२०८३ भाद्र ९
२०८३ भाद्र ९

 

काठमाडौं, २९ जेठ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन् ।

राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप तथा प्रभाव बढेर गएको उनको भनाइ छ । ‘इतिहासकै डरलाग्दो आर्थिक मन्दि छ । भ्रष्टाचार संस्थागत भएको छ । बेरोजगारी र महङ्गिले आकाश छोएको छ,’ थापाले भने ।

यही क्रम जारी रहे यथास्थिति मै मुलुक रहिरहने र दुर्घटनातर्फ देश धकेलिने उनले चिन्ता व्यक्त गरे । काठमाडौंका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको भन्दै मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा तीब्र आलोचना गरे ।

सस्तो लोकप्रियता र तालिको लागि भन्दा मुलुकको समस्याको दिगो समाधानतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्नेमा थापाको जोड थियो । राप्रपा नेपाललाई सडक केन्द्रीत बनाउँदै जनताको माझमा जाने नीति अनुरुप काम गर्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधब खत्री, काठमाडौं अध्यक्ष श्याम घिमिरेलगायत जनवर्गीय संगठनका अध्यक्षहरुले बोल्दै आगामी कार्यक्रमको खाका प्रस्तुत गरेका थिए ।

 

काठमाडौं, २९ जेठ

प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा. युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।

यससँगै प्रधानमन्त्रीको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री पत्नी दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित रहेका छन् ।

 

काठमाडौं, २९ जेठ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवको सरुवा गरेको छ।

अतिरिक्तमा रहेका १८ जना उपसचिवमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ। अन्य उपसचिवको जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा गरिएको छ।

मन्त्री अमनलाल मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रूपमा स्थानीय तहमा खटाउँदै आएका छन्।

 

जनकपुरधाम, २९ जेठ

जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ ।

यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।

दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका थिए ।

 

काठमाडौं, ३० जेठ ।

त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ ।

 

विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समयसिमा तोकिएको हाे ।

 

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । उसका अनुसार यसरी मर्ज हुदाँ कुनै शुल्क लाग्ने छैन, मर्जको प्रक्रिया निःशुल्क हुनेछ ।

जारी सुचना अनुसार यसरी मर्ज हुन चाहेका क्याम्पसहरुले योजना निर्देशनालयमा बेग्लाबेग्लै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णयका साथ निवेदशन पेस गर्नु पर्नेछ ।

 

फ्लोरिडा, ३० जेठ ।

विश्वकै धनी ब्यक्ति एलन मस्कले अन्तरिक्षमा पकड बढाउँदै लगेका छन् ।

 

उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडे पछि उननको अन्तरिक्षमाथीको पकड क्रमश बलियो बन्दै गएको छ ।

अमेरिकन सञ्चारमाध्यमका अनुसार टविटर र टेस्लाका प्रमुखसमेत रहेका मस्कको कम्पनि स्पेस एक्सको फाल्कोन–९ बुस्टर रकेटले ५२ वटा स्टारलिंक स्याटेलाइट हिजो अन्तरिक्षमा पठाएको थियो । अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको उक्त रकेट ८ मिनेटमा काम सम्पन्न गरेर पृथ्वीमा फर्केको थियो ।

 

समाचार अनुसार लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन–९ को बुस्टर एट्लान्टिक महासागरस्थित अवतरण स्थलमा फर्किएको थियो । यस वर्ष उक्त बुस्टर रकेटको ९ औं प्रक्षेपण र अवतरण हो ।

अन्तरिक्षको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ वटा स्याटेलाइटहरू यसपटक पृथ्वीको तल्लो कक्षमा छाडिएको छ । प्रक्षेपण भएको ६५औं मिनेटमा ती स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्षमा छाडने काम सम्पन्न भएको हो ।

 

हालसम्म स्पेस एक्सले राखेका ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट मध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको स्पेश एक्सका खगोलशास्त्री जोनाथलन म्याडेवल जानकारी दिएका छन् ।

