मँजय राम कटहरिया,आजको पात्रो जेष्ठ २०८०/०२/२८ गते
भलभल अष्टमी, देवपाटनमा त्रिशूलजात्रा , गोरखकाली पूजा
आज बिहान सूर्योदय ०५ः०८ मा हुनेछ भने सूर्यास्त ७ : ०० मा हुनेछ । तिथि,अष्टमी १५स्३८ बजेसम्म, त्यसपछी नवमी
नक्षत्र,पूर्वभाद्रपदा १८स्१५ बजेसम्म, त्यसपछी उत्तरभाद्रपदा,योग,प्रीति १४स्११ बजेसम्म, त्यसपछी आयुष्मान् ,
करण,कौलव १५स्३८ बजेसम्म, त्यसपछी तैतिल ०२स्३५ बजेसम्म, त्यसपछी गर
मेष ( ARIES) चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्यामा समय बित्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। उठेको रकम खर्च हुनेछ।
वृष (TAURUS ) इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
योजनाअनुसार सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा पनि मनग्य लाभ हुनेछ।
मिथुन ( GEMINI) का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। समस्या सुल्झाउँदै अघि बढ्नुपर्ने समय छ। साथीभाइ टाढिनेछन्। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कर्कट ( CANCER ) हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। दिउँसोदेखि आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। बाध्यात्मक परिस्थितिले काम रोकिनेछ।
सिंह (LEO ) मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्। स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला।
कन्या ( VIRGO ) टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। मध्याह्नदेखि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पनि प्राप्त हुने समय छ।
तुला (LIBRA ) र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
वृश्चिक (SCORPIO) तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। श्रम परे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।
धनु ( SAGITTARIUS ) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्रोत(साधन जुट्नेछन् भने कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। तर जिम्मेवारी बढे पनि दिउँसोदेखि काम बिग्रने भयले सताउन सक्छ। सहयोगी र आफन्तहरू अलि टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
मकर ( CAPRICORN ) भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। नाम, दाम र इनाम प्राप्त हुने समय छ।
कुम्भ ( AQUARIUS) गु, गे, गो, सा, सि, सु, से, सो, द
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। धेरै बोल्दा समस्या आउन सक्छ।
मीन ( PISCES ) दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ।
काठमाडौं, २७ जेठ
उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।
२२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।
काठमाडौं, २८ जेठ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ। साथै कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
अत्याधिक गर्मी तथा मेघगर्जनरचट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
रन्धिर साह, रौतहट, जेठ २७ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिहरुले शुक्रबार रातिदेखि धर्नामा बसेका छन् । हिजो करिब ५ वजे बेलुकादेखि फतुवा विजयपुर नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्षहरु तथा वोड सदस्यहरु लगायतले धर्ना दिएका छन्। सो धर्ना आज ९शनिबार० छलफल गरि समापन्न भएको हो ।

