।

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै सेवाग्राहीको मनमुटुमा बस्न र मन जितन सफल रहदैँ आएको नबिल बैंक मुलुककै अग्रणी बैंक मध्येको एक हो ।

बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

कार्यक्रममा चन्द्रपुर नविल बैँकका शाखा प्रबन्धक बिरेन्द्र प्रसाद पटेल ,उधोग बाणिज्य संघ गरुडा रौतहटका अध्यक्ष हरेन्द्र प्रसाद चौधरी,नेकपा एमालेको नेता कलिमुल्लाह,

ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल ,सुनचाँदी ब्यवसाय रामजि साह ,उधोग बाणिज्य संघ गरुडा रौतहटका सदस्य संन्तोश जैसवाल ,बिजय साह ,युवा नेता शैलेस जैसवाल ,

श्याम सहनी ,कान्तिपुर पत्रिकाका रौतहट प्रतिनिधि राजेश्वर पाण्डे लगायत पत्रकारहरुको सहभागिता थियो ।

 

आरके श्रीवास्तव,राैतहट,जेठ १८ गते

मधेश प्रदेशका विभिन्न पालिकाका कर्मचारीहरूलाई काेपाेमिस सम्बन्धि तालिम सुरू भएको छ । महाेत्तरीकाे बर्दिवास स्थित हाेटेल रिसाेनामा आज देखि साे तालिम सुरु भएको हाे ।

ग्रामिण उधम तथा विप्रेषण आयाेजना (समृद्धि) जनकपुर करिडाेर कार्यालयकाे आयाेजनामा बिहिवार देखि मधेस प्रदेशका विभिन्न सहकारी शाखाका प्रमुख र काेपाेमिस सम्बन्धि तथ्यांक हेर्ने कर्मचारीहरू लाई तालिम दिन थालिएको समृद्धि आयाेजनाका कर्मचारी ईन्दिरा श्रेष्ठले जानकारी गराएकी हुन् ।

तालिममा राैतहट,बारा,सर्लाही,महाेत्तरी र सिन्धुली जिल्लाकाे ११ पालिका सहकारी संस्था शाखा र काेपाेमिस सम्बन्धि शाखा हेर्ने कर्मचारीहरू सहभागी छन् । तालिममा प्रशिक्षक सिएमएफका सिईओ गणेश बिष्टले प्रशिक्षण दिईरहेका छन् ।

आज पहिलाे दिन सहकारी नियमनकाे लागि संघ,प्रदेश र स्थानीय तहका संरचनाहरू बारे जानकारी गराईएकाे थियाे । साथै सहकारीकाे अवस्था पहिचान तथा काेपाेमिस संचालन सम्बन्धि महत्त्वपूर्ण जानकारी तथा छलफल गरिएको थियाे । आज देखि सुरू भएको तालिम शुक्रबार सम्म चल्ने श्रेष्ठले बताईन् ।

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।