स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि मस्कले १२ हजारवटा स्याटेलाइट राख्ने अनुमति पाएका छन् । तर, उनले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति माग गरेको तर त्यसमा दिने नदिने भन्नेमा पुर्नबिचार भईरहेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

 

काठमाडौ,  ३० जेष्ठ । 

नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरकाे भाउ ५ पैसाले बढेकाे छ भने युराेकाे भाउ घटेकाे । जसअनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको छ, हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको थियो ।

 

मंगलवार युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४१ पैसा रहेको छ भने हिजाे युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १६ पैसा रहेको थियो ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ५३ पैसा र बिक्री दर १६६ रूपैयाँ २८ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।


यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ०७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसा र  जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा किनबेच भइरहेकाे छ ।

 

उता, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ९ पैसा र बिक्रीमा ३५ रुपैयाँ २५ पैसा तोकिएको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

नयाँदिल्ली, ३० जेठ ।

चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन्।

 

यी पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । यस बर्षकाे सुरूवातीमा चार भारतीय पत्रकार चीनमा थिए ।

चीन र भारतले दुई एसियाली आर्थिक महाशक्तिहरूले एक अर्काका पत्रकारहरूलाई आ–आफ्नो देशबाट निष्कासन गरेपछि चीनमा रहेका अन्तिम भारतीय पत्रकारलाई पनि छाड्न भनिएको छ।

 

ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार यस मामिलासँग परिचित व्यक्तिका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न निर्देशन दिएका छन्। ती पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । र, यसले सम्बन्ध बिग्रँदै गएको विश्वलाई देखाउने छ ।

 

यस वर्षको सुरुमा चार भारतीय पत्रकार चीनमा थिए। हिन्दुस्तान टाइम्स पत्रिकाका रिपोर्टरले गत हप्ता चीन छाडेका थिए भने सरकारी च्यानल प्रसार भारती र द हिन्दू पत्रिकाका पत्रकारलाई अप्रिलमा चीनले भिसा नवीकरण गर्न अस्वीकार गरिएको थियो।

 

चीनको विदेश मन्त्रालय र भारतीय विदेश मन्त्रालयले यसबिषयमा कुनै टिप्पणी गर्न चाहेका छैनन ।

 

गत महिना चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका थिए कि, भारतमा एक चिनियाँ पत्रकार बाँकी छन्, जो आफ्नो भिसा नवीकरणको लागि पर्खिरहेका छन्।

 

यसअघि भारतले पनि सिन्ह्वा समाचार एजेन्सी र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारको भिसा नवीकरणको आवेदन अस्वीकार गरेको थियो।

 

भारत सरकारले यस महिनाको सुरुमा भनेको थियो कि चिनियाँ पत्रकारहरू बिना कुनै कठिनाई भारतमा काम गर्न सक्छन छन् तर चीनमा भारतीय पत्रकारहरूको लागि समान वातावरण छैन।

 

लन्डन, ३० जेठ ।

यसपटक बेलायतको न्यायिक प्रणालीको कमाण्ड महिला प्रधान न्यायाधीशको हातमा हुने भएको छ ।

 

बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो । यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् ।

मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्।

 

दुई उम्मेदवार मध्ये एक बेलायतको लर्ड प्रधान न्यायाधीश बन्नेछन्। आगामी दुई साताभित्र यसको घोषणा हुनेछ । बेलायतमा न्यायपालिका स्थापना भएदेखि नै प्रधानन्यायाधीशको उपाधि सधैं पुरुषकै हातमा रहेको छ ।

 

प्रधान न्यायाधीशको पद पहिलो पटक १२६८ मा सिर्जना गरिएको थियो। अहिलेसम्म १०० भन्दा बढी पुरुषहरू यसमा बसेका छन्।

 

अहिले भिक्टोरिया शार्प यो पदका लागि अग्रपंक्तिमा छन् । उनका जु
म्ल्याहा भाइ पूर्व गोल्डम्यान साक्स फाइनान्सर रिचर्ड शार्प हुन्। बोरिस जोनसनसँगको विवादपछि उनले गत महिना बीबीसीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

 

काठमाडौं, ३० जेठ ।

हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।