गुजरामाई नगरपालिका र फतुवाविजयपुर नगरपालिकाका सिमान जोडिएको लाल बकैया नदिमा फतुवा विजयपुर नगरपालिकालाई थाहनै नदिई गुजरामाई नगरपालिकाले लालबैया नदिमा मापदण्ड विपरीत अवैध तरिकाले नदि उत्खलन गरे पछि फतुवाविजयपुर नगरपालिकामा १ देखि ११ सम्मका वडा अध्यक्षद्धारा सो उत्खलन कार्यलाई रोका गरि धर्नामा उत्रिएका थियो ।

फतुवाविजयपुर घाटमा रहेको लालबकैया खोलामा मापदण्ड विपरीत अवैध रुपमा नदीजन्य पद्धार्थ उत्खनन भएको भन्दै रोक लगाइएको सो सोही पालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव ९पप्पु० ले बताए । हामीलाई जानकारी नै नगराई गुजरामाइ नगरपालिकाले नदीजन्य पदार्थ उत्खन्न गरे पछि हामीहरुले रोका गरि धर्नामा उत्रिएका थियौँ । सोही अनुसार आ गुजरामाइ नगरपालिकाका वडा नम्ब्र अशोक चौधरी र वडा नम्बर ४ का वडा अध्यक्ष कुमार ९झमक० चौलागाई तथा सह इन्जिनीयर प्रविणकुमार साहले छलफल गरि उत्खनको काम पुन सुरु गराएको हो ।

सो छलफलमा लालबकैया नदिको बहाव यता फतुवाविजयपुर र उता गुजरामाइ नगरपालिकाले ५ दिनका लागि काम गर्न सकिने गुजरामाई नगरपालिकाका सह इनजिनीयर साहले बताए । सबैले सो प्रस्तावलाई स्ववीकार गर्दै धर्ना समापन्न गरेको फतुवाविजयपुरका वडा नम्बर ९ का वडा अध्यक्ष नितेश चौधरीले बताए ।

फतुवाविजयपुर नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष विजयकुमार यादव, २ का वडा अध्यक्ष अनुरुद राय यादव, ३ का वडा अध्यक्ष रामेश्वर राय यादव, ४ का वडा अध्यक्ष सतिशकुमार यादव, ५ का वडा अध्यक्ष शेख एजाज अहम्द, ६ का वडा अध्यक्ष राम एकवाल राय यादव, ७ का वडा अध्यक्ष राम विश्वास राय यादव, ८ का वडा अध्यक्ष नितेश चौधरी,

९ का वडा अध्यक्ष पप्पुकुमार यादव, १० का वडा अध्यक्ष मंजय चौधरी र ११ का वडा अध्यक्ष ज्ञानेन्द्र चौधरी तथा वोड सदस्य जयराम साह सहितले धर्ना दिएको थियो । सो पालिकाले लालबकैया नदिको उत्खन्न सम्बन्धमा केही दिन भित्र टेन्डर गरीने जनाएको छ ।

लस एन्जलस, २७ जेठ ।
हलिउडका दिग्गज टम हल्यान्ड पहिलो पटक मल्टिस्टारर फिल्ममा देखा परेपछि २०१९ मा टमलाई मुख्य भूमिकामा फिल्म ‘स्पाइडरम्याना: फार फ्रम होम’ मा सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो।
सन् २०१६ बाट सुरु भएको यो यात्रा अहिले यस्तो विन्दुमा पुगेको छ कि चर्चित लेखक तथा हास्य कलाकार डोमिनिक हल्याण्डका छोरा टम आज कुनै पनि पहिचानमा भर परेका छैनन् । अहिले भर्खरै उनले अभिनयबाट ब्रेक लिन चाहेको खुलासा गरेका छन् । उनले आफ्नो घोषणाले सबैलाई चकित पारेका छन् ।
विश्वमा ‘स्पाइडर म्यान’ भनेर चिनिने टम हल्याण्डले छिट्टै अभिनयबाट ब्रेक लिने निर्णय गरेका छन् । यो कुनै किसिमको हल्ला होइन, उनले अभिनयबाट ब्रेक लिएको आधिकारिक बयान दिएका छन् । ‘द क्राउडेड रुम’ शृंखलामा काम गरेपछि अभिनेताले अब एक वर्ष बिदा लिने बताएका छन् ।
अभिनेताले एक अन्तर्वार्तामा आफू अहिले निकै थाकेको र एक वर्षको ब्रेक लिन चाहेको बताए । टम आजकल आफ्नो आगामी वेब सिरिज ‘द क्राउडेड रुम’ मा व्यस्त छन्। टमले यो सिरिजका लागि आफूले निकै मेहनत गरेको पनि बताए । यो सिरिजमा काम गर्दा उनी निकै थकित छन् । त्यसैले उनी अब एक वर्षको ब्रेक लिन चाहन्छन् । द क्राउडेड रुम एप्पल टिभीमा जुन ९, २०२३ मा रिलिज भएको छ।
‘द क्राउडेड रुम’का निर्माताले एक अन्तर्वार्तामा भने, ‘उनीमाथि दबाब बढ्यो । हल्याण्डले शृङ्खलामा ड्यानी सुलिभानको भूमिका खेल्छन्। यो मानसिक रोगबाट पीडित भएर पनि सफल जीवन जिउन संघर्ष गरिरहेका मानिसहरूका सत्य र प्रेरणादायी कथाहरूमा आधारित छ।
काठमाडौं, २७ जेठ ।
खराब खानेकुरा छनोट गर्दा तपाईको रगतमा खराब कोलेस्ट्रोल अर्थात एलडीएल कोलेस्ट्रोलको स्तर बढ्न सक्छ। चिल्लो पदार्थ खाने, मदिरा सेवन गर्ने र दिनभर अल्छी रहँदा कोलेस्ट्रोल र मोटोपना बढ्छ र हृदयघातको सम्भावना पनि बढ्छ ।
तर, सबै कोलेस्ट्रोल खराब हुँदैनन्, शरीरमा एचडीएल कोलेस्ट्रोल कायम राख्न धेरै महत्त्वपूर्ण छ। रातो मासु, प्रशोधित मासु, भुटेको खानेकुरामा खराब कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ भने राम्रो कोलेस्ट्रोल प्राप्त गर्न घिउ, अण्डा, चिजलाई आहारमा समावेश गर्नुपर्छ ।
स्याऊ
कोलेस्ट्रोल घटाउने सन्दर्भमा स्याउलाई सबैभन्दा राम्रो फल मानिन्छ। स्याउमा प्रशस्त मात्रामा घुलनशील फाइबर हुन्छ, जसले हाम्रो मुटुको स्वास्थ्यको ख्याल राख्छ। यस बाहेक स्याउमा पोलिफेनोल पाइन्छ जसले हाम्रो कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ।
केरा
केरामा पाइने फाइबर र पोटासियमले कोलेस्ट्रोल र ब्लड प्रेसरको स्तर कम गर्छ। केरामा घुलनशील फाइबर हुन्छ, जसले शरीरलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउन मद्दत गर्छ।
अंगूर
अंगूरले रगतको प्रवाहमा प्रवेश गर्छ र सबै खराब कोलेस्ट्रोललाई कलेजोमा लैजान्छ, जहाँ यसलाई प्रशोधन गरिन्छ। कोलेस्ट्रोलको स्तरलाई स्वस्थ राख्न अंगूरको सेवन गर्न सकिन्छ ।
जामुन
ब्ल्याकबेरी र स्ट्रबेरीलाई शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन सहयोगी मानिन्छ। तिनीहरूले एलडीएल कोलेस्ट्रोललाई अक्सिडाइज हुनबाट रोक्छन्, जुन हृदय रोगको लागि एक प्रमुख जोखिम कारक मानिन्छ।
अनानास
अनानास भिटामिन, मिनरल्स र पोषणको राम्रो स्रोत हो। अनानासमा पाइने ब्रोमेलेनले धमनीमा जम्मा भएको कोलेस्ट्रोललाई तोड्छ, जसले स्वस्थ रक्तप्रवाहलाई समर्थन गर्छ र हृदय रोगको जोखिम कम गर्छ।
एभोकाडो
तिनीहरू ओलिक एसिडमा भरपूर हुन्छन्, जसले रगतमा खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ। एभोकाडो सलाद, स्यान्डविच, टोस्ट, स्मूदी र अन्य धेरै तरिकामा उपभोग गर्न सकिन्छ।
सिंगापुर, २७ जेठ ।
सिंगापुरका भारतीय मूलका वरिष्ठ मन्त्री थार्मन शान्मुगररत्नमले बिहीबार यस वर्ष हुन लागेको राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
थर्मनले २२ वर्षपछि सक्रिय राजनीतिबाट सन्यास लिने निर्णय गरेको पनि जनाएका छन् । राष्ट्रपति निर्वाचनको तयारीका लागि सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) बाट पनि राजीनामा दिन चाहेकोसमेत खुलाएका छन् ।
उनले सक्रिय राजनीतिबाट पछि हट्ने र सरकारमा रहेका आफ्ना सबै पद त्यागेर राष्ट्रपतिको चुनाव लड्न जानकारी प्रधानमन्त्री ली सिएन लुङलाई गर्राइसकेकका छन् ।
सिङ्गापुरमा सेप्टेम्बर १३ सम्ममा राष्ट्रपतिको निर्वाचन हुदैँछ । ६६ वर्षीय थर्मन पहिलो पटक सन् २००१ मा जुरोङ समूह प्रतिनिधि निर्वाचन क्षेत्र (जुरोङ जीआरसी) बाट संसद सदस्यमा निर्वाचित भएका थिए । थर्मनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो निर्णयबारे जानकारी गराएका हुन ।
च्यानल न्यूज एशियाका अनुसार थर्मनले सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) को अध्यक्ष, जीआईसीको उपाध्यक्ष, आर्थिक विकास बोर्डको अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्को अध्यक्ष र अन्य जिम्मेवारीहरू त्याग्ने जानकारी गराईसकेका छन् ।
उनले आफ्नो पत्रमा भनेका छन्, ‘यो कठिन निर्णय भएको छ, मैले मेरो परिवारसँग परामर्श गरेको छु र आगामी वर्षहरूमा कसरी देशको सेवा गर्न सकिन्छ भन्ने गम्भीरतापूर्वक सोचेको छु ।
प्रधानमन्त्री लीले आफ्नो निर्णय बुझेको समेत उनले बताए । आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।
लामो समय देखी उपप्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्रीको रूपमा सेवा गरिसकेका थर्मन सन् २०१९ को मेदेखि वरिष्ठ मन्त्री छन् । उनी सामाजिक नीति संयोजक मन्त्री हुनुका साथै आर्थिक नीतिका बारेमा प्रधानमन्त्रीलाई सल्लाह दिनेसमेत गर्छन ।
विश्वव्यापी मञ्चमा, थर्मन ग्लोबल फाइनान्सियल गभर्नेन्समा प्रख्यात व्यक्ति समूहका अध्यक्ष हुन्। उनी अन्तर्राष्ट्रिय मुद्रा तथा वित्तीय समितिको पहिलो एसियाली अध्यक्ष पनि हुन ।
राष्ट्रपति हलिमाह याकुबले मे २९ मा आफूले दोस्रो कार्यकाल राष्ट्रपतिको रूपमा नखोज्ने घोषणा गरेकी थिइन् । याकुब (६८) देशको आठौं राष्ट्रपति र पहिलो महिला राष्ट्रपति हुन्। उनको ६ वर्षे कार्यकाल यही वर्ष सेप्टेम्बर १३ मा सकिँदैछ ।
काठमाडौं, २७ जेठ ।
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिदैछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजवाट लिग सकिन लागेको हो ।
पहिलो पटक ए डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगाबै लिग बिजेता भईसकेको छ भने मच्छिन्द्र क्लब अंक तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।
जस अनुसार लिगको १४ औं देखि २६औं चरणसम्मको खेल वैशाख १९ देखि सुरु भई आजसम्म हुनेछन् । आज अन्तिम खेल जावालाखेल युथ क्लब र फ्रेन्डस क्लबका बिचमा हुनेछ।
काठमाडौं, २७ जेठ ।
आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ ।
गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्याण्डलाई नेपालले पराजित गरेको थियो ।
जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ, जहाँ नेपालले अभ्यास खेल खेल्ने क्रममा आज नेदरल्याण्डसँग खेल्न लागेको हो ।
जिम्बाबेमा हुने छनौट खेलमा नेपाल सहित आठ देशको सहभागिता रहने छ । जसअनुसार नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।
नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो ।
काठमाडौं, २७ जेठ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा / लू (Heat Wave) चलिरहेको अवस्था छ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्ग बